जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

डा. गोपाल भण्डारी डा. गोपाल भण्डारी
प्रकाशित २१ मंसिर २०७९, बुधबार
समालोचना भित्र
0
विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

कवि कृष्ण जोशीको वि.सं. २०५८ पुस महिनामा एकीकृत विकास केन्द्र नेपाल, सेवामार्ग बनेपा–१०, प्रकाशन समिति काभ्रेबाट प्रकाशित नयाँ कवितासङ्ग्रह आगो समुद्र : पानी समुद्र हालै प्राप्त भयो । आवरणपृष्ठका साजसज्जा र कागजको स्तर हेर्दा निकै आकर्षक देखिने प्रस्तुत सङ्ग्रह नेपाली गद्यकविताको एउटा बान्की हो । जोशीजी पूर्वाञ्चलको भोजपुर जिल्लामा जन्मिएका प्रतिभा हुन् । साहित्यिक क्षेत्रमा जोशीजीका आधा दर्जन पुस्तकाकार कृतिहरू प्रकाशित देखिन्छन् । त्यसबाहेक पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित भएका पाइने हुनाले जोशीजीको साहित्यिक साधनामा निरन्तरता देखिएको छ । समग्र कृतिको अध्ययन, विवेचना र मूल्याङ्कन हुन नसके तापनि प्राप्त कवितासङ्ग्रह हेर्दा जोशीजीमा पर्याप्त सचेतना पाइन्छ काव्य साधनामा । समसामयिक विषम परिस्थितिले मानिसलाई अवाक् बनाइरहेको छ ।

पुराना सामाजिक मूल्य ढल्दै गएका छन् र नवीन मूल्यहरू स्थापित हुन सकिरहेका छैनन् । समाजमा एक प्रकारको सङ्क्रमण काल छ र एक प्रकारको अनिश्चितता व्याप्त छ । जीवनका प्रत्येक आयामहरू अनिर्णीत छन् । विश्वास र अविश्वासको द्वन्द्व छ । जीवन र विनाशको घमासान छ । आशा र निराशाको दोसाँधमा जीवनचक्र घुमिरहेको छ । समाज अनिर्णीत युद्धको भुँवरीमा घुमिरहेको छ । प्रत्येक पल भयावह, प्रत्येक पल दुश्चिन्तायुक्त र प्रत्येक पल विवशतापूर्ण बनिरहेका छन् । मानव–सभ्यताका लागि संवेदनशील, अझ संवेदनशील बनिरहेका यी क्षणहरूलाई कवि कृष्ण जोशीले सतर्कतापूर्वक वा अझ सूक्ष्मतापूर्वक ग्रहण गरेका छन् । मानव–सभ्यतालाई धराशायी बनाउन सक्ने, आजसम्मको इतिहासलाई कलङ्कित पार्न सक्ने, जताततै कोलाहल मच्चाउन सक्ने, मानवताकै खिल्ली उडाउन सक्ने, सभ्यताकै नाभिकी यतालाई छताछुल्ल पार्न सक्ने, प्रकृित परिवेशलाई ध्वंस बनाउन सक्ने मानव निर्मित हुन् – बम र गोलीहरू । यिनले समाजको शिष्टता छिन्नभिन्न बनाएका छन् । यिनले सभ्यताका जरा उखेलिएका छन् । यिनकै आडमा ध्वस्त भइरहेका संरचनाहरू देखेर मानिसका आँखा विस्फारित भएका छन् । मानिसले बनाएका विस्फोटकहरू नै मानिसका घातक तŒव साबित हुँदै छन् । सभ्यता, शिष्टता, ज्ञान, विवेक, मानवता, सौन्दर्य, दया, करुणा, उदारता, सहिष्णुता, बन्धुत्व, आत्मीयताजस्ता सद्भावहरू आगोमा परेका भुसुनाजस्ता हुँदै छन् । प्रार्थना, अनुनय, विनय, याचनाका स्वरहरू मूच्र्छित हुँदै जाँदै छन्, जताततै प्रलयको ताण्डव नृत्य, बम, गोला, बारुद, हत्या, काटमार, विध्वंस, आक्रोश, आवेग, निर्दयी आचरण आत्म विलयका रूपमा व्याप्त हुँदै जाँदै छन् । मानिस जति जति विज्ञानको पछिपछि लाग्छ, त्यति त्यति जल्दै जान्छ, खरानी हुँदै जान्छ, समाप्त हुँदै जान्छ किनभने जे जति बम बारुद र गोलाहरू छन् ती सबै पड्किन चाहन्छन्, ती सबै विस्फोट हुन चाहन्छन् । त्यस्ता विस्फोटन मानवताका विरुद्ध बढी क्रियाशील भइरहेका छन् । त्यस्ता विस्फोटन स्वजनविरुद्ध बढी क्रियाशील भइरहेका छन् । यो यान्त्रिकताकै प्रतिफल हो । यान्त्रिकतामा संवेदना हुँदैन, मानवता हुँदैन, भावुकता हुँदैन, भावना हुँदैन । भावनालाई शून्य करण गराउनु नै यान्त्रिक आविष्कारको उद्देश्य हो । त्यसैले कवि कृष्ण जोशी अशान्तिको मूल जरो बम र बारुदलाई मान्दै तिनको नियन्त्रणमा संसारको कल्याण देख्छन् :   
बन्द गरिदिऊँ 
कहिल्यै मुक्त नहुने जन्मकैदमा 
अन्तिम प्रहार भएर निदाएका बम र गोलीहरूलाई 
भोटे ताल्चा लगाएर म्युजियमको फलामे बाकसमा 
जहाँबाट छुटेर 
मान्छेको बस्तीमा अर्को सन्त्रास आउन नसकोस् । 
पृ. १४ । 

मृत्यु अवश्यम्भावी छ तर मानिसले नै मानिसलाई मृत्युको मुखमा घचेटिरहेको छ । यो प्रवृत्तिलाई विडम्बना मान्न सकिन्छ । खासमा यी विडम्बनाका जड भनेका मानव निर्मित हातहतियार नै हुन् । यिनै हातहतियारका आडमा मानिसले मानिसकै संहार गरिरहेको छ । तसर्थ यी हातहतियारहरूलाई ताल्चा लगाएर बन्द गरौँ । कवि कृष्ण जोशी शान्तिका पक्षमा छन्, मानवताका पक्षमा छन्, बन्धुत्वका पक्षमा छन् अनि छन् विश्व कल्याणका पक्षमा । वर्तमान परिस्थिति विदू्रप छ । संयमको अभाव र विवेकहीनता मौलाएका छन् । त्यसैले यहाँ युद्धका नाममा आफैँले आफ्नो वा आफ्नाको हत्या भइरहेको छ, जहाँ षड्यन्त्रको गन्ध आउँदै छ । त्यसैले त कवि सतर्क पार्छन् : 
आफ्नै लासलाई काखभरि खेलाउनु छैन
मात्र आफ्नै आँखाले टुलुटुलु हेरेर 
कुनै अँध्यारोमा अब पस्नु छैन । (पृ. १४)
आशावादी बन्दै जोशीजी भन्दछन् : 
मान्छेको जीउमा उम्रन नपाओस् –
मृत्यु वृक्ष भएर । (पृ. १४)
यथार्थ जगत्मा देखिएका वास्तविकतालाई एउटा कविले जति भावनात्मकता र कलात्मकताका साथ प्रस्तुत गर्नुपर्ने हो, कवि जोशीले त्यति नै सचेतना यहाँ देखाएका छन् । कविको कर्तव्यसमेत पालना गरिएको छ – युगलाई मार्ग निर्देशन गर्दै ।  
युगीन सन्त्रास प्रत्येक क्षण परेड खेलिरहेको छ । मानव समाजले आफैँ धोका पाइरहेको छ । एकले अर्कालाई विश्वासघात गरिरहेको छ । शक्तिका अनुयायीहरू निर्मम बन्दैछन् । मानव समाजलाई चकनाचुर पार्दै छन् । एक अर्कालाई भड्खालामा पार्दै छन् । यस्ता विडम्बना जताततै छन् । तिनै विडम्बनालाई यसरी भनेका छन् :  
… धेरैको घरबार फुटाएर 
धेरैको हार्दिकता विपरीत आँसु र व्यथाको उपहार दिएर 
अनि 
धेरै धेरैलाई धेरै धेरैबाट सधैँका लागि एक्लाएर … 
युगीन धर्म भनेको विखण्डन प्रवृत्ति सुनियोजित रूपमा आउँदै छ र मानव बस्तीमा कोलाहल मच्चाउँदै छ भन्ने भावलाई जोशीले यहाँ चरितार्थ पारेका छन् । 
सामाजिक विसङ्गतिकै चित्रणमा कवि कृष्ण जोशी अझ एकोहोरिएका छन् – चार धाम यात्रा कालो डकारमा । आर्थिक समृद्धिलाई सर्वोपरि मान्ने सहरी मानसिकताप्रति जोशीको ध्यानाकर्षण भएको छ । जुनसुकै उपाय गरेर भए पनि अर्थोपचार गर्ने प्रवृत्तिलाई कवि पर्दाफास गर्छन् –
आलु–सालु मिलाएर 
अझ धेरै ढाँटेर घिउ बेचिरहेका छौँ 
आँखा छल्न निपुण भएर 
नयाँ लेबल टाँस्दै वर्षौँ पुरानो सामान बेचिरहेछौँ 
मोलतोल मिलेर नाफा भएमा 
अरूकी श्रीमती र छोरीको मात्र के कुरा 
आफ्नै लोग्ने र श्रीमतीको अदलीबदलीको 
आँट पनि गरिरहेछौँ । (पृ. २०) 

कृष्ण जोशी खरो र स्पष्ट वादी हुँदै व्यङ्ग्य गर्दछन् – यहाँ देवताकै पनि सर्वाङ्ग बेच्ने योजनाहरू बनिरहेका पाइन्छन् । नेपाली सामाजिक चिन्तन पातलिँदै गएको छ । सामाजिक मान्यतामा आएका यी परिवर्तनलाई कविले यथार्थ रूपमै प्रकट गरिदिएको देखिन्छ । आध्यात्मिक विश्वाससमेत नाटकीय हुन पुगेका छन् वर्तमान समाजमा । चारैतिर आतङ्कले घेरिरहेको वर्तमानमा कवि आतङ्कका जीवित अवशेष देख्छन् जसलाई अयथार्थ मान्न सकिँदैन । सहरबाहिर पनि देश छ, बुझाउन खोजेका छन् कवि जोशीले । काठमाडौँको अन्यायले देशमा अशान्ति छाएको छ । लुछाचुँडी, राष्ट्रिय अंशबन्डा, चोक्टा पनि पेटहरूमा नपुग्दै पुनः मृत्यु हुन्छ काठमाडौँको भन्ने भावना पनि एक प्रकारको स्पष्टोक्ति र विद्रोही स्वरका रूपमा मुखरित भएको छ । मानव सभ्यतालाई नै कलङ्कित पार्दै उत्पन्न भएका क्रोधका राँकाहरूले निरीह बस्तीमा आगो लगाइरहेका छन् । अन्यायले ताण्डव नृत्य गरिरहेको छ । बालबच्चा छटपटाइरहेको दयनीय दृश्य पर्दाका अगाडि देखिँदै छ । यो कस्तो भयावह क्षण हो, जहाँ मानिस हुनुको गर्वभन्दा मानिस हुनुको ग्लानिले लज्जित तुल्याउँछ । मान्छे खोरभित्र थुनिएका मुसाजस्ता भएका छन् जसलाई इच्छाअनुसार मार्ने स्वतन्त्रता विद्रोहीहरूलाई छ । मानव समाज विद्रुप बन्दै जाँदै छ । मानव–समाज दिनहुँ विसङ्गत हुँदै जाँदै छ । मानिसहरू स्वघोषित युद्ध जितेको हुँ कार गरिरहेछन् । यहाँ निर्धक्क मान्छेले मान्छेलाई मार्ने स्वतन्त्रता पाइरहेछन् । मारिनकै लागि यहाँ मान्छे बाँचिरहेका छन् । मान्छेको बस्ती पाशविक बस्तीमा रूपान्तरित हुँदै गइरहेको छ । यहाँ कुनै पनि शक्तिशाली बन्दुकधारीले कुनै पनि मानिसलाई कुनै पनि समयमा मार्न पाउँछ । मान्छेको बाँच्ने अधिकार कुनै पनि बेला अपहरित हुन सक्छ । मानव बस्ती पशु बस्तीमा परिवर्तित भइरहेको स्थिति छ यहाँ । त्यसैले कवि यस्तै युगीन चिन्तामा केन्द्रित भएका छन् प्रस्तुत सङ्ग्रहमा । कवि जोशी गम्भीर पाइन्छन् सङ्ग्रहका प्राय: कविताहरूमा । अनुहारहरूको गर्भाधान, जहाँ केवल मान्छेहरू हिँडिरहेछन्, आफ्नो मानचित्र आफैलाई पढाउँदा, स्वरहरूभरि गीता भएर, अन्धा छलाङ मार्नेहरूलाई, देशलाई अवतार दिन पाए आदि शीर्षकका कवितामा कवि जोशी देशका विषयमा बढी केन्द्रित भएका छन् भने जीवनका परिभाषा पहिल्याउन पनि त्यत्तिकै प्रयत्नशील रहेका छन् । आजका मान्छेलाई आजका कविले हेर्ने दृष्टिकोण कवि जोशीका कवितामा प्रशस्त पाइन्छ । जताततै देखिएका विषमता र विसङ्गतिलाई काव्यात्मक रूपमा चित्रण गर्नु आजका कविको काव्य धर्म हो भने कवि कृष्ण जोशीले पनि त्यो धर्म निर्वाह गरेका छन् । मन अड्याउने कतै ठाउँ छैन, शान्तिका लागि फेर्ने सास छैन, चित्त बुझाउने कुनै विषय छैन भने त्यस्तो अवस्थामा कसरी बाँच्न सकिन्छ भन्ने निचोड यहाँ पाइन्छ । यति भएर पनि पूर्णतः निराश नभई समाज र राष्ट्रको अस्तित्व रक्षाका लागि प्रयत्नशील हुनुपर्छ भन्ने सन्देश कविले दिएका छन् ।   

 आजभोलिका साहित्यिक आत्म प्रशंसकहरूको प्रवृत्ति यहाँ केलाइएको पाइन्छ भने प्रिय र प्रियतमाका प्रणय लीलाहरू पनि यस सङ्ग्रहमा केही उनिएका छन् । दैन्य, दारुण र दीन समाजमा ‘एन्टिसेप्टिक’ मात्र नभई ‘एन्टिबर्थ’को आवश्यकता पनि कविले अनुभव गरेका छन्, जसलाई एउटा गम्भीर व्यङ्ग्य मान्नुपर्दछ । सृष्टिलाई ध्वस्त पार्नेहरूका विरुद्ध यति भन्नु आवश्यक पनि थियो ।  
समग्रमा भन्नुपर्दा कवि कृष्ण जोशीले वर्तमान समाजका विदू्रपता र विच्छृङ्खलता लाई विभिन्न रूपले चित्रित गरेका छन् । ह्रासोन्मुख सामाजिक गतिविधिबाट कवि जोशीलाई चिन्ता लागे पनि तिनको समाधान र निराकरणमा प्रवृत्त रहन उनले प्रेरित गरेका छन् । समाजमा देखिएको व्यापक मूल्य क्षयप्रति कविको ध्यान पूर्ण रूपले केन्द्रित भएको पाइन्छ । सङ्ग्रहका केही कविता अलिक वस्तुवादी छन् भने केही कवितामा सरसता पनि पाइन्छ । कलात्मकता र बोध गम्यताका दृष्टिले अझै परिष्करण र सम्पादनको आवश्यकता देखिए पनि यथार्थिक धरातलमा उभिएका हुँदा आगो समुद्र : पानी समुद्र प्रशंसनीय र पठनीय सङ्ग्रह ठहरिएको छ । 
        
 


Tags: कृष्ण जोशीडा. गोपाल भण्डारी
अघिल्लो पोष्ट

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

पछिल्लो पोस्ट

य:मरि पुन्हि

डा. गोपाल भण्डारी

डा. गोपाल भण्डारी

सम्बन्धित पोष्टहरू

नेपाली कवितामा नारी स्वर
समालोचना

नेपाली कवितामा नारी स्वर

१२ फाल्गुन २०८२, मंगलवार
आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
पछिल्लो पोष्ट
य:मरि पुन्हि

य:मरि पुन्हि

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

खोसिएका मेरा निन्द्राहरु - सरिता डंगोल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

२३ फाल्गुन २०७९, मंगलवार
विराटनगरमा छ जनालाई प्रतिभा पुरस्कार

विराटनगरमा छ जनालाई प्रतिभा पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

२४ फाल्गुन २०८०, बिहीबार
दशैं

दशैं

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक