जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

विसंगत अनुहारका कथाहरु

मणि लोहनी मणि लोहनी
प्रकाशित ४ भाद्र २०७८, शुक्रबार
जनमत समीक्षा भित्र
0
विसंगत अनुहारका कथाहरु

वर्षौ पहिले जुद्धशमशेरले न्युरोडको सडक चौडा बनाउँदा ‘किन चाहियो यत्रो सडक ?’ भनेर विरोध भएको थियो । तर त्यहि न्युरोड अहिले साँघुरो भएको छ । त्यही साँघुरो न्युरोडको बीचमा ठिंग उभिएको छ जुद्धशमशेरको शालिक । त्यहाँको ठेलमठेल र अटेसमटेसमा धेरैको ध्यान त्यो शालिकतर्फ जाँदैन । सबैलाई छ हतारो । सबैलाई छ कहाँ हो कहाँ पुग्नु । तर वर्षौदेखि त्यो शालिक हर घट्नाक्रमलाई साक्षीभावमा हेरिरहेछ । र निरन्तर प्रभाव जमाइरहेछ विभिन्न झाँकीहरुमार्फत । न्युरोडको उपादेयता व्यापार व्यवसायमा मात्र होइन राजनीतिक, साँस्कृतिक गतिविधिमा झन बढेर गएको छ । यसबीचमा न्युरोडका धेरै झाँकीहरुले नेपाली सामाजिक जीवनमा ठूला परिवर्तनहरु ल्याएका छन् ।


काठमाडौंको न्युरोड नेपाली राजनीतिक घट्नाक्रमको विशिष्ट साक्षी हो । व्यापार व्यवसायका दृष्टिकोणले महत्वपूर्ण न्युरोड सन्दर्भ र परिघट्नाहरुले घेरिएको शहरी बिम्बमात्र होइन, यो त समग्र नेपाली जीवनको चित्र बोकेर लम्पसार परेको एउटा ऐतिहासिक सडक हो । यो परिवर्तनको सूचक पनि हो । अनेक राजनीतिक परिवर्तनको विशिष्ट दर्शक पनि हो । र पछिल्लो २३ वर्षदेखि कथाकार तुलसीहरि कोइराला हरेक दिन न्युरोड धाइरहेछन् । हेर्दाहेर्दै सैनिक मिच्याइमा परेर साँघुरिदै गएको टुँडिखेलको पश्चिमतर्फ अवस्थित नेपाल वायु सेवा निगमको भवनबाट न्युरोड गेट छिचोल्दै उनी जुद्धशमशेरको शालिक पुग्ने गरेका छन् । यो २३ वर्षमा देशमा धेरै उथुलपुथुल भए । राजनीतिक परिवर्तन, सामाजिक विकास र आर्थिक उन्नतीमा धेरै घट्ना परिघट्नाहरु थपिए । न्युरोड यी सव सन्दर्भहरुको साक्षी बन्यो । कथाकार तुलसीहरि कोइरालाले यही साक्षी बसेको न्युरोडबाट देखिएका विभिन्न झाँकीहरुलाई कथामा समेटेका छन् । उनले हरेक परिवर्तनको साक्षी न्युरोडमाथि र यहाँबाट देखिने विभिन्न झाँकीहरुलाई शब्दको माध्यमले स्केचमा उतारेका छन् । न्युरोडको शरमलाग्दो स्थितिलाई निकै साहसका साथ लेखेका छन् । सबैले देखेका तर कसैले नलेखेका घट्नाहरुलाई कथाको रुपमा पस्केका छन् । तर यो न्युरोडको मात्र कथा होइन । समग्र नेपाल र नेपालीको कथा हो । हरेक नेपालीले देख्ने सपना र भोग्ने जीवनको कथा हो । आम मानिसले चढ्न नसकेको दु:खको पहाड, पौडिन नसकेको अभावको नदी र जेनतेन बाँचिरहनु पर्ने हिमाली ठिहीजस्तो जीवन कथाको मुल विषय र भावभूमि हुन् ।


