फर्काइदेऊ मेरा सारा प्रेमपत्रहरु
कहि जलेर खरानी नबनोस् ।
शब्द शब्दले तिम्रो न्यानो स्पर्श बोकेको छ
कहि मजाक बनी हासोँमा नउडोस् ।
फर्काईदेऊ …………
हृदयमा राख्न नसके तिमीले
सम्झनाको धमिलोमा सेलाइदेऊ
आँखामा सजाउन नसके तिमीले
आँसुको भेलसँगै बगाइदेउ
कहिँ कतै च्यातिएर टुक्रा टुक्रा नबनोस् ।
फर्काइदेऊ ……………..
बिछोडमा रोएका रातहरु
मिलनमा तड्पेका प्यासहरु ।
पर्खाइमा छटपटेका पलहरु
कोरिएका छन् प्रेमका बातहरु ।
कुल्चिएर कहिकतै धुलोमा नमिलोस् ।
फर्काइदेऊ सारा …………….