जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

असामयिक प्रेम

डा. गीता त्रिपाठी डा. गीता त्रिपाठी
प्रकाशित ९ श्रावण २०७८, शनिबार
आख्यान, कथा भित्र
0
असामयिक प्रेम

यौवनको उन्मादले अन्धो बनाएको छ मितालाई । भर्खर विद्यालयको अन्तिम वर्षमा अध्ययन गरिरहेकी उसको चालचलन देख्दा लाग्छ – माइतीमा अन्तिम वर्ष बिताइरहेकी ऊ अब उड्ने तरखरमा पखेटा फट्फटाइरहेकी छे । बिहान स्कुल गएर रात परेपछि मात्र घर फर्किंदा गाउँमा उसका बारेमा नराम्रा चर्चा चलिरहेका छन् । आफ्नो पढाइको त के कुरा, अहँ उसलाई विधवा आमाको इज्जतको समेत ख्याल रहेन अब । झन्डै दुई वर्ष भयो मैले उसलाई भेटेको छैन, तर पनि अदृश्य बतासमा मिसिएर उसका हरेक खबर मसम्म आइपुग्ने गर्छन् ।

एकदिन बिहान घरबाट कुवामा पानी लिन गएकी ऊ गाग्रोलाई पालो पर्खन लगाएर कता अलप भई, बिचरो गाग्रो राति अबेरसम्म तिर्खाएरै बस्यो एक्लै । घरमा आमाका आँखाहरू त्यसरी नै तृषित रहिरहे । वरपर कानेखुसी चल्न थाल्यो – मिता पोइला हिँडी । चौथो सन्तानका रूपमा जन्मिएकी मिता प्रकृतिले सजाएकी सुन्दरी हो र उसको सुन्दरताको पछाडि कोही लाग्छ भने त्यो अनौठो हुने थिएन पनि । बिस्तारै हल्ला फिँजियो – मितालाई मन परेको केटो, केटो नभएर एक सन्तानको बाबु हो, ऊ गाउँनजिकैको स्वास्थ्यचौकीमा तीन–चार वर्षदेखि दरबन्दी लिएर आएको थियो र गाउँमा राम्रो काम गरिरहेको छ । यो सुनेर म झसङ्ग भएँ । उमेर नपुग्दै बहकिएकी मिताको सुन्दर जिन्दगी निस्तब्ध अन्धकारतिर मौडिंदै गइरहेछ, मैले चाहेर पनि उसलाई रोक्न सकिरहेको छैन ।

राति अबेर घर फर्केकी मिता प्रेम–आसक्तिले प्रवल स्वास्नीमान्छेजस्ती देखिन्थी । दैलोको संँघार नटेक्दै आमाले उसलाई असह्य भएर झम्टिन् । नझम्टुन पनि किन ? बाबुको मृत्युपछि घरकी हुर्किएकी छोरी दाजुको अनुपस्थितिमा भाइबहिनी र आफ्नो ख्याल राख्ली भन्ने आमाको आशा उसले चकनाचुर पार्दै गएकी छ । दिनभरि प्रियतमका मीठामीठा आश्वासन र अनुभूतिमा साटिएर र यौवनका रहरहरूमा चुर्लुम्म डुबेर आएकी अभिमानी मिताले आमाको त्यो व्यवहार पचाउन सकिन । उसले आमालाई केवल कमजोर विधवा देखी, आमाको आँखाभित्र लुकेको छोरीको भविष्यप्रतिको चिन्ता उसले देख्नै सकिन । उसले आमाको दाहिने हातको एउटा औंलामा नराम्ररी टोकिदिई । अब आमा–छोरीका बीच ममता र विश्वासको तरल अनुभूति कत्ति पनि बाँकी रहेन । आमाले आफ्नो कोखको न्यानो वात्सल्य बिर्सिन् र मितालाई एउटा कलङ्कित फोहोरको थुप्रोभन्दा बढी केही देखिनन् । लडाएर उसको शरीरमाथि निर्मम थप्पड बर्साउन थालिन् । मिता गुहार ! गुहार ! भन्दै रातको सन्नाटालाई भयङ्कर त्रासमा बदलेर आमाको हातबाट फुत्की । भोलिपल्टै आमाले सहरमा छोरालाई फोनबाट खबर गर्न लगाइन् – तुरुन्त घर आउनू ।

अरू बेला यस्तै–उस्तै आलटाल गरे पनि यसपटक मदन बेलैमा घर पुग्यो । बाटामा चिनेजानेकासम्मले धेरै कुरा सुनाए । आफू घरमा नभएको फाइदा उठाएर बहिनीले आफ्नो इज्जतको तमासा बनाएका प्रायजसो घटनाहरू उसको कानमा पुगिसकेको थियो । झन् घरमा पुग्नेबित्तिकै आमाले रुँदै चोट लागेको औंलो देखाउँदै भनिन् –“बाबु ! यसलाई मैले सकिनँ, तेरो जिम्मा, जे गर्छस् गर् ।” गरिबीको भारले थिचिँदै बल्लतल्ल एसएसलीसम्म पढ्न पाएको मदनले सहरमा भाइबहिनीकै लागि भनेर आफूले हाड घोटिरहेको सम्झ्यो । आमाको घाउले उसको होस हरायो । विवाहको उमेर भइसक्दा पनि प्रेमको झिनो अनुभूतिको परिकल्पनासम्म गर्न नपाएको उसलाई बहिनीप्रति असाध्यै घृणा जागेर आयो र उसले मितालाई छेउमा बोलायो । “ए तँ ! यहाँसम्मकी भइसकिस् ? नाठोका लागि आमालाई टोक्ने भइस् । गाउँलेका अगाडि मुख देखाउन गाह्रो पार्ने ! तँलाई पर्खी’ भन्दै उसले छेवैका नाम्लोका पातो टिपेर मिताको शरीरभरि बर्साउन थाल्यो । ऊ रोई, चिच्याई र ढली ।आइन्दा फेरि यस्तो कुरा सुनेँ भने तेरो ज्यान लिन्छु भनिसकेर मदन तुरुन्तै सहर फर्कियो, उसलाई त्यहाँ एकछिन पनि बस्न मन लागेन ।

हिजोआज मिता एक्लै धुमधुम्ती बसिरहन्छे । घरमा ऊ प्रायः कसैसँग बोल्दिन । घरछिमेकबाट घृणा र अपशब्द झेल्दै आएकी ऊ स्कुल जाँदाआउँदा कसैको मुख नहेरी सरासर आउनेजाने गर्छे तर लुकीछिपी स्वास्थ्यचौकी पुग्न भने छोडेकी छैन भन्ने कुरा मैले पनि सुटुक्क थाहा पाएको छु । पँधेर्नीहरू कुरा गर्छन् –“त्यो केटाको केही दोष छैन, दैवजस्तो छ, रोगीको सेवा गर्न आएको मान्छे, उसको कामै त्यस्तै छ । पोहोर त्यो नकच्चरी बिरामी हुँदा राम्ररी उपचार गरेथ्यो, त्यही बेलादेखि उसैको पछि लागेको लाग्यै छे । दिन परदिन ऊ एकोहोरिँदै जाँदैछे, अब त उसलाई सम्झाउनु ढुङ्गासँग कुरा गर्नुजस्तै हो भन्छन् अरूहरू । अस्ति एक्लै कराउँदै थिई रे – को हो त्यो मेरा बारेमा कुरा काट्ने ? म त्यसलाई नकाटी छोड्दिनँ अब । मैले प्रेम गरेँ त कसको के बिगारेँ ? अरूलाई के चासो ?उसले ठ्याम्मै फिल्मकै संवाद बोली र दुई–चारचोटि भागेर घरदेखि दुई घण्टा टाढाको सिनेमाहलमा ऊ फिल्म हेर्न पनि गएकी थिई । आउँदा सहरबाट फर्केको उही स्वास्थ्यकर्मी सँगसँगै हुन्थ्यो । लाग्छ, उसले आफूलाई नायिका र उसलाई नायक सम्झी होली ।

मिताका बारेका यी सबै तीता कुराहरू सुनिरहँदा मैले आफ्नो त्यही उमेर सम्झेँ, जुन उमेरमा अलिकति पनि होस नपु¥याएको भए … के यस्तो सुन्दर जिन्दगी म यसरी नै आत्मनिर्भर भएर बाँच्न सक्थेँ आज ? त्यो उमेर ! साँच्चै कति रहस्यमय छ, कति कठिन छ किशोरावस्थाका भ्रमहरूमा बाँच्न । हाम्रो समाजमा प्रेम र यौवनका विषयहरू छलफलका विषयहरू होइनन् । यो वर्जित विषयमाथि जान्ने अधिकार त्यो उमेरका केटाकेटीलाई हुँदैन, त्यसैले पनि उनीहरू गलत तरिकाबाट प्रेमको भ्रममा गलत बाटोमा डोहोरिन्छन् । सम्झन्छु – कक्षा नौ–दसतिर पढ्दा एउटा केटोले चिठ्ठी पठाएको रहेछ । वास्तविकताभन्दा धेरै पर पुगेर उसले जून–तारा टिपेर पोल्टामा हालिदिने कुरा लेखेको थियो । पत्र हेर्दा लाग्थ्यो – ऊजत्ति माया गर्ने मान्छे यो संसारमा मेरो अर्को कोही छैन । मलाई मेरा आमाबाबुले धेरै महँगा–महँगा खेलौना दिन सक्नुभएन, फेरी–फेरी लगाउने आधुनिक कपडा किनिदिन सक्नुभएन तर सही र गलत छुट्याउने ज्ञान सकेसम्म दिने कोसिस गर्नुभयो । तसर्थ मैले त्यो कलिलो उमेरमा पनि त्यो चिठ्ठीको जवाफ लेख्नतिर नलागी टुक्राटुक्रा पारेर फालेथेँ । केही समयपछि उसले फेरि दोस्रो चिठ्ठी पठायो । त्यसमा उसले सोधेको थियो – आमाबाबु भनेका डाँडामाथिका जून हुन्, तिमीले डराएर पो जवाफ नलेखेको हो कि ? वास्तवमा मलाई डर होइन, असह्य पीडा भएको थियो । मैले आमालाई यो कुरा बताएँ । बुबाले पनि थाहा पाउनुभयो र एकजना आदरणीय गुरुलाई त्यो केटाका बुबासँग कुरा गर्न पठाउनुभयो । नभन्दै गुरु र उसका बुबाले सम्झाएपछि फेरि तेस्रो पत्र आएन, मैले मानसिक पीडा भोग्नुपरेन । तर सबैको परिवारमा यस्तो वातावरण कहाँ हुन्छ र ! यो सत्य हो, प्रत्येक व्यक्ति युवावस्थाको सँघार टेक्नुअघि नै यौवनका जिज्ञासाहरूमा, आकर्षणहरूमा अल्मलिन पुग्छ र तीमध्ये कोही त्यही शारीरिक आकर्षण र उल्लासलाई प्रेम ठानेर जिन्दगीभर दुर्घटित हुन पुग्छन् । दुर्घटनाबाट जोगाउन अभिभावकहरूले प्रेमको सही अर्थ बुझाएर सही तरिकाले सम्झाउने परिपाटी हामीकहाँ छैन । प्रेमका लागि भौतारिएका आफ्ना सन्तानलाई घृणा र लाठीका भाषाले झन् आफूबाट टाढा लैजान्छ भन्ने कुरा आमाबाबु र अभिभावकले बुझन नसक्दा यसरी नै मिताहरू विक्षिप्ततातिर होमिइरहन्छन् । यस्तै भ्रममा परेकी रेखा असामयिक प्रेममा पाएको धोकाबाट पागल भएर हिँडी । थाहा छैन ऊ अहिले कुन अवस्थामा कहाँ छे ! आखिर माइतीले पनि उसलाई नै दोषी देखेर बिर्सिदिएको छ ।

मलाई मिताको जीवनको बर्बादी मोडलाई टुङ्ग्याइदिन मन लागेको छ । अतीतका गल्ती र आत्महीनताबाट मुक्ति दिएर उसलाई नयाँ बाटोमा हिँडाउन मन लागेको छ । भन्न मन लागेको छ जसलाई तिमीले प्रेम ठान्यौ, वास्तवमा त्यो भौतिक आकर्षण मात्र हो र जसलाई तिमीले प्रेमी ठान्यौ, त्यो अरू कसैको जीवनसाथी हो, बाबु हो र यो ठाउँका लागि एउटा समाजसेवी स्वास्थ्यकर्मी हो । अर्थै नबुझेको प्रेममा फसेर जीवनलाई अर्थहीन बनाउने अधिकार छैन तिम्रो । समयभन्दा पहिल्यै नपाउनुपर्ने कुरा पाउन खोज्दा धेरै–धेरै पाउनुपर्ने कुराहरू गुमाउनुपर्ने हुन्छ । बुझेर हिँडेको बाटोमा खतराहरू नगन्य हुन्छन्, अँध्यारोमा पाइला चाल्दा गन्तव्यमा पुग्ने सम्भावना ज्यादै कम हुन्छ । मैले मनमनै गाउँ जाने अठोट गरेँ, मितालाई भेटेर सम्झाउने अठोट गरेँ । ढिलै भए पनि उसको आँखामा लागेको जालो पन्छाउन सके उसले आफ्नो जिन्दगीको बाटो परपरसम्म स्पष्ट देख्न सक्ने थिई र त्यो बाटोमा अरू धेरैले पाइला राख्न सक्ने थिए । म त्यही बाटो बनाउन भोलि एउटा नयाँ मोडबाट यात्रा सुरु गर्नेछु ।


अघिल्लो पोष्ट

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

पछिल्लो पोस्ट

आसन, भासन र शासन

डा. गीता त्रिपाठी

डा. गीता त्रिपाठी

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
आसन, भासन र शासन

आसन, भासन र शासन

प्रेमदूत ( विज्ञान कथा )

प्रेमदूत ( विज्ञान कथा )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लाकोजूका दुई कृति लोकार्पित

लाकोजूका दुई कृति लोकार्पित

४ जेष्ठ २०७९, बुधबार
नाटक ‘नासो’ मञ्चन हुँदै

नाटक ‘नासो’ मञ्चन हुँदै

५ जेष्ठ २०८१, शनिबार
दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

४ जेष्ठ २०८०, बिहीबार
विलाए संगीतका ‘भक्त’

विलाए संगीतका ‘भक्त’

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक