यो ‘याक्थुङ् पाःन्दाङ् नु साप्सक्’ २०६९ (लिम्बू भाषा र साहित्य) नामक कक्षा ११ र १२ को पुस्तकलाई नेपाली भावार्थ थपसहित रुपान्तरण गरिएको कथा विधाको लेख हो । हज्जारौं विद्यार्थीहरुले अध्यापनबाट अधिकतम् लिखित वहश भइसकेको ‘याक्थुङ् पाःन्दाङ् नु साप्सक्’ (लिम्बू भाषा र साहित्य) पुस्तक नै प्रमुख साभार रहेका छन् । नेपाल सरकारले प्रदेश नं. एकमा प्राचीन कालदेखि बस्दै आएका जातिहरुमध्ये एउटा जातिलाई लिम्बू भनेर चिनाएका छन् र भनीदिएका छन् । त्यहि लिम्बू भनिएका वा चिनाएका जातिहरुको वास्तविक जाति याक्थुङ् अथवा याक्थुङ्बा हुन् । इतिहासतः लिम्बू होइनन्, याक्थुङ्बा हुन् किनभने भाषा, शास्त्र, कर्मसंस्कार प्रयोग र चलनहरुमा लिम्बू शब्द कहिले आउन सक्दैनन् । र हरेक क्रियाकलापहरुमा याक्थुङ् वा याक्थुङ्बा मात्र आउने भएकाले लिम्बू शब्दको सट्टा याक्थुङ् वा याक्थुङ्बा शब्द प्रयोग गरिएको छ । यहि याक्थुङ्बाहरुको कथा क्षेत्रमा योगदान भएका विकासक्रमलाई यहाँ प्रस्तुत छ ।
याक्थुङ् कथा र कालविभाजन
याक्थुङ्हरुले कथा लेख्नुभन्दा पनि बोलेर भनिने आख्यानात्मक कथाहरु प्राचीनकालदेखि नै परम्परा बस्दै आएको देखिन्छन् । आख्यान, साप्मुन्धुम्, येप्मुन्धुम्, उत्पत्तिका शास्त्र, थुङ्साप्, लोककथा तथा लोकवार्ता आदिहरु परापूर्व कालदेखि नै बताउँदै ल्याएको हो । याक्थुङ् समुदायको परम्परामा उहिलेदेखि नै कथा भन्ने अथवा सुन्न लगाउने चलनहरु थिए । कथामा समाजको विभिन्न पक्षको कथ्यचित्र भएकाले यसलाई मनोरञ्जन, उपदेश, वा अन्य प्रयोगको लागि उपयोग गरेको पाइन्छन् । लोक परम्पराबाट प्रारम्भ भएको कथा साहित्य कालान्तरमा कल्पित भएर यसले साहित्यको प्रमुख विधाको रुपमा प्रगति भएको देखिन्छ । यो कथा साहित्यलाई पश्चिम साहित्यमा आख्यानतर्फ राखेको पाइन्छ । कथामा समाजको जहिले पनि चरित्रको जीवनमा मार्मिक प्रसंगले प्रस्तुति गरिएको हुन्छ । आधुनिककालमा यो विधाले पूर्वीय र पश्चिमी दुवै साहित्यमा महत्वपुर्ण ठाउँ ओगटेर कथा विधा सर्वाधिक लोकप्रिय भएर आएको छ ।
कथा विधामा याक्थुङ् भाषाका पुस्तकहरु धेरै छैनन् । याक्थुङ् भाषाबाट बोल्न, लेख्न र प्रचार–प्रसार गर्नमा शासक राजा, राणा र पञ्चायती सरकारले बर्जित गरे । वर्जित काम गर्नेहरुलाई थुन्थे र राजद्रोह लागेर दण्डित हुन्थे । नेपालमा लेख्ने लेखक र संकलन गर्ने संकलकहरुलाई थुनछेक गर्थे र देशनिकाला गर्दथे । सुक्खिमतर्फ पनि निकै विद्रोह गरेरमात्र याक्थुङ् भाषाबाट पढ्न, शिक्षा पाउन र प्रगति गर्न अधिकार पाए अनिमात्र प्रगतिपथमा आएको पाईन्छ । कथा साहित्यमा धेरै नभएपनि नेपालमा प्रजातन्त्र पुनर्वहाली पछिमात्र बढेर गएका देखिन्छन् । पुस्तक ननिस्किञ्जेलसम्म मौखिक जस्तै कथा भन्ने प्रचलन थियो । यो चलनलाई टाढा बाटोमा हिडँ्दा, भारी बोक्न जाँदा, जाग्राम बस्दा र बालवच्चाहरुलाई सुन्न लगाउने चलन थियो । मौखिक तर्फ धेरै भएपनि लेख्य रुपले कथा साहित्यमा आउन सकेनन् तरैपनि रेकर्डमा आएअनुसार काल विभाजन गरिएको छ ।
कालविभाजनलाई वैज्ञानिक बनाइनुपर्छ भन्ने तर्कहरु छन् । तर याक्थुङ् साहित्य लेखनमा आधुनिक कालभन्दा पूर्वका समयलाई वैज्ञानिक बनाउन कठिन छ । जसमा प्रमुख योद्धा तथा अभियन्ताको जन्म सम्वतलाई मात्र उल्लेख गरिएका छन् । श्रीजंगा सिंथेबेको ‘श्रीजंगा मुन्धुम साप्ला’ प्रकाशित छ भनेपनि अप्राप्त कृति र तिनको प्रकाशित सालसम्वत् छैनन् । त्यसैले श्रीजंगा सिंथेवेको जन्मसाललाई उल्लेख गरि प्राथमिक काल तोकिएको छ । माध्यमिक काल र आधुनिक कालहरु भने कृति सम्वतहरुलाई उल्लेख गरिएका छन् ।
क) कर्मकाण्डकाल (प्राचीनकालदेखि वि.सं. १७६० सम्म) ः
याक्थुङ् भाषामा कथा भन्ने उहिलेदेखि नै चलन आएको मानिन्छ । त्यसो त याक्थुङ् मुन्धुम् वा आख्यानात्मक कथाहरु जुनसुकै भएपनि ती कथाहरु कसले शुरु गरे भन्ने प्रमाण छैन । आख्यानात्मक मुन्धुमहरु सुन्दैजाँदा योे धर्तिमा कृषियूगको विकास या मानव जातिहरुमा मानव विकास भएको अवस्थामा शुरु भएको हो कि ? लाग्छ । कर्मकाण्ड कालमा नै कथाहरु सिर्जना भएको भनेर लेख्न र पढ्न भने सकिन्छ । याक्थुङ्बाहरुको कथा भन्नु साँच्चै नै राम्रो चलनहरु थिए र छन् । बुढापाकाहरुले मुनीका पुस्ताहरुलाई सुन्न लगाएर अथवा उपदेश जस्तै मिलाएर भन्ने चलन थियो र छ । र अझैपनि यी चलनहरु जीवित छन् । अलिखित कथा भन्ने सर्जक को हुन् ? ठम्याउन कठिन छ । त्यसो त याक्थुङ् कथाहरुमा साम्सोघा कथा, सुगुप् कथा, मुजि?ना खेयोःङ्ना कथा, फाक्ताला तिगेन्जङ्ना कथा, नाम्सामी केसामीको चरित्र कथा, नावाचइत् मुन्धुम् कथा, युमा? उत्पत्ति कथा, थेबा? उत्पत्ति कथा, ककामाङ् उत्पत्ति कथा, याक्थुङ् जातिको मेन्जासा(चा) (अखाद्य मासु), माटो, जंगल, ढुंङ्गा, हिउँ, वर्षा, हावा, खोला, ओडार, भीर, डाँडा, भञ्ज्याङ्, ठाउँ आदिहरुको कथाहरु सुन्दा साँच्चै यस्ता सुन्दर कथाहरु सिर्जना गर्ने व्यक्ति महान विद्वान नै हुन् । महात्मा लेप्मुहाङ्ले सबै जीवजन्तुहरु जोडि–जोडि बनाएर नाऊ(खःङ्बे)मा लगाएर सबै जीवजन्तु र धर्मात्मा मानवहरुलाई मात्र पृथ्वी डुबानबाट बचाएको र रक्षा गरेको कथा त साँच्चै रमाइला छन् । कका देवताले सबैभन्दा पहिले नै खाना दिएर मानिसहरुले खानाखाने कथा र अन्नपातहरु नेवाङ्गी गरेरमात्र खाने कथाहरु सम्झिँदा कृषियुग मै कथावाचन गर्ने आधारहरु सिर्जना भई अघि बढेर वृद्धि भएको जस्तो देखिन्छन् । युमा? देवता परिदृष्य थाक्थाक्कुम् माबोहाङ् र शताब्दीऔंपछि पनि युमा? अवतरित सैजिते र खल्बलेको पुस्तालाई गणना गर्दा भर्खरै जस्तो पनि लाग्दछ तरपनि त्यस समयमा लेख्न, टिपोट गर्न र पढ्न अथवा शिला÷काष्ठ अक्षर खोपेर राख्ने चलन थिएन । थेबा? देवता देखापरेको कथामा पूर्खा कुवाङ्तिको शक्तिप्रदत्त चुक्मिबा र लात्तिवा उड्नसक्ने शक्ति र क्षमतालाई हेर्दा साह्रै धेरै अघि होइन कि जस्तो पनि लाग्छ । तरैपनि यिनीहरु सबै याक्थुङ् पुस्ताहरुमा किम्वदन्ति भएर आख्यान बताउँदै अहिलेसम्म जीवित बनाएर राखेका सुन्दर कथाहरु हुन् । यो कर्मकाण्ड कालमा सबै याक्थुङ् कथा मिथकहरु वृद्धि भएपनि कसले सिर्जना गरे भन्ने कुरा भेटिँदैन । तथापि याक्थुङ्बाहरुमा थरपिच्छे थरहरुको कथा कुथुङ्ग्रीहरु छन् । थरै पिच्छेका आख्यान् कथाहरु कसैले जिस्क्याई दिएका, इत्रिएका जस्तो देखिन्छन् भने कुनै नकारात्मक त कुनै सकारात्मक खालका छन् । मुन्धुम ससिहरु नै कथा भएर आएका छन् । धाननाच, ख्याली, च्याब्रुङ र च्याब्रुङ् गीत, देवारी, झाँक्रि, विजुवा, साम्माङ् च्याङ्, वनदेवता, सृष्टि कथा, तङ्सिङ् अनुष्ठान, येहाङसेमा, कर्म–संष्कार, राजसेवा, आकाश–पाताल, धर्ति, जल, विजुली, बज्र चट्याङ्, अन्नपात, पशु–प्राणी, वनजंगल, रुख, ढुङ्गा, खोला, गाउँठाउँ, थर, जात आदिहरुको आ–आफ्नै कथाहरु छन्, दर्शनहरु हुन्छन् । यो कालमा थिबोङ् (दश) याक्थुङ् भित्र तुत्तुगेन् तुम्याहाङ्, याक्लागेन् सुहाङ्, देवारी, झाँक्रि, विजुवा र महात्माहरु नै मुन्धुम् थाम्ने कथाकारको रुपमा मान्नु पर्दछ । उनीहरुबाट नै यो कालको कथा थाम्ने भएकोले दन्त्य कथा भएर आए भनेर जान्नु पर्दछ । उहिलेदेखि मानव जातिले कर्मकाण्ड काल थामेर ल्याएको मानिन्छ ।
ख) प्राथमिक काल (वि.सं. १७६१ देखि २०१७ सम्म) ः
प्राथमिक कालको शुरुवात ताका लिम्बुवान भूमिमा याक्थुङ्बाहरु आफैं शासक थिए र त्यसवखत लिम्बुवानमा आँखि डाहि पनि पर्दै गए । नेपालका खान उर्फ शाह राजाले लिम्बुवानलाई आक्रमण गर्न शुरु गरे । सत्रौं पल्टसम्म जित्न सकेनन् । यस्तो युद्द भइरहेको यस कालको शुरुवात अवस्थामा याङ्ग्रक थुममा एक शक्तिशाली श्रीजंगा सिंथेबे जन्मे । श्रीजंगा सिंथेबेले याक्थुङ् लिपि, धर्म र शासनमा तारान्तार गर्नसक्ने विज्ञ सरस्वती नै थिए । वहाँले याक्थुङ् अक्षर र लिपिहरु निकालेर याक्थुङ्बाहरुलाई सिकाए । यसबेला नेपाल र लिम्बुवान बीच वि.सं. १८३१ साल साउन २२ गते सन्धिपत्र गरी सम्झौताबाट भोग–बन्धकको रुपमा समाहित भए । याक्थुङ् भाषा पढ्न र लेख्ने विषयमा अगाडि नै बढे, श्रीजंगा सिंथेबेले अगाडि बढाएर लगे । यसो हुँदैगर्दा श्रीजंगा सिंथेबे माथि ईष्र्या गरेर लिम्बुवानदेखि नेपालका राजा शासकहरुले खेदाएर देश निकाला गरिदिए । वहाँले सिकाएका चेलाहरु मध्येबाट आठ जनामात्र लिएर अन्य चेलाहरुलाई याङ्ग्रकमा छोडि सुक्खिमतर्फ भागे । सुक्खिममा पनि याक्थुङ् भाषाको अक्षर, लिपि र किताव पढ्न र लेख्न सिकाए । वहाँले लेखेको, गरेको र बढाएको याक्थुङ् लिपि र साहित्यहरु अझै पनि त्यसै छन् । यसरी त्येअःङ्सि श्रीजंगाले याक्थुङ भाषाका साहित्यमा प्रारम्भ र शुरुवात गरेको देखिन्छन् । विद्वान बेञ्जामिनि सुल्जिको ग्रामाटिका हिन्दोस्तानिका नामक पुस्तकमा याक्थुङ भाषाका अक्षरहरु लेखेर वि.सं. १८०२ सालमा निकालेका देखिन्छन् । सुल्जिले पनि त्येअःङ्सि श्रीजंगाले निकालेका लिपि नै प्राप्त गरेर निकालेको हुनसक्छ । तर यो कालमा याक्थुङ भाषाका कथाहरु लेखेको देखिएका छैनन् । त्येअःङ्सि श्रीजंगा (लिम्बुवान) नेपालबाट खेदाए पछाडि नेपालमा राणाहरु शासक भए । राणाहरुले पनि याक्थुङ लिपि पढ्न हुकुम दिएनन्, त्यसो त तपस्वी महागुरु फाल्गुनन्दले याक्थुङ लिपिलाई बचाएको, रक्षा गरेको र प्रचार गरेको समय र दुःख पाएको अवस्थाहरु भन्नुपर्दा विरक्त लाग्छ । तपस्वी महागुरु फाल्गुनन्दले याक्थुङ लिपिलाई संरक्षण गरेर राखेको भूमिकालाई वर्तमान याक्थुङ विद्वानहरुले स्वीकार्नु पर्दछ । वहाँका चेलाहरुमा एकजना रनधोज नेम्बाङ् महान प्रचारक र साहित्यप्रेमी नै मानिन्छ, प्रचार गर्दैगर्दा स्वर्गलोकमा जानुभयो । रनधोज नेम्बाङ्ले याक्थुङ भाषाका साहित्यलाई हस्तलिखितबाट किताबहरु प्रकाशन गरेर प्रचार गरेको देखिन्छन् ।
ग) माध्यमिक काल (वि.सं. २०१८ देखि २०४० सम्म) ः
यो कालभित्र नेपालभन्दा सुक्खिमतर्फ कथा साहित्यमा पत्रिकाहरु मार्फत प्रकाशन गरी जगजगाए । नेपालमा वि.सं. २०१८ सालमा ‘पाङ्खरे येबाआङ् येरा’ नामको कथा लक्ष्मी कन्दङ्वाको सम्पादनमा निकालेका देखियता र यसैवर्षमा ‘मेःत्खिम् लेङ्हङ्’ अथवा ‘कारोबार कि घरबार’ नामक कथाकार काजिमान कन्दङ्वाको कथा प्रकाशनमा आए । यहि लक्ष्मी कन्दङ्वाले निकालेको ‘पाङ्खरे येबाआङ् येरा’ र कथाकार काजिमान कन्दङ्वाले लेखेको ‘मेःत्खिम् लेङ्हङ्’ कथाहरु नै माद्यमिक कालका शुरुवाती देखिन्छन् । यिनीहरु याक्थुङ लिपिमा नलेखे पनि देवनागरी लिपिबाट भित्रका भाषा र शैलिहरु याक्थुङ भाषा भएको र रहेको कारणले ‘पाङ्खरे येबाआङ् येरा’ र ‘मेःत्खिम् लेङ्हङ्’ले माद्यमिक कथालाई आरम्भ गरी बढाएर लगेको देखिन्छन् । पाःन्थःर् जिल्ला याम्बोःङ् गाउँमा बस्ने रनधोज नेम्बाङले निकै धेरै याक्थुङ साहित्य प्रचार गरेका थिए ।
यो माध्यमिक कालमा कथा साहित्यको उन्नति कार्यमा अघि बढ्ने स्रष्टाहरु र त्यस प्रवृत्तिहरु रनधोज नेम्बाङ्, धर्महाङ् नेम्बाङ, काजीमान कन्दङ्वा, बीरहि काइँला, थाम्सुहाङ पुष्प सुब्बा आदि छन् । माद्यमिक काल थाम्ने स्रष्टाहरुले गर्दा याक्थुङ कथालाई निकै सुन्दर र अन्य भाषिका वर्गमा पु¥याउन सक्ने सिँढी भएर आयो ।
घ) आधुनिक काल (वि.सं. २०४१ देखि हाल सम्म) ः
वि.सं. २०४१ साल देखि यता आधुनिक काल भएर आएपनि इतिहासमा रेकर्ड पाए झैं मात्र पछ्याउन र खेदाउनु पर्दछ । यसकालमा पश्चिम सुक्खिम तिम्लन् गाउँबाट याक्थुङ भाषाका सबैभन्दा पहिलो कथासंग्रह आधुनिक काललाई उघार्दै कथाकार हर्क खाम्धाकले वि.सं. २०४१ (सन् १९८४) सालमा सक्केःक् नामक पुस्तक प्रकाशन गरे । सक्केःक् कथासंग्रहले सुक्खिम, दार्जिलिङ्, कालेबुङ्, नेपालसम्म नै पुगेर याक्थुङ कथाको उन्नति गरेका देखिन्छन् ।
दुईदशक पछि वि.सं. २०६१ सालमा कथाकार सेसेहाङ् फियाकले रुमेरे कुसेप्माङ् कथासंग्रह प्रकाशन गरेर नेपालमा पहिलो कृति बनाए । किरात याक्थुङ् चुम्लुङ् ललीतपुरले याक्थुङ् कथा प्रतियोगिता गरी त्यहाँका कथाहरु संकलन गरेर कुलपति वैराँगी काइलाको प्रधान सम्पादकत्वमा फाङ्सेसे २०६२ कथासंग्रह प्रकाशित भए । निकै पछिमात्र वि.सं. २०६८ सालमा कथाकार प्राज्ञ थाम्सुहाङ् पुष्प सुब्बाको सेल्लाःक् नु पाङ्येःक् कथासंग्रह प्रकाशन भए । कथाकार सिक्कुम्दाङ् याक्थुङ्बाले पनि २०७० सालमा याक्थुङ् कन्येम्मि पाङ्खेदा? नामक कथासंग्रह प्रकाशन गरे । नारीवादी कथासंग्रहको रुपमा मलिसा याक्थुङ्बा लिम्बूको युप्पारुङ् २०७६ प्रकाशित भए । लोककथाकार लछामी सेर्माको संकलन र सम्पादनमा द्धयाक्थुङ् पाङ्खेदा? पनि पुस्तक प्रकाशन भएकोछ । वि.सं. २०५३ देखि यचा प्रकाशित हुँदै आएको सुम्हा?लुङ् पत्रिकाले याक्थुङ कथामा त आँधिबेहरी नै ल्याए । यसरी नै वि.सं. २०५५ देखि यता शुरु भएको ‘थाःङ्साङ्’ याक्थुङ भाषा भएको पत्रिकाले कथाहरु प्रकाशित गरे र उन्नति गरे । यो कालमा पुस्तक कृति निकाल्ने कथाकारहरु हर्क खाम्धाःक्, सेसेहाङ् फियाक, प्राज्ञ थाम्सुहाङ् पुष्प सुब्बा, सिक्कुमदाङ् याक्थुङ्बा, लछामी सेर्मा, मलिसा याक्थुङ्बा लिम्बू आदिहरु यस कालमा लेख्ने व्यक्तित्वहरु हुन् । यी स्रष्टाहरु नै याक्थुङ कथा साहित्यलाई आधुनिक काल डो¥याउँदै उत्तर चिन्तनमा अग्रसर भएको देखिन्छन् । उत्तरवर्ति साहित्य भित्र कथा लेख्ने स्रष्टा तथा कथाकार प्राज्ञ थाम्सुहाङ् पुष्प सुब्बा देखिन्छन् । युक्ना (अकेन्द्रवादी) साहित्यका कथाकारहरु मलिसा याक्थुङ्बा लिम्बू, सेमिक्वा हेम, एल योगी र यस गोधुली छन् ।
हालसम्म प्रकाशित कथाहरु हात–हातमा नपरिञ्जेलसम्म कुन वर्गमा र धारहरु प्रयोग गरी सिर्जना गरे भन्ने निष्कर्षमा बाँकी नै छ । विद्वान, शिक्षित र प्राज्ञिक स्रष्टाहरुबाट समीक्षा क्षेत्रमा चाँडै अनुसन्धान होस् भन्ने आशा गरौं । अहिलेसम्म याक्थुङ उक्खान तर्फ त पक्वाःम् सारताप बस्ने उक्खानकार बीरहि काइँलाको याक्थुङ् मुक्पाःन् सन् १९८६ सालमा निकाल्नु भएको एउटा पुस्तकमात्र देखिन्छन् । श्रुतिपरम्परामा आएको आख्यानात्मक कथाहरु पक्वाःम् सारताप गाउँमा बस्ने आख्यानकार तथा कुलपति बैराङ्गी काइँलाको नाहेन् मुन्धुम २०५१, साम्सोघा मुन्धुम २०५१, तङ्सिङ् तक्मा मुन्धुम् २०५२, नावाचइःत् मुन्धुम् २०६०, साप्पोःक् चोमेन् मुन्धुम्हरु संकलन र सम्पादन गरेर पुस्तक प्रकाशित गरे । नाम्भुन्यक् मन्दिरमा बस्ने गुरु नायमहाङ् नेम्बाङ्को चम्जिःक् मुन्धुम् २०४८ साल र गुरु देवबहादुर तुम्बापोको किराःत् सेचाक् महयःम् मुन्धुम् र चम्चिक् मुन्थुप् पुस्तक प्रकाशन भएको छ । यसरी नै इलाम जिल्लाको लारुम्बाबाट याक्थुङ् आख्यान तथा मुन्धुम कथाहरुको प्रकाशित कृतिहरु धेरै छन् ।
वर्तमान नेपाली साहित्यका नयाँ लेखन अभियान चलाउने अभियान्ताहरुले याक्थुङ् कथा प्रति चासो कत्तिको छ भन्ने पनि यहाँ राख्नु उचित भएकाले यहाँ प्रस्तुत गरिएको छ ।
अभियानतर्फबाट योगदानहरु ः
वैराँगी काइलाको आयामेली साहित्य, समदर्शी काईँलाको रंगवाद विशेष, उपेन्द्र सुब्बाको सिर्जनशील अराजक, देश सुब्बाको भयवाद, प्रकाश आङ्देम्बेको मुक्त अभियान, मनप्रसाद सुब्बाको किनाराका आवाजहरु (किनारीकृत साहित्य) इत्यादीबाट याक्थुङ् कथाहरु प्रकाशित हुन सकेनन् तर मिथकको रुपमा नेपाली साहित्यमा अतुलनीय योगदान गरेकै छ ।
उत्तरवर्ती साहित्य
नेपाली साहित्यमा उत्तरवर्ती साहित्यको आधारहरु समय सापेक्ष छन् । सैद्धान्तिक आधारहरु ‘तथाकथित भूमण्डलीकरणको अस्वीकार, समग्रतावादी सार्वभौमिक सत्यको अस्विकार, स्व–स्वायत्तता र आत्मनिर्णयको आधिकारको दावी, बहुलवादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दावी, नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी र उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज’ छन् । यहि विन्दुबाट उत्तरवर्ति याक्थुङ् कथा साहित्यमा प्राज्ञ श्री थाम्सुहाङ् पुष्प सुब्बाको सेत्लाःक् नु पाङ्येःक् २०६९ कथासंग्रह आइसकेका छन् ।
युक्ना (अकेन्द्रवादी) साहित्य
साहित्यका आधारहरु ‘लोकतन्त्रमा अकेन्द्रीकरण र समताको दावी, स्थानिक माटोको वासना, पहिचानीय भाव, अपनत्वराग र भाका, स्वबोधीय र परबोधीय चेत, भाषिक एकल औपनिवेशिकताको विगठन र अकेन्द्रवादतिर, वहुल आत्मक्रान्तिमा एकल केन्द्रीयता अस्विकार र साहित्य धरातलमा सह–अस्तित्वको खोज’ छन् । नव नेपाली साहित्य अभियानको रुपमा उठ्दै गरेको अकेन्द्रवादी अभियान्ताबाट याक्थुङ् कथाका संग्रह मलिसा याक्थुङ्बा लिम्बूको युप्पारुङ् २०७६ नारीवादी कथासंग्रह प्रकाशित छन् ।
शब्दकुञ्जि ः
साप्मुन्धुम् – विजुवाहरुको शास्त्रीय इतिहास तथा गुरु
येप्मुन्धुम् – विजुवाहरुको मौखिक इतिहास तथा गुरु
थुङ्साप् – मौखिक
साम्सोघा – अकाल मृतको प्रेतात्मा
सुगुप् – सुत्केरी मृतको प्रेतात्मा
मुजि?ना खेयोःङ्ना – सृष्टि ताकाका मानवको नाम
फाक्ताला तिगेन्जङ्ना – बाघ र मानवका आमा
नाम्सामी केसामी – मानव र बाघ
नावाचइत् मुन्धुम् – सृष्टि कथा
युमा? – मानव जीवनको रक्षक देवीको नाम
थेबा? – मानज जीवनको रक्षक देवको नाम
ककामाङ् – धानखेति गर्न सिकाउने लाटोजस्तो देवता
मेन्जासा(चा) – अखाद्य वस्तु वा मासु
लेप्मुहाङ् – एक महात्माको नाम
साम्माङ् च्याङ् – ग्रह नक्षत्र
तङ्सिङ् – दाजुभाई मिलेर शुभलाभका लागि गरिने पूजा
येहाङ्सेमा – कर्मकाण्डी
तुत्तुगेन् तुम्याहाङ् – सम्माननीय मन्त्रीत्व भलाद्मी
याक्लागेन् सुहाङ् – सम्माननीय मन्त्रीत्व महिला भलाद्मी
मुन्धुम – शास्त्र
ससि – कथा
विषय सामग्रीहरु ः
ख लिम्बू मलिसा याक्थुङबा
– याक्थुङ पाःन्दाङ नु साप्सक् (थिक्सिगेःक्) २०७०, श्री सत्यहाङ्मा उच्च माद्यमिक विद्यालय, ईम्बुङ पाःन्थःर्
– याक्थुङ् पाःन्दाङ् नु साप्सक्रेन् निरेङ् २०६९, चेम्जोङ पूर्णकुमारी र नेम्बाङ मनकुमार याम्बोङ् पाःन्थःर्
– याक्थुङ् भाषा र साहित्य (संशोधन सहित अनुवाद पाण्डुलिपि)
ख थाम्सुहाङ पुष्प सुब्बा
– लिम्बू भाषा साहित्यिक स्रष्टा र दृष्टिकोण २०६१, आङ्देम्बे कर्णबहादुर अम्लाबुङ
– सेत्लाःक् नु पाङ्येःक् (कथासंग्रह), २०६९
ख काईँला बीरहि – लिम्बू भाषा र साहित्यको संक्षिप्त परिचय २०४८, नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डु
ख दुलाल डा. देबी क्षेत्री
– पाँचथरको ईतिहास (भाग १ र २) २०६९, थपलिया रम्मादेवी
ख तावा भवानी
– याक्थुङ् पेन्युक्खा? (सहलेखन) २०५८, लाओति रुपनारायण फेदेन ४, पाःन्थःर्
– सुम्हा?लुङ् (सम्पादन) वर्ष ९, अंक ४ (२०६३), जबेगु ईन्द्रमायातर्फ याक्थुङ् साप्सक्केन् पाःन्जुम्भो पाःन्थःर्
ख काइँला बैराङ्गी
– याक्थुङ् साप्सक् नु साक्थिम् पत्रिकाहरु (सम्पादन), याक्थुङ् साप्सक् नु साक्थिम् थोबो नु साप्लन् सङ्जुम्भो काठमान्डु नेपाल
– फाङ्से?से खेदा?हा? २०६२ (प्रधानसम्पादक), किराःत् याक्थुङ् चुम्लुङ् ललितपुर
ख योङ्हाङ् मुस्कान– सिरिजंगाको जीवनी परिचय २०५८ (दोश्रो संष्करण), चबेगु हेमकुमार, गुरुङ प्रमीला चबेगु र किराँत राष्ट्रिय संगठन
ख कुगे?नाम्बा बिनोद (प्रधानसम्पादक)– आनि? चो?लुङ् वर्ष १, अंक १ (२०६२), याक्थुङ् साप्सक्केन् पाःन्जुम्भो पाःन्थःर्
ख शुभेच्छुक रमेश र माङ्लाक् राज (सम्पादन)– पाँचथरका स्रष्टा र सिर्जना (२०६६ फागुन), पाँचथर स्रष्टा मञ्च काठमाण्डौं
ख समथिङ् रामप्रकाश– पाँचथर पाँचथरका स्रष्टा र उहाँहरुको प्रकाशित कृतिहरु (२०६७), गुरुङ् तारा, एनिथिङ् सुदर्शन, एभ्रिथिङ् प्रदर्शन
ख चक्रव्यूह वर्ष २, अंक २, २०६१, मार्गविन्दु लाओती चन्द्रकला फेदेन पाःन्थःर