कुुत्कुुतिएको मेरो मन । चञ्चल बनिरहेको थियो रोल्पाको स्पर्शमा । रोल्पा मेरो मानसपटलमा धेरैजसो सल्बलाइरहने बिम्ब हो ।
बिम्ब : एउटा आतङ्कको ! बिम्ब : बम र बारुदको !
बिम्ब : एउटा रहस्यको ! बिम्ब : एउटा दुुर्गमको !
बिम्ब : एउटा युुद्धको ! बिम्ब : एउटा माओवादको !
माओवाद बिम्बले अझ धेरै प्रभावित भएको थिएँ म । माओको सांस्कृतिक क्रान्तिको धङ्धङीमा हुुर्केको माओवाद ! माओवादको एउटा सुुरक्षित आश्रयस्थल बनेको थियो रोल्पा !
माओवादी आन्दोलनको पहिलो शङ्खघोष भएको स्थल हो रोल्पा । बाउन्न सालको कालो रातको भूूतले अठ्याइएको निरीह रोल्पा !
मेरा लागि अति दुुर्गम र दुुर्लभ थियो यो पावन भूूमि । माओवादको चपेटाले अझै भयाक्रान्त बनाइएको थियो मेरो मन । तर पनि धेरै वर्षसम्म यस रहस्यमय धर्तीको आकर्षण र कौतुुहलतामा जेलिएकै थियो मेरो मन वृक्षमा लता जेलिएझैँ । शान्ति प्रक्रियाले मन्थर पारेको मेरो मन चौ चौ भइरहेको थियो कौतुुहलमय रोल्पा भेट्न ।
माटो चुम्ने लालसा र जिज्ञासाले डोरिएर पुुगिछोडेँ रोल्पा । लोकवार्ता परिषद, नेपालको सौजन्यतामा ।
शान्त र सुुरम्य रहेछ रोल्पा ! मायालुु र स्नेहिल रहेछ रोल्पा । रोल्पाले मायालुु मुुस्कानकासाथ स्वागत गर्दा आतङ्कित मन र तन पूूmलझैँ हलुुङ्गो अनुुभूूत भएकै हो । ब्युुँझदै रहेछ रोल्पा । आप्mनो लयमा फर्कँदै रहेछ रोल्पा ।
रोल्पाली माटोको सुुगन्ध र धुुलोमा रमायो मेरो मन । धर्तीपुुत्री लोकसंस्कृतिका संवाहक बयोवृद्ध बमकुुमारी बुुढाको सौजन्यता झन् न्यानो थियो । पञ्चायतकालमा माननीय सांसद भइसकेकी बुुढाको जोश र जाँगर अझै बुढो भइसकेको रहेन छ । नेतृत्वको जीवन्तता रहरलाग्दो थियो ।
तत्कालीन निशाचर माओवादीझैँ हामीले पनि मध्यरातमा रोल्पाको धर्ती स्पर्श गर्दा उकुुसमुुकुुस भैरहेको थियो मेरो मन । तर राति ११ बजे लिवाङ पुुग्दा हाम्रा आतिथ्यय् बमकुुमारी बुढाको चुुरीफुुरी डाँफेचरी बनिरहेको पाउँदा शान्त तुुल्यायो मन ।
रोल्पाको सदरमुुकाम लिवाङ नगरपालिका पनि मुसुक्क हाँस्यो मध्यरातमै भए पनि । निर्धक्क भइसकेछ सिङ्गो रोल्पा ! दिन रात सधैँ हाँस्न थालिसकेछ प्रफुुल्ल ।
हाम्रो आगमनको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रमसहित रात्रीभोजकै आयोजना गरिएको रहेछ तुलसी माध्यमिक विद्यालयमा । धेरै अबेर पुुगे पनि सेलाउन थालेको रात्रीभोजले रमायो मन ।
आहा ! मगर संस्कृतिको जीवन्तताको पहिलो अनुुभव गर्यौँ हामीले त्यहाँ । पूूmलमालाबाट स्वागत गरिनुु त छँदै थियो, जेष्ठताको आधारमा खसीको टाउकाको मासुुको सगुुन ग्रहण गर्नुु नौलो अनुुभूूति रह्यो ।
“अन्यथा नमान्नुु होला । गण्यमान्यको सम्मानका लागि बलि दिइएको खसी वा बोकाको पकाएको टाउकाको आठ भाग (दुई आँखा, दुुई कान, दुुई बङ्गारा, जिब्रो र थुतुुनो) का साथै करङहरुसमेतको सगुन दिने हाम्र्रो संस्कार हो । जेष्ठताको आधारमा सगुुन प्रदान गर्दैछौँ स्वीकार्नुु होला ।” मुुसुुक्क मुुस्कुुराउँदै बमकुुमारी बुुढा, जो यस संगोष्ठीका केन्द्रिय संयोजक र स्थानीय आयोजक पनि हुनुुहुुन्छ, ले उद्घोष गर्ना साथ सगुुनको क्रम चलिहाल्यो । हामीले सहर्ष स्वीकार्यौँ र मगर संस्कृतिमा चुुर्लुुम्मै डुुब्यौँ ।
सगुुन दिनुु लिनुु एउटा जीवन्त संस्कार हो नेपालीको । आरोग्यताको कामना घोलिएको सगुुन सौभाग्यको प्रतीक पनि हो । कतै दही मिठाइको त कतै दही फलपूूmलको सगुुन दिइन्छ भने कतै रक्सी र अण्डा वा बलि दिइएको पशुुपन्छीको टाउकोको मासुुको सगुुन दिइन्छ । बलि दिने प्रथा जायज हो होइन, छलफलकै विषय छँदैछ, तर बहुुसाँस्कृतिक एवं बहुजातीय संस्कारको विशेषता बनेको छ यो ।
लोकवार्ता परिषद् नेपालका अध्यक्षलगायतका पदाधिकारीहरुले त रोलक्रमका आधारमा तत्तत् सगुुन पाउने नै भए मैले पनि करङको चोक्टा र कोदामृत सगुुनबाट सम्मानित हुन पाउनुुको मज्जा बेग्लै थियो । क्या गज्जब ! यो परम्परा हाम्रो नेवार संस्कृतिमा पनि राम्रैसँग फक्रिएको स्मरण हुुँदा गौरवले फुुलेल भइरहेँ म । करङको सगुुन दिने प्रचलन नेवार समुुदायमा नदेखेको मैले यहाँ ग्रहण गर्न पाउनुुको पहिलो अनुुभवले कुुत्कुुतिएको थियो मेरो मन ।
मगर संस्कृतिको मनमुुग्धकारी संस्कार र परम्परामा लुुटपुुटिंदै म लोकतान्त्रिक चोकको शर्मिला होटलमा निद्रादेवीको काखमा घुुस्रिन पुुगेको थिएँ । आहा क्या मज्जाको शब्द लोकतान्त्रिक चोक । लोकतान्त्रिक पारामा मित्रद्वयध्रुुव घिमिरे र प्रवीण पुुमाकासाथ रात बिताउँदाका क्षणमा न्यानो रोल्पा अझैँ आत्मीय बनिरहेको थियो ।
मेरो आँखा खुुल्दा बिहानीको लालिमायुुक्त घाम डाँडापाखामा पोतिंदै थियो ४ कार्तिक २०७६ मा । होटलको भ्mयालबाट चियाउँदा आप्mनैसामुु चपक्कै टाँसिएको उतुुङ्गको पहाड ठडिएको पाउँदा छक्कै परेँ म । बाहिर आएर पहाडको चुुचुुरो हेर्न खोज्दा झन्डै टोपी खसेको थियो । आम्मै ! हिजो राति यही उतङु्गको पहाडमा खोपिएको नागवेली सडक छिचोलेर पो आएका रहेछौँ हामी । होटल मालिक गोकर्ण डाँगीले भन्दा पो जिरिङ्ग भयो मन । दुुर्गमबाट सुुगम बन्न खोज्दैरहेछ लिवाङ ।
चारैतिर डाँडाकाँडाले घेरिएको कचौराजस्तो सानो चिटिक्कको मायालुु लिवाङ । पहिले बाँसको चउर रहेको स्थान लिवाङ (लि= बाँस र वाङ =चउर) ले रोल्पाको सदरमुुकाम बन्ने सौभाग्य पाएको रहेछ । बिहानको चिया सुुर्काउँदै गैरीगाउँ नन्दी खोला घर भएका हँसमुख, मृदुभाषी हाम्रा आजका आश्रयदाता गोकर्ण डाँगी दम्पतीसँग गफ गर्दागर्दै चियाको स्वादमा रोल्पाको मिठास भरिँदै गयो ।
रोल्पा अर्थात् पालोविनाको राजा बनेको राज्य । पालैपालो राजा बन्ने परम्परामा क्रमभङ्ग गरेर राजा बनेको स्थल हो रे रोल्पा । धेरै वर्ष पहिले कोटमौलाका राजाले रोलक्रम बाँध्दै गरेको अवस्थामा बाइजा भन्ने राज्यका मगर राजा घारे जैतमले हमला गरेर रोलक्रम भङ्ग गरिदिएका रहेछन् । यसरी कोटमौलाका राजालाई हराएर राजा घारे जैतमले शासन गर्न थालेको ऐतिहासिक राज्य रहेछ रोल्पा । जितेको कोटमौला राज्यमा आप्mनो बाइसे राज्यसमेत मिलाएर राज्य गर्न थालेपछि राजा घारे जैतमले यस राज्यको नाम नै ‘रोल्पा’ राखेको किंवदन्ती छ ।
मगर बोलीमा ‘रोल्’ को अर्थ ‘पालो’ र ‘पा’ को अर्थ ‘छुुटेको’ रहेछ । अर्थात् ‘रोलक्रमभङ्ग’ भएको राज्य भएकोले ‘रोल्पा’ भनिएको मानिन्छ । तत्कालीन् माओवादीहरुको सिद्धान्तमा पनि ‘क्रमभङ्ग’ गर्ने उद्देश्य देखिनुु रोल्पाकै धङधङी पो हो कि ?
हिजो राति विभिन्न होटलहरुमा बाँडिएका हामी काठमाडौँबाट आएका पैंतिस चालिसजना लोकवार्ताविद् पाहुनाहरुको सल्बलाइले लिवाङ्को बिहानी वातावरण रङ्गीन बनिरहेको थियो । लोकवार्ता संगोष्ठी २०७६ अङ्कित झोला भिरेका नौला अनुुहारलाई नियाल्दै थिए रैथानेहरु । हामी पनि रोल्पाको नवजीवनलाई नियाल्न खोज्दै थियौँ । लिवाङमा त ठुलाठुुला भवनहरु बनिसकेका रहेछन् । ठूला पसलहरु, ठूला होटेलहरु, कार्यालयका भव्य भवनहरुले नगरपालिकाको अस्तित्व झल्काइरहेका थिए ।
बिहानको अर्नी (खाजा)को कार्यक्रम काप्mलेखर्कस्थित जलजला बहुुमुुखी क्याम्पसको प्राङ्गणमा रहेछ । हामी पनि उक्लियौ काप्mलेखर्क पछ्याउँदै । स्वाँ स्वाँ र प्mवाँ प्mवाँमा पन्ध्रबिस मिनेटमा मोर्निङ्वाक तुुर्यौँ । सवारी साधनको व्यवस्था गरिए तापनि हामीले पैदल मार्च नै रोज्यौँ । व्यायाम पनि हुुने र दृश्यावलोकन पनि हुुने । एकपन्थ दोकाज ।
उकालो चढ्दाचढ्दै एकजना स्थानीय सहयात्री (नाम त भुुसुुक्कै बिर्सिएँ, मगर समुुदायका हुुन क्या रे) को रोल्पा चिनाउने प्रयत्नमा सौहार्दता छचल्किँदै थियो । उनको कथनअनुुसार बाइसे चौबिसे राज्यको बेलामा पश्चिम नेपाललाई पहिले मगरात क्षेत्र भनिन्थ्यो । मगर जातिको बाक्लो बस्ती रहेकोले मगरात भनिएको हो । मगरात क्षेत्र पनि बाह्र मगरात र अठार मगरातको रुपमा चिनिन्छ । पाल्पाको रिडी गण्डकीदेखि पश्चिमतिर कर्णाली क्षेत्रसम्मको भूूभागलाई अठार मगरात क्षेत्र भनिंदो रहेछ । यसै क्षेत्रको एउटा रमणीय दुुर्गम जिल्ला हो रोल्पा !
अठार मगरातका राजघराना मगरहरुको बस्तीमध्येको एक हो रोल्पा । मगरहरुको सामाजिक परम्परा र रीतिरिवाजमा थोरै असर परे पनि नेपाल एकीकरणले मगरहरुको शासन अधिकार हनन गरेको थियो भनिन्छ ।
“बुुभ्mनुुभो सर ? परतन्त्रको अधीनमा बस्नुुपर्दाको उकुुसमुुकुुस असह्य थियो नि ! आप्mनै थातथलोमा शासनाधिकार गुुमाएर पराधीन भै बस्नुुपर्दा हाम्रो समुुदाय कम छट्पटीमा थियो र ! यसै छट्पटीको उपज हो विद्रोह ।” सहयात्रीको वेदना र आक्रोस पसिनामा चम्किरहेको थियो । सायद यसै विद्रोही मनलाई माओवादीले भजाउने मौका पाएका थिए ।
दुुर्गम क्षेत्र भएकोले सुुरक्षित आश्रयस्थल पनि भेट्दा माओवादीले किन छोड्थे यो मनमोहक स्थल । स्थानीयको पराधीन र असहाय बन्नुपरेको वेदनाको टुुसलाई मलजल गर्दै माओवादीहरुले आप्mनो अड्डा राम्रैसँग जमाउन सकेको प्रतीत हुुन्छ । शासकवर्गसंँग बदला लिने र सामन्तहरु निर्मूूल पारेर गरिबगुरुवाको रामराज्य खडा गर्ने सपना बाँडेर साम दान दण्ड भेद अपनाउँदै युवा जोश एकत्रित पार्नमा माओवादीहरु सफल भएकै हुुन् । निमुुखा जनतालाई के थाहा र ! काट र मार तथा मार वा मरको सिद्धान्त भिराएर जनआन्दोलन चर्काउँदै सत्तामा उक्लिएर राज गर्ने माओवादीको रणनीति ।
भयो पनि त्यस्तै, माओवादी सत्तामा उक्लँदा जनताले हर्षबडाई गरे । रामराज्यको सपना साकार भएको ठाने । तर टाठाबाठाहरु नै सत्तामा ढलिमली गर्दै आप्mना सहयोद्धाहरुलाई भुुसुुक्क बिर्सिन थालेको देख्दा रोल्पा खिस्रिक्क पर्ने नै भयोे ।
सहयात्री मगर युुवक आक्रोस पोख्दै थिए “रोल्पा क्षतविक्षत भएको हो माओवादी कालमा । एकै गाउँका तीस चालिसजनाले वीरगति पाए । तर त्यो रगतको मोल खै ? शहीद घोषणा गर्दैमा चुुक्ता हुुने हो र ? दुुईचार किलोमिटर बाटो खनिँदैमा दायित्व पुुरा हुुन्छ ? हो, रोल्पाले पहिलो गणतान्त्रिक सभामुुख र दोस्रो सभामुुख पाएकै हो । गणतान्त्रिक दोस्रो उपराष्ट्रपति पनि पाएका छन् । मन्त्री र उच्च पदाधिकारीहरु पनि भए । यसका लागि रोल्पा गौरव गर्छ तर के त्यत्तिले पुुग्यो त ? रोल्पाको बलिदानी माटोलाई । आम जनताको सपना खै त ?” अनुत्तरित प्रश्न अनुत्तरित नै रह्यो । काप्mलेखर्कको उच्च स्थलबाट रमणीय उपत्यकालाई नियाल्न खोज्दा सिङ्गो लिवाङ नगरपालिका मुुस्काउन खोज्दै थियो ।
क्याम्पस प्रमुुख विष्णुु आचार्यले अतिथिहरुको निधारमा रातो टिका र कानमा बाबरीपूmल सिउँराएर भुुटेको मकै भटमास, मोही र चियाको अर्नीले स्वागत गर्दा रोल्पाली लोकसंस्कृति मुुसुुक्क हाँसेको थियो । लिवाङका नगरप्रमुुख पूूर्ण के.सी तथा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुुख गोमा रेग्मीको उपस्थितिले दुुई नगरको मिलन झनै न्यानो बनेको आभाष हुन्थ्यो ।
दिउँसो लिवाङ टुँडिखेल लोकवार्तामय बन्यो । लोकवार्ता परिषद, नेपालको नवौँ राष्ट्रिय संगोष्ठी कजन्तीमा दीप प्रज्वलन गरी विधिवत उद्घाटन हुुँदा हर्षोल्लास पैmलियो ।
कजन्ती एउटा मगर समुदायको प्राचीन दीप प्रज्वलन गर्ने साधन हो । अग्लो तीवटा खुट्टीमाथिको दीयोमा चिउरी पेलेर घिउ निकाल्दा प्रयोग गरिने भाङ्ग्राको टुुक्रा राखेर बालिन्छ । मगर समुुदायमा यो बत्ती ज्यादै प्रचलनमा रहेकोमा हाल लोप भइसकेको देखिन्छ । यस्तो हराउँदै जान थालेको अमूूल्य परम्परालाई पनि रोल्पाले प्रस्तुुत गर्ने जाँगर देखाएकोमा ज्वाज्वल्यमान बन्यो मेरो मन ।
रोल्पा टुुँडिखेल छम्छम् नाच्यो लोकवार्ता संगोष्ठीमा । सामाजिक, राजनैतिक, प्रशासनिक प्रणेताहरु तथा लोकवार्ता संवाहक एवं लोकवार्ताविद्हरुको मन फक्रिएको थियो । मारी (माडी) आमा समूूहबाट प्रस्तुुत मारी क्षेत्रमा मात्र नाचिने रोल्पाली स्याउले नाच, सेबासेबाट आएका नाट्य समूहको सिङारु नाच (सोरठी), छेनलुुङ आमा समूूहको बजोरे नाच र सुुनसरी कला केन्द्रले प्रस्तुुत गरेको पैसेरु नाचमा लिवाङ मादल, दुुदी, भ्mयाली, दमाहा, बाँसुुरी आदिको धूूनमा झुुम्यो मज्जैले ।
म भने मगर लोकसंस्कृतिको जीवन्त यस्ता मौलिक लोकनाच, लोकगीत र लोकबाजाको ह्रासोन्मुुख अवस्थामा पिरोल्लिरहेको थिएँ । किनभने त्यहाँ प्रस्तुुत कुुनै पनि नाच, बाजा र गीतमा मौलिकताको ज्यादै कमी अनुुभव गरिरहेको थिएँ म । यस्तो स्थिति आउनुुमा बाह्रबर्षे द्वन्द्वकालले निषेध गरेको अवस्था र पुुस्तान्तरण गर्न गराउनमा देखिएको उदासिनता नै मुख्य कारण होजस्तो लाग्छ मलाई ।
“कहाँ र सर ! त्यति बेला त साँझ पर्नासाथ घर बाहिर आउनै डर हुन्थ्यो । एक ठाउँमा भेला हुुने, रमाइलो गर्न नाचगान गर्न त फिटिक्क पाइन्नथ्यो । डरैडरले गाँजेका थियो । अनि कसरी आप्mनो सांस्कृतिक एवं जातीय परम्परा धान्न सक्नुु र ! बिहे व्रतबन्ध त खुुला रुपमा गर्न सकिन्नथ्यो ।” सुुइय् सुुस्केरा हाल्दै स्थानीय कृृष्ण घर्ती भन्दै थिए ।
अहिले म देखिरहेछुु रोल्पाली जनता अब कसैको मुुख ताकेर नबस्ने भइसकेछन् । आप्mनो पाखुुरा र पौरख डाँडाकाँडा भीरपहरामा खन्याएर गुुँराश फmुल्याउने उपक्रममा अग्रसर रहेछन् । स्थानीय सरकारको जाँगर र जोश पनि सकारात्मक पक्ष लागिरहेछ मलाई । कार्यपत्रको प्रस्तुुतिमा स्थानीय सहभागिताको उत्सुुकतामा पनि उज्ज्वल भविष्य देख्दैछुु ।
धन्य, बाह्र वर्षसम्म निषेध भई लोपोन्मुुख हुन आँटेका आप्mना अमूूर्त सम्पदालाई युुवाबाट पुुनर्जीवन दिने प्रयास गरिनु स्तुत्य कार्य हो । रोल्पा आफ्नै मौलिक लयमा फर्कँदैगरेको देख्दा फक्रिरहेछ मेरो मन ढकमक्कै ।
जनमत मासिक पत्रिकाको आर्काइबवाट