जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

अन्तिम भोज

विजय मल्ल विजय मल्ल
प्रकाशित १० असार २०७९, शुक्रबार
कथा भित्र
0
अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो ।
म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ ।

त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् ।
ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ ।


हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्य भागमा फूलदानमा फूलहरु मुस्काइरहेका छन् । प्रत्येक टेबलमा एक दुई सेता पोषाक लगाएका केटाहरु खानेकुराहरु किस्तीमा बोकेर उभिएका छन्, कोही यताउति किस्ती बोकेर घुमिरहेका छन् । मलाई अत्यन्त भोक लागेको थियो ।
त्यसैले भोज भन्ने थाहा पाउँदापाउँदै लाजै पचाएर म त्यसभित्र पसेँ । नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरुका लवाइ, बोलाइ र रुपरङ एकै प्रकारका रहेनछन् । कोही अमेरिकाली जस्तो लाग्यो, कोही रुसी जस्तो, कोही जर्मनेली, कोही चिनियाँ, कोही भारतीय जस्तो, कोही अफ्रिकाली, कोही इजिप्टवासी, इरानी, कोही बेलाइती जस्तो ।
सारा संसारभरिका जातिहरु सङ्ग्रहालयमा सिँगारिएर थपक्क राखे झैं ती मानिसहरु थिए । मैले उनीहरुलाई सर्सर्ती हेरेँ, र खुशीले आफू दंग हुँदै उनीहरुका माझमा पुगेँ । विश्वका सम्पूर्ण राष्ट्रका मानिसहरु जमघट भएको ठाउँमा पुग्नु मात्र म जस्ताका लागि ठूलो गर्व थियो । त्यसैले निम्तो आफूसँग नभएकामा मैले संकोच पनि मानिनँ र म त्यसै पसिदिएँ ।
तैपनि पाहुनाहरुका हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो । एउटी अत्यन्त राम्री आइमाईले मलाई हात समाएर अरुसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘लौ, एक नव आगन्तुक आइपुग्यो, नयाँ देशबाट’ र मलाई सोधी, ‘कुन देशका हौ ?’
मैले भनेँ, ‘नेपाल !’


त्यसले मलाई टेबल-टेबलमा लगेर विभिन्न भाषाहरुमा बोल्दै चिनाई । मैले सबैसँग हात मिलाएर अभिवादन गरेँ । त्यहाँ नभन्दै संसारभरिका विशिष्ट र प्रसिद्ध मानिसहरु जम्मा भएका रहेछन्, ठूला ठूला नेता, राष्ट्रपति, प्रधानमन्त्री, कवि, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्राध्यापक, उद्योगपति, प्रबन्धक आदि आदि ।
उनीहरुका माझमा मलाई आफू अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिइरहेँ । त्यसले मलाई जता जता तान्दै लगी, त्यतै त्यतै म लाग्दै रहेँ ।
आखिर तीन-चार जना मात्र भएको टेबलमा उभ्याएर त्यसले मलाई भनी, ‘यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔं, हुन्न ?’
‘लौ लेऊ यो ब्रान्डीको गिलास ।’ गिलास हातमा लिँदै आफ्नो आत्मीय झैं सम्झेर मैले ऊसँग लाज नमानी सोधेँ, ‘आज साँच्ची यो केको भोज ? भन्नोस् ।’
आश्चर्य मान्दै त्यसले मतिर विस्फारित लोचनले हेरेर अरुसँग हाँस्तै भनी, ‘हेर, यो कस्तो अनौठो मानिस, आज केको भनेर पो सोध्छ !’
मतिर हेरेर नपत्याए झैं गरी फेरि त्यसले सोधी, ‘साँच्ची, आज केको भोज तिमीलाई थाहा छैन ?’
मैले लजाएर उत्तर दिएँ, ‘म त घुम्दै आएको, यहाँ आइपुगेँ, मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको, मसँग निम्तो पनि छैन । के गरुँ, म जाऊँ कि ?’
म लाजले मरेतुल्य भएको थिएँ । म चोर पक्रा परिहालेँ ।


त्यसले हतारिएर झटपट भनी, ‘होइन, होइन बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु सुन, म तिमीलाई बताउँछु- आज यो विश्वमा नै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैंन । थाहा पायौ ?’
मैले थाहा पाए झैं टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरी लज्जित हुनुपर्ने नै थिएन ।
तर ऊ उल्लसित हुँदै भन्दै गई, ‘यो पृथ्वीमा कहिल्यै रात पर्दैन; यही अन्तिम रात हो । यहाँ संसारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीदेखि लिएर महान् व्यक्तिहरु सबै जना जम्मा भएका छन् एउटा उद्देश्यले, एउटा अभिलाषाले ।


यस्तो एक मत अहिलेसम्म विश्वका राष्ट्रहरुमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन ।
सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूला ठूला राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्रीहरुले आफ्ना देशमा कस्ता परमादेश पठाउनेछन् भने उनीहरुका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूला ठूला अणुबमहरु एकैचोटि एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्रा टुक्रा पारेर ब्रह्माण्डमा हुर्याएर मिलाइनेछ, पृथ्वीको अन्त्य गरिनेछ ।
मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीति भोज मनाइँदै छ । आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सम मनाऔं !’
त्यसले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाई, अरुहरुले पनि गम्भीरतापूर्वक त्यसै गरे ।
तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ? आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनास हुनेछ- म यसै कुराले लखेटिँदै भोकै भाग्दै छु, दुगुर्दै छु । मेरो प्यारो पृथ्वी, मेरो प्यारो धर्ती भोलि रहन्न ! उफ् ! भोलि रहन्न ! मेरो माटो सुँघेर म भाग्दै छु ।


Tags: अन्तिम भोजविजय मल्ल
अघिल्लो पोष्ट

शास्त्रीय सङ्गीत उत्सवमा गुरु शिष्य परम्पराको सिर्जना

पछिल्लो पोस्ट

छोरीलाई मानचित्र पढाउँदा

विजय मल्ल

विजय मल्ल

वि. सं. १९८२ असार १० गते काठमाडौमा जन्मेका हुन्, विजय मल्ल । विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । उनको पहिलो रचना मर्नुपर्छ है दाइ नामक कविता वि.सं. १९९७ सालमा “शारदा“ प्रत्रिका मा प्रकाशित भएको थियो। साउन ७ गते २०५६ साल अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले एक बाटो अनेक मोड का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गोर्खा दक्षिण बाहु दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो । उनको वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा निधन भयो।

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

३ पुष २०८१, बुधबार
खुशीको खोजमा केन्द्रीत ‘तृषा’

खुशीको खोजमा केन्द्रीत ‘तृषा’

४ जेष्ठ २०७८, मंगलवार
अनेसास जापानको १३ औँ अधिवेशन हुने

अनेसास जापानको १३ औँ अधिवेशन हुने

५ जेष्ठ २०८१, शनिबार

माड्साब

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक