प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याउने उद्देश्यले सक्रिय रहेका दुई जना स्रष्टा र दुई जना साहित्यिक पत्रकारहरूलाई सम्मा नगर्ने गरी रु.१,०१,०००।– (एक लाख एक हजार)नगद राशिको क्रमशः मदन–शिला स्रष्टा सम्मान, २०७६ ले वरिष्ठ कवि तथा गीतकार श्री दुर्गालाल श्रेष्ठलाई र २०७७ सालको मदन–शिला स्रष्टा सम्मान वरिष्ठ आख्यान शिल्पी गीता केशरीलाई दिने निर्णय गरिएको छ । यसै गरी मदन–शिला साहित्यिक पत्रकारिता सम्मान, २०७६ ले जनमत मासिकका सम्पादक मोहन दुवाललाई नियमित रूपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याए बापत र २०७७ सालको लागि मदन–शिला साहित्यिक पत्रकारिता सम्मान दायित्व द्वैमासिकका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाइएको छ ।