जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

जनमत जनमत
प्रकाशित ७ श्रावण २०७८, बिहीबार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

२००५ असोज १४ मा रिडीबजार, गुल्मीमा जन्मेकी भागिरथी श्रेष्ठ कथाकारका रुपमा विशिष्ट पहिचान देखाउन सफल कथाकार हुन् । यिनले सरकारी नोकरी गर्नुका सााथै प्राध्यापन सेवा पनि पुर्‍याएको देखिन्छ । वि.सं. २०२३ मा नै ‘रुरु’ पत्रिकामा ‘प्रबल इच्छा’ कथा छपाएर देखापरेका यिनी कथा क्षेत्रमा स्थापित कथाकार हुन् । यिनी उपन्यास पनि लेख्छिन् । प्रकाशित उपन्यासमा मालती २०३४ सालमा प्रकाशन भएको देखिन्छ । कथा नै यिनको साहित्यिक मुहार हो । यिनका प्रकाशित कथासङ्ग्रहहरुमा क्रमश: (२०४२), मोहदंश (२०४४), यस्तो एउटा आकाश (२०४६), रङ्गीन पोखरी(२०५०), विभ्रम (२०५०), भूमिगत (२०६३), रातो गुलाफ (२०६५) आदि छन् ।‘रुरु’, ‘मिर्मिरे’, ‘पाल्पा दर्पण’, ‘कस्तुरी’, ‘अग्निपर्व’ (अनुवाद) आदि पत्रपत्रिका सम्पादन र अनुवाद गरेर पनि आफूलाई चिनाएकी भागिरथीले आफूलाई विशेषतया कथाकारका रुपमा चिनाउन सफल छन् । ‘मैनाली कथा पुरस्कार’, ‘रत्नश्री स्वर्ण पदक’, ‘प्रतिभा पुरस्कार’, ‘नूरगङ्गा साहित्य पुरस्कार’, ‘दायित्व वाङ्मय पुरस्कार’ आदिका साथै पाल्पा वाङ्मय प्रतिष्ठान, पाल्पाबाट पनि यिनी सम्मानित भइसकेको देखिन्छ । २०४४ मा भएको टेलिफिल्म प्रतियोगितामा सर्वोत्तम कथाकारका रुपमा यिनी पुरस्कृत भएको देखिन्छ । यिनी कथामा जीवन्त छन् । कथामा समसामयिकता व्यक्त गर्न सिपालु कथाकार भएकै कारणले यिनका सबैजसो कथाहरु यथार्थवादकै धरातलमा सिंचन भएको कथावस्तुहरु हुने गर्छन् । यिनले आफ्नो धेरैजसो कथा र उपन्यासमा नारी हृदयका कोमलतम मानवीय भावनालाई अनुभूतिका रुपमा पोख्न सफल छन् ।

तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
२०२२ सालमा एस.एल.सी. गरेपछि कलेजमा पढ्न पाइएन । अगाडि पढ्ने अत्यन्तै इच्छा थियो । छोरीको जातलाई बाहिर पढ्न एक्लै पठाउनु हुँदैन भनेर बाबु–आमा, दाजुभाइले जान दिएनन् । एक वर्षसम्म पढ्नको लागि सङ्घर्ष गरेँ – रोएर, कराएर, नखाएर, घुर्की लगाएर । यस्तो स्थितिमा मभित्र छोरी भएर जन्मनुको पीडाले सतायो । छोरी शब्दप्रति घृणा लाग्यो । यस्तै अनुभूति र पीडाले मैले पहिलोपल्ट कविता लेखेँ । साहित्यप्रति चाहना बढ्यो । एक वर्षपछि काठमाडौंमा छात्रावास खुलेपछि पढ्न आउन पाएँ । पद्मकन्या कलेजमा पढ्न आउन थालेँ ।

साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
पछि मेरो भावना, चिन्तन र सोचाईहरु फराकिला हुँदै गए । यसमा उत्साह दिने मेरा आमाबाबु, मोदनाथ प्रश्रित र बिहेपछि मेरो श्रीमान् हुनुहुन्छ ।

साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
सुरुमा मैले कविता, गीत, नाटक र कथा लेखेँ र पछि उपन्यास पनि लेखेँ । मेरो साहित्य लेखन खास विधामा सीमित भएन । २०३० सालदेखि पूर्र्ण रुपले मैले कथा विधालाई समातेँ, समर्पित भएँ । सङ्ग्रहहरु निस्किए तर मलाई अझसम्म सन्तुष्टि मिलेको छैन । अझै पनि मैले पाठकहरुलाई उत्कृष्ट कथाहरु दिन सकेकी छैन भन्ने बोधले पीडा भइरहन्छ ।

नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
यस सम्बन्धमा मेरो धारणा सकारात्मक नै छ । महिला साहित्यकारहरु पुरुष साहित्यकारहरुको तुलनामा संख्यात्मक रुपमा आउन नसके पनि स्तरको आधारमा भने आई नै रहेछन् । नारी लेखिका हुनु हाम्रो जस्तो समाजमा त्यति सजिलो छैन । तैपनि वर्तमानमा नारी लेखिकाहरुको भूमिका निकै अगाडि आइरहेको छ ।

“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?

“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
यो भनाई धेरै हदसम्म ठीक छ – वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो । जुनसुकै सिर्जनामा पनि निश्चित दृष्टिकोण र मार्मिक अभिव्यक्ति हुनु नै मुख्य कुरा हुन् । प्रस्तुत सन्दर्भमा तपाईको प्रश्नको उत्तर सकारात्मक रुपमा लिन सकिन्छ ।

तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?

मलाई मनपर्ने स्वदेशी लेखकहरुमध्ये उपन्यासकारहरुमा विजय मल्ल, धु्रबचन्द्र गौतम, दौलतविक्रम विष्ट, पारिजात, वीपी कोइराला कथाकारहरुमा प्रेमा शाह, मनु ब्राजाकी, परशु प्रधान, राजव, गोठाले, वीपी कोइराला, ओममणि शर्मा आदि हुन् । कविहरुमा विष्णुविभु घिमिरे, मञ्जुल, जीवन आचार्य, हेमन्त श्रेष्ठ, कृष्णभूषण बल । विदेशी उपन्यासकारहरुमा कामु, उषा प्रियम्वरम, मन्नु भण्डारी, अमृता प्रितम, निर्मल वर्मा, मोहन राकेश ।

हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?

साहित्यिक प्रतिष्ठानहरुले समय समयमा देखाएको उत्साह र क्रियाकलापले साहित्यकारहरुलाई कुनै न कुनै प्रेरणा दिँदै आएको मैले पाएको छु । जहाँसम्म साहित्यिक धाराको कुरा छ समसामयिक नेपाली साहित्यमा नयाँ नयाँ प्रयोग र नयाँ नयाँ बान्कीका साहित्य सिर्जना हँुदै आएको छ । निरन्तर सिर्जनाको वर्तमान अवस्थालाई हेर्दा नेपाली साहित्यको भविष्य उर्वर र उज्ज्वल मान्न सकिन्छ ।

तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
पाल्पा तानसेनबाट पत्रिकाहरु निस्कन्थे । त्यस पत्रिकाहरुमा जसमा कहिल्यै मेरा कविता छापिन्थ्यो, कहिले कथा, कहिले निबन्ध । तर तानसेनका मान्छेहरुले तानसेनकै अर्काे भागिरथीले लेखेकी हुन् भन्ने ठानेका रहेछन् । पछि मात्र म हुँ भन्ने थाहा पाए । काठमाडौं आएर यहाँ पनि एकजना मेरै नाम गरेकी स्वास्नीमान्छे अर्थ मन्त्रालयमा अफिसर पदमा रहिछिन् । विभिन्न पत्रिकामा मेरा कथा, कविताहरु निस्कन्थे । उनलाई चिने जतिले उनैलाई बधाई दिँदारहेछन् । रत्नश्री पदक पाउँदा पनि बधाई त उनले नै पाइन् । पछि मेरो नामको भागिरथीसँग भेटघाट भयो, परिचय भयो, यस विषयमा कुराकानी भयो । खास घटना यही हो ।

तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
मेरो पहिलो प्रकाशित रचना प्रजल हो । मैले जन्माएका छोराछोरीहरुप्रति बराबर अथवा समान किसिमले माया लागेजस्तै मलाई पनि मेरा रचनाहरु त्यसरी नै माया लाग्नु स्वाभाविक नै हुन्छ । तैपनि बढी मात्रामा मातृत्व, मोहदंश कथाहरु सफल भएको सम्झन्छु ।

यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्यलाई अहिलेसम्म अनुत्पादक धर्तीको रुपमा समाजमा लिइँदै आएको छ । यसलाई कमसेकम उत्पादनशील राष्ट्रको ऊर्जाको रुपमा सम्बन्धित क्षेत्रले सोचे मलाई खुशी लाग्थ्यो ।

(जनमत, पूर्णाङ्क ३, चैत्र २०४५)


अघिल्लो पोष्ट

उपदेश

पछिल्लो पोस्ट

असामयिक प्रेम

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
असामयिक प्रेम

असामयिक प्रेम

आसन, भासन र शासन

आसन, भासन र शासन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘ढोरपाटन’ले जित्यो अल्टरनेटिभा फिल्म अवार्ड 

‘ढोरपाटन’ले जित्यो अल्टरनेटिभा फिल्म अवार्ड 

२४ फाल्गुन २०८०, बिहीबार
न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

२३ फाल्गुन २०७७, आईतवार
विन्ध्या सुब्बाको हर्षिता कथा

विन्ध्या सुब्बाको हर्षिता कथा

२३ फाल्गुन २०७८, सोमबार
पीडाको सौन्दर्य शास्त्र

पीडाको सौन्दर्य शास्त्र

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक