इतिहासकार चित्तरञ्जन नेपालीको सोमबार निधन भएको छ । नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो ।
नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार विजेता पनि हुन् । उनलाई ०१५ सालको श्रेष्ठ सिरपाः पनि प्रदान गरिएको थियो । ‘जनरल भीमसेन थापा र तात्कालीन नेपाल’ का लागि उनलाई यो पुस्कार दिइएको थियो । यस्तै उनको अर्को कृति ‘श्री ५ रणबहादुर शाह’ छ । नेपालको परराष्ट्र सम्बन्धबारे पनि गहन अध्ययन गरेका नेपालीले नेपाल-चीन सिमाना सन्धिबारे पनि पुस्तक लेखेका छन् ।
भीमसेन थापा र रणबहादुर शाहबारे पहिलो पटक नेपाली इतिहासका यी दुई प्रमुख पात्रबारे लेखेका थिए र त्यसपछि मात्र उनीहरूबारे थप अध्ययन सुरु भएको मानिन्छ ।