औँसीको रात चारैतिर चकमन्न छ । टाढा(टाढा भुस्याहा कुकुरको आवाज मात्र सुनिन्छ( भौँ , भौँ )
अनायास, निद्रादेवीले छाड्छिन् । बत्ती बाल्छु । घडीमा भर्खर बाह्र बजेको हुन्छ । म निदाउने असफल प्रयास गर्छु ।
सबैबाट तिरस्कृत, अपमानित र पृथ्वीको भार भई बिताउन विवश आफ्नो जिन्दगीदेखि घृणा उब्जेर आउँछ । मन भारी हुन्छ । पश्चातापले मुटु पोल्छ । कति पीडा छ जिउनुमा ? तर के गर्नु ? कस्तो बाध्यता यो र ?
(“त जन्मेको दिन कति खुसी होइबक्सिया थियो तेरो ड्याडी थाहा छ तँलाई रु” मम्मीको आवाज घरीघरी कानमा आइरहन्छ । दुवै हातले कान थुन्छु । असैह्य हुन्छ । एक्लै चिच्याउन मन लाग्छ । एक्कासि मेरो सोचाइको बादल मडारिँदै टाढा(टाढासम्म अतीतलाई पहिल्याउँदै जान्छ ।
कति खुसी तथा उल्लासमय जिन्दगी बिताइरहेको थिएँ । उच्च घराना करोडपतिको पुलपुल्याइएको एक्लो छोरो । जसको कारण ममा दुर्गुणको इँटाले तला थप्दै ,थप्दै गयो ।
जब म पाँच वर्षको थिएँ, तब ड्याडीको पर्सबाट सय रुपियाँ चोरेँ । यो कुराको आरोप सुसारे लक्ष्मीलाई लगाइयो । तिनलाई मेरो कर्तुत थाहा थियो । डरले मलाई ढाल बनाई तिनी ड्याडीको सामु परिन् (“राजा साहेब पैसा मैले हैन सानराजाले लिई बक्सेको हो ।” म सजायको डरले थुरथुर थिए, तर आश्चर्य, उहाँले उल्टै खुसीले ठुलो स्वरमा मम्मीलाई भनिबक्सियो (“हेर मैसाब, छोरो त पैसा चिन्ने भइसकेछ ।”
म हर्षले विभोर भई ड्याडीलाई म्वाइँ खान पुगेँ । यसरी मेरो दुर्गुणको बोट लहलहाउँदै गयो ।
मम्मी १ मम्मी त हर बखत आफूलाई सिँगार्नु, नयाँ नयाँ फेशन गर्नु, क्यासिनो जानु, राती अबेरसम्म पनि घर नफर्कनु, हदसम्म बाहिरी रमझममा नै व्यस्त । आमाको दायित्व पूरा गर्दा आफ्नो जवानी खेर जाला कि भन्ने डरले होला मेरो कुनै पनि क्रियाकलापमा उत्साह तथा चाख लिई बक्सेन ।
ड्याडीको इच्छा छोरो जन्माई बुबुको काखमा सुम्पी आफू मुक्त होइबक्स्यो । मम्मीको काखमा लुटपुटिई, म्वाइँ खाने मेरो रहर कहिल्यै पूरा भएन ।
“बुबा यी दुई अक्षरलाई म श्रद्धाले लिन सक्छु । मायाको खानी बुबु ममा आफ्नो सम्पूर्ण माया पोख्नु हुन्थ्यो । तर पनि मम्मीको सामीप्य पाउन लालायित हुन्थे । उच्च वर्ग, उच्च रहन सहन, उच्च आकाङ्क्षाको इच्छुक ड्याडी मलाई “डक्टर” बनाउन चाहिबक्सन्थ्यो । राम्रै बोर्डिङमा मेरो पठन पाठन को व्यवस्था गरे तापनि मेरो क्रियाकलापबारे बुझ्ने बुझ्ने फुर्सद कसैलाई पनि थिएन । जसको फलस्वरूप मेरो कोमल हृदयमा आघात पर्न गयो । म बाबु ( आमाको मायाको लागि तड्पिन्थे ।
ड्याडी बिजनेसमा व्यस्त कहिले यहाँ त कहिले उहाँ, देश विदेशको सैर मा मस्त भने मम्मीको आफ्नै रमझममा, फुर्सद नै थिएन ।
समयले थाहै नपाई सुस्तरी पाइला चालेछ । मेरो बाल्यकाल निकै टाढा पुगिसकेछ र यौवनको खुड्किलामा टेक्न पुगे । अब मलाई कसैको माया र स्नेहको जरुरत महसुस भएन । बाबुको सम्पत्ति दुवै हातले लुटाउन लागे । घमन्डको नशामा मातिसकेको थिएँ । कहिले क्लब, कहिले डिस्को, कहिले पार्टी त कहिले ( घुमफिर, हरेक रहरको सन्तुष्टि लिनु नै जीवनको उद्देश्य बन्यो । आकर्षक अनुहार, चौडा छाती, बलिष्ठ बाहु र अग्लो उचाइ हेर्नेहरू टोलाउन पुग्थे । केटीहरूको माझमा खुबै चर्चित थिए । सबै कुरामा हिरो भए पनि पढाइमा जिरो थिए । जसोतसो एस।एल।सी। चाहिँ पास गरे । कलेजमा “सञ्जय दत्त” उपनामले चिनिन लागे । मेरो अघिपछि लाग्नेहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गयो । मानौँ म भएपछि कलेज नै रमाइलो हुन्छ भन्ने गर्थे । मेरो आगमनमा उनीहरू प्रशन्नताको फूल छर्दथे । पिकनिक, पार्टी यी सबै खर्चको लागि साथीहरू मेरो मुख ताक्दथे । म ड्याडीको दौलत पानी सरी बगाइदिन्थे । तर पनि ड्याडी मप्रति कहिले रिसाइबक्सेन भनौँ कुनै मतलब नै थिएन । बेरोकटोक म छाडा साँढे झैँ मन परी गरी हिँड्थे । कुनै डरभर थिएन । अलि(अलि गर्दै ममा लागु पदार्थको पनि लत बस्दै गयो । प्रशस्त पैसाको कारण कुनै चिन्तै लिनु परेन । यसका लागि मेरा ती सब साथीहरू मद्दत गर्दथे । म नशामा लीन भई स्वर्गीय दिनचर्या हुन पुग्यो । मैले उच्छृङ्खलताको सीमा नाघ्न पुगे । यसरी भोग विलासमा चुर्लुम्म डुबे । जसको परिणाम मेरो सुन्दर तथा तन्दुरुस्त शरीर जसमा म गर्वले फुल्ने गर्थे र केटीहरू हुरुक्कै हुन्थे, अब दुब्लो, पातलो र क्षीण हुँदै गयो । कहिलेकाहीँ ड्याडी मलाई देखेर भनिसिन्थ्यो (“तँलाई के भो रु आजकल दुब्लाउँदै गइसकिस् डक्टरलाई देखा न ।”
म हाँसेर टारिदिन्थे (“होइन ड्याडी केही भा’ छैन ।” म आफैँलाई गडेर हेर्न पुग्थे । त्यो दिनको सम्झना मेरो मानसपटलमा आज पनि ताजै छ । जुन दिनदेखि आफूलाई जिउँदो लाससँग तुलना गर्न पुगे ।
(“सानराजा बुबुलाई मोटरले किच्यो १”
मैले आत्तिँदै सोधे (“कहाँ १ कहिले ११ कसरी र ” एकै सासमा भने ।
लालुले रुँदै भन्यो (“बुबु र म पशुपति गइरहेका थियौ । डिल्लीबजारको ओरालोमा बाटो काट्न लाग्दा उहाँलाई ।।।।।।।” यो भन्दा बढी बोल्न सकेन र हिक्क, हिक्क गर्दै रुन थाल्यो । म लालुसँगै अस्पताल पुगेँ । बुबुलाई अपरेसन थिएटरमा राखेको रहेछ । डक्टरलाई भेटे । डक्टरले भन्यो( “उहाँलाई ब्लडको अति आवश्यक छ । ब्लड तयार गर्नुस् १”
(“डक्टर साब १ मेरो ब्लड झिक्नुस् ।” म आत्तिँदै भन्दै गए । मेरो ब्लड झिकी चेक गरियो । जिन्दगीमा पहिलो चोटि भगवान सँग प्रार्थना गर्न पुगे ।
त्यो डरलाग्दो पल अझै पनि सपना झैँ लाग्छ । जब डक्टरले अचम्म पर्दै मेरो छेउ आएर भनेका थिए (“तपाईँको ब्लड उपयुक्त भएन, ब्लड किनेर ल्याउनुस् ।” स्वरमा उपेक्षा तथा हेराई मा तिरस्कृत भाव थियो । यसमा ध्यान नै नदिई हतारिँदै सोधेँ (“किन डाक्टर साव ब्लड ग्रुप मिलेन र रु”
“ब्लड ग्रुप त मिल्यो तर ।।।।। “वाक्य बिचमा अड्कियो शायद त्यो समय भन्न नचाहेको हुन सक्छ ।
मैले झन् आश्चर्यचकित भई भने (“तर ।।।। के भयो त रु”
मेरो मुखमा पुलुक्क हेरी अलि मलिन स्वरमा भने डक्टरले (“तपाईँको ब्लडमा एच आई भि। पोजेटिभ देखा पर्यो ।”
मेरो साह्रा शरीर नै झनझनायो मलाई लाग्यो, उभिएको जमिन बिस्तारै भासिँदै गई म जमिनमा धसिँदै गइरहेछु ।
सपना हो कि भनी आफैँलाई चिमोटी हेरे । तर, अपशोच १
(“छिटो गर्नुस्, नत्र उहाँको ज्यान जान सक्छ ।” डाक्टरको आवाज धेरै टाढाबाट आए झैँ भान भयो । मलाई अझै पनि अचल देखेर डाक्टरले मेरो पाखुरा समाई भने (“होसमा आउनुस्, अब ढिलो नगर्नुस्, नत्र उहाँको ज्यान जान सक्छ १”
म गह्रौँ खुट्टाले त्यहाँबाट हिँडे ।
बुबु त ठिक हुनुभयो । तर म भने भित्र(भित्र धमिराले खाए झैँ खोक्रो हुँदै गए । साथीहरूसँग बोल्न मन लाग्न छोड्यो । मन ग्लानिले भरिएर आउँथ्यो । मेरो एक्कासी परिवर्तनले साथीहरूमा आश्चर्यको वर्षा भयो । “तँलाई के भो यार, केही दिनदेखि त मा उदासीनता देख्दै छु भन्न सक्ने भए, हामी मद्दत गर्न तयार छौँ ।” एक दिन एउटा साथीले सोधी हाल्यो । तर मैले केही भन्ने हिम्मत जुटाउन सकिन र फिस्स हाँसेर टारिदिए । घृणाको पात्र बन्ने डरले मनको गाँठो फुकाउन मुश्किल थियो । तर पनि एक दिन बियर को सुरमा फुकाई छाडे । सायद मनमा सहानुभूतिको लोभ थियो ।
तिनी मप्रति मोहित थिइन् । मेरी प्रेमिका भनी गर्व गर्थिन् । म पनि तिनीलाई माया गर्थे । मेरो व्यवहारप्रति तिनलाई चिन्ता थियो । त्यसैले भरसक मलाई सही बाटोमा ल्याउने प्रयत्न गर्थिन् । कहिलेकाहीँ मेरो उपेक्षित व्यवहार देखी रुन्चे स्वरमा भन्ने गर्थिन् (“रवि म तिमी बिना बाँच्न सक्दिन, आखिर तिमी किन यति कठोर छौ रु” म अवाक् हुन्थे, टोल्हाएर उनलाई हेर्न पुग्थे । उनी मेरो आँखामा उत्तर खोज्न पुग्थिन् । म मुसुक्क हाँसी दिन्थे । मेरो मुस्कुराहटमा उनी मद होस हुन्थिन् ।
मनको व्यथा त पोखे तर आशा तथा विश्वासको पोखरी धमिलिँदै गयो । मेरो विश्वासका टुक्राहरूले छरिएर मलाई नै खिज्याउन थाले ।
तिनले मात्र “ओहो” भन्दै गहिरो निस्श्वास छोडिन् । आँखामा डर र आश्चर्य मिश्रित भाव थियो । म ग्लानिले दूषित भए ।
भोलिपल्टदेखि तिनी मेरो छाँया देखि पनि तर्सन थालिन् । सधैँ हिँडिरहने बाटो पनि हिँड्न छाडिन् । एक दिन संयोगले अगाडी परिन्, मैले साहस गर्दै भने(“निशा, कमसेकम तिमी त मेरो दुक्ख बुझी देऊ । तिमी त साथ देऊ ।” मेरो काँतर स्वर सुनी बिजुली झैँ तिनी कड्किन् ।
(“तिमी मेरो साथ पाउन लायक छैनौ । मेरो बाटो रोक्ने कोसिस नगर ।” तिनको उपेक्षित व्यवहार देखी क्रोधित भई अगाडी बढेर नाडी ट्याप्प समात्न पुगे । तिनी रिसले काप्न थालिन्, ठुला(ठुला आँखा पल्टाएर घृणाले मतिर हेरिन् र हात छुट्ट्याउने प्रयास गरिन् । क्रोध तथा घमणडले गर्दा मेरो हातको बन्धन झन् कस्सिँदै गयो ।
एक्कासी उनी चिच्याइन् (“छोड मेरो हात, त जस्तो आवारासँग म बोल्न चाहन्न ।” चारैतिर मानिस जम्मा भए । सबै आश्चर्यचकित भई हेर्न थाले । मैले रिस थाम्न सकिन । सबै कुरा बिर्से, रिसले आगो भए । कसैको पनि मेरो विरोधमा बोल्ने साहस भएन । सबै ट्वाल्ल परेर हेर्न लागे । तिनले गुहारको लागि चारैतिर हेरिन् । तर कसैको साहस भएन । चड्याम्म एक चड्कन मेरो गालामा बज्रियो । मैले केही गर्नु अगावै म तिर औँल्याउँदै चिच्याइन (“यसलाई एड्स लाग्या छ ।”
निशा समाजमा मेरो खिल्ली उडाउन चाहन्थिन् । मेरो होस हराउँदै गयो । बिस्तारै हातको पकड खुकुलो हुँदै गयो । झट्याक मेरो हातको पकड फुकाई निशा फटाफट क्यान्टिनतर्फ बढिन् । म किंकर्तव्यविमूढ भई उभिइरहे । वरिपरि सबै घृणित तथा आश्चर्यको भावले मतिर हेर्दै खासखुस कुरा गर्न लागे । हिजोसम्म मेरो अगाडी पछाडि लुते कुकुर झैँ झुम्मिनेहरू विस्फारित नेत्रले मलाई हेर्न थाले । सयौ आँखाहरू ममाथि बन्दुकको गोली झैँ बर्सिए । बिस्तारै पाइला सारेँ घरतिर । जुन कुराको डर थियो आखिर त्यो यथार्थमा परिणत भयो ।
(“हेर मैसाव, हाम्रो गल्तीले गर्दा आज सानराजालाई त्यस्तो प्राणघातक रोग लाग्यो । यो सब हाम्रो हेलचेक्राईले गर्दा भयो ।” ड्याडी भन्दै होइसिन्थ्यो मम्मीलाई ।
मम्मीको आँखाबाट अविरल आँसु बगिरहेको थियो ।
(“हामीले बाबु आमाको कर्तव्य पुरा गर्न सकेनौ । जसको सजाय अहिले पाउँदै छौ ।” यो भन्दा बढी सुन्न सकिसिएन मम्मीले, रुँदै दौडेर किचनमा गइस्यो । म मूर्ति वान ढोकामा उभिइरहे, ड्याडीले म तर्फ पुलुक्क हेर्दै भनिस्यो (“कहाँ गएर आइस् रवि रु” ड्याडीको स्नेहपूर्ण हेराई पनि मलाई पीडादायक भयो ।
यसरी पहिले नै मेरो गतिविधिमा रोक(टोक गरेको भए म आज यो स्थितिमा नहुन सक्थे । सबै घृणा गर्दै पन्छिँदै गए । कसैसँग बोल्ने हिम्मतसमेत रित्तिँदै गयो । ब्राउन सुगर भन्दा रोगको नशाले साह्रा शरीरमा जरा फैलाउँदै गयो । सधैँ मृत्युको त्रास आँखामा दानव झैँ मुख बाई निल्न आइपुग्थ्यो । म कहालिन्थे, बिहान हुन्थ्यो मुटुको धड्कन तेज हुन्थ्यो । आफैदेखि डर लागेर आउँथ्यो । रातको प्रतीक्षामा दिन कटाउन बाध्य हुन्थे । किनभने अन्धकारमय भविष्यले अँध्यारो रातसँग मित्रता गाँसिसकेको थियो ।
टङ्ग १ टङ्ग १ टङ्ग ११ घडीले अतीतलाई छ्यालछ्याल पारिदिन्छ । वर्तमानमा आई पुग्छु । उही तनाव, उही वेदना, म क्षण ( क्षण मैनबत्ती झैँ पग्लेर जाँदै छु । दुष्कर्मको फल भोग्दै छु । मन अनौठो किसिमले धड्किन्छ ।
(“यसरी किन बाँच्छन् घृणाको पात्र भई जा १ आत्महत्या गर् १ तेरो कुकर्मको यही ‘प्रायश्चित’ हुनेछ ।” मनले आदेश दिइरहेको हुन्छ ।
हो मेरो लागि यही एउटा बाटो छ । डर लागिरहेको भएता पनि मुटु दह्रो पार्छु । रातको दुई बजेको हुन्छ । कौसीमा पुगी एकचोटी आकाशतिर हेर्छु । ताराहरू तिलमिलाइरहे जस्तो लाग्छ मेरो दुर्दशाको उपहास गरिरहे झैँ, सबैलाई पालैपालो सम्झन्छु । बुबुको मायाले एक चोटि मन विचलित गराउँछ । “सानराजा हजुर लाई केही पनि हुँदैन । के हो त्यो एड्स भन्ने रु त्यस्तो रोग पनि कहीँ हजुरलाई लाग्छ । त्यो पनि निको नहुने रे, मलाई त यी आजकलका डाक्टरहरूको विश्वासै लाग्दैन ।”
“बुबु, मलाई माफ गरिदिनुहोस् । म तपाईँको मायाको लायक छैन ।”
फेरि निशाको क्रोधित अनुहार अगाडि आउँछ । मनमा भक्कानो फुट्छ । मेरो अघि(पछि छाँया झैँ लाग्नेहरू आज मेरो यो अवस्थामा सहानुभूतिका दुई शब्दसमेत बोल्न चाहँदैनन् । ‘कति स्वार्थी रहेछन् मानिसहरू, सुखमा त सबै साथ दिन्छन् तर ।।। दुक्खमा भने तमासा हेर्छन् ।’ यो कस्तो समाज रु कस्तो सामाजिक परिवेश रु आँखा रसाउँछ । यस्तो समाजमा के बाँच्नु । फेरि उही डक्टरको रोषपूर्ण अनुहार आँखा अगाडी आउँछ (“तपाइको ब्लड उपयुक्त छैन ।”
बिस्तारै अगाडी बढ्छु । पाँच तलामाथिबाट तल हेर्छु, सडकको खम्बामा बत्ती टिलपिलाइरहेको हुन्छ । “गर्ल्याम”
रातको निस्तब्धतालाई चिर्दै एउटा आवाज आउँछ र अँध्यारोमा क्रमशस् विलीन हुन्छ । कसैले थाहा पाउँदैन । लाग्छ केही पनि भएको छैन । पृथ्वी आफ्नै गतिमा, चन्द्रमा आफ्नै गतिमा, ताराहरू अझै पनि टिलपिल गर्दै चम्किरहेका छन् ।
त्यो रात यता निशालाई पनि निद्रा लागेको हुँदैन । आफूले रविप्रति गरेको दुर्व्यवहार सम्झी मन नराम्ररी दुख्छ । मनमनै सोच्छिन् । कति स्वार्थी रहेछु म १ उसको त्यस स्थितिमा सहानुभूतिको बदला विष वमन गरे । आफैदेखि घृणा जागेर आउँछ । शायद हतारमा ब्लड साटिएर गल्ती भयो कि शङ्का उब्जन्छ मनमा । तर पनि यस्तो कुरामा त डाक्टरहरूको हेलचेक्राई हुनु नपर्ने, कसैको जिन्दगीको सवाल छ । हुन सक्छ उनीहरूको गल्ती भयो तर पनि रविले एक चोटि फेरि टेस्ट गर्नु पर्ने शायद यो कुराको ख्यालै भएर होला, होस् पनि त कसरी मैले त साथ छोडे भने ।।।। जे होस् म चाहिँ त्यस्तो हेलचेक्राई गर्दिन ।
निशा मनमनै भन्छिन्, (“भोलि बिहान त उसको लागि ‘नयाँ बिहान’ हुनेछ । नभेटेको पनि धेरै भयो पछि त कलेज आउनै छाड्यो । के गर्दै होला बिचरा १ कति स्वार्थी रहिछु म, आफैँदेखि घृणा जागेर आउँछ । तर के गर्नु, परिस्थितिले त्यस्तै बनायो १ आफैँलाई सान्त्वना दिन्छिन् घडी हेर्छिन् बाह्र बजेको रहेछ । अहिले जुरुक्क उठेर जाऊँ कि खुसीको खबर सुनाउन । तर यत्रो रातमा ।।। ओह १ बिहान हुन पनि कति अबेर १
(“जुविना आएकी छे तँलाई भेट्न” आमाले भान्छा(कोठाबाट हकारिन् । एकाबिहानै जुबिनाको आगमनले कौतूहल जगाउँछ । हत्तपत्त चिया कपमा राखी लिएर आउँछिन् । उनलाई देख्ने बित्तिकै जुबिना अत्तालिएर भन्छिन् (“तैँले थाहा पाइस् । रविले त आत्महत्या गरेछ १”
उनी झसङ्ग हुन्छिन् । उडिरहेको पक्षीलाई सिकारीको गोली लागेर भुईँमा खसे झैँ भान हुन्छ । कप हातबाट फुस्की चिया भुईँमा छताछुल्ल भई पोखिन्छ । कप फुटेर टुक्राहरू यत्रतत्र छरिन्छन्, जसलाई उनी आफ्नो मुटुको टुक्रा झैँ देख्न पुग्छिन् ।
हिजो रातीको आफ्नो “गोप्य रिपोर्ट” लिन जाँदाको क्षण आँखा अगाडी झल्कन्छ । “तपाईँको ब्लडमा एच।आई।भी। पोजेटिभ छैन । निर्धक्क हुनुहोस् ।
फेरि चार महिना अघिको त्यो सुखद क्षण सम्झिन्छिन् । आफूले वर्षौँदेखि सँगालिरहेको चोखो कुमारीत्व, जसको मग्न भई रविले भनेको थियो (“निशा म तिमीलाई बिहे गर्छु । तिमी जस्ती अप्सरालाई पाएपछि अरू के चाहियो रु”
अनि उनलाई न्यानो अँगालोमा बाँधी अधरको चुम्बन लिएको थियो । उनी पनि आफूलाई साह्रै भाग्यमानी सम्झी सुखद स्वास लिई समर्पित भएकी थिइन् ।
(“निशा १ के भो तँलाई रु किन यसरी टोलाएकी रु उनी पुनस् वर्तमानमा आउँछिन्, जुबिनालाई अँगाल्दै रुन्छिन् ।
(“आखिर के भो तँलाई रु त्यसलाई “एड्स” लाग्या थियो, आत्महत्या गर्यो । त्यस्ताको लागि किन आँसु खेर फाल्छेस् ।” अलि क्रोधित भई भन्छिन् ।
(“त्यसो नभन् जुबि, म अझै पनि उसलाई चाहन्छु । मबाट ठुलो भूल भयो । उसलाई दुत्कारे बदनाम गरे, जसको कारण ऊ आत्महत्या गर्न विवश भयो ।” एक छिन रोकिई आँसु पुछ्दै भन्छिन् (“मैले यसको “प्रायश्चित” गर्नपर्छ ।” उनी आवेशमा आउँछिन् । जुबिना केही नबोली ट्वाल्ल पर्दै भन्छिन् (“तर ”
उनका कुरा बिचमा काटेर दृढ निश्चयका साथ निशा भन्छिन् (“म आजन्म बिहे गर्दिन । यही गर्भको उसको प्रेमको चिनोलाई जन्म दिन्छु । यही नै मेरो “प्रायश्चित” हुनेछ । उनका आँखामा कठोरता दृष्टिगोचर हुन्छ ।
जुबिना आश्चर्यचकित भावले निशालाई हेरिरहन्छिन् ।
कुलतले कसरी जिन्दगी बर्बाद हुन्छ र धन सम्पत्ति मात्रले पनि मानिसका सबै आवश्यकता पुरा हुदैनन् भन्ने सन्देश भएको यो कथा राम्रो लाग्यो । सन्तानलाई सहि तरिकाले हुर्काउनु अहिले ठुलो चुनौति छ आमाबाबुलाई जुन यस कथाले पनि समेटेको छ।