जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

ललितपुरको रातो मच्छेन्द्रनाथ

डा. जगमान गुरुङ डा. जगमान गुरुङ
प्रकाशित २६ बैशाख २०८०, मंगलवार
संस्कृति भित्र
0
ललितपुरको रातो मच्छेन्द्रनाथ

चौरासी बौद्ध सिद्धमा मीनपालाई आठौँ र गोरक्षपालाई नवौँ मानिएको छ।तिनै मीनपा नै मच्छेन्द्रनाथ वा मत्स्येन्र्दनाथ र गोरक्षपा नै गोरखनाथ हुन्। यसैगरी नवनाथमा मत्स्येन्द्रनाथलाई पहिलो र गोरक्षनाथ अथवा गोरखनाथलाई दोस्रो मानिन्छ।

शैवहरु मच्छेन्द्रनाथलाई भगवान् शिवका अवतार मान्दछन् भने बौद्धहरुले चाहिँ पद्मपाणी बोधिसत्त्व मान्दछन्।

भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि भविष्यका बुद्ध मैत्रेयले अवतार लिनु भन्दा अघिको यश बीचको अवस्थामा लोकको पालन गर्ने दायित्त्व पद्मपाणी बोधिसत्त्वलाई दिएकोछ।अत: वर्तमान कालका कार्यवाहक बुद्ध पद्मपाणी बोधिसत्त्व हुन्। त्यसैले पद्मपाणी बोधिसत्त्व लोकनाथ र जगन्नाथ हुन्। षट्लोकका षट्प्राणिलाई करुणाको दृष्टिले अवलोकन गर्ने हुँदा पद्मपाणी बोधिसत्त्व आर्यावलोकितेश्वर र करुणामय कहलाए।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाण्डौका वन्धुदत्त वज्राचार्य र ललितपुरका ललित ज्यापूले मच्छेन्द्रनाथलाई कामरूप कामाख्या देश ( असाम) बाट नेपालमा ल्याएको हो भन्ने कथा, विश्वास र मान्यता प्रचलित छ।सिद्ध मच्छेन्द्रनाथ कौलमार्गी र शावरमन्त्रका अधिष्ठाता थिए।

यसरी ललितपुरको रातो मच्छेन्द्रनाथको परम्परामा शौवतन्त्र र बौद्धतन्त्रको राम्रो समन्वय पाइन्छ।

पद्मपाणी बोधिसत्त्व पद्मकुलका बोधिसत्त्व हुन्। पद्मकुलका कुलेश एवं ध्यानीबुद्ध अमिताभ हुन्। पद्मकुलका कुलेश अमिताभको वर्ण रातो हुने हुनाले पद्मकुलका बोधिसत्त्व पद्मपाणिको वर्ण पनि रातो भएको हो।पद्मपाणी बोधिसत्व आर्यावलोकितेश्वर नै प्रसिद्ध बौद्ध षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँका अधिष्ठाता हुन्।

सबभन्दा पहिले कारण्डव्यूहासूत्रमा आर्यावलोकितेश्वर र षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँको उल्लेख आएको छ।इस्वी पाँचौँ शताब्दीमा भारतको भ्रमणमा आएका चिनियाँ यात्री फाह्यानले समुद्रको प्रवासमा समुद्री आँधीबाट वचन आर्यावलोकितेश्वरको प्रार्थना गरेका थिए।

नेपालका राजकुमारी भृकुटीले आफुसंग रक्तचन्दनमा बनेको पद्मपाणी बोधिसत्त्वको मूर्ति लगेका थिए।अहिले पनि उक्त मूर्ति ल्हासाको जोखाङमा स्थापित छ।

खस समुदायका कुलदेवता बाह्र भाइ मष्ट, नौ बहिनी भवानी र तिनका मामा लामा- विष्णु हुन्। एउटै देवतालाई लामा पनि र विष्णु पनि मान्ने हुनाले लामा- विष्णु भनेको हो।यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्ममा अति लोकप्रियताका साथ मानिने पद्मपाणी बोधिसत्त्व आर्यावलोकितेश्वर ( फाग्प च्यङरेसी ) हुन्।

प्रसिद्ध खस राहा पृथ्वी मल्लको दुल्लुको कीर्ति स्तम्भको शीर्ष भागमा बौद्ध चैत्यको आकृति अङ्कित गरिएको छ र प्रसिद्ध बौद्ध षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँबाट कीर्ति स्तम्भको व्यहोरा शुभारम्भ गरिएकोछ।

कार्णीलीको लामा- विष्णु गण्डकीमा आएपछि मुक्तिनाथको रूपमा स्थापित हुन्छ।मुक्तिनाथलाई हिन्दूहरु भगवान् विष्णु र बौद्धहरु आर्यावलोकितेश्वर ( फाग्प च्यङरेसि ) मान्दछन्। मुक्तिनाथको मन्दिरमा भोटेनी झुमा पुजारी र सुवेदी ब्राह्मण पुरेतका रूपमा मिलेर बसेका छन्।

ललितपुरको रातो मच्छेन्द्रनाथको पूजा बौद्धतन्त्र अनुसार गरिन्छ।यहांका पूजारी शाक्य छन् र वज्राचार्यले आचार्यत्व ग्रहण गर्दछ।अघि स्वयं भगवान् शिवको साक्षात् दर्शन र आशीर्वाद पाएका क्वाल्खु जोशीका सन्तानले मच्छेन्द्रनाथको साइत हेर्दछ।

वर्षमा एक पटक वैशाख महिनामा ब्राह्मणद्वारा एक आवृत्ति रूद्री पाठ गरेर मच्छेन्द्रनाथलाई श्रवण गराउने परम्परा छ।अक्षयातृतियाको दिनमा ब्राह्मणलाई गौदान गरिन्छ र रथयात्राको अगुवाई पनि ब्राह्मणले नै गर्दछ।

यसरी ललितपुरको रातो मच्छेन्द्रनाथमा सर्वधर्मसमभावको भावना पाइन्छ ।। ललितपुरका विविध समुदायका मानिसहरु आ- आफ्नो तोकिएको कार्यमा लागेका हुन्छन्।

शिवत्व, बुद्धत्व र बोधिसत्त्वको भावना जगतको कल्याण गर्नु हो।अहिले ललिरपुरको रातो मच्छेन्द्रनाथको रथयात्रा विश्व सम्पदाको सूचीमा सूचीकृत भएकोछ।अत: हामीले हाम्रो विश्व सम्पदालाई विश्व सम्पदा कै आदर्श र मर्यादा अनुरूपको व्यवहार गर्न सक्नुपर्दछ।

रातो मच्छेन्द्रनाथलाई विरन्चिनारायणको रूपमा पनि मानिन्छ।विरन्चिनारायण भनेका सूर्यनारायण हुन्। अत: जसरी सूर्यको किरण सर्वत्र प्रकाशमान हुन्छ, त्यसरी नै करुणामय रातो मच्छेन्द्रनाथको करुणा दृष्टि पनि समद्रुष्टिले सबैमा रहेको हुन्छ।

त्यसकारण कुनै एउटा व्यक्ति , समूह , जाति एवं समुदाय , एउटा निश्चित भेक र देश भित्र मात्रै करुणामय मच्छेन्द्रनाथको महिमालाई संकुचित बनाएर राख्न हुँदैन।व्यापक र उदार दृष्टिले मच्छेन्द्रनाथको महिमा र गरिमालाई विश्वमा स्थापित गर्नु पर्दछ।

रातो मच्छेन्द्रनाथको परम्परा र रथयात्रा कुनै एउटा व्यक्ति र समूहको इच्छ्या र मर्जी अनुसार चल्ने कुरा होइन।सबैको रीति थिति र नियम परम्परा छ।ललितपुरका राजा श्रीनिवास मल्लले सबै परम्पराको वर्ष दिन भरिको थिति बाँधेर तबहाल अथवा मच्छेन्द्रबहालमा संवत्सर ल्होँ ( संवत्सर शिलापत्र ) राखिदिएका छन्। अत: त्यही शिलापत्र अनुसार सबै व्यवस्था चल्नुपर्दछ।

जुन दिनमा रातो मच्छेन्द्रनाथको रथयात्रा शुभारम्भ गर्ने हो, त्यस दिन आज भगवानको रथयात्रा गरिन्छ भनेर मच्छेन्द्रनाथलाई बक्साउनु पर्दछ।यसैगरी मङ्गलबजारस्थित दरबारमा गएर ललितपुरका मल्ल राजाको खडगलाई बक्साउनु पर्दछ।

त्यसपछि उक्त खड्गलाई झल्लरी छाता ओडाएर राजकीय सम्मानका साथ गुरुजुको पल्टनलाई अघि लगाएर खड्गलाई रथमा ल्याएर विराजमान गराउनु पर्दछ।त्यसपछि राजाको आज्ञा अनुसार रथतात्रा गराउनु पर्दछ।रथले अखडा छोडेपछि बन्दुक पड्काएर बढाइँ गर्नुपर्दछ।

यो नीति नियम र धर्म हो।यतो धर्म, ततो जय।यो शास्त्र वचन छ।त्यसकारण जहाँ धर्म हुन्छ,; त्यहाँ जय हुन्छ।धर्म भएन भने क्षय हुन्छ।जसले अधर्म गर्छ, त्यसको क्षय हुन्छ।जो धर्ममा रहन्छ, जसले नीति नियम मान्दछ, त्यसको जय हुन्छ।

त्यसकारण बडो संतमित भएर आफ्नो पनि इज्जत रहने, समुदायको पनि इज्जत रहने राष्ट्रको पनि इज्जत बढ्ने काम गरेर विश्व सम्पदाको सूचीमा सूचीकृत रातो मच्छेन्द्रनाथको प्रत्येक कृयाकलापलाई राम्ररी सुसम्पन्न गर्नका लागि हामीले हाम्रो सोँचाई र व्यवहारमा कुशल रूपान्तरण ल्याउन अत्यावश्यक छ।अत: हामीहरु बडो सुसंस्कृत भएर हाम्रा मूर्त-अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा लागौँ।


Tags: डा. जगमान गुरुङ
अघिल्लो पोष्ट

वानीरा सङ्ग्रहालयको उद्घाटन र सम्मान कार्यक्रम

पछिल्लो पोस्ट

हाम्रो पहिचान बागमती – विष्णुमती

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
हाम्रो पहिचान बागमती – विष्णुमती

हाम्रो पहिचान बागमती – विष्णुमती

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

१० बैशाख २०८०, आईतवार
‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

१० बैशाख २०७९, शनिबार
रमेश विकलका बालनाटकको अध्ययन

रमेश विकलका बालनाटकको अध्ययन

११ बैशाख २०८१, मंगलवार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक