जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

केही अनुहार – केही क्षण

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
प्रकाशित २९ असार २०७८, मंगलवार
विविध, साहित्य रिपोर्ट भित्र
0
केही अनुहार – केही क्षण

साहित्यका विविध विधाहरूमध्ये गद्य विधामा ‘अन्तर्वार्ता’ पनि एक स्वतन्त्र विधाको रूपमा क्रमशः विकसित भइरहेको छ । क्रिस्टोफर सिल्भेएटरका अनुसार अन्तर्वार्ता विधाको आविष्कार वा भनौं शुरुवात झण्डै एक सय तीस बर्ष अघि भएको हो । पत्रकारितामा त अन्तर्वार्ता अनिवार्य अंगको रूपमा स्वीकृत छ । साहित्यमा पनि यो एक विधाको रूपमा विद्यमान छ ।

यस पङ्क्तिका लेखकले अहिलेसम्म उपलब्ध भएमध्ये ८ सेप्टेम्बर १८८७ मा द न्यूयोर्क हेराल्डमा प्रकाशित आरएल् स्टेभेन्सनको अन्तर्वार्ता पढ्ने मौका पाएको छु । जुन सम्भवतः संसारमै उपलब्ध सबभन्दा पहिलो साहित्यिक अन्तर्वार्ता हो ।

नेपाली साहित्यमा पनि अन्तर्वार्ता लिने र प्रकाशित गर्ने क्रमको आफ्नै इतिहास छ । २०२३ सालमा उत्तम कुँवरको अन्तर्वार्ताको पुस्तक स्रष्टा र साहित्यलाई मदन पुरस्कारसमेत प्रदान गरिएपछि अन्तर्वार्ता साहित्यको एक महत्वपूर्ण विधाको रूपमा स्वीकृत भएको पाइन्छ । त्यसो त साहित्यिक अन्तर्वार्ताकै पुस्तकहरू शंकर लामिछानेको बिम्ब प्रतिबिम्ब, परशु प्रधानको केही क्षण केही अनुहार दार्जिलिङ्गबाट प्रकाशित अन्तर्वार्ताका पुस्तकहरूले अन्तर्वार्तालाई साहित्यको एक महत्वपूर्ण स्वतन्त्र विधाको रूपमा मान्यता दिलाउन मद्दत पु¥याएको देखिन्छ ।

अन्तर्वार्तामा अन्तर्वार्ताकारले विविध प्रश्नहरूको माध्यमबाट विविध विचारहरू, तर्कहरू दुहुने काम गर्दछ । यसप्रकार अन्तर्वार्ताले सम्बन्धित व्यक्तिको विचार बुझ्न मद्दत गर्दछ, धारणा बुझ्न मद्दत गर्दछ । तर यो प्रस्तुत गर्ने शैली भने फरक–फरक छ । सर्वप्रथम सरल शैली त्यस्तो छ – जहाँ प्रश्नहरू दिइन्छ र उत्तरहरू लिइन्छ । अर्को पनि प्रश्नोत्तर नै हो, तर प्रतिप्रश्न समेत गरेर पूर्ण बनाइन्छ । त्यो बाहेक कुनै स्वतन्त्र गद्य लेखिए भैmँ विविध धारणाहरूलाई वातावरण परिवेशको चित्रण समेत गरेर, ती विचारसँग सम्बद्ध अन्य व्यक्तिको विचार पनि प्रयोग गरेर, संस्मरणहरू गाभेर पनि त्यस अन्तर्वार्तालाई रोचक बनाइन्छ ।

शंकर लामिछानेले बिम्ब प्रतिबिम्बमा, उत्तम कुँवरले स्रष्टा र साहित्यमा जसरी अनौपचारिक शैली अपनाए, झण्डै त्यस्तै शैलीमा धेरै वर्ष अघि नै परशु प्रधानको केही क्षण ः केही अनुहार प्रकाशित भएको थियो । अहिले फेरि तिनै परशु प्रधानको केही अनुहार ः केही क्षण प्रकाशित भएको छ । यस पुस्तकमा पनि अनौपचारिक शैली अपनाइएको छ र सम्बन्धित व्यक्तिहरूको लेखन व्यक्तिगत जीवन बुझ्न जो कोहीलाई अप्ठ्यारो पर्दैन । कतै कतै कुनै कुनैमा केही झर्को लाग्दा प्रसङ्गहरू छन् तापनि यी अन्तर्वार्ताहरू सुपाठ्य छन्, कुनै आख्यान पढे झै पढ्न सकिन्छ यिनलाई ।

कविताराम, काजुहिको साहेगी हान्सो, कृष्ण जोशी, कृष्णप्रसाद पराजुली, गोपाल पराजुली, घनश्याम राजकर्णिकार, धुस्वाँ सायमी, धु्रव सापकोटा, नरेन्द्रबहादुर श्रेष्ठ, नारायणगोपाल, पोषण पाण्डे, बेन्जु शर्मा, भरत जंगम, भागिरथी श्रेष्ठ, भारती खरेल, मञ्जु काँचुली, राममान श्रेष्ठ, रामदयाल राकेश, वासु रिमाल यात्री, वासु शशी, विश्वनाथ न्यौपाने, हरि अधिकारी र हरिश वमजनका अन्तर्वार्ताहरू यस पुस्तकका आकर्षण हुन् । यी व्यक्तिहरूलाई समग्रमा बुझ्न यो पुस्तक नपढी नहुने देखिन्छ ।

भूमिकामा नगेन्द्रराज शर्माले लेख्नुभएको छ– ‘……. उहाँको प्रिय, श्रद्धेय एवं आत्मीय व्यक्तित्वहरूप्रतिको उहाँको अनुभूति अत्यन्त भावात्मक, रचनात्मक र सम्वेदनशील भएर छचल्किएको छ । …. एउटा किसिमभन्दा यी २३ वटा लेखमा कतै अन्तर्वार्ता बढी छ कतै संस्मरण बढी । कतै व्यक्तिगत कुराहरू धेरै छन् । व्यक्तिगत कुराहरूमा पनि कतै राम्रा कुरा छन् त कतै अलि नराम्रा कुरा पनि छन् – भित्री–बाहिरी सब कुरा छन् । अर्थात् सिंगो व्यक्तिको खोतलखातल छ, विभिन्न दृष्टिकोणबाट नाप्ने, जोख्ने, अलि–अलि घोंचपेच पनि गर्ने र उदारतापूर्वक प्रशंसा गर्ने काम भएको छ ।’ धेरै अंशमा यो मूल्यांंकन सत्यको नजीक छ ।

परशु प्रधान लेख्छन्– ‘मलाई राम्रै सम्झना छ, काठमाडौंको एस्एल्सी पढ्दाको यौटा साथी लक्ष्मीबहादुर मिश्रले मेरो कविता पाठपछि भन्यो – ‘हिँड मञ्जु र बेञ्जुसँग म परिचय दिन्छु ।’

म पूर्वी पहाड भोजपुरबाट आएको यौटा सामान्य केटो थिएँ । सानु आकाश, सानु पहाड र सानु सपना बोकेर आएको अल्लारे केटो । पिखुवाको २२÷२२ जंघार मुश्किलले तरेर, असंख्य भावनाका छालहरू बोकेर आएको युवक । शायद ममा हीनताबोध थियो । मैले साथीलाई भनेँ – ‘म तिनीहरूसँग परिचय गर्न चाहान्नँ लक्ष्मी ।’

‘धु्रव सापकोटा व्यावसायिक पत्रकार पनि हो । विभिन्न पत्रपत्रिकामा आफ्नो र बनावटी नाम (कहिले कमलासन, कहिले दीर्घा शर्मा, कहिले कौतुक र कहिले धु्रव शर्मा र कहिले कौडिन्य) हरूबाट धु्रवजी लेख्नुहुन्छ । राजधानीका थुप्रै पत्रपत्रिकाहरूसँग उहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सम्बन्धित हुनुहुन्छ । कथा र कविता वा उपन्यासको कुरा मात्र होइन, तेल र चामलको कुरा, सिमेन्टी र सुन्दरीको कुरा र भ्रष्टाचार र शिष्टाचारका कुरा, यौन र भोकको कुरा समष्टिगत लेखनमा धु्रव सापकोटालाई खप्पिस मान्नुपर्छ ।’

यसरी परशु प्रधानले आपूmलाई पनि उदांगो पार्नुभएको छ भने अरुलाई नङ्ग्याउन पनि पछि पर्नुभएको छैन । मूलतः कथाकारको रूपमै ख्यातिप्राप्त मूर्धन्य कथाकार परशु प्रधानको प्रस्तुत पुस्तकले उहाँको लेखन यात्रामै एक उत्कृष्ट गद्य लेखनको प्रमाण दिन्छ । निबन्ध–प्रबन्ध, मूल्यांकन, संस्मरण, अन्तर्वार्ताको मिश्रण, नगेन्द्रराज शर्माको शब्दमा ‘पञ्चकवा’ प्रस्तुत पुस्तक नेपाली साहित्यमै एक उपलब्धी हो । २०५१ सालका थोरै विशिष्ट पुस्तकहरूमध्ये यो टड्कारो अनुभव सबैले गर्नेछन् ।

जस्तो, स्वयं परशु प्रधानको आत्मस्वीकृति वा दावी यस्तो छ – ‘यस पुस्तकले समकालीन नेपाली साहित्यकारहरूको अन्तरंग तस्वीर प्रस्तुत गरी नेपाली भाषा र साहित्यसेवी प्रतिभाहरूलाई समग्र रूपमा नेपाली पाठकहरूमा कम्युनिकेट (सम्प्रेषण) गराइदिनेछ भन्ने कुरामा म विश्वस्त छु ।’


अघिल्लो पोष्ट

विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो – नीलम कार्की “निहारिका”

पछिल्लो पोस्ट

नयनराज पाण्डेको ‘जियरा’ बजारमा

गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
नयनराज पाण्डेको ‘जियरा’ बजारमा

नयनराज पाण्डेको ‘जियरा’ बजारमा

दुई बाल पुस्तक सार्वजनिक

दुई बाल पुस्तक सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

१३ बैशाख २०८१, बिहीबार
अनुराधा मेडिकल

अनुराधा मेडिकल

१२ बैशाख २०७८, आईतवार
बेवकूफतन्त्र

बेवकूफतन्त्र

१२ बैशाख २०७८, आईतवार
सम्झनाको वर्षात्मा भिजेको मन

सम्झनाको वर्षात्मा भिजेको मन

१२ बैशाख २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक