भाषा भन्नाले एक–अर्काप्रति गरिने व्यवहारको क्रियाकलाप हो । विनाभाषा कुनै पनि व्यवहार सञ्चालन हँुदैन । एक–अर्कामा सम्पर्क–सम्प्रेषण गर्ने माध्यम भनेकै भाषा हो । भाषा एक यस्तो अपरिहार्य विषय हो, जसले एक–आपसमा आफ्ना भावनाहरू साटासाट गर्न सहयोग गर्दछ ।
भाषालाई परिभाषित गर्ने सन्दर्भमा विभिन्न विद्वान्हरूको मतलाई अगाडि सार्न सकिन्छ । जब यस पृथ्वीमा मानवको उत्पत्ति भयो तबदेखि नै भाषा प्रयोग गर्न थालिएको हो । ती विभिन्न विद्वान्हरूको मतअनुसार भाषा भनेको विचार–विनिमयको साधन हो । भाषा दुई व्यक्तिबीचको अन्तक्र्रिया हो । एक किसिमको उत्तेजनाको प्रतिक्रिया र सामाजिक व्यवहारको प्रारूप नै भाषा हो । यी माथिका विभिन्न खालका मत र मान्यताहरूलाई समायोजन गर्दा मानवका औपचारिक अवयवहरूको समावेशमा, स्वतन्त्र रूपमा उच्चारित हुने, खास समुदायमा प्रयोग भई मानव–व्यवहारको क्रिया–प्रतिक्रिया उत्पन्न हुनु भनेको नै भाषा हो । भाषा एउटा सामाजिक सम्पदाका रूपमा परिचित भएकाले हरेक समाजमा आ–आफ्नै किसिमका भाषा बोलिन्छन् । उनीहरूको व्यवहारलाई सवलीकृत पार्न यसले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । यसरी मान्छेले आफ्नो भावनालाई सम्प्रेषण गर्न बोल्ने गर्दछ जुन बोलाइ अर्को स्रोताले बुझ्ेर त्यसैअनुरूप आफ्नो व्यवहारलाई सञ्चालन गर्दछ । यसरी त्यही बोलाइअनुसार स्रोताको प्रतिक्रिया उत्पन्न हुनु नै भाषा हो ।
यस्तो महŒवपूर्ण पक्षको अध्ययन सन् १९६६ सालबाट थालेको आभास हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने प्राचीन नेपालको अवस्थालाई एकीकृत गरिसकेपश्चात खस जातिहरूले बोल्ने भाषालाई राष्ट्रभाषाका रूपमा मान्यता दिएर सम्पूर्ण शैक्षिक संस्थाहरू, प्रशासन सञ्चारका माध्यमहरूमा समेत नेपाली भाषाले स्थान पाएको छ । यसका अलावा नेपाल एक बहुभाषिक तथा बहुजातीय मुलुक भएको हुँदा विभिन्न राष्ट्रिय भाषा बोलिने गरिन्छन् । ती भाषाहरू कुनैको लेख्य रूप देखिन थालेको र कुनैको कथ्य रूपै गायव हुने अवस्था पनि सृजना भएको छ । नेपालको संविधान २०४७ ले देशमा जति पनि मातृभाषा (राष्ट्रियभाषा) हरू छन्, त्यसैको माध्यमबाट प्राथमिक शिक्षा हासिल गर्न पाउने अधिकार पनि दिएको छ ।
नेपाल बहुभाषिक राष्ट्र हो भनेर माथि पनि उल्लेख भइसकेको छ । वास्तवमा यहाँ जम्मा चार परिवारका भाषाहरू बोलिन्छन् जुन निम्नअनुसारका छन् :
क) भोटवर्मेली (१९ वटा भाषा)
ख) भारोपेली (१५ वटा भाषा)
ग) द्रविडेली (१ वटा भाषा)
घ) आग्नेय (१ वटा भाषा)
उल्लिखित परिवारका भाषाहरूअन्तर्गत अन्य भाषाहरू पनि बोलिने गरिन्छ । बोलिने मात्र होइन लेख्य रूपमा पनि पृथक देखिन्छन् जसअन्तर्गत भारोपेली परिवारका भाषाहरूमा नेपाली, मैथिली, भोजपुरी, थारू, अवधी, उर्दू, हिन्दी, राजवंशी, वङ्गाली, दनुवार, मारवाडी, माझ्ी, दरै, कुमाल र अङ्गे्रजी पर्दछन् भने भोटवर्मेली परिवारअन्तर्गत तामाङ, नेवार, राई, मगर, लिम्बू, गुरुङ, भोटे, शेर्पा, चेपाङ, धिमाल, थामी, थकाली, जिरेल, व्यासी, सुनुवार, लाप्चे, मेचे, पहरी र राजी पर्दछन् । द्रविडेली परिवारअन्तर्गत नेपालमा एक मात्र भाषा बोलिन्छ त्यो हो झँगड र अन्यमा आग्नेय परिवारमा पनि एक मात्र भाषा छन्त्याल बोलिन्छ । राष्ट्रिय (शिक्षा) भाषानीति सुझव आयोगका अनुसार निस्किएका यी तथ्याङ्कहरूमा कतैबाट दोष लगाउने ठाउँ पनि देखिन्न । वास्तवमा भाषा–भाषा हो, यो एउटा सांस्कृतिक सम्पदा हो । यसको संरक्षण तथा सम्बद्र्धन सबै निकायबाट हुनु अति आवश्यक देखिएको छ ।
भाषाशिक्षण र समस्या :
नेपालको भौगोलिक अवस्थालाई हेर्दा माथि प्रस्तुत भएका भाषाहरू कुन ठाउँमा कति जनसङ्ख्याले बोल्ने गर्दछन्, तिनीहरूको अवस्था कस्तो छ भनेर सही तथ्य प्रस्तुत गर्न सकिन्न । नेपालको तीन भौगोलिक क्षेत्र (हिमाल, पहाड, तराई) मा समायोजित गराएर भाषिक स्थिति पत्ता लगाउने प्रयास पनि गरिएको छ । आखिर यस्ता तथ्यसङ्कलनको स्थिति जेजस्तो भए पनि नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । अन्य राष्ट्रिय भाषाहरूमा पनि प्राथमिक शिक्षा दिलाउने (अध्यापन, अध्ययन) उद्देश्य नेपालको संविधान २०४७ ले राखेको छ । राष्ट्रिय भाषाहरूबाट प्राथमिक शिक्षा प्रदान गर्ने त भनियो तर यहाँ ती भाषाहरूको कतिपय त मौखिक (कथ्य) रूप नै लोप हुने अवस्था देखिएका छन् । कतिपय लेख्य राष्ट्रिय भाषाको सही रूपमा विकास नै हुन पनि सकेको छैन ।
नेपाल बहुभाषिक तथा बहुजातीय राष्ट्र हो भनेर माथि पनि चर्चा गरिएको छ । जब नेपालमा राणाशासनअन्तर्गत, देवशमशेरको उदय भयो, तबदेखि नेपालमा नेपाली भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्थित तथा वैज्ञानिक ढङ्गबाट निर्माण भएर देखापर्यो । उनले अक्षराङ्क शिक्षा पुस्तक जयपृथ्वीबहादुर सिंहलाई लेख्न लगाए । त्योभन्दा पूर्व नेपालमा गुरुकुल शिक्षाप्रणाली सञ्चालन भएको थियो । यसलाई धेरै पछि त के आजसम्म पनि झ्निो प्रयोगमा ल्याइएको छ । वास्तवमा संस्कृत भाषामा यो शिक्षाप्रणाली केन्द्रीकृत थियो । यसैबाट सम्पूर्ण कर्मकाण्डहरू सञ्चालन हुन्थे । नेपाली भाषाको लेख्य पाठ्यक्रम स्थिति त्यसैबाट सञ्चालन भए पनि यसलाई विभिन्न समयमा परिमार्जन तथा परिष्कार गरिएको पाइन्छ । विभिन्न भाषा पाठशालाहरूको स्थापना भएर त्यसले प्राथमिक शिक्षा प्रदान गर्ने निधो पनि गर्यो । १९७० को गोरखाभाषा प्रकाशिनी समितिको स्थापनाले थुप्रै पाठ्यपुस्तकहरू पनि निर्माण गर्यो । त्योभन्दा अगाडि व्यक्तिगत रूपमा पनि धेरै पुस्तकहरू निस्किएका थिए । त्यसपछिका समयहरूमा से्रस्ता पाठशाला र जाँचपास अड्डाहरूको स्थापना भई व्यक्तिको योग्यतालाई मूल्याङ्कन गर्ने प्रयास भयो । दरबार स्कुल पनि स्थापना भई अङ्गे्रजी शिक्षालाई स्थान दिन थालियो । १९९० सालको एस्.एल्.सी बोर्डको स्थापनाले नेपाली भाषा पाठ्यक्रमको क्षेत्र विस्तृत पारेको पनि देखिन्छ ।
प्रस्तुत माथिका भाषा पाठ्यक्रमको परिचयले नेपालमा विभिन्न स्थानमा बसोवास गर्ने नेपालीहरूको भाषिक सीपहरूलाई समायोजन गराउन खोजेको छ जसलाई विचार पुर्याउँदै विभिन्न समयमा परिष्कृत हुने मौका पाएको आभास हुन्छ । नेपाल बहुभाषिक मुलुक भएका कारण यहाँ विभिन्न परिवारका भाषा बोल्नेहरूको अवस्थिति पाइन्छ जसलाई माथि पनि प्रस्तुत गरिसकिएको छ । यस्ता विभिन्न परिवारबाट आएका विद्यार्थीहरूलाई भाषामा विभिन्न कठिनाइहरू उत्पन्न हुने समस्या त्यसै पनि टड्कारो भएर देखापरेको छ । नेपालमा परापूर्वकालदेखि नै खसहरूले बोल्ने भाषालाई विभिन्न प्रशासनिक क्षेत्र र सञ्चारका क्षेत्रमा प्रयोग गरियो । जुन भाषा नेपाली थियो, त्यसले नेपालमा धेरै क्षेत्र ओगटेको पनि पाइयो र त्यस भाषाका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरू स्थापना पनि गरिन थाले । यति हुनु भनेको नेपाली भाषाको प्रयोगमा आधिक्य देखिनु हो । अब नेपालजस्तो मुलुकमा नेपाली भाषा शिक्षण गर्न कस्ता खालका उद्देश्यहरू निर्माण गरिनुपर्दछ ? भन्ने प्रश्नको सवालमा विद्यार्थीहरूको भाषिक पृष्ठभूमिलाई ध्यान दिंदै उनीहरूको स्तर, रुचि, क्षमता, योग्यता र उमेरलाई पनि ख्याल गरेर नेपाली भाषा पाठ्यक्रमको तर्जुमा गरिन थालियो ।
नेपाली भाषा सीपसिकाइका चारवटा कुशलताप्रति अत्यन्तै चासो राख्दै २०२८ सालको भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन, २०३८ को परिमार्जन, २०४९ को तहगत उद्देश्यको नीति–निर्धारण नेपाली भाषाको स्तरीय सीपसिकाइसँग सम्बन्धित भएर देखापरेका छन् । नेपालका केही जनसमुदायहरूको सीमित क्षेत्रमा मात्र लेख्य रूपमा मात्र नभई कथ्य रूपको समेत स्थिति खस्किएको आभास त छँदैछ । यस अवस्थामा नेपाली भाषाको अग्रपृष्ठभूमि रहेको देखिन्छ । नेपालका त्यस्ता विद्यार्थीहरूले आफ्नो मातृभाषासिवाय अन्य भाषाहरू सिक्न, बोल्न, लेख्नका लागि नेपाली भाषालाई दोस्रो भाषाका रूपमा (सिक्न) अँगाल्नुपर्ने हुन्छ । नेपालमा नेपाली भाषालाई मातृभाषाका रूपमा ग्रहण गर्नेहरूको सङ्ख्या ५० प्रतिशतभन्दा बढी रहेको छ । बाँकी अन्य मानिसहरू आफ्नै मातृभाषामा भाषिक आदानप्रदान गर्दछन् । नेपाली भाषालाई पहिलो भाषा र दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूलाई भाषाशिक्षण सँगै गराउन असम्भव पनि छ । यस्तो अवस्थामा नेपाली भाषा शिक्षण गराउनु कठिन मात्र होइन, फलामको चिउरा चपाउनुजस्तै हुन्छ । यसरी नेपाली भाषा शिक्षकले भाषाको सीपसँग सम्बन्धित पक्षलाई अँगालेर शिक्षण गरेको खण्डमा भाषिक सीपविकासका लागि ठोस उपलब्धि हासिल हुन सक्तछ । यस अवस्थामा विद्यार्थीको उमेर, स्तर, सिक्न सक्ने क्षमताको ख्याल गरी तहगत भिन्नताका आधारमा भाषाशिक्षण गर्दा नेपाली भाषाको सीप विकास र स्तरीयताले सही मार्गदर्शन पाउन सक्तछ । भाषा शिक्षणमा उपयुक्त कार्यकलापहरूलाई उपयुक्त सीपको विकास गराउन प्रभावकारी ढङ्गबाट शिक्षण गरेको खण्डमा विद्यार्थीले अपेक्षित सीपविकासमा सफलता प्राप्त गर्दछ । सम्बन्धित सीपहरूको विकास गर्न अभ्यास गराउँदा शिक्षार्थीहरूमा के–कस्ता त्रुटिहरू फेला पर्छन, तिनीहरूको प्रकृति हेरी निराकरण गर्ने प्रक्रियातर्फ उन्मुख गराउनुपर्दछ । भाषिक त्रुटिहरूको पहिचान गर्न भाषा पाठ्यक्रम सजग हुनुपर्दछ ।