कथाकार तुलसीहरि कोइरालाको यो पुस्तक विरुप र विसंगत समयको डरलाग्दो तस्वीर हो । यसभित्र १९ वटा कथाहरु छन् । एकै बसाइमा सकिने यी कथाहरु पढिरहँदा लामा लाग्दैनन् । कथानक केन्द्रीत उनको लेखाईले पाठकलाई तानिरहन्छन् । भाषा सरल छ । प्रभावकारी छ । प्रभावशील उनको लेखाइले कथाको किताव हत्तपत्त छाड्न मन लाग्दैन । चरित्र अनुसार प्रयोग भएका भाषाले कथामा मिठास थपेका छन् । नेपाली समाज र यहाँका मानिसले चाहेका तर पुरा नभएका रहर र सपनाहरु नै कथा बनेका छन् । मानिसको स्वभाव र प्रेम मात्र होइन, मानिसले गर्ने अपराध, त्यसको पृष्ठभूमि र यौन आशक्तिलाई तुलसीहरिले सरल रुपमा लेखेका छन् । हरेक कथामा आममानिसले भोगेका दुर्नियति र दु:ख उनी खोतलिरहन्छन् । उनलाई कथा लेखिरहँदा लाग्दो हो, म फोटो खिचिरहेछु । या लाग्दो हो म स्केच कोरिरहेछु । उनी हरेक घट्ना र सन्दर्भलाई बुझाउन खप्पिस छन् । हरेक कथामा उनले बुनेको कथानक परिवेश पठनीय छ । उनी पत्रकार पनि हुन् । त्यहि भएर कहिकतैँ हतारिएको आभाष नहुने होइन । तर पनि त्यो हडबडाहट सुहाउँदो देखिएको छ । मानिसको जीवनमा फुर्सद नै कहाँ छ र ? हरेक मानिस हैरानमा छ । दौडमा छ । हिडिरहेछ । दौडिरहेछ । उनले मानिसको यहि गतिशीलतामाथि कथा लेखेका छन् ।


कथाकार तुलसीहरि कोइराला मेरो समयको एउटा सक्रिय कथाकार हुन् । उनले बालसाहित्यमा आफ्ना धेरै कृति दिइसकेको भएपनि उनको यो पहिलो कथा संग्रह हो । यसले उनको साहित्यको लामो यात्रालाई उजागर गरेको छ । कथा, कविता र निबन्धको क्षेत्रमा सक्रिय तुलसीहरि पेशाले पत्रकार हुन् र उनको लेखनमा पत्रकारिताले नयाँ विषय छनौटमा सहयोग गरेको आभाष हुन्छ । उनी कथामा परिवेश र पात्रको चरित्र चित्रणमा सफल छन् । पात्र अनुकुलको सम्वादमा माहिर लाग्छन् । विषयलाई लिएर अघि बढ्ने क्षमता र त्यसले पाठकको मनमा पार्ने प्रभावका सन्दर्भमा पनि तुलसीहरि सफल छन् । उनको लेखनको विशिष्टता भनेको उनले भूइमान्छेका कथा लेखेका छन् । जीवन जिउनै धौधौ परेकाहरुको तस्वीर खिचेका छन् । सबैले देखेर पनि कसैले नलेखेका मानिसहरु उनका प्रिय पात्र हुन् ।


न्युरोडका झाँकी भित्रका अधिकांश कथामा पहाडको पृष्ठभूमि छ । तर ती सबै कथाहरु काठमाडौंका कोलाहलको फ्रेमभित्र समेटिएका छन् । पात्रमा विविधता छ । प्रत्येक पात्रमा बेग्लै परिस्थिति छन् । भिन्न मनोजगत र भोगाइहरु छन् । कति कथाहरुमा तुलसीहरिले नारी देह र नारी मनका सन्दर्भहरुलाई कुशलतापूवर्त उतारेका छन् । उनले स्त्री मनोविज्ञानलाई पुरुष परिवेशमा प्रष्ट पारेका छन् । पुरुषगत उपलब्धि र जितहरुमा नारी संवेदनका कति पाटाहरु थकित र हैरान हुन्छन् भन्ने उनले खुलस्त लेखेका छन् । उनी पौरुष परम्परागत अंहमबाट जोगिएका छन् तर नारीको परम्परागत स्वरुपभन्दा माथि उठ्न सकेका छैनन् । यो उनको मात्र समस्या होइन । अहिले लेखिरहेका अधिकांश पुरुष कथाकारहरुको नियती हो ।


गाउँ शहरमा बस्ने मध्यम र निम्न वर्गिय मानिसका अनुहारलाई कथाको शीर्ष स्थानमा राखेर कथाकारले हरेक पात्रमा हाम्रो समयको समस्यासँग जुधाएका छन् । हरेक कथामा पात्रहरु परिचित लाग्छन् । तर हरेकले वेवास्ता गरिरहेका यी पात्रहरु परिचित भएर पनि हाम्रो सहानुभूतिले छुन नसकेका रहेछन् भन्ने कथा पढिसकेपछि मात्र ज्ञात हुन्छ । तुलसीहरिका कथाले मानिसलाई हेर्ने र बुझ्ने दृष्टिकोणलाई फराकिलो बनाउँछ । समाजमा एलिट वर्गमात्र छैन । मध्यम र गरिव वर्ग पनि छन् । जुन वर्ग अत्याधिक सपना र रहरले थिचिएका छन् तर खराव छैनन् । खराव भएपनि आफ्नै ससाना सपनाको पूर्णताका लागि गरिएका उपक्रम नै अपराधमा परिणत भएका हुन् । समाजको यो चित्रण मलाई तुलसीहरिका कथामा सबैभन्दा बढि मन परेको हो । मानिसले बाँच्न त पाउनु पर्‍यो नि । बाँच्न पाउने नैसर्गिक अधिकारबाट कसैलाई बञ्चित गराउनु हुदैन भनेर कथाकारले गरेको वकालत कथासंग्रहको सबैभन्दा सुन्दर पक्ष हो ।


न्युरोडका झाँकी को सबैभन्दा ठुलो ‘ट्रेजेडी’ के हो भने हरेक कथाको अन्त्य दु:खात्मक र अवसादपूर्ण छन् । के संसार साँच्चै दु:खदायी छ ? यहाँ मान्छेका सपनाहरु अपुरा मात्र हुन्छन् ? किन सपना पुरा गर्न सक्ने सामथ्र्य आममानिससँग हुदैनन् ? हरेक कथाको अन्त्यमा कथाकारले दु:ख ल्याएर जोडेका छन् । तर ति अन्त्य अस्वाभाविक लाग्दैनन् । जीवन जिउँदै जाँदा हुन्छ नै त्यस्तै । तर कथा पढिसक्दा हरेक पाठक द्रवित हुन्छ । उ दु:खले भरिन्छ । आफ्नो परिवेशसँगको उसको आक्रोश बढ्छ । तर केहि गर्न सक्दैन । यो समाज जस्तो छ तुलसीहरिका कथाहरु त्यस्तै छन् ।
किताबभित्र रहेका चोख्याइएको गाउँ, पिलो, प्रशंशाको घडी, विज्ञापन, न्युरोडका झाँकी अब्बल कथाहरु हुन् । यी कथाहरुले हाम्रो समाजको चरम बेथितिलाई उजागर मात्र गरेको छैन । यसबाट हाम्रो समग्र विकास र सामाजिक उत्तरदायित्वमा परेका प्रभावहरु प्रष्ट पारेको छ । सामाजिक रुपमा नेपाली समाज पढ्न चाहने पाठकले यी कथाहरु पढनै पर्छ । यस कितावबाट पाठकले आजको नेपाली समाज र यहाँभित्रका तमाम बेथिति र विसंगतिहरुलाई बुझ्न र महशुश गर्न सक्छ । यी कथाहरु अहिलेको समयको बेजोड कथा हुन् । तुलसीहरिको कलमबाट उब्जिएका यी कथाहरुले उसलाई नेपाली कथाको क्षेत्रमा सदैब जोगाइ राख्ने छ । कथाको परख गर्नेहरुले यही कथाका लागि तुलसीहरिलाई सम्झिरहने छन् ।


तुलसीहरि संभावनाले भरिएको लामो दौडमा सामेल छन् भन्ने न्युरोडका झाँकी कथा संग्रहले प्रष्ट पारेको छ । समाजशास्त्रीय दृष्टिकोणबाट लेखिएका यसभित्रका कथाहरुले गहिरोसँग समानता र न्यायको पक्षमा वकालत गरेको छ । शिखा बुक्सले प्रकाशन गरेको यो किताव कोरोना कहरले घरभित्रै बस्न बाध्यहरुका लागि समय कटाउने गतिलो साधन बन्ने छ । त्यसो त नेपाली कथा साहित्यमा यो संग्रह सधै चर्चा र चासोका साथ पढिने छ ।


Tags: जनमतमणि लोहनी
अघिल्लो पोष्ट

नेपाल–रुस सांस्कृतिक एवं साहित्यिक सम्बन्धको चर्चा

पछिल्लो पोस्ट

मकर मेलाको बाल चित्रकथा

मणि लोहनी

मणि लोहनी

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
मकर मेलाको  बाल चित्रकथा

मकर मेलाको बाल चित्रकथा

मालिका केशरीको  ‘दुङाल’

मालिका केशरीको ‘दुङाल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

४ जेष्ठ २०८०, बिहीबार

माड्साब

४ जेष्ठ २०७८, मंगलवार
क्याम्पस पढाउने रहर बोकेर बाध्यतामा गोरखा पुगेँ

क्याम्पस पढाउने रहर बोकेर बाध्यतामा गोरखा पुगेँ

४ जेष्ठ २०७९, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

२ भाद्र २०८१, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक