जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १८ बैशाख २०७९, आईतवार
स्मृतिमा स्रस्टा भित्र
0
नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

इतिहासकारका रुपमा राष्ट्रमा पहिचान छोड्न सफल केदारनाथ प्रधान मेरा समकालीन मित्र पनि हुन् । उनले विशेषतया: इतिहास लेखनमा र शिक्षासेवामा आफ्नो नामलाई उजागर गर्न सफल रहेको देखिन्छ । काभ्रेको मात्र नभई मध्यपूर्वकै लागि शैक्षिकद्वारका रुपमा स्थापित काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, व्यवस्थापन र निर्माणकै क्रममा पनि यिनीसँग उनको जीवनकालभरि सँगसँगै काम गर्न पाएको इतिहास बिर्सिन गार्‍हो छ । अल्पायुमा यिनी बिते । अर्थात् ४८ वर्षमात्र बाँचे तर धेरै महत्