दाई अनन्त घर नजिकै आङगिक कलेजको प्रोफेसर हुनुहुन्थो । आज वँहा घरबाटै मलाई भेट्न यति टाढा आउनु भएछ । म भने प्रशासन सेवामा प्रवेश गरेर सुब्बा तहबाट जागिर खान सुरु गरेको थिएँ । यसरी सेवा सुरु गरेको केही वर्षमा लोकसेवा आयोग पास गरेर उपसचिव तहमा पुगेको थिएँ । योभन्दा अगाडि जागिर खाएको अवधी दश वर्षसम्म पहाडी जिल्लाका मालपोत कार्यालयमा बसेर बित्ताएको थिएँ । अहिले भरखर चार महिना बित्तै छ सरुवा भएर मधेसका जिल्लामा आएको । यो जिल्लामा पनि मालपोत हाकिम पदमा नै सरुवा भएको थिएँ । म अफिस छुटेर आउँदा डेरामा दाइ बसी राख्नु भएको थियो । मैले दाइलाई ढोग गरे घरका बारेमा सञ्चबिसञ्चको खवर सोधें । वँहाले मलाई मयाले कुम मुसार्दै सबैलाई सञ्चै छ भन्नु भयो । रवी तिमी ! नयाँ ठाउँमा भरखर सरुवा भएर आएका छौ । काम गर्न सजिलो अप्ठारो कस्तो छ भनेर सोध्नु भयो ।
यसरी दाजुभाई बिच कुरा गदै मैले कपडा फेरी सकेको थिएँ । मेरी पत्नी कल्याणीले पानी र चिया ल्याएर खान दिदै थिइन् । मैले चिया पिउँदै दाइसँग भने–यो जिल्लामा बसेर मालपोत कर्यालय प्रमुखको भूमिका निर्वाहा गर्न सजिलो छैन । अति सम्बेदनशिल वनेर जमिनको नापजाच र नामसारी गर्नु र गराउनु पर्ने हुन्छ । यो काममा कुनै तलवितल प¥ये जनताको भूमि धनमा नोक्सान पर्न सक्छ । दाइ ! टाढा–टाढाबाट आएका जनताहरुको कामलाई गहिरो अध्यान गरेर समयमै फछ्र्याैट गराउनु पर्ने हुन्छ ।
अनन्तले भने, ठिक्क भन्यौ रवी ! “सबै मानिसमा एउटै स्वभाव र बिचार पनि हुँदैन”। मौसममा बदलाव आए जस्तै गरी समय समयमा मानिसको मन बदलिरहेको हुन्छ । भनाइ छ “आफ्नो सामल राखेको थैलाको मुख बन्धिलो गरेर बाध्नु अरुलाई दोष नदिनु ” भन्ने त्यसैले वेलैमा होशियारी हुन राम्रो हो ।
मैले भने, दाइ ! मानिसका विचार सोच र स्वभाव आ–आफ्नै चुचुरा र थुम्काहरुको परिवेश अनुसार चलेर आएका हुन्छन् । त्यसैले ब्याक्तिगत चरित्रलाई बुझेर कार्यालय समय भरी जनताको काम गर्छु । अन्त्यमा म कार्यालयका कर्मचारीसँग बसेर सद्भावपूर्वक सबैका समस्याहरु केलाएर निरुपण गर्दछु । म आफू कुनै अनियमित काम गरेर नाम दुषित पार्न चाँहन्न थिएँ । त्यसैले परिश्रम पूर्वक काम गरेर इमान्दारिताको कसिमा उत्रेर नाम चोखो राख्ने कोशिसमा छु । दश बजे अफिसमा पुगेर कुर्सीमा बसेपछि दायाँवायाँ चट्नपटाइ दैनिक काममा समय बिताइरहेको छु ।
अनन्तले भने–रवी ! हिजोआज पुष महिनाका दिन छोटा भइसकेका छन् । सधैकोंजस्तो आज पनि दिनभरी मौसम ओसिलो भएर कठाङग्रिने चिसो बढी रहेको थियो । मधेसका ठाउँमा नराम्रो गरी चिसो बढेर सितलहर चल्छ त्यसबाट जोगिनु पर्छ ।
मैले हो दाइ ! मलाई पनि चिसो बढेर होला गानो चलेर कुटुकुटु पेट दुःखी राखेको छ । अफिसमा कामको चाप बढेर खाजा खाने समय पनि मिलदैन । आज एक दुइ पटक चिया मात्र पिएको थिएँ । यसरी अफिसको काम सकेर कुर्सीबाट उठ्दा सधैं रात पर्छ । आज जस्तै डेरामा आउँदा आकाशमा ताराहरु फाट्टफूट्ट चम्कन थालेका हुन्छन् । पृथ्वीमा एक प्रकारको शान्त र शुन्य वातावरण देखा परिरहेको हुन्छ । बजारमा भने चारैतिर बिजुली बत्ति झलमल्ल बलरे सुन्दर देखिएको हुन्छ । दाइ ! यसरी मेरो दैनिक दिनचर्या बिति रहेको छ ।
मेरा कुरा सुनेर कल्याणी (पत्नी) ले कपडाहरु मिलाउँदै आफ्ना कुराहरु पेश गर्न थालिन् । हेर्नोस् दाइ हजुर ! वँहाको वानी सधै यस्तै हो । रात नपारी वेलैमा क्वाटरमा आएर दुई जनासँगै बसेर खाजा खाँदा कति आनन्द हुन्छ । अफिसको काम अरु कर्मचारीहरुले पनि गर्छन् किन आफैं वँहा हजुरले यो बिघ्न घोटिनु प¥र्यो । म एक्लै सधैं दिन भरी डेरामा धुमधुम्ती बसेर समय बित्ताउन कती अप्ठारो छ ।
कल्याणीले असन्तुष्ठीका कुराहरु भनिरहदा मैले पुलुक्क अनुहारमा हेरे । उनले दाइका अगाडि क्रमश उजागर गर्न खोजेका शिरियलहरु रोक्ने मनशाय गरे । आफ्नो पेटको दुःखाइलाई सहदै हासेर उनका अनुहारमा लहरिएका केसहरुको शोभालाई हेर्दै भने । कल्याणी किन एक्लै दिनभरि बसिरहन्छौ डेरमा । तल कार्यालयमा झरेर सबैसँग घुलमिल गरेर बसे पनि राम्रै हुन्छ । बजारतिर गएर पसलका साहुनीहरुसँग कुरा गरेर केही समय बिताए पनि भयो । जसरी भए पनि आफ्नो न्यास्रोपन हटाएर समय बिताउन सक्नु प¥यो ।
कल्याणी मेरा कुरा सुनेर नबोली भान्सा तिर गइन् । अनन्तले भने रवी ! बालकहरुका नजर इच्छा क्षणक्षणमा बदली भइरहन्छन् । त्यस्तैगरी नारीहरुका नजर इच्छा पनि बदली भइरहन्छन् । त्यसैले बालक र नारीका असन्तुष्ठीहरुको ब्यवस्थापन गर्नु उत्तम हुन्छ ।
मैले भने–हो दाइ ! कल्याणीको मन पनि अरुले नयाँनयाँ लुगा गहना फेरीफेरी लगाएको देखेर इष्र्याले भतभती पोलीरहेको छ । उनी अरुका नजरमा उर्वरताका हिसावले श्रेष्ठ मानिने मालपोत कार्यालयकी हाकिमकी पत्नी हुन् । उनले लगाएका गहनाहरु देखेर अरु कार्यालयका हाकिमनीहरु मुखामुख गरेर ब्यङ्गका नजरले हेरेर हास्छन् । यो व्यवाहार देखेर उनका मनमा अपमानको पिडा महसुस भएर घरवराहट आउँछ ।
मैले फेरी दाइसँग अफ्ना कुरा क्रमैलेभन्दै गएँ । दाइ ! अर्कातिर जग्गा घोटाला गर्ने गुट सक्रिय भइरहेको छ भन्ने सुनिन्छ । त्यसैले सुब्बा धनिरामलाई यो कर्यालयमा सरुवा गरेर ल्याउने कसरत सुरु भइरहेको छ । उनी कार्यालयमा बसेर जस्ता प्रकारका काम पनि मिलाउन सिपालु छन् । त्यसैले उनको माथिल्लो तहसँग गहिरो सम्पर्क रहेको छ । उनको बाहिर देखाउने नम्र र विनयी गुणका कारण सानाठूला मानिस सबैले मन पराउछन् । तर उनको भित्रभित्रै कुटिलता पूर्वक कुटुकुटु काटेर ढलाउने गुणलाई सबैले देखेका हुँदैनन् । त्यसैले धनिराम यो कर्यालयमा सरुवा भएर आउनु मेरा लागि घातक हुन सक्छ ।
अनन्तले भने–रवी ! मैले पनि मालपोत मन्त्री शक्तिप्रसादले धनिरामलाई खोजी रहेका छन् भन्ने सुनेको थिएँ । उनी जग्गाको काम कुरा मिलाउन देशकै सिपालु हुन् भन्छन् ।
मैले खिन्न स्वरमा भने–दाइ ! उनलाई मन्त्रीले मन्त्रालयमा बोलाएर भेटी सकेका छन् । मन्त्रीले खोजी गरेको सुनेर पहिले धनिराम खुव डराएका थिए । त्यसैले अनेकथरी सोचेर अध्यारो अनुहार पारेर मन्त्रालयमा पुगेका थिए । उनलाई मन्त्रीले देख्ना साथ मिठा वचनले स्वागत गरे निवासमा एक्लै लगेर राखे र आफ्ना समस्या सुनाए । सुब्बाले मन्त्रीका कुरा सुनेर खुशीले घोरिएर हात मोल्दै भने–हुन्छ मन्त्रीज्यू हजुरको आज्ञा भए सबै कुरा पुगिगयो । आजसम्म धेरै जनाको अप्ठारा काम मिलाइयो । यो हजुरको काम सजिलैसँग पुरा हुन्छ त्यो गर्ने जिम्मा मेरो भयो । यसरी मन्त्रीले धनिरामसँग वार्तालाप गरे पछि खुशी भए । उनलाई अन्य जिल्लाबाट सरुवा गरेर यो जिल्लामा भरखर ल्याएका छन् ।
दाइ ! म यँहा आएर जिल्लाका विशेष ब्याक्तिहरुका बारेमा जानकारी लिएँको थिए । मालपोत मन्त्री शक्तिप्रसाद गएसालको आमचुनावमा धनसनले संघिय सभासदमा यही जिल्लाबाट बिजयी भएका रहेछन् । उनको भाग्य राम्रै रहेछ सभासद भएका पहिल्यै चोटी मन्त्री पनि वने । जे भए पनि चुनावमा अत्याधिक खर्च गरर जितेका थिए रे । उनले पाँच वर्ष खाएको मन्त्रीको तलवले एक छेउ खर्च पनि उकास्न सक्ने अवस्था भएन छ । यदि चुनाव हारेका भए भूमिगत हुन्थे होलान् । जिते राम्रै भयो तर कार्यकर्ता र नगद ऋण सहयोग गर्ने शुभेच्छुकहरुका अगाडि ठाडो शिर पारेर बोल्नसम्म सकेका छैनन् । “दिनमा भोक न रातमा निन्द्रा भएर अजकल्टीरहेका”छन् । आफू अत्याधिक ऋणबाट मुक्ति पाउँने उपाय स्वरुप सुब्बा धनिरामलाई खोजेका थिए । त्यसैले हतार गरेर उनलाई अर्को जिल्लाबाट यो जिल्लामा सरुवा गरेर ल्याएका हुन् ।
अनन्तले सोधे रवी ! यी शक्तिप्रसाद साह्रै कङगालरहेछन् । होइन दाइ बुझ्दा यी अघिका पुराना जमिनदार मनप्रसादका नाति हुन् । उनका हजुर बुवा कसैका मनमा नबिजाउने असल मानिस थिए भनेर केही बृद्धहरुले भनि राखेका छन् । उनी सयौ एकड् जमिनका मालिक थिए रे । तर अरु जमिनदारजस्ता खराव स्वभाव र रुखा मिजासका थिएनन् । सदासर्वदा समाजको भलो गर्न खोजी रहन्थ्ये । गौचरन् राखेर पानीघाट जोगाउने र पाटी पौवा चौतारा बनाउने काम गरिरहन्थ्ये । त्यसैले उनले यो मन बजारको मुटुमा रहेको तिस एकड् जमिन गौचरन घोषणा गरेर सार्वजानिक गरेका थिए रे । त्यो समयमा सार्वजानिक गर्ने जमिनमा माटो र नुन् छरेर पशुका लागि चरन क्षेत्र घोषणा गरिन्थ्यो । यी आदि काम गर्नाले समाजका नजरमा मनप्रसाद नबिजाउने असल थिए ।
यता कालान्तरमा प्रकृति प्रकोपले जतातै बाडि पहिरो गएर विभिन्न घना बस्तिहरु उजाड भए । त्यसैले सुरुमा सुकुमबासिका नामले मन बजारमा आएर सानासाना छाप्राहरु हालेर मानिसहरु बसेका थिए । समयले देखीदेखी अनेक जुनीहरु फेरो । राजनिति पुस्तका पानहरु फरर पल्टिए । पुराना पाना च्यातेर हुरीले उडायो नयाँ पानाहरु थपिए । जमिनदारका पुराना दुई पात झरेर गए नयाँ पातका रुपमा शक्तिप्रसाद दरिए । उनको पुर्खेली सम्पति पनि रुवा उडे झै गरी उडेर सकियो । उनले छोराछोरी पढन भनेर बिदेश पठाए आफू यहाँ बसेर राजनिति गर्न थाल्ये । यसबेला उनको राजनिति सफल देखिन्छ ।
म दाइसँग यो मन बजारको कुरा बिस्तारले गर्न थाल्यें । अहिले आएर यो ठाउँले पनि मुहार फेरो । दिन प्रतिदिन जिल्लाको प्रमुख ब्यपारिक केन्द्र बन्दै गयो । आज यस ठाउँमा बिशालबिशाल गगनचुम्बी घरहरु ठडिए । देशमा प्रमुख महत्व राख्ने ब्यपारिक प्रतिष्ठानहरु पनि यहाँ आएर बस्न थाल्ये । आजसम्म जनताले यो ठाउँका जमिनको कारोवार सापटी पैसा लेनदेन गरेजस्तै गरी चलाइरहेका थिए । अर्को साछीका रुपमा बजार कमिटी बसेर रेखदेख गर्दै ब्यवस्थापकिय काम गरीरहेको छ । माल कार्यालयको स्रेस्तामा भने शक्तिप्रसादका बाजे मनप्रसादको नाम जनिएर गौचरन प्रति लेखिएको थियो । चुनाव आएका बेला सबै ब्याक्ति वा पार्टीहरुले मनबजारको मुद्दा जोडतोडले उठाउछन् । घाम लाग्न थालेपछि घासमा झरेको सित हराएजस्तै गरी चुनाव पछि सबै कुरा हराएर जान्छन् । शक्तिप्रसादले पनि चुनावका बेला यो बजारको मुद्दा नउठाएका होइनन् । अरुको भन्दा अझ पेचिलो गरी यसो गर्छु र त्यसो गर्छु भनेर जोडले कुरा उठाएका थिए । यो थियो पार्टीको र उनको देखाउने दात ।
अनन्त दाइ आनन्दले बसेर मैले भनेका कुरा चाख मानेर सुनिरहका थिए । भाइ तिमीले राम्रो गरी समय र समाजका चरित्रका कुरा ग¥यौ । देशमा जताततै तिमीले भनेजस्तै छ । निष्ठामा बस्ने चोखो मानिस कुनै पेशामा पनि छैनन् ।
दाइ अब थोरै शक्तिप्रसादका चवाउने भित्री दातको चर्चा गरौं । यता उनले धेरै वर्ष अघिबाटै भित्रभित्रै गोप्य रुपले मुद्दा गरेर सर्वोच्च अदालतसम्म पुगेका थिए । अदालतबाट मनप्रसादको नाति शक्तिप्रसादका नाउमा तिस एकड् जमिन यसरी दर्ता हुने ठहर गरिएछ । मालअड्डाले स्थलगत बुझी कसैलाई बाधा नपर्ने भए दर्ता गरिदिनु भन्ने आदेश भएको थियो । त्यसैले उनले आफ्नो पार्टी हेडक्वार्टबाट स्विकृति लिएर केही पार्टीका अगुवा कार्यकर्ता र बजारका टाठा मानिस मिलाएर काम गर्न थालेका थिए । जमिन भोग गरेको क्षेत्रफल अनुसार पैसा त्योकिएको थियो । त्यो पैसा प्राप्त भएपछि स्थानीय निकायले भोग गरेको अमुक क्षेत्रफल त्योकेर सिफारिस दिने गर्दथ्यो । त्यही सिफरिसका आधारमा सिधै मालबाट भोग गर्ने ब्याक्तिका नाममा नामसारी हुने भयो । यो कुरा सुनेर काचो ठाउँमा लगानी गरेर बसेका मानिसहरु खुशी भए । आफूले बुझाउनु पर्ने पैसा धमाधुम कमिटीमा बुझाउन थाल्ये । शत्तिप्रसादले पनि रकम जम्मा गरेर हेटक्वाटर देखी पुलिस प्रसाशन सबै ठाउँमा पु¥र्याए । उनले यसरी चुनाव खर्च उठाएर भविस्य पनि मजवुत् बनाएका थिए ।
हामी दाजुभाइ बिच कुरा चली रहेको देखेर मेरी पत्नीलाई हाम्रा कुरा त्यती मन परेनछन् । रिसाउँदै झर्केर खुट्टा ठट्टाउदै भनिन् । के भनेको अघि तपाइँले म मालपोत हाकिमकी पत्नी भएर बजारबजार डुलेर हिंड्न सुहाउँ छ लाज लाग्दैन मलाई । दाइ हजुर ! मैले सबै कुरा वँहालाई अस्तिनै भनिसकेकी छु । मनमा सम्झना राख्नु भएको छकी छैन । मैले सधैं पुराना डिजाइन्का लुगा गहना कति दिन लगाएर हिड्ने । यो वर्ष नयाँ ठाउँमा आएका छौं । यस पालीका चाडहरुमा नयाँ डिजाइनका लुगा गहना लगाएर हिंडन पाउँनु पर्छ । अरु हाकिमनीभन्दा म नराम्री देखिदा हजुरलाई बिरमाइलो लाग्दैन । मलाई त आफ्ना पतिको अरुले कुरा काटेकोसुन्दा नमिठो लाग्छ । धनीराम सुव्वा दिउसो यहाँ आएर मसँग गनगन गर्दै थिए । हाकिम साहेव किन हो हजुर ! जे काम पर्दा पनि आफैं घोटिनु हुन्छ । मैले मालपोत कार्यालयमा जागिर खाएर बसेको तिस वर्ष बित्ये । एसो काम अह्राए गरी हाल्थें । विस्वास गरेर हजुर ! त्यो फलानु काम गर सुव्वा भने सबै काम मिलाउछु । वँहाले आरामले बसेर च्यास्स सही गरे पुगिजान्छ भन्थे ।
दाइ र म केही नबोली गम्बिर रुपले सोचेर कल्याणीका कुरा सुनिरहेका थियौं । मैले दाइलाई पुलुक्क् हेरेर भने मेरो चरित्रमा दाग लगाउन धमिराहरु उद्दत भइ सकेछन् । दाइले भन्नु भयो रवी !“आफू भलो जगत भलो मात्र बन्ने होइन । जानीजानी नबिराउने र नडराउने हिम्मत पनि लिनु परो ”।
अब हामी दुवै भाइ बेलुकाको खाना खान भान्सामा गयौं । उनी पनि हामीसँगै गएर बोल्दै दाल तरकारी तताउन थालीन् ।
दाइ भने घोरिएर नबोली हाम्रा कुरा सुनिरहनु भएको छ ।
फेरी उनैले प्रसङ्ग बदलेर भन्न थालिन् । सुन्नोस् हजुर ! आज दिउँसो काठमाण्डौबाट छोरी रनिताले फोन गरेकी थिइन् । मैले हात धुधै भने–कल्यणी ! के रहेछ छोरीको खवर सुनाउ । के हुनु एक्लै बसेर ज्यादै दुःख गरेर इन्टासको तयारी गरीराखेकी छु भन्थिन् । उनलाई पढाउने सरहरु सबैले पास गर्छेउ तिमीले भनेका पनि छन् रे । त्यहाँका एक दुई वटा कलेजमा गएर डाक्टर पढ्दा लाग्ने खर्चका सम्बन्धमा बुझेकी पनि छन् रे । पहिलो वर्ष बिस लाख मात्र लाग्ने रहेछ भन्थिन् । म जसरी पनि डाक्टरी पढ्छु बुबासँग सल्लाहा गर्नु हवोस् ममी भन्थिन् ।
कल्याणीले कुरा गर्दै यसबेला खाना पस्की सकेकी थिइन् । हामीले खाना खाँदा कुनै ब्यवहारिक कुराको नकारात्मक प्रसङ्ग कोट्याएनौ । अनन्तले भने–खुशीको कुरा सुनायौ कल्याणी । राम्रै भयो हाम्री पनि छोरी डक्टर हुने भइन् । समय छ अहिले किन ब्यर्थमा चिन्ता लिन्छ्यौ खाना खाउँ । कल्याणी पनि दाइका भनाइ सुनेर खुशी भइन् । मसँगै आएर खान खान टेबुलमा बसिन् ।
हामी खाना खाएर उठ्यौंं । दाइलाई सुत्ने कोठा देखाएर म आफ्नु कोठामा फर्के । मेरो मन भने अशान्तिले उलटपुलट भइरहेको थियो । कोठामा गएर बुद्ध दर्शनका किताबहरु पल्टाएँ । पहिलो पानाको शुरुको हरपमै झुट्टो काम गर्नु र बोल्नु महाँ पाप हो भन्ने वचन् लेखेको पढ्न पाएँ । ती भगवान बुद्धका माहान वचन सम्झेर आँखा चिम्म पारे । शरीर भरी चिटचिट पसिना आए । आँखा उघारेर हेर्दा तिरमिर देखियो किताब बन्द गरे । तुरुन्त ओच्छ्यानमा आएर पल्टे । मनमा विविध स्वच्छ भावनाहरु आइरहेका थिए । कल्याणी भने केही खुशी भइछन् छोरी डक्टर हुने भइन भन्ने सम्झेर । सन्तोषले ओच्छ्यानमा पल्टना साथ घुरेर निदाउन थालिन् । मलाई भने रात भरि छटपट भएर निन्द्रा लागको थिएन । बिहानी पख मिठो निन्द्रामा परेर आनन्दले लोलाइ रहेको थिएँ । ठम्याउन नसक्ने गरी बिचित्रका सपनाहरु देखिरहेको थिएँ । मनभित्र कुरा गुटमुट्याएर पुष महिानको चिसो सहन नसकेर सिरक ओडेर गुटमुटी रहेको थिएँ ।
विहानै फोनको घण्टी बज्यो सिरक भित्रबाटै लम्केर फोन उठाएँ । रिसिभर कानमा च्यापेर हलो भनेको थिएँ । उताबाट आएको भनाइ सुनेर मुटुनै ढुकढुक भयो । मालपोत मन्त्री शक्तिप्रसादले फोन गर्नु भएको रहेछ । वँहाले आफ्नो परिचय दिदै भन्नु भयो । हाकिम साहेव नमस्कार म मालपोत मन्त्री शक्तिप्रसाद बोलेको हुँ । जिल्लामा बसेर तपाइँ राम्रो काम गर्नु हुन्छ भनेको सुनेर विहानै सम्झेको छु । सुब्बा धनिराम तपाइँसँगै मिलेर राम्रो काम गर्छु भनेर आएका छन् । कसैकसैका मुखबाट अली बदमास छन् भन्ने पनि सुनेको छु । जिल्लामा बदनाम नहोस् भनेर उनलाई पनि फोनबाट हाकिमसँग मिलेर काम गर्नु भनेर हप्काएको छु । म फोन कानमा लाएर थरथर काम्दै अँ अँ हवोस् मन्त्रीज्यू भनीरहेको थिएँ । उताबाट बल्ल उनले धन्यवाद भनेर फोन राखे ।
विहानै मन्त्रीको फोन बज्रेर आउँदा ठूलो आँधि आएजस्तै गरि मनका स्वच्छ भावनाहरु हल्लिए । म दिसा बिहिनजस्तै भएर कर्तब्य बिमुढ वने । यसरी दिनप्रतिदिन जागिरको जमिनमा पवित्र जलले रसिंदै निष्ठा पूर्वक हुँर्कदै गरेका भावनका जराहरु हल्लिन थाल्ये । मेरा विचारहरु वचाउन सक्ने आधारहरु यसरी एक एक गरी मकिदै गएका थिए ।
बिहान उठेर मन अमिलो पारेर दाइसँग बसेर खाना खाएँ । वँहा पनि केही काम छभन्दै बजारतिर डुल्न जानु भयो । म दश बजे अफिसमा गएर कुर्सीमा बसेर चटनपटाइ काम गरे । काम नभएको बेला घोत्लिएर सोचि रहें । यो मन बजारको तिस एकड् जमिन सिधा कानुन्का नजरले हेर्ने हो भने सरकारको हो । अर्कातिर सयौं वर्ष देखी बसोबास गर्ने मानिसको हुनु पर्ने हो । अदालतका फैसेलाको मार्मिक आसय पनि यस्तै छ । माल अड्डाले स्थलगत जाँचबुझ गर्दा बाँझो प्रति देखिए कसैलाई बाधा नपर्ने ठहरिए फिराद कर्ता शक्तिप्रसादका नाममा दर्ता गरिदिनु भन्ने थियो । आज अर्थको अनर्थ लगाएर अरबौ पैसा असुल्दै छन् । यसरी पृथ्वी माताको अस्मिता लुटिइरहेको छ । आफ्नै मनका भावनाहरुसँग कुस्ति खेल्दै कुर्सीमा घोत्लेर बसिरहे । अफिस समय बिते पछि उठेर डेरामा गएँ ।
हामी नभएको मौका पारेर सुब्बा डेरामा गएर कल्याणीसँग दिनभरि प्यादा बसेर कुरा दुहेछन् । उनी चतुरा थिए नम्रसँग चिप्ला कुरा गरेर कल्याणीको आवस्यक्ता बुझे । उनले पनि होसै नपाइ आफ्नो आवस्यक्ताको पोको खोलिदिइन् । धनिरामले यसरी हाकिम गलाएर काम गराउने तोड् बुझे । खुशीले हासेर भने–हाकिमनी साहेव हाकिम साहेवलाई भनेर एउटा काम गराउनोस् । हजुरका सबै समस्या चटक्क यसै घडिमा हल हुन्छन् । सुब्बाका कुरा सुन्दा “दुधमा झिङगा बिस्तारै डुव्न पुगेजस्तै गरी उनको मन पनि लोभिदै गयो” । सुब्बा साहेव कस्तो काम हो हाकिम साहेवले गर्न मिल्ने भए गरी दिनुहुन्छ भनेर वचन् दिइछन् । यसरी कल्याणीको गुलियो वचन मिलेपछि झोलाबाट पचास लाख रुपयाँका गड्डी झिकेर जिम्मा लगाए । हात मोल्दै हासेर भने–हेर्नोस्, हाकिमनी साहेव नमिल्ने काम भए कसरी हाकिम साहेवलाई गर्न लगाउँथ्ये । मैले पनि कागज पेश गर्ने महलमा सही गरेको छु । काम भए पछि अरु पनि पैसा आउछन् । धनिरामका भनाइ सुनेर पूर्ण विस्वास भयो कल्याणीका मनमा । कुनै डर नमानी दुःखको हासो मुसुक्क हासेर पैसाको बिटो थन्काइन् । सुब्बाले सबै सरोकारवला ब्याक्तिका कागजात मिलाएर झोलामा बोकेका थिए । उनलाई देखाएर झोला पनि राखी दिए ।
यता म कुनै जटिल रोगले घातेको रोगीजस्तै हल्लदै अपिसबाट बाहिरे । बिस्तारै आएर कोठामा पसेर थुचुक्क बसे । मेरो शरीर रोगी होइन अरुले भावनामा खेलेर मन रोगी भएको थियो । आज मलाई देखेर दाई अनन्तले बिस्मत मान्नु भएछ । ए रवी ! तिमीलाई बिसञ्च भयो भनेर आत्तिनु भयो ।
कल्याणी भने सदाभन्दा आज खुशी देखिएकी थिइन् । हस्याङफस्याङ गरेर पहिले चिसो पानी खान दिइन् । त्यसपछि मिठो चिया खाजा बनाएर दजुभाइ दुबैलाई ल्याइन । दुबै जनासँगै बसेर कुरा गर्दै खान थाल्यौं ।
कल्याणीले उठीउठी कुराको सुरुवात माइतबाट गर्न थालिन् । हजुर आज ठूलदाइले फोन गर्नु भएको थियो । मैले अँ के खवर रछ माइततिरको भनत भने । उनले खुशीले ओठ फड्कारेर भनिन् श्याम पनि अब अष्ट्ेलिया जाने भएछ । मैले यो खवरको उद्देस्य जानी सकेको थिएँ । मन नलागि नलागि राम्रै भएछ भने । उनले भनिन् उसका लागि पछि राम्रै होला अहिले दश लाख रुपयाँको माग गर्नु भएको छ दाइले ।
