हास्यव्यङ्ग्य साहित्यमाआफ्नो छुट्टै नाम बनाउन सफल तथा सिस्नुपानी नेपालका संस्थापक सदस्य बनेपामा जन्मिएका कवि माणिकरत्न शाक्यको जन्म दिन पारेर भूँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको कविता–कृतिको काठमाडौं स्थित होटेल हार्दिकमा जनमतका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक भएको छ ।
भूँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त साहित्यिक कार्यक्रममा हास्यव्यङ्ग्यका लेखकहरु चट्याङमाष्टर, मनोज गजुरेल, नरनाथ लुईंटेलले माणिक रत्न शाक्यको हाँस्यव्यङ्ग्य साहित्यमा र ‘सिस्नुपानी नेपाल’को संस्थापनमा पुर्याइएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । सिस्नुपानी नेपालकाअधिकांश सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुखअतिथि साहित्यकार मोहन दुवालले राजनीतिकविकृतिले पुर्याइरहेको अँध्यारा परिदृश्यहरुको चर्चा गर्दै राजनीतिक पार्टीमा विभाजित रही कुनै पनि पदको लोभ नगरेको आफ्नो साहित्यिक यात्राका प्रसङ्गहरु सुनाउनु भएको थियो ।उक्त कार्यक्रममा भूँडीपुराण प्रकाशनकाअध्यक्ष केशव पराजुलीले होटेल व्यवसायी, प्रकाशक, कवि र प्रमुखअतिथि सबै काभ्रेलीहरुलाई यसपल्ट दृश्यमा ल्याउन पाएकोमा खुशीव्यक्त गर्दै अरु जिल्लाका प्रतिभाहरुलाई पनि यसैगरी राष्ट्रमा अगाडि ल्याउने भूँडीपुराण प्रकाशनको उद्देश्य रहेको सन्दर्भको चर्चा गर्नुभयो ।