जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

परिचयपत्र

राधिका कल्पित राधिका कल्पित
प्रकाशित ११ असार २०८०, सोमबार
कविता, काव्य भित्र
0
परिचयपत्र

राष्ट्रिय परिचय पत्रको फाराममा
लगाएको ल्याप्चेमा
नभेटिएपछि बुढी-औँठाको चक्र
यतिखेर म
हराएको मेरो औँठाको चक्र खोज्न
राजधानीबाट मेरो गाउँमा आइपुगेकी छु ।

भुइपत्ताल खोज्ने क्रममा
नाङ्गलाका बिटमा खोजेँ
भेटिए
पुरातत्त्वले उत्खनन गरेको जिवांस जस्तै
हत्केलाका पानी फोडा फुटेर टाँसिएका रक्तकोषका केही अवशेष ।

ढिँकीको पुच्छरमा भेटिए
तातो झीरमा टाँसिएका माछाका कत्ला झैँ
मेरा पैतालाका छालाका बाहिरी पत्र।

गुन्द्री बुन्ने हतासोमा
टाँसिएका रहेछन्
राष्ट्रिय योजना आयोगका भित्तामा टाँसिएका
बजेटका टुटेफुटेका नक्सा झैँ
हत्केलाका जीवनरेखाका नक्सा ।

नाम्लाको पातोमा भेटिए
पुरानो चिठीमा टाँसिएको हुलाक-टिकट झैँ
मेरा निधारका भाग्यरेखाका टुक्राटाक्री ।

तर कतै भेटिएन मेरो हराएको औँठाछाप ।

खोजी जारी नै रह्यो ।

सिलौटोदेखि लोहोरोसम्म
मदानीदेखि मझेरीसम्म
हँसियादेखि सन्नासोसम्म
कुचोदेखि कुटोसम्म
सेतीगाईका थुनदेखि मकैका घोगासम्म
बन्चरो देखि खुर्पेटोसम्म।

कसोकसो भाग्यवस भेटियो
शंखमा खिचिएको शंखेकीराको चक्र झैँ
जाँतोको बिँडमा
छापिएको मेरो बुढीऔँठाको चक्र ।

यतिखेर म
खेर गएको सन्तान
अकस्मात् काखमा खेल्न आउँदा झैँ
खै कस्तो अन्यौलपूर्ण खुसीमा छु ।

मेरो खुसीको
कारण यो होइन कि
अब मेरो नागरिकता बन्ने भएको छ
र
बृद्ध- भत्ता पाउनसक्ने भएकी छु।

कारण यो पनि होइन कि
मेरो राहदानी बन्ने भएको छ
र
परदेशिएको छोरो भेट्न जान पाउने भएकी छु

खुसीको मुख्य कारण त यो हो कि
राजधानीको आधुनिक शवदाह गृहमा
शवको परिचय पत्र चाहिने
नयाँ नियम लागु भएको छ
धन्न
अब त मेरो पनि परिचय पत्र बन्ने भएको छ

राधिका कल्पित, राष्ट्रिय कविता महोत्सव २०८० मा परस्कृत


Tags: राधिका कल्पित
अघिल्लो पोष्ट

विराटनगरमा छ जनालाई प्रतिभा पुरस्कार

पछिल्लो पोस्ट

नीला आँखा नीलो हिउँ

राधिका कल्पित

राधिका कल्पित

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
नीला आँखा नीलो हिउँ

नीला आँखा नीलो हिउँ

‘द सेक्रेट्स अफ राधा’ उत्कृष्ट

‘द सेक्रेट्स अफ राधा’ उत्कृष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीत

गीत

२३ फाल्गुन २०७८, सोमबार
प्रेम गल्ली

प्रेम गल्ली

२३ फाल्गुन २०७८, सोमबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजातको २९ औं स्मृति सभामा पारिजात स्मृति सम्मान

२३ फाल्गुन २०७८, सोमबार
जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक