विजय मल्ल

विजय मल्ल

वि. सं. १९८२ असार १० गते काठमाडौमा जन्मेका हुन्, विजय मल्ल । विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । उनको पहिलो रचना मर्नुपर्छ है दाइ नामक कविता वि.सं. १९९७ सालमा “शारदा“ प्रत्रिका मा प्रकाशित भएको थियो।
साउन ७ गते २०५६ साल अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले एक बाटो अनेक मोड का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गोर्खा दक्षिण बाहु दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो । उनको वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा निधन भयो।

छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

रातो रगतले कोरिएको साँध छखेतमा डिल लाएझैँहरे, हरेक राष्ट्रका फाँटमा!यो हो भारत, यो हो पाकिस्तानहिन्दू-मुसलमानको रगतले मुछिएकोयही हो रेखा महान्!यो...