पहिलो भाषाका रूपमा आफ्ना–आफ्ना मातृभाषा बोल्ने प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूलाई नेपाली भाषाको स्तरीयता प्राप्त गर्न अत्यन्तै समस्या पर्दछ । आफ्नो घरपरिवार–छरछिमेक अर्थात् आफ्नो निकट वातावरणमा बोलिने भाषाहरू बालकले सजिलै सिक्ने गर्छन् । यसको अलावा उसको वैयक्तिक रुचि र आवश्यकताबाट अन्य भाषाहरू सिक्नुपरेको खण्डमा स्तरीय भाषा–प्रयोगमा अत्यन्तै कठिन अवस्था सिर्जना हुने गर्दछ । नेपाली भाषा नेपालको राष्ट्रभाषा भएको हाम्रो मुलुकमा राष्ट्रिय भाषा प्रयोग गरिरहेका कैयौं विद्यार्थीहरू नेपाली भाषाको प्रयोगमा दक्षता हासिल गर्न कठिन बन्नु त स्वाभाविकै पनि हो । नेपाली भाषालाई बहुसङ्ख्यक नेपालीले प्रयोग गर्ने वा बोल्ने भए तापनि स्तरीय नेपाली भाषाको प्रयोगको स्थिति अझ्ै पनि खट्किएको छ । नेपाली भाषालाई मातृभाषाबाहेक सम्पर्क भाषा वा माध्यम भाषाका रूपमा प्रयोग गर्नेहरू ८०% भन्दा बढी रहेको छन् । आखिर जे भए पनि विद्यालयमा विद्यार्जन गर्नका लागि प्रवेश गर्ने जुनसुकै भाषिक पृष्ठभूमिबाट आएका विद्यार्र्थी नेपाली भाषाकै माध्यमबाट आफ्नो शिक्षादीक्षा अगाडि बढाउने गर्दछन् । यसरी विद्यालयदेखि सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा समेत नेपाली भाषाको प्रयोग हुने भएकाले विद्यालय तहका अलावा अन्य क्षेत्रमा समेत काम सञ्चालन गर्न–गराउन नेपाली भाषामा उचित ढङ्गबाट बालकले अनिवार्य रूपमा दक्षता हाँसिल गर्नुपर्ने आवश्यकता देखिएको छ । तर यो सोचेजस्तो सहज अवश्य पनि छैन । नेपाली भाषाशिक्षणमा देखिएका विभिन्न समस्याहरूले गर्दा त्यस्ता बहुभाषिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई बढी मात्रामा असर पार्दछ । यसको अर्थ मातृभाषा नेपाली हुने विद्यार्थीले भाषा सजिलै सिक्न सक्तछन् या दक्षता हाँसिल गर्न सक्तछन् भन्ने अवश्य पनि होइन । त्यस्ता मातृभाषी विद्यार्थीहरूले पनि भाषाका विविध क्षेत्र विधा, उपविधाहरूमा समेत सक्षम हुनुपर्दछ अर्थात् उसले पनि औपचारिक रूपमा अध्ययन गर्नुपर्ने हुन्छ । यसरी यी विविध क्षेत्रहरूमा विद्यार्थीहरू स्तर र रुचिअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । यसरी अगाडि बढ्न नेपालीभाषी र अन्य भाषाभाषीका विद्यार्थीहरूलाई विभिन्न समस्याहरू देखापरेका छन् जसलाई निम्नानुसार प्रस्तुत गरिन्छ :
क)नेपालीभाषा भाषीलाई प्राथमिक तहदेखि नै अनिवार्य रूपमा अध्ययन,अध्यापन गराउने कार्य भने वि.सं. २०२८ सालको राष्ट्रिय शिक्षापद्धति योजना आयोगले निर्धारण गरेको छ । शिक्षण संस्थामा विद्या आर्जन गर्न आएका विभाषिक विद्यार्थीहरूलाई नेपाली भाषा सिक्न अत्यन्तै कठिन पनि पर्दछ । यसरी भाषामा देखिएका भाषिक भेद तथा भाषिकागत भेदले समेत पिरोलिएका विद्यार्थीहरूलाई अझ् स्तरीय नेपाली भाषा सिक्न बढी समस्या परेको हुन्छ । तर नेपाली भाषाको स्तरीय तथा मानक रूप भनेको कस्तो हुन्छ ? त्यो नै यहाँ देखिएको छैन । यस्तो अवस्थामा गम्भीरतापूर्वक नेपाली भाषाको स्तरीय रूपको पहिचान गरी भाषाशिक्षण गरिनुपर्ने आवश्यकता देखापर्दछ ।
स्तरीय भाषाशिक्षणका क्रममा देखिने अर्को मुख्य समस्या भनेको मानक व्याकरणको समस्या हो । निश्चित रूपमा मानकीकरण नभएका खण्डमा विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्न सक्ने सम्भावना पनि रहँदैन । नेपालमा विभिन्न क्षेत्रमा विभिन्न किसिमको शिक्षण गरिन्छ । यसले गर्दा त्यस्ता स्थितिका विद्यार्थीहरू, जो आफ्नो घरपरिवार तथा समुदायमा बोलिने भाषाबाहेक नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्छन्, त्यस्ता विद्यार्थीहरू त्यसै पनि अलमलमा पर्ने स्थिति देखिन्छ । स्तरीय नेपाली भाषा सिकाउने क्रममा मातृभाषा तथा स्थानीय रूपमा प्रयोग गर्ने भाषाबाट उसलाई (विद्यार्थीलाई) बचाई अथवा त्यस्ता स्थानीय भेदबाट बचाउँदै नेपाली भाषाशिक्षण गर्नु सार्थक हुन जान्छ । भाषामा स्तरीयताको निर्वाह गर्न वर्तमानमा प्रचलनमा ल्याइएका आधिकारिक व्याकरण अथवा भाषातŒवको आधार तयार गर्नुपर्ने हुन्छ । प्रयोगको स्थिति तथा अर्थमा स्पष्टता आउन नसकेको खण्डमा पनि मान्यताप्राप्त शब्दकोशको प्रयोग गर्नु वाञ्छनीय हुन्छ । समस्याको निक्र्योल गरी स्तरीय प्रयोगतर्फ विद्यार्थीहरूलाई सचेत बनाउनेतिर लैजान सकेमा नेपाली भाषासिकाइका सन्दर्भमा देखिएका समस्याको केही मात्रामा भए पनि समाधान हुन सक्ने हुन्छ ।
ख) नेपाली भाषा अध्ययन तथा अध्यापन कार्यका सन्दर्भमा, नेपाली भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तकबीच सामञ्जस्य हुनु अत्यन्तै आवश्यक देखिन्छ । यसो नभएको खण्डमा भाषाशिक्षण कार्यकलाप अधुरो रहने मात्र होइन विद्यार्थीहरूको भविष्यप्रति खेलवाड गरेको नै ठहरिन्छ । विद्यार्थीहरूलाई नेपाली भाषाप्रति दक्ष बनाउनुछ भने पाठ्यक्रम र पाठ्यपुस्तकबीच सम्बन्ध कायम हुनु अति आवश्यक देखिन्छ । पाठ्यक्रमको संरचनाअनुरूप भाषा पाठ्यपुस्तकको संरचना (निर्माण) गरिनु भाषाशिक्षणको मुख्य कार्य हो । पाठ्यक्रमले निर्देश गरेको उद्देश्यप्राप्तिका लागि निर्दिष्ट पाठ्यपुस्तकहरू विधागत आधारमा संयोजन गरिएका छन् वा छैनन्, विचार पुर्याउनुपर्दछ । वास्तवमा नेपालमा पाठ्यक्रम तथा पाठ्यपुस्तकबीच सामञ्जस्य भएको पाइदैंन । पाठ्यक्रमको उद्देश्य एकातिर, पाठ्यपुस्तकको उद्देश्य अर्कोतिर भएको देखिन्छ । यसले गर्दा भाषाशिक्षणकार्यमा ठूलो समस्या देखा पर्दछ । पाठ्यपुस्तक तयार गर्दा पाठअनुसारको अभ्यास तथा व्याकरण समावेश गरिएको छैन भने पनि जटिल समस्या देखापर्दछ । त्यसरी भाषिक कौशललाई पूरा गर्न पाठले सही किसिमको अभ्यास तथा व्याकरण छनोट नगरेमा त अझ् शिक्षण–सिकाइ कार्यकलाप अपाङ्ग नै बन्ने गर्दछ । हिजोआजका पाठ्यपुस्तकको संरचना पुरानै ढङ्गढाँचाको भएकाले यस्ता समस्याहरू जल्दोबल्दो रूपमा देखापरेका छन् ।
ग) सामान्यतया: नेपाली भाषा मात्र होइन, अन्य विषयहरूमा पनि एउटा तह पूरा गरिसकेपश्चात् एउटा शिक्षकले अध्यापन गर्न–गराउन सक्तछ भन्ने सङ्कीर्ण विचार हाम्रो समाजमा देखा परिराखेको छ । यसले गर्दा एउटा शिक्षकको खास योग्यता, उसको प्रभाव के–के हुन्छ ? उसको योग्यताले कतिसम्म (तहसम्म) अध्यापन गराउन सक्तछ भन्ने कुराको ख्यालै गरिदैंन, जसले गर्दा नेपाली भाषा मात्र होइन अन्य विषय अध्ययन गर्ने विद्यार्थीहरूको शिक्षा–ग्रहण गन्जागोल हुने स्थिति देखा पर्दछ । नेपालको सन्दर्भमा वर्तमान समयमा आएर मात्र यसप्रति चासो देखाउन थालिएको छ । अझ् पनि यसको तुस थाती नै रहेको आभास हुन्छ । हाम्रो समाजमा नेपाली भाषालाई अत्यन्तै हेय दृष्टिकोणले हेरिन्छ । परिणामस्वरूप शिक्षाको स्थिति खस्किँदै गइरहेको छ । यो स्थिति जङ्गबहादुरको विदेश–भ्रमणबाट काठमाडौं दरबार स्कुलको स्थापनापछि भएको थियो । यसको अर्थ विदेशी भाषाप्रति घृणा गर्नु अवश्य पनि होइन । पहिलो कुरो हामी कहाँ छौं, हाम्रो औकात के छ ? भन्ने प्रश्नको जवाफ नखोजीकन एक्कासि त्यसो गर्न त नमिल्ने हो । आखिर जेजस्तो भए पनि माथि प्रस्तुत भएका कुराहरूलाई त्याग्दै नेपाली भाषा त्यो भाषा हो, जसलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग परिचित गराउन अझ्ै कैयौं खुट्किलाहरू पार गर्नुपर्ने हुन्छ, तसर्थ आफ्नो भाषाप्रति इमान्दारीसाथ लागिपरेर अगाडि बढ्नुपर्ने आवश्यकता आजको सन्दर्भमा देखापरिसकेको छ । यसलाई पूरा गर्नका लागि प्रत्येक प्रशिक्षार्थीहरूले आफ्नो खुबी र रुचिअनुरूप त्यसमा योग्यता हासिल गर्दै, आवश्यक परेको खण्डमा तालिमबाट पूर्ण भई अध्यापन गराएको खण्डमा भाषाशिक्षण सहज रूपमा अगाडि बढ्ने थियो । तर यहाँ विभिन्न समाजका निरपेक्ष विचारहरूले पीडित भएका विद्यार्थीहरूको भावनामाथि खेलवाड गर्ने विकृतिहरू सहज रूपमा देखापरिरहेका छन् ।
एउटा शिक्षकलाई दक्ष बनाउने सन्दर्भमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता टड्कारो रूपमा देखापरेको छ । सम्बन्धित विषयमा योग्य नभएका प्रशिक्षार्थीहरूबाट नेपाली भाषाशिक्षण गर्दा विद्यार्थीहरू अलमलमा पर्ने हुन्छन् । त्यसैले विभिन्न परिवेशबाट आएका शिक्षार्थीहरूको अभिरुचिप्रति ख्याल राख्दै शिक्षण गरिनुपर्ने हुन्छ । नत्र भाषाशिक्षणको अर्थ नकारात्मकतातर्फ ढल्कन पुग्दछ । भाषिक सीपविकाससँग सम्बन्धित सुनाइ, बोलाइ, पढाइ, लेखाइ सार्थक बनाउन सम्बन्धित विषयमा योग्य तथा तालिमप्राप्त प्रशिक्षार्थीको आवश्यकता पर्न जान्छ । यसो नभएमा भाषाशिक्षण असफल मानिन्छ; मानिन्छ मात्र होइन, असफल नै बन्न पुग्दछ ।
घ) वर्तमान समयमा नेपाली समाज आफ्ना बच्चाहरूलाई अङ्ग्रेजी भाषा पढाउन अत्यन्तै व्यग्र देखिएको छ । सरकारी विद्यालयमा गएर खै के पढ्छन्, पढेकाले यसरी बेरोजगार बन्नुपर्छ भन्ने मानसिकता निर्माण गर्छन् । परिणामस्वरूप नेपाली भाषाप्रति चासो देखिंदैन । उदासिनताले डेरा जमाएको छ । नेपाली विषयलाई जुनसुकै विषय पढेका शिक्षकहरूले अध्यापन गराउन सक्दछ भन्ने अवधारणाले नै माथिका कुराहरूलाई पुष्टि गरेको छ । साथै सम्बन्धित निकायको ध्यान पनि नगएकाले होला यस्तो परिवेश सिर्जना भएको छ । नेपाली विषयलाई हेलचेक्र्याइँ गर्ने, अरू विषय पास गरिसकेपछि नेपालीका कमजोर विद्यार्थीहरूलाई कक्षा चढाउने, अन्य विषयबाट योग्यता हासिल गरेका प्रशिक्षार्थीहरूलाई नेपाली विषयको जिम्मा दिने आदि विभिन्न कारणहरूले गर्दा विद्यालयमा विद्या आर्जन गर्न आउने विद्यार्थीहरू समस्यामा पुग्दछन् । नेपाली भाषाको स्तरीय रूपलाई विद्यार्थीहरूसमक्ष पेस गर्ने हो भने माथिका सङ्कुचित तथा नकारात्मक धारणाहरूलाई परित्याग गर्नुपर्दछ । यसो गरेमा भाषाजस्तो गहकिलो विषयमा भाषाशिक्षण गर्न सहज तथा सरल महसुस हुने थियो ।
ङ) नेपाली भाषा बढी रुचिपूर्ण र प्रभावकारी बनाउन विभिन्न शिक्षण–सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ जसमा शब्दपत्ती, वाक्यपत्ती आदि पर्दछन् । भाषाशिक्षण गर्ने शिक्षक यसमा अनभिज्ञ छ भने भाषाशिक्षण कार्यकलाप प्रक्रिया असफल नै ठानिन्छ । भाषाजस्तो जटिल र गहन विषयलाई सहज र स्वाभाविक ढङ्गले अगाडि बढाउन श्रव्यदृश्य सामग्रीको प्रयोग गर्ने स्थिति छैन भने शिक्षण समस्यापूर्ण बन्न जाने हुन्छ । विद्यार्थीहरूलाई भाषाप्रति उत्साह जगाउन शैक्षिक सामग्री अति महŒवपूर्ण हुन्छ । यसको उचित प्रयोगको अभावमा विद्यार्थीहरूले सही मार्गदर्शन पाउन सक्दैनन् । तर यी सबका बाबजुद नेपाली भाषा मात्र होइन अन्य विषयहरूमा पनि यस्ता कुराहरूलाई वास्ता गरिँदैन । फलत: शिक्षार्थीहरूले सिक्नुपर्ने विषयवस्तुका कुराहरू अत्यन्तै सीमित सिक्न पुग्दछन् । यी माथिका जेजस्ता कुराहरू चर्चा–परिचर्चामा आए पनि यी कुराहरू लेखाइमा मात्र सीमित छन्, सैद्धान्तिक छन्, प्रायोगिक एक अंश पनि छैनन् । वर्तमान शिक्षाप्रणालीले शिक्षाक्षेत्रमा शिक्षा विषय लिएर पढेका विद्यार्थीहरूले योग्यता हासिल गरेर मात्र शिक्षा प्रदान गराउनुपर्दछ भन्ने मान्यता देखिएको छ । तर पनि ती प्रशिक्षार्थीहरू के कसरी उत्पादन भइराखेका छन् ? यसको जवाफ खोज्दा उत्तरमा खस्किएको छ भन्नुसिवाय अरू केही पनि पाउन सकिंंंंंदैन । जस्तो वातावरणमा हुर्किएको बिरुवा छ त्यस्तै किसिमको फल दिन ऊ बाध्य हुन्छ । यसरी माथि प्रस्तुत कुराहरूले एउटा स्तरीय भाषाशिक्षणमा बाधा–व्यवधानहरू सिर्जना गरेका छन् ।
च) नेपाली भाषाशिक्षणमा देखिने अर्को महŒवपूर्ण समस्या भनेको नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्न आउने विद्यार्थीहरूको अवस्था वा स्थिति हो । नेपाल बहुभाषिक मुलुक भएका कारण यस्तो समस्या देखापर्नु स्वाभाविकै हो । यहाँ विभिन्न मातृभाषी विद्यार्थीहरू भएका नाताले नेपाली भाषा एउटा शिक्षण संस्थामा मात्र गएर सिक्नुपर्ने अवस्थाले स्तरीय नेपाली भाषा सिक्नमा कठिनाइ उत्पन्न गरेको छ । नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्नुपर्ने स्थितिले भाषाशिक्षणमा गहन समस्या उत्पन्न भएको छ । किनकि पहिलो भाषाले दोस्रो भाषा सिकाइमा महŒवपूर्ण स्थान ओगटेको हुन्छ । यसरी नेपाली भाषाशिक्षण गराउँदा शिक्षण संस्थाले यो पनि विचार पुर्याउनुपर्दछ कि आफ्नो संस्थामा कस्ता परिवारबाट कुन भाषा बढी बोल्ने विद्यार्थीहरू आएका छन् ? यस्ता कुराहरूलाई ख्याल गर्दै भाषा–परिवारअनुसार भाषाशिक्षण गर्नुपर्ने आवश्यकता देखापर्दछ । यस स्थितिमा शिक्षण संस्था तथा शिक्षकले उनीहरूको भाषिक स्थितिको मूल्याङ्कन गर्दै उनीहरूको रुचि, क्षमता, स्तर आदि कुराहरूलाई पनि विचार पुर्याउनुपर्ने हुन्छ । यसो नभएको खण्डमा नेपाली भाषाशिक्षणको उद्देश्यप्राप्तिमा आँच (खलल) आउने अवस्था उत्पन्न हुन जान्छ । यो एउटा स्तरीय नेपाली भाषा सीपसिकाइसँग जल्दोबल्दो समस्याका रूपमा देखापरेको छ ।
छ) नेपाली भाषा दोस्रो भाषाका रूपमा अध्ययन गर्दा देखापर्ने समस्याहरू त माथि पनि प्रस्तुत गरिएको छ । तर यहाँ नेपाली भाषामै देखापर्ने समस्याहरूको उल्लेख गर्न खोजिएको छ । यसअन्तर्गत शब्दचयन, वाक्यगठन, क्रियाको उचित प्रयोग आदिलाई राखिन्छ । खासगरी भोटवर्मेली भाषापरिवारभित्रका विद्यार्थीहरू नेपालमा अत्यधिक हुने र भारोपेली परिवारअन्तर्गतका विद्यार्थीहरूलाई नेपाली भाषा सिक्न अप्ठ्यारो पर्दछ । समपारिवारिक भाषाका विद्यार्थीहरू छन् भने शिक्षण क्रियाकलाप सरल हुन्छ र विषम परिवारका भएमा कठिन हुन्छ । यसरी नेपाली भाषाशिक्षणमा नेपाली भाषाको आफ्नै आन्तरिक समस्याहरू पनि देखापरेका छन् जसलाई समयमै निराकरण गर्नुपर्ने हुन्छ जसले गर्दा भाषिक सीपसिकाइलाई अवरुद्ध नपारोस् ।
नेपालमा स्तरीय नेपाली भाषाशिक्षणमा देखापर्ने समस्याहरू त छँदैछन्, यसअन्तर्गत मात्र नभएर विभिन्न भाषापरिवारबाट आएका विद्यार्थीहरूले भाषातŒवका विभिन्न क्षेत्रहरू र विधा–उपविधाअन्तर्गत त्रुटिहरू गर्दछन् जसले गर्दा पनि भाषाशिक्षण अवरुद्ध हुन पुग्दछ । बहुभाषिक तथा बहुजातीय समाजबाट शिक्षा आर्जन गर्न आएका विद्यार्थीहरूलाई नेपालीमा स्तरीय अभिव्यक्ति दिन सक्ने बनाउन उनीहरूको भाषिक क्षमताले के–कति मात्रामा सहयोग पुर्याउँदछ ? सो कुराको निक्र्योल गरिनुपर्दछ । नेपालमा ज्यादाभन्दा ज्यादा बहुभाषिक विद्यार्थीहरू नै पाइन्छन् । नेपालको उत्तरी क्षेत्र त्यसमा पनि हिमाली क्षेत्रमा इतर नेपाली भाषाभाषी भएका विद्यार्थीहरूको बाहुल्य रहेको छ । त्यसबाहेक बहुभाषिक विद्यालयहरू नै बढी भएकाले ती विद्यालयहरूमा भाषिक विविधता भएका विद्यार्थीहरूका लागि नेपाली भाषाशिक्षण गर्न अत्यन्तै कठिन हुन्छ । यसरी समस्या त छँदैछ, तर इतरनेपाली भाषाभाषी विद्यार्थीहरूलाई कक्षामा अध्यापन गराउँदा उनीहरूलाई नेपाली भाषा कसरी सिकाउने भन्ने विषयमा सम्बन्धित निकायहरू सदैव चनाखो रहनुपर्ने हुन्छ । कक्षामा आएका विभिन्न भाषाभाषीका विद्यार्थीहरूलाई समान स्तरबाट भाषिक कार्यकलापमा अगाडि बढाउनेतर्फ लाग्दा सबैलाई उपयुक्त हुने विधिको प्रयोगलाई प्रसङ्गपूर्ण, प्रभावपूर्ण र रुचिपूर्ण ढङ्गबाट अगाडि बढाउनुपर्ने हुन्छ ।
बहुभाषिक पृष्ठभूमिका विद्यार्थीहरूलाई भाषा सिकाउँदा क्षेत्रगत परिवेश पनि निर्धारण गरिनुपर्दछ । यसो नभएमा शिक्षण–प्रक्रिया असहज हुन पुग्दछ । हिमाली क्षेत्रका विद्यार्थीहरू प्रायश: तिव्वत–बर्मेली मात्र हुन सक्तछन्, त्यसैले त्यहाँ उनीहरूले गर्ने खास त्रुटिहरूको पहिचान गरी भाषाशिक्षण गर्नुपर्दछ । अर्थात् ती समस्याहरू, जो विधागत, व्याकरणगत, उच्चारणगत, वाक्यगत हुन सक्तछन् ती समस्याहरूको समाधान हुने गरी शिक्षण गरिएको खण्डमा भाषाशिक्षण प्रभावकारी हुन सक्तछ । त्यसैले यस्ता कुराहरूप्रति पनि नजरअन्दाज गर्दै भाषाशिक्षण गरिनुपर्दछ । नत्र भाषाशिक्षणमा यसले पनि ठूलो समस्याको निर्माण गर्दछ । नेपालमा अन्य विभिन्न राष्ट्रिय भाषाहरूको प्रयोगमा अधिकता छ । ५०% भन्दा बढी नेपाली जनताहरू इतर नेपालीभाषीका रूपमा सुपरिचित छन् । त्यसमाथि पनि हाम्रो देश विश्वका गरिव मुलुकहरूमध्ये एक भएको नाताले यहाँका जनताहरू भर्खरै मात्र आफ्नो अस्तित्व पहिचान गर्ने खुट्किलो टेक्दैछन् । यहाँ सञ्चारका साधनहरूको अभाव त्यसमाथि पनि भाषाप्रति अरुचि तथा उदासिनताका कारण यस्ता समस्याहरू सिर्जना हुनु स्वाभाविक पनि हो । भाषाप्रतिको चाहनामा कमी आउनु आजको समस्या उत्पादन गर्नमा ठूलो हिस्सेदार रहेको छ । इतरनेपालीभाषी घरपरिवार तथा समुदायबाट आएका विद्यार्थीहरूलाई एकै किसिमको भाषिक मापदण्डअनुसार शिक्षण कार्यकलाप गरिनु हुँदैन भनेर माथि पनि उल्लेख गरिसकिएको छ । कतिपय विद्यार्थीहरूको भाषिक सम्पादन क्षमता कमजोर पनि हुन सक्तछ । त्यसका साथै विद्यार्थीहरूले गर्ने त्रुटिहरूको क्षेत्रअन्तर्गत वर्णविन्यास, शब्दप्रयोग, वाक्यगठन, वचन, लिङ्ग, पुरुषको प्रयोगअवस्था कस्तो छ त्यसलाई ध्यान दिनु अति आवश्यक हुन्छ । विभाषिक परिवारबाट आएका विद्यार्थीहरूले सामान्यत: लिङ्गको प्रयोगमा त्यति दक्षता हासिल गर्न सकेका हुँदैनन् । पुलिङ्ग र स्त्रीलिङ्ग भन्ने छुट्याउन नसक्ने हुँदा यस्ता मसिना–मसिना कुराहरूप्रति सजग रहनुपर्ने हुन्छ । एकवचन र बहुवचनको प्रयोगमा पनि यस्ता ज्वलन्त समस्याहरू देखापरेका छन् । जस्तै : चराहरू रूखमा बस्यो । यसरी विभिन्न भाषा परिवारका समपरिवारिक भाषा बोल्ने विद्यार्थीहरूका त्रुटिगत क्षेत्रहरू सूचीकृत गर्दै भाषाशिक्षण गरिनुपर्दछ । त्यस्तैगरी नेपाली भाषाको लेख्य रूप लिपिसँग अन्य भाषाभाषीको लिपिमा समानता आयो भने पनि समस्या समाधान गर्न केही सजिलो हुन्छ । यस कुरालाई ध्यान दिनुपर्ने हुन्छ । तर नेपाली भाषाको लिपिसँग अन्य भाषाहरूको लिपिमा समानताभन्दा असमानता नै बढी भएका राष्ट्रिय भाषाहरू भएकाले (यसले) पनि नेपाली भाषाशिक्षण गर्न सहज देखिँदैन ।
नेपाली भाषाशिक्षणअन्तर्गत द्विभाषिक अवस्थालाई पनि मुख्य रूपमा अगाडि सार्नुपर्ने हुन्छ । बालकहरूको मातृभाषा र बृहत् समाजको मूल शैक्षिक प्रणालीको भाषामा फरक परेको अवस्थामा द्विभाषिक शिक्षा दिनुपर्ने हुन्छ । हाम्रो देशमा धेरैजसो भेगमा एकभन्दा बढी भाषा बोल्नेहरूको बसोबास भएका कारण उक्त परिवेशमा घरपरिवारको भाषा एउटा र छरछिमेक वा निकटवर्ती समाजको भाषा अर्को भई भाषामा फरक पनि पर्न जान्छ । यसरी बालकलाई शिक्षाप्रति रुचि बढाउन मातृभाषाबाट शिक्षा सुरु गरिए तापनि उचित सामग्री तथा पाठ्यपुस्तकको अभावले गर्दा शिक्षण–प्रक्रिया प्रभावकारी भएको देखिँदैन । बालकलाई आफ्नो मातृभाषाले मात्र जीवनका हरेक आवश्यकता पूरा नहुने भएकाले, अन्य भाषा पनि सिक्नुपर्ने हुन्छ । माथिका कुराहरूलाई अवलम्बन नगर्ने हो भने पनि समयसापेक्ष नेपाली भाषाशिक्षणको अभियान सुचारु रूपमा सञ्चालन हुन कठिन पर्न जान्छ । त्यति मात्र होइन कक्षा ५ सम्म मातृभाषामा अध्ययन गरेका विद्यार्थीहरूलाई एकैपटक कक्षा ६ मा गएर अनिवार्य नेपाली भाषाशिक्षण गर्दा कठिनाइको सामना गर्नुपर्ने हुन्छ । हाम्रो देश भाषिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र विविधतापूर्ण छैन, भौगोलिक विकटताका दृष्टिले पनि विविधतापूर्ण छ । सबै भेगमा शिक्षाको पारिलो घामको प्रकाश पुर्याउने लक्ष्य राखिए तापनि समान किसिमको गुणात्मक शिक्षा प्रदान गर्न सकिएको छैन । पहाडी विकटताले गर्दा प्रत्येक गा.वि.स.का वडाहरूमा प्राथमिक विद्यालय खोले पनि यातायातको असुविधा तथा अन्य विविध पक्षहरूबाट वञ्चित भएकाले पनि नेपाली भाषा मात्र होइन अन्य विषयहरूलाई पनि एउटै शिक्षणविधिको प्रयोग गरी अध्ययन–अध्यापन गराउन वर्तमान शिक्षानीति असक्षम देखिन्छ । यो पनि भाषाशिक्षणमा खट्किएको समस्या हो ।
नेपाली भाषा राष्ट्रभाषाका रूपमा ५०% जनताले बोल्ने तथ्य माथि पनि उल्लेख गरिएको छ र यो भाषा नेपालको राष्ट्रभाषा तथा सरकारी कामकाजको भाषासमेत भएकोले सो भूमिका पूरा गर्न यसमा दक्षता प्राप्त गर्नुपर्ने आवश्यकता पनि टड्कारो रूपमा देखिएको छ । राष्ट्रिय स्तरका व्यावसायिक, सामाजिक, राजनीतिक गतिविधि सञ्चालन भइरहेको परिप्रेक्ष्यमा प्रारम्भिक तहदेखि नै अन्य मातृभाषी बालबालिकाहरूका लागि नेपाली भाषाको क्षमतामा अभिवृद्धि गर्नुपर्ने आवश्यकता त छँदैछ, तर यसलाई पूरा गर्नका लागि विशिष्ट आधारहरू तय गरिएको देखिँदैन । खालि उद्देश्य मात्र निर्धारण गरिन्छ तर यसलाई अवलम्बन गर्ने निकायहरू, सचेत व्यक्तिहरू नै यसप्रति वास्ता गर्दैनन् । यो भाषाशिक्षणको अर्को खट्किएको समस्या हो । त्यसैगरी अन्य भाषाभाषीहरूलाई सामाजिक, आर्थिक, राजनीतिक तथा राष्ट्रिय गतिविधिमा समान रूपमा सहभागी बनाउन राष्ट्रभाषाको उद्देश्यपूर्ण शिक्षणको अभाव रहेको पनि देखिन्छ । विभिन्न मातृभाषी पृष्ठभूमि भएका कतिपय बालबालिकाहरू विद्यालय आउँदा नेपाली भाषाको भाषिक वातावरणसँग अपरिचित हुन्छन् । यस्तो अवस्थाबाट टाढै राख्न उनीहरूलाई नेपाली भाषाको परिचयसहित प्रारम्भिक तहबाटै भाषाशिक्षण गरिनु औचित्यपूर्ण हुन जान्छ । तर यहाँ त्यसप्रति कुनै चासो नै देखाइँदैन । दोस्रो भाषाका रूपमा सिक्ने नेपालीभाषी विद्यार्थीहरूलाई उचित किसिमको शैक्षिक सामग्री प्रयोग गर्दै भाषाशिक्षण गर्नुपर्ने हुन्छ तर यसो भएको पाइँदैन, देखिँदैन । यसरी नेपालमा नेपाली भाषा राष्ट्रभाषाका रूपमा सिक्ने अन्य भाषाभाषीका विद्यार्थीहरूलाई नेपाली भाषाशिक्षण गराउँदा अन्य विभिन्न समस्याहरू पनि देखापरेका छन् । अन्य भाषाभाषी विद्यार्थीहरूलाई भाषाशिक्षण गर्दा देखापर्ने भाषिक एकाइका त्रुटिहरू तल प्रस्तुत गरिन्छन् । वर्ण, वर्णविन्यास, रूप, पदावली, वाक्य, अर्थ सङ्कठन आदिलाई भाषिक एकाइ भनिन्छ । वर्णगत त्रुटिहरू भाषाको मौखिक रूपसँग सम्बन्धित हुन्छन् भने वर्णविन्यासगत त्रुटिहरू लेख्यरूपसँग सम्बन्धित हुन्छ ।
उच्चारणगत त्रुटिहरू : अन्य भाषा–भाषीका विद्यार्थीहरूको उच्चारणप्रक्रियामा तलका समस्याहरू देखापर्दछन् :
सघोष वर्ण अघोष भएर उच्चारित हुने,
‘त’ वर्ण ‘ट’ वर्णमा उच्चारित हुने,
‘ट’ वर्ण ‘त’ वर्णमा उच्चारित हुने,
अकारलाई आकार उच्चारण गर्ने,
‘व’ वर्ण ‘ओ’ का रूपमा उच्चारित हुने,
‘य’ वर्ण ‘ए’ वर्णमा परिवर्तन भएर उच्चारित हुने,
उच्चारणमा ‘ह’ को लोप हुने
अनुनासिक स्वर नासिक्य भएर उच्चारण हुने
‘ण’ न मा उच्चारण हुने
‘क्ष’ वर्ण छ का रूपमा प्रयोग हुने ।
भाषिकागत प्रभावमा शब्दको उच्चारण हुने,
‘ऋ’ लाई री लेखिने ।
हलन्तमा अजन्त लेखिने ।
यसरी विभिन्न भाषी विद्यार्थीहरूले गर्ने त्रुटिहरूमा लिपिगत त्रुटिहरू, रूपगत त्रुटिहरू, पदावलीगत र वाक्यगत त्रुटिहरू देखापर्छन् । यसलाई समाधान गर्न उसको भाषिक पृष्ठभूमिको पहिचान गर्दै शिक्षण क्रियाकलाप गरिनुपर्दछ । यस्ता सामान्यदेखि अति जटिल समस्याहरू भाषाशिक्षणको परिपे्रक्ष्यमा देखापर्दछन् । विद्यार्थीहरूको भाषिक पृष्ठभूमि भन्नाले ऊ कुन परिवारको भाषासँग सम्बन्धित छ सो कुरालाई बुझउँदछ । बालकले आफ्नी आमाको काखमा बसेर सिकेको पहिलो भाषाअनुरूप नै आगामी भाषाहरू सिक्ने प्रक्रिया अगाडि बढाउँदछ । यसमा दुई मत अवश्य नै छैन । उसको परिवारमा आफ्ना आमाबाबुहरूले कुन भाषा कुनै शैलीमा बोल्दछन् त्यसैअनुरूप बालकले पनि आफ्नो भाषिक कौशललाई अवलम्बन गर्दछ । फेरि पहिलो भाषाले दोस्रो भाषासिकाइमा अवरोध त अवश्य पनि पुर्याउँछ । त्यसो हुनाले स्तरीय नेपाली भाषा सिक्दा यसमा विभिन्न समस्याहरू देखापर्नु स्वाभाविक हो । यसलाई निराकरण गर्ने विविध उपायहरूको खोजी गरिनुपर्दछ । यो वर्तमान समयको माग हो । माथि जे–जस्ता समस्याहरू देखिए पनि यहाँ सामान्य रूपमा विभिन्न परिवारका मानिसहरूले बोल्ने प्रक्रिया उल्लेख गरिएको छ ।
नेपाली भाषा मातृभाषा नै भए पनि भोटबर्मेली परिवारका जातिहरूले बोल्ने नेपाली भाषाहरूमा :
राईअन्तर्गत : तपाईं भन्छौ, मैले के गर्छ, हामी घर जान्छु, तिमीले भन्नुहोस् ।
नेवारीअन्तर्गत : ढेरै काम गर्छ, टिम्रो नाम के हो ? टिमीलाई ठाहा छैन ? आदि ।
तामाङअन्तर्गत : लु भान्ता, तुइले मालाइ सार्है निहु खोजिस आदि ।
त्यसैगरी नेपालकै पश्चिमी भेगका शिक्षित मानिसहरू पनि बोल्दाखेरी ‘प्रयोग’ लाई ‘पर्योग’, ‘प्रमाणित’, ‘परमाणित’ उच्चारण गर्दछन् । यस्ता उच्चारणगत समस्याहरू हिजोआज पनि देखिरहेका छन् । यो भनेको नेपाली भाषाको प्रयोगमा यथाचित विकास नहुनु हो । यस्ता समस्याहरूलाई मुख्यतया बुँदागत रूपमा तल प्रस्तुत गर्ने जमर्काे गरिन्छ :
नेपाली भाषाप्रति त्यति चासो नदेखिनु,
भाषाप्रति हेय दृष्टिकोण राख्नु,
नेपाली भाषाशिक्षणमा उचित पाठ्यसामग्रीहरूको निर्धारण नहुनु,
भाषाप्रति उदासिनता देखाउनु,
विद्यार्थीहरूको भाषिक पृष्ठभूमिको अध्ययन नहुनु,
भाषाशिक्षणमा उचित विधिहरूको प्रयोग नगरिनु,
देशभरि एउटै शिक्षाप्रणालीका समरूपता देखा नपर्नु,
विद्यार्थीहरूको वैयक्तिक अभिरुचि, क्षमता, स्तर र उमेरप्रति चासो नदेखाउनु,
विद्यार्थीहरूको सामान्य त्रुटिहरूलाई पनि निराकरण गर्न नसक्नु,
विद्यालयमा नेपाली भाषाको महŒव तथा औचित्यको प्रभाव नपर्नु,
भाषा–पाठ्यक्रमको संरचनाअनुसार पाठ्यपुस्तक निर्माण नहुनु,
पाठअनुसारको अभ्यास छनोटमा कमजोरी देखापर्नु,
व्याकरणको प्रयोगमा स्तरीकृत हुन नसक्नु,
नेपाली भाषा–पाठ्यपुस्तकहरूमा प्रस्तुत पाठहरूको मानकीकरण हुन नसक्नु,
कक्षागत तथा तहगत् उद्देश्यहरूको सही छनोट हुन नसक्नु,
पाठमा प्रस्तुुत विधा–उपविधाहरूको क्रमबद्धतामा कमजोरी देखापर्नु,
स्तरीय शब्दकोश तथा व्याकरणको चयन हुन नसक्नु,
विद्यार्थीहरूको भाषा–सीप–सिकाइका चारवटा मुख्य भाषिक कुशलताप्रति चासो नदेखाउनु,
राष्ट्रिय शिक्षानीति योजना आयोगका उद्देश्यहरूमा नै द्विविधा रहनु,
भाषा–पाठ्यपुस्तकको चाहिने मात्रामा समय सापेक्ष प्रस्तुतीकरण तथा प्रकाशन नहुनु,
(भाषातत्व) व्याकरणको शिक्षणमा स्तरीयता देखा नपर्नु आदि ।
नेपाली भाषाशिक्षण गर्दा अन्य भाषाभाषीका विद्यार्थीहरूको स्थिति ख्याल गर्दै शिक्षणका विविध पक्षलाई अवलम्बन गर्नुपर्ने हुन्छ । पाठ्यक्रमले तोकेको उद्देश्य पूरा गर्नका लागि विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै निराकरणात्मक र उपचारात्मक रूपमा शिक्षा दिनुपर्ने आवश्यकता टड्कारो छ ।