डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को विशेष संस्करण काठमाडौंमा सोमबार सार्वजनिक भएको छ। कोइरालाले नै शल्यक्रिया गरेका बालबालिकाले पुस्तक विमोचन गरे।
१३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा मुटुको शल्यक्रिया भएको थियो। विशेष संस्करण एक पटकका लागि २५ सय प्रति मुद्रण गरिएको छ। मूल्य २५ हजार रुपैयाँ तोकिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । यो संस्करणको रकम काठमाडौं बाल अस्पताल परियोजनामा खर्च गरिने छ।
डा. कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ। परियोजनालाई सघाउने चरणमा पुस्तकको विशेष संस्करण छापेको फाइनप्रिन्टले जनाएको छ। नियमित संस्करण असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने जनाइएको छ ।