दाइ हामी बिच भएका कुरा नबोली सुनिरहनु भएको थियो । मैले कल्याणीलाई भने–के वचन दियौ दाइलाई गर्न सक्छौ भने गर राम्रो काम हो । यस पछि हामीले पुराना कुराहरु सम्झेर गफ गर्न थाल्यौं । चिसो बढि रहेको थियो । भान्साबाट खान तयार भएको खवर आयो । दाजु भाइसँगै बसेर खाना खायौं । दाइले सुत्ने मन गरेर कोठामा जानु भयो । म पनि आफ्नै ओच्छ्यानमा गएर पल्टे ।
कल्याणी पनि खाना खाइसकेर कोठामा आइन् । हासेर दराजबाट सुब्बाले दिएका पैसा र कागज झिकेर ल्याइन् । हजुर कुनै कुराको पिर नलिसिओस् सबै ब्यवस्था म मिलाउँ छु । ठूलो बाहादुरीको काम गरेजस्तै गरी हासेर हजुरले हुन्छ मात्र भन्नोस् भनिन् । मैले नजाने झै गरी यो के ल्याएकी हौ भनेर सोधें । उनले सुब्बाले ल्यिएर आएका र गर्न भनेका कामको विवरण सबै भनिन् । मैले रिसले तिमी बिथमा बुझ्दै नबुझी जे पायो त्यही कामको जिम्मा नलेउ भने । उनले अध्यारो अनुहार पारेर तुरुन्त सुब्बालाई फोन गरिन् ।
मैले यसबेला मनसँग कुरा गर्नु भन्दा अरु उपाय थिएन । मेरा पवित्र भावना माथी बिपतिका पहाडहरु खसिरहेका थिए । मन पनि आफ्नो अधिनमा हुँदो रहेनछ भन्ने सम्झे । सबै कुरा यो जीवनले अरुकै लागि गर्नु पर्ने रहेछ भन्ने निश्चय गरे । यही मौकामा फोन आयो कल्ले गरो फोन भनेर उठाएँ । कल्याणीले अघि फोनबाट सुब्बालाई के भनेकी थिइन् । उताबाट सुब्बाले भने हाकिम साहेव रिसानी माफ गर्नोस् हजुर नजिक विहान सवेरै आउँछु भनेको सुने । डरले मुटु ढुकढुक गो झस्केर हतार हतार नबोली फोन राखिदिएँ ।
कल्याणी फेरी उताबाट हास्दै आएर सुब्बाले के भने हजुरसँग भनिन् । मैले कल्याणी के तिमीले मेरो परिक्षा लिन खोजेको होभन्दै खक्पिएँ । मेरो खक्पि सुनेर अली डराएर भनिन् । प्रिय पति देव माफ गर्नोस् मैले त्यस्तो कुनै परिक्षा लिन खोजेको होइन । आफ्नै हितका लागि काम गर्नोस् भनेको हो । नारीको अस्र (आँसु काडेर रुनु ) झिकेर मलाई अँगालो मारेर हृदयमा गहिरो चोट पुग्ने गरी प्रहार गरिन् । चन्द्रमाको सितल प्रकासले बाहिर ब्याप्त थियो । म दुबै हातले टाउको समाएर खुव सोच्दै थिएँ ।
त्यसै बेला फोनको घण्टी बज्यो मैले उठाएर हलो भने । मन्त्रीले गरेका रहेछन् मैले कानमा रिसिभर राखेर हलो भने–उताबाट मन्त्रीले जागिर खान मन छकीछैन हाकिम भनेर चर्का स्वरले थर्काए । मैले कुनै बिकल्प सोचेको थिएन । नडराइ तुरुन्त भने हुन्छ मन्त्रीज्यू जागिर छोडिदिन्छु । यसरी मैले सबै थोक त्यागेर आफ्नो निष्ठालाई बचाएँ । अनन्तदाइले पनि सबै कुरा सुनेर धन्यवाद भाइ रवी भनेर अँगालो मार्नु भयो ।