जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

ऊ हराएको सूचना

निमेष निखिल निमेष निखिल
प्रकाशित २९ भाद्र २०७९, बुधबार
कविता, काव्य भित्र
0
ऊ हराएको सूचना

समयका श्यामश्वेत पानामा
कोरेर समयकै अथक कथागाथा
मान्छेका उज्याला अनुहार खोज्न
धेरै भौतारिएको हो ऊ एकताका
त्यै छेकोमा कसोकसो
समयले उसलाई ‘कवि’को पगरी गुथाइ दिएकै हो
मलाई राम्रै थाहा छ ।

समयको त्यो उज्यालो चहकमा
कविको गह्रौँ उपाधि पाउँदा
कसैले थाहा नपाउने गरी
एउटा दर्विलो गौरवको ससानो थुम्को पनि
सगरमाथा जस्तै भएर उभिएकै हो
उसको छातीमा ।

ज्यानमा तागत र पाखुरामा उत्साह भएका बेला
पाइलामा गन्तव्य र मनमा उमङ्ग भएका बेला
उसले पनि साँचेकै हो –
बेथितिका काला चट्टानहरुमा भीम–मुड्की बजारेर
सङ्गतिका आँकुरा उमार्ने सपना आँखा भरिभरि ।

हातैले उचालेर समस्याको सिङ्गो आकाश
विश्वासले फर्काएर नदीको वेग
आस्थाले उभ्याएर परिश्रमको पर्वत
उसले खोजेकै हो यो धरती सिँगार्न
सुन्दर सपनाहरुको खेती गर्न
मान्छे मनहरुको आशा रोप्न ।

देख्नेहरुलाई राम्रै थाहा छ –
विसङ्गतिको प्रतिपक्षमा ऊ कसरी उभियो ?
कसरी भत्कायो निराशा र कुण्ठाका पर्खाल ?
मान्छेका चेतनाहरुबाट
कसरी जुध्यो बेथितिका बतासहरु सँग ?
अडिग चट्टान भएर
इतिहास पल्टाए सहजै थाहा भैहाल्छ ।

हत्केलामा बग्ने पसिनाको रङ्गहीन नदी
र, त्यसैका किनारमा जीवनका त्यान्द्रा बटुल्ने ऊ
समयका विपरीत पाङ्ग्रामा पनि
हरदम जिन्दगीका रहरहरुलाई पारि तार्ने ऊ
कर्मण्येवाधिकारस्ते … राग अलाप्दै
निष्काम कर्मयोगको गीत गाउने ऊ
बेलगाम समयलाई झुक्याएर भए पनि
कर्तव्यको बहिखाता दुरुस्त राख्ने ऊ
र, कविताभरि कोरेर मान्छेका महागाथा
मान्छेकै गीत गाइ हिँड्ने ऊ
आज एकाएक हराएको छ ।

भेट्नुहुने महानुभावहरुले
उसलाई नजिकको कुनै प्रहरी कार्यालयमा नबुझाइ दिनुहोला
वा, कुनै नम्बरमा फोन गरेर जानकारी पनि नदिनुहोला
प्रबल सम्भावना यो छ–
उसमाथि ‘आतङ्ककारी’ बात लाग्न सक्छ
र उसले बोक्नुपर्ने हुनसक्छ –
फेरि एउटा अर्को बौलाहाको उपाधि ।


अघिल्लो पोष्ट

अध्ययन ,अभ्यास र परिमार्जन विना छाप्न हतारिएका पुस्ता : अशेष मल्ल

पछिल्लो पोस्ट

सानो शीश महल

निमेष निखिल

निमेष निखिल

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
सानो शीश महल

सानो शीश महल

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परिवर्तनका तीन आयाम

परिवर्तनका तीन आयाम

२३ फाल्गुन २०८०, बुधबार
टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

२२ फाल्गुन २०७८, आईतवार
विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार
विराटनगरमा छ जनालाई प्रतिभा पुरस्कार

विराटनगरमा छ जनालाई प्रतिभा पुरस्कार

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक