बोल्नुभन्दा सुन्नु भन्छन् के मान्नु कान्छा
मान्छे भन्नेलाई एकपल्ट हान्नु कान्छा
कति सहन्छौ तिमी पनि यो ज्यादती
नडराऊ अब आफैँ जीवन धान्नु कान्छा
सानो पाखुरी, सानै छ सपना देखेको
भनेर तिमी व्यर्थै नहार्नु कान्छा
भोकै छन् प्राय: सबै तिमी नि छौ भोकै
हरेस होइन तिमीले छ ईख खानु कान्छा
परिवर्तन गर्न सजिलो हुन्न बुझ्
सक्छौ भने अब बाढी भई ठान्नु कान्छा ।