बनेपाका साहित्यकार सोमकाजी शाक्यले आफ्नो बुवा मुमाको स्मृतिमा राष्ट्रका एक जना उत्कृष्ट समाज सेवकलाई प्रत्येक वर्ष जनमतको वार्षिक दिवसमा सम्मान गर्ने गरी ‘जनमत: पूर्णिमाया/लुचि समाज सेवक सम्मान’का लागि रु.१,५०,०००।– (एकलाख पचास हजार) नगद अक्षयकोषमा राख्ने गरी जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललाई प्रदान गरेको छ । जनमतबाट प्रदान गरिने यो सम्मान पन्ध्रौँ जनमत सम्मान हो । यस वर्षको कार्यक्रम देखि प्रत्येक सम्मानित व्यक्तिलाई रु.१०,०००।– नगद समेत प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दुवालले जानकारी दिए । २०७९ चैत २५ गते उक्त सम्मान सहित २८ जना व्यक्तित्वहरूलाई जनमतबाट सम्मानित गरिने छ ।