जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

तीन देशका क्यानभासमा नारी शक्ति

जनमत जनमत
प्रकाशित १७ श्रावण २०८१, बिहीबार
कला, चित्रकला भित्र
0
तीन देशका क्यानभासमा नारी शक्ति

नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व पनि समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका विविध आयामलाई तीन देशका महिला कलाकारहरुले क्यानभासमा रङ्गाएको छ । क्यानभासमा कतै नारी शक्तिका रुप झल्किएका छन् । कतै प्रकृति र महिलाबीचको अन्तरसम्बन्ध झल्किएका छन् ।

काठमाडौँमा नेपाल, भारत र बङ्गलादेशका महिला कलाकारको जमघट भएको छ । महिला कलाकारहरुको सहभागितामा महिलाहरुले सिर्जना गरेका चित्रकला तथा मूर्तिकला प्रदर्शनी विरलै भेटिन्छन् तर यसपालि त्रिदेशीय कला प्रदर्शनीमा महिलाले मात्रै बनाएका सिर्जना प्रदर्शनी गरिएका छन् । यी सबै कलात्मक भाव काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा प्रस्तुत गरिएको छ । जहाँ तीन देशका महिला कलाकारका चित्रकला तथा मूर्तिकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीले प्रायः कमजोर बनाइने गरिएको महिलाको शक्ति पुरुषको भन्दा कम छैन भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

प्रदर्शनीमा ६२ महिला कलाकारका दुई सय कलाले कला परिषद्को तीनवटा हल भरिएका छन् । महिलाको शक्तिलाई नजिकबाट नियाल्न र बुझ्न प्रदर्शनीले सहयोग पुग्ने जनाइएको छ ।

महिलाका रङ र कुचि कुनै पुरुष कलाकारकाभन्दा कमजोर देखिँदैनन् । बरु अब्बल देखिन्छन् । महिलाहरुको कला प्रदर्शनीमा प्रेम, खुसी, जनजीवन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, महिला अनुभूति, भाव, संवेदना पस्किएका र परम्परागत चित्रकला तथा मूर्तिकला देख्न पाइन्छ ।

आधुनिक र नारीवादी कलाकारका रूपमा आफ्नो कला यात्रा अघि बढाएकी भारतीय कलाकार मौमिता घोष भन्छन्, ‘कला क्षेत्रमा पनि महिलाहरुलाई चुनौती छ ।

पुरुषको तुलनामा महिला कमजोर पारिएको अनुभव गरेकी छु, त्यसैले महिलाहरुकै समूह बनाएर महिला कलाकारले केही गर्न सक्छन् भन्ने देखाउने प्रयत्न गरेका हौँ ।’ सन् २०१८ बाटै भारतीय महिलाको समूह ‘स्प्रेड विङ्स/मार्फत कलामा महिलाको क्षमता र शक्ति प्रस्तुत गर्दै आएको छ ।

भारतीय कलाकार पियाली गाँगुलीले प्रकृतिलाई जोडेर गाउँले जीवन, बालबालिकाको खुसी र एक जोडी भँगेराको प्रेम प्रस्तुत गरेकी छिन् । उनले महिला कलाकारका समस्या समाधान गर्दै कला क्षेत्रमा अब्बल बनाउन संस्था खोलेरै अघि बढेको उल्लेख गरिन् । उनले बालबालिकाको खुसीलगायतका चार कला प्रस्तुत गरेकी छिन् ।

बङ्गलादेशकी उमी हविवाले परम्परागत कलासहितका प्रकृति कलामा प्रस्तुत गरेकी छिन् । उनका अनुसार समसामयिक विषयका चित्र समावेश छन् । त्यहाँ परम्परागत रुपमा चल्ने रिक्सा उनले प्रस्तुत गरेकी छिन् ।

उनकै पहलमा बङ्गलादेशका कलाकारले महिला शक्ति र सशक्तीकरणका लागि हालै ‘घुड्डी काइट टल्स’ नामक संस्था खोलेर महिला कलाकारलाई एकीकृत गरेको छ । अहिले सोही संस्थाबाट यहाँ कलाकारहरु सहभागी छन् । यो भारतीय महिला कलाकारको संस्था ‘स्प्रेड विङ्स’बाटै प्रेरित भएर खोलिएको हो ।

२१ नेपाली कलाकार लालित्य कला जागरणबाट सहभागी छन् ।

महिलालाई समेटेर अघि बढाऔँ भन्ने सोचका साथ काम थालेको उनले सुनाइन्। ‘नेपाली महिलाको कलालाई सँगसँगै अघि बढाऔँ भनेर सहभागी भएका छौँ, यसले महिला कलाकारलाई प्रोत्साहन मिलेको छ’, उनले भनिन् ।

नेपालबाट २१ कलाकारका ३४ सिर्जना प्रस्तुत गरिएका छन् । बङ्गलादेशबाट १२ कलाकारका ६० सिर्जना प्रदर्शनीमा राखिएको छ । कलाकारहरुले रहनसहन, कला संस्कृति, अमूर्त र प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् ।

नेपालका कलाकारहरु चाँदनी बज्राचार्य, शालिनी पाण्डे, राखी कर्ण, आर्या राजभण्डारी, शुभद्री सुब्बा, हिमानी प्रधान, बन्दना कनक, सरला श्रेष्ठ, प्रतिभा पोखरेल, सरिता मण्डल, जुनु श्रेष्ठ, मनसा प्रजापति, सुष्मा श्रेष्ठ, श्रेया हाडा श्रेष्ठ, यशोदा लम्साल, अनुराधा थापा, गङ्गा सुवेदी, सरसा खड्गी, ज्योति सापकोटा कर्ण, सुस्मिता जिमी र सरोजा खड्गीको कला समावेश गरिएको छ ।

भारतका कृति अवस्थी, पियाली गाँगुली, साम्पा गिरी विथिका दत्त, रुचिरा मजुमदार पौल, इटी भट्टाचार्य, मौमिता घोष, सोमा माझी, सोमा बेनर्जी, सुस्मिता आयुव, स्वप्ना सिन्हा, लिपिका चौधरी, पाली मजुमदार मोनिदीपा मित्र, चैतली दास, सुदीपा दास, देवजानी घोष, जया विश्वास, सुमिती सिन्हा, मौमिता मजुमदार, सुकन्या डेइ, रितुपर्ना दास, अन्तरा विष्नु, सुजाता दास, देवीका शाह र रोजिना एसमिनका कला समावेश छन् ।

बङ्गलादेशका लुब्ना हविव, हसना हेना परोस, उमे हबिबा, डा सिमा इस्लाम, नसरिन अख्तर निला, सुनिपा, इस्लाम, महिन महुन्मा, सादिया सामिम मन्सुर,


अघिल्लो पोष्ट

डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

पछिल्लो पोस्ट

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

२४ फाल्गुन २०८०, बिहीबार
पद्‌मश्री पुरस्कारका लागि छानिए पाँच कृति

पद्‌मश्री पुरस्कारका लागि छानिए पाँच कृति

२३ फाल्गुन २०७८, सोमबार
उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

२३ फाल्गुन २०७८, सोमबार
विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक