घरले जा–जा वनले आ–आ भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडादायक कुरा मान्छेलाई अरू के नै होला र ? हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू वस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको के कुरा, हरेक प्राणी, जीव–जीवात्मा सबै मृत्यु जीवनको अन्त्येष्टि भनेपछि भयावह मानसिकता बनाउँछन् ।
मृत्यु याने कि काल भन्नेबित्तिकै सबैको मानसपटलमा महाभूकम्प जान्छ ज्वालामुखी पड्कन्छ, सुनामीजस्तै उर्लेर आउँछ, करेन्टजस्तै लाग्छ । यसो किन हुन्छ होला त ? के काल एउटा हाउगुजी हो जसले सबैलाई तर्साउँछ ?
हुन पनि मृत्यु छ नै त्यस्तै । मृत्युको रूप हुँदैन पनि र लाखौ हुन्छ पनि । यसलाई कसरी परिभाषित गर्ने त ? किताव–पुराणहरूमा मृत्युका बारेमा जति ब्याख्या गरे पनि मृत्युसँग साक्षात्कार भएर पुन: जीवित भएको कोही भेटिएकै छैन । मृत्यु कहिल्यै बाजा बजाएर आउँदैन पनि । पृथ्वीका हरेक चीज–वस्तुमा मृत्युको छायाँ भने अवश्य देखिन्छ त्यो पनि धमिलो । मृत्यु कहाँ हुँदैन घरको छत, पाली, भर्याङ, भीर, खोला, अग्लो रूख, बिजुलीको तार, चट्याङ, बाघ, भालु, घोरल, चित्तल, बँदेल, बिच्छी, सर्प, लुटाहा, गुन्डा, धारिलो हतियार, गहिरो खाडल, यतिसम्म कि घरको सँघार, दैलोमा सम्म मृत्यु मुख बाएर बसेको हुन्छ ।
फरक यति हो आफ्नो दिन नआई, आफ्नो मानो नसकी जान पाइँदैन । त्यो पलसम्म न लिन आउनेले आउँछ न त लैजानेले नै लैजान्छ ।
मृत्यु एक यस्तो अजीव ध्रुवसत्य हो जो न बोलाएर आउँछ जसलाई न अस्वीकार गर्न नै सकिन्छ । त्यसैले होला खोजेर नपाइने र टार्न नसकिने भनी मृत्युको परिभाषा दिन्छन् मान्छेहरू । कसैलाई मृत्यु अभिशाप हुन्छ । जो बाँच्न चाहन्छ, मृत्युदेखि डराउँछ र तर्सिन्छ, उसैलाई पछ्याइरहेको हुन्छ तर त्यसको अलावा जो मृत्यु चाहन्छ, आफूलाई मृत्युले धूलोपीठो पारेर चपाओस्, खाओस् भन्ने लाग्छ, एकातिर रगतको पोखरी र अर्कोतिर हाडखुर, मासुको थुप्रो बनाइदियोस् भन्ने लाग्छ तर बिडम्बना, उसैसँग मृत्यु चार कोस टाढा भइदिन्छ ।
यतिखेर म प्रसङ्ग उठाउँदैछु मृत्युको । मृत्युलाई पर्खदा कति कष्टकर जीवन गुजार्छ मान्छे, उमेरले चारबीसको खुड्किलो उक्लिएको म गत छ महिनादेखि मृत्युको बाटो कुरेर पर्खिरहेको छु । मेरो यो पर्खाइ अग्निपरीक्षाभन्दा कम छैन ।
कहाँ बस्छ र कस्तो छ मृत्यु नामको सिकारी ? उसलाई अस्त्रशस्त्र चलाउन त खुब आउँदो रहेछ । उसैले चलाएको बाणबाट मेरो एउटा हात र खुट्टा नचल्ने भएको छ । निर्दयी र पापी रहेछ ऊ । पाप र पुण्यको कुरा उठाउँछन् सबैले । मृत्यु झ्न् कति पापी होला, बरू चटक्कै चुडेर लैजाओस् यसरी अपाङ्ग बनाइदिनुभन्दा त ।
“के भन्नु र खै ! धोका दिनेलाई के भन्नु र खै ! तिमी हाँस भो मै बसूँला रोई” भनेझ्ैं आजभन्दा पन्ध्र्र वर्षअगाडिदेखि मैले दुवै आँखाको ज्योति गुमाएको छु । त्यो पनि त्यही मृत्यु नामको सिकारीको करामत हो । चस्माको पावरबाट कृत्रिम बाटो अपनाउँदै संसार नियाल्नु कति कष्टकर हुन्छ त्यो ‘खुकुरीको चोट अचानोलाई’ मात्र थाहा भएझ्ैं मलाई नै थाहा छ । यो मेरो जीवनमा मृत्युले चलाएको पहिलो अस्त्र थियो । पाँच वर्षअगाडि अर्को शस्त्र छोडेर एउटा कान पनि नसुन्ने भएँ । आज आएर एउटा हात र खुट्टा नै नचलेपछि जीउन कति कष्टकर भइरहेको छ होला त ! त्यो कुरो भोग्ने मान्छेलार्ई मात्र थाहा हुन्छ । मृत्युलाई पर्खदाजति गाह्रो–अप्ठेरो त कहिल्यै पनि हुँदैन ।
म पनि एउटा प्राणी, एउटा अस्तित्ववान् वस्तु, एउटा मान्छे । मृत्युले चलाएका रामवाण, धनुवाण, पशुरामवाण, जे–जे वाण भए पनि मेरो शरीर अर्धमृत भएको छ अब बाँकी छ मृत्युवाण छाडेर एक मुठी प्राण हावामा उडाउन र यो शरीरलाई निस्क्रिय बनाउन । त्यो क्षणको पर्खाइ किन यति लामो, निसासिँदो, पट्यारलाग्दो ।
होइन, मानिसको भाग्य छैटीमा भावीले लेख्छ भन्थे, खै कुन मसीले लेख्यो होला ! कहाँनेर लेख्यो होला ! छालाभित्र कि बाहिर ! यदि बाहिर लेखेको भए त देखिनुपर्ने हो ! के भनेर लेख्यो होला ? मलाई आफ्नो भाग्यदेखि उदेक लाग्छ, रिस उठ्छ, घृणा जाग्छ र भाग्यप्रति पलाउँछ वितृष्णा ।
देशमा विकासको घाम लेराउँछु भन्ने, परिवर्तनको भेल बाढी बगाउँछु, गरिब–निमुखाको सहारा, लङ्गडाको वैशाखी बन्छु, आम नेपालीको जीवनमा सुख र अमनचैन स्थापना गराउँछु भन्ने मदन भण्डारीलाई त दासढुङ्गामा जीप दुर्घटना हुँदा त्रिशुलीले निल्यो । तर म कैयांैपटक त्यही दासढुङ्गाको बाटो हुँदै कहाँ–कहाँ गएँ, कतिपटक गएँ, त्यसको कुनै लेखाजोखा छैन । अहँ, मलाई त्रिशूलीले कहिल्यै निल्न सकेन । यसो भनौं, त्रिशूलीले निल्ने मौका नै पाएन ।
म जति बेला स्वस्थ र तन्दुरूस्त थिएँ, त्यो पलमा कसैले मेरो अवस्था भएका मान्छेको कुरा गर्दा तर्सिन्थेँ, सय भोल्टको करेन्टको झ्ट्का लागेझ्ैं हुन्थ्यो । तर बिडम्बना ! मलाई नै यसरी ओच्छ्यानमा थला पर्न लेखेको रै‘छ । कतिपटक रूख चढ्दा सोच्थेँ खसेर भुतुक्कै हुन पाऊँ । बसको यात्रामा त भगवान्सँग हातै जोडेर प्रार्थना गर्थेँ कि त्रिशुलीमा मदन भण्डारी र जीवराज आश्रितझ्ैं माछाको सिकार हुन पाइयोस् । ‘आफू ताक्छ मूढो बन्चरो ताक्छ घुँडो’ भनेझ्ैं पो भयो भन्या गाँठे जीवनमा ।
यो सीमित चार पर्खालको कोठा, सिमेन्टले प्लास्टर गरेको चिसो भित्ता मेरा लागि बन्दीगृह । कति निसासिँदो, कति छटपटाहट, विरक्त, उदेक, अप्ठ्यारो । झयालका रेलिङहरू जेलको बार । बस, मलाई यस्तै महसुस हुन्छ । राजा कंशले वसुदेव र देवकीलाई जेलमा राख्दा त्यति आत्तिएनन् होला तर म त्यसको चौगुना आत्तिएँ । आत्तिनु के थियो र, यता फर्कनु र उता फर्कनु ।
बयरको काँडा, सिउँडीको बोक्रा, बगरको दर्सनढुङ्गाझ्ैं बिझउने ओच्छ्यान, जिउँदो लास तुल्याउने शैया, चौबीसै घण्टा यही ओच्छ्यान, यता पल्टे नि भित्ता उता पल्टे नि भित्ता, पानीको थर्मस, चियाको गिलास औषधि र हर्लिक्सको बोतल मेरा सहयात्री । थुक्क, कस्तो जीवन !
कति नीरस ! कति छट्पटाहट यी पलहरूमा ! न बिहानीमा चरा कराएको सुन्न पाउनुछ न सूर्यको दर्शन नै गर्न पाउनुछ ! जङ्गलमा धमिराले खाएको मूढो लडेझ्ैँ पल्टियो डङरङ्ग । कस्तो नीरस, उदास र अत्यासिलो छ समय, यो मृत्युलाई पर्खंदा ।
ओच्छ्यानबाट आफूखुसी उठ्न सक्नु छैन, वल्लो कोल्टो र पल्लो कोल्टो फेर्न सक्नु छैन, । खाली अरूको आस । कोही आउला, उठाइदेला । काकाकुलको प्यास जस्तो चाहना पूरा हुन पनि सक्ने र नहुन पनि सक्ने । छोरो आएर उठाइदिन्छ । एकछिन बसेपछि गोडा र कम्मर कटकट खाएर सुत्न बितिहाल्छ । फेरि कतिखेर बुहारी आउली र सुताइदेली भनेर ढोकातिर आँखा तान्यो, बस । बल्ल बल्लघरको काम सकेर बुहारी आउँछे र भात खुवाउँछे ।
खान किन परेको होला मलाई, दिक्क लाग्छ । आफ्नो स्वेच्छाले पिसाब–दिसा गर्न सक्नु छैन । दिसा आए पनि अरूले कोपरा थापिदिनुपर्छ । फेरि कोपरामा दिसा–पिसाब गर्दाजस्तो सकस त अरू के नै होला र ? कताकता के नपुगेजस्तो, असाध्यै गारो ।
म कल्पना गर्छु छोरा बुहारीका ठाउँमा आफैँ बसेर । म कति लाचार, हिनमति, गतिछाडा ! कुनै बेला घरधन्दामा ब्यस्त भएर पिसाब थाप्न बुहारी पाँच मिनेट ढिलो आउँदा खुस्कन्छ ओछ्यानमै ।
धमिलो आँखाले हेर्छु, अँध्यारो मुहार लगाउँछे बुहारी । जुरूक्क उठाउने साहस हुँदैन उसमा, मकै पिस्ने घट्टोझ्ैं वजनदार भएको छु म । झ्न् नचल्ने हातगोडा सुन्निन थालेदेखि त डोजर नै पो भएको छु त !
सकी–नसकी घिसार्दै लैजान्छे बुहारी तन्ना र डसना फेर्नुपर्दा । फेरेर फेरि कपडाको गुन्टाजस्तै गुडाउँदै बिस्तरामा लगेर पल्टाइदिन्छे । जिउ थिङथिलो भएर दुख्छ । कसलाई के भन्नु ! भाग्य नै बिग्रेपछि सुख खोजेर कहाँ पाइन्छ र ! सहनुछ सब दुखाइ पनि । बुहारीको मजबुरी देखेर पनि दया लाग्छ । बिचरी जागिर छाडेर मेरै सुसार गर्न घरमा बसेकी छ । तर के गर्नु ! शरीर र मनको सहमति हुन नसके पछि कसको के लाग्छ र ?
मन हो मेरो पनि । कहिले हावा बनेर उड्छ आकाशगङ्गामा, कहिले पानी बनेर बर्सिन्छ पाखापर्वतमा । मनचरीले जति बेग हाने पनि, सोचाइका तरङ्ग छाल बनेर ब्रह्माण्ड चहारेर पनि शरीर पापी अपाङ्ग भएपछि गोवरमा परेको कीराझ्ैँ हुँदो रै‘छ यता पल्टङ्ग उता पल्टङ्ग ।
रेडियोबाट सधैँ बज्ने एउटा गीतको याद आउँछ – “सोह्र वर्षे जवानीमा मै पनि झ्ल्किे हुँदो हो, अहिले पो बूढा भैयो र … ।”
के गर्ने, मानिसको चोला नै यस्तै नचाहेरै तीन चरण पार गर्नु नै पर्ने बाल, युवा र बृद्ध ।
बालापन पनि आमाको काखमा आची र सुची गरेर पार गरेँ । युवा तन्नेरी अवस्थामा त झ्न् काइँली र कान्छीसँग कुम जोडेर कति घुमियो असन, इन्द्रचोक, बिहे, जात्रा रत्यौली, कहीँ बाँकी रहेनन् । भुरूङ घुमेझ्ैँ फनन खैँजडी बजाएर भजनमा पनि नाचेँ । पाच–सात मिनेट तरुनी छक्क पारेर पञ्चेबाजामा बसउठ गरियो नाचियो । हरे शिव ! सम्झ्ँदा एक युग बितेझ्ैँ लाग्छ तर आज थुइक्क उमेर, यस्तो कुवाको भ्यागुतोझ्ैँ भइयो । कति गारो र कष्टकर हुँदो रै‘छ मृत्युलार्ई पर्खंदा ।
आफ्नै भाइछोरा चिन्न नसक्ने अवस्थामा पुगेको छु । अँध्यारो छाइरह्यो आँखामा जतासुकै कालो रात, आफ्नै आँगन परदेश, घरको मझ्ेरी बिरानो । कति चाहनाहरू सल्बलाउँछन् । रहरहरू जुर्मुराएर उठ्छन् तर तडी नचलेपछि कसको के लाग्छ ! उही ओच्छ्यान पटकपटक छाम्यो एकदम नजिकबाट, चिमट्यो सुमसुमायो, बस् मृत्युलार्ई पर्खंदै ।
होइन, कहाँ बस्दो हो त्यो मृत्यु भन्ने जन्तु ? आकाशमा कि पातालमा ? या धर्तीकै कुनै कुनामा पो लुकेको छ कि ? जीवनका असीऔँ वसन्त पार गरिसक्दासम्म नदेखेको मृत्युको वासस्थान छोरानातिले के पत्ता लगाउन सक्लान् र जाओ लेराओ भनौँ । उसै त मेरो सुसार गरेर थाकेका बिचराहरू झ्न् मृत्यु खोज्न जानुपर्यो भने कत्ति दिक्क मान्लान् !
मैले आफ्नो आँखाले देखेको छु मृत्युदेखि भाग्नेहरू, तर्सनेहरू र डराउनेहरू । म कहिल्यै मृत्युसँग भागिनँ, डराइनँ, तर्सिनँ तर मलार्ई नै मृत्युले किन बेवास्ता पारिरै‘छ । पृथ्वीलाई भार, आफन्तलाई बोझ्, आफूलार्ई झ्न्झ्ट सहेर बाँच्न पटक्कै मन छैन र मृत्युलार्ई पर्खिरहेछु निडरताका साथ ।
पाप र धर्म मृत्युपश्चात् नै थाहा हुन्छ । जो धर्मात्मा छ ऊ सहजै स्वर्ग जान्छ, पापीलाई नर्कमा पनि तातो तेलमा डुबाइन्छ । झ्रि तताएर रातो पारी उनिन्छ । गरूडपुराणमा यही सुनेको छु मैले । हुन त गरूडपुराण कसले लेखेको हो । जसले लेखेको हो ऊसले के देखेर आयो या आफैले भोग्यो र हामीले विश्वास गर्नु ? कुनै समय शङ्का लाग्छ ती पुराणहरूमाथि पनि ।
तर जहाँसम्म मलार्ई लाग्छ, पाप र पुण्य मरेपछि होइन यसै जन्ममा भोग्नुपर्छ कुनै न कुनै रूपबाट, जुन म भोगिरहेछु । जान मन लागेको ठाउँमा जान नपाउनु, खान मन लागेको कुरा खान नपाउनु, दिसा पिसाबलाई अरूको भर पर्नु, यो सजाय तेलमा डुब्नुको भन्दा कम छ र ?
हुन त म कायर, लाछी, पानीमरुवा भएर पनि हो यति विघ्न दु:ख पाएको मात्र, आफ्नै लागि सोचेँ । आफ्नै पेट भर्नु, आफ्नै आङ ढाक्नु र आफ्नै घरको पाली फेर्नु मात्र जीवनको उद्देश्य भयो । कहिले आफूभन्दा पर सोच्ने क्षमता ममा पलाएन । यसो भनौँ कहिल्यै दिमागमा घुसेन । लगाम लगाएको घोडाले झ्ैँ एकोहोरो मात्र सोचेँ । गङ्गालाल, धर्मभक्त, दशरथ र शुक्रराजले देश र जनताका बारेमा बोले, सोचे र अघि लागे । त्यसको नतिजा युवा अवस्थामै केहीलाई झ्ुन्ड्याएर र केहीलाई गोली ठोकेर मारे । एकछिन त उनीहरूलार्ई पनि पीडा भयो होला तर आज इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिएको छ उनीहरूको नाम । म भने यो बुढेसकालमा सिनुमा परेर पुच्छर उम्रेको कीराझ्ैँ ओच्छ्यानमा वल्टी–पल्टी मृत्युलार्ई पर्खंदैछु ।
मृत्युबाट जोगिएर सधँै बाँचिराख्ने मीठो र रमाइलो सोचाइ कहिल्यै पालिनँ मैले । किनकि मलार्ई थाहा छ कुवेरको अतुल भण्डार रित्तिएको, राजाको मुखमा पान टुटेको अनि एकदिन भीष्मपितामहको इच्छामृत्यु पनि शरशैयामा तेर्सिएको । तर दु:ख लाग्छ मलार्ई मृत्युले धजो नहालेको देख्दा, नबोलाएको देख्दा । उसलाई के थाहा मृत्यु पर्खनुजस्तो महाकष्टयज्ञमा फालहाल्ने सतीदेवीलाई पनि भएन र सीतालाई अग्निपरीक्षा दिँदा पनि । मेरो मनको विस्तारित हरियो फाँटबाट विचारको तरेली परेर अग्लिएको नीलो गिरिधर पहाड, हरेक गोधुलि साँझ्मा लम्बिदै गएको पीपलु वृक्षको कालो छाँयासँगै अँध्यारो घोलिएको दारी र कपाल फुलेको अजीव जङ्गलमाथि एक बूढो दिन बैशाखीको सहाराले प्रत्येक साँझ् कसरी पहाड चढ्छ !
त्यही दिन बाह्र घण्टापछि पुन: पूर्व क्षितिजमा गुलाबी किरण छरेर बेहुलीको घुम्टो ओढी नव दुलही लजाएझ्ैँ मस्किँदै–मस्किँदै नवजात शिशुरूपी कलिलो दिनका रूपमा पहाड ओर्लन्छ ।
दिन एक युगझ्ैँ, रात त शताब्दी नै भएर देखापर्छ मेरा लागि । बुढेसकाल त्यहाँ माथि रोगी । झ्न् ठूलोे कुरा, आफ्नो शारीरिक अवस्थाबाट भएको डिप्रेसन ।
मलार्ई थाहा छ आजकल डिप्रेसनले पूरै चपाएको छ मलार्ई निल्नु न ओकल्नुसँग, दाँत र गिँजामा लतपतिएर उसै म छटपटाइरहेको छु पानीबाट झ्क्दिाको माछाजस्तो ।
जवानीमा अरूलार्ई भन्थेँ तनमा सोचाइका तरङ्ग उठाउनु हुँदैन, कुरा खेलाउनु हुँदैन, चिन्ता गर्नु हुँदैन, चिन्ताले मान्छेलार्ई चितामा पुर्याउँछ । तर मलार्ई के थाहा बुढेसकालमा आफैँ डिप्रेसनको खाल्टोमा जाकिन्छु नराम्रोसँग, यसो भनौँ कहिल्यै उँभो लाग्न नसक्ने गरेर ।
एक्लै फत्फताउँदा घर परिवारले भन्दा हुन् बुढो बौलायो । कहिलेकाहीँ उनीहरूलार्ई पनि झ्र्को लाग्दो हो दिनभरि काममा जोतिएर आउँछन् । रातको चार प्रहर मजाले सुत्न नपाउँदा छोरालाई झ्र्को लागेछ क्यारे एक महिनादेखि यता । रातमा एक ट्याब्लेट स्लिपिङ चक्की खुवाउँछ, त्यसपछि म पनि सपनाको संसारमा । सपना त के देख्नु छ र, अर्धचेतनामा लम्पसार ।कहिलेकाहीँ दिक्दार लाग्छ । वाक्कदिक्क थुक्क हुन्छु आफ्नो भोगाइप्रति आफै निकै असन्तुष्ट भएर । फेरि सम्झ्न्छु जीवन गतिशील छ, गाडीको डाइनामो घुमेझ्ैँं फूइँफुइँ घुम्छ ।
मलार्ई विगतको एक झ्ल्को झ्ल्याँस्स याद आउँछ । म सानो छँदा हजुरबुबा म अहिलेको जस्तो ओच्छ्यान पर्नुभा’थ्यो । हजुरबालाई कुरुवा मलार्ई छाडी बुबा–आमा खेतबारीमा काम गर्न जानुहुन्थ्यो । बूढो मान्छे, राल–सिगान र दिसा–पिसाबको गन्धले झ्ँिगा प्रशस्तै भन्किने । मेरो काम झ्ँिगा धपाउने तर मलार्ई असाध्यै झ्र्को लाग्थ्यो । हजुरबुबाको मुखमा झ्ँिगा धपाउँदाधपाउँदै परेला चुँडेर भाग्थेँ । बूढाले लौराले लम्की र झ्म्की गर्थे । म घरबाट टाढै भइदिने । फेरि बूढालाई झ्ँिगाले दु:ख दिँदो रैछ र पैसा दिएर बोलाउँथे । म भुरो मोरो, पैसा भनेपछि फेरि हजुरबुबाको छेउमा आउँथेँ ।
दु:खको कुरा, आज मेरा नातिनातिनी त मेरो कोठाको ढोकासम्म पनि आउन्नन् । झ्ँिगा धपाउनु त परै जाओस् । जीवन कुमालेको चक्र हो । एकदिन म पनि नातिनातिनीजस्तै थिएँ, भोलि उनीहरू पनि मजस्तै हुनेछन् । यो पक्का हो ।
कहिलेकाहीँ झ्र्कन्छन् छोरा–बुहारी म रोगी जिउँदो लास देख्दा । तर पनि सहनुछ मलार्ई मौन । किनकि दैवले ठगेर, कर्मले हारेर, विधाताले पारेर अपाङ्ग बन्नुपर्यो मलार्ई । दोष दिनु त कसलार्ई, आफ्नै कर्मलाई ।
सबैको छि:छि र थु:थु सहन विवश बनाउन्जेल त्यो अदृश्य भगवान् कहाँ बसेर मेरो तमासा हेर्दै होलान् ! किन लाँदैनन् एक मुठी प्राण ! के स्वर्गमा पाप र पुण्य मन्थन गरेर चामलको बियाँ पग्लेजस्तो पाप र पुण्य पग्लदै त छैन ? हुन सक्छ यिनै कार्यमा व्यस्त भएर मलार्ई यमराजका दूतहरू लिन आउन भ्याएनन् होला ।
जीवनमा सबैभन्दा कष्टकर समय भनेकै मृत्युलार्ई पर्खदा हुँदो रै‘छ । गाह्रो, असाध्यै गाह्रो, अप्ठ्यारो त जीवनका उतारचढावमा आइहाल्छन्, बुबा बित्दा, आमा बित्दा, श्रीमतीको दाहसंस्कार गर्दा, घरबारी पहिरोले पुरिंदा, साँधको विषयमा पल्लाघरेसँग भनाभन पर्दा, छोरीलाई डोली चढाउँदा, साहूले गोठको भैंसी फुकाउँदा आदिआदि । तर यी सब बेलाको गाह्रो, अप्ठ्यारो, सकसभन्दा मृत्यु पर्खंदा महाकष्टकर हुँदो रहेछ ।
मान्छेहरू समस्यामा अल्झ्ँदा आपद पर्दा दु:खमा जकडिँदा भन्छन् – हे भगवान् ! मलार्ई यी समस्याबाट मुक्ति देऊ । मुक्ति त्यति सस्तो कहाँ छ र जुन बजारमा किन्न राखेको सामान होस् ! जन्मन साइत चाहिन्छ भन्छन् । मलार्ई लाग्छ मृत्युले चटक्क टिपेर लान पनि साइत चाहिन्छ । अन्यथा हिरिकहिरिक एक मुठी प्राण बूढो शरीरमा अल्झ्रिहन्छ मृत्यु पर्खदै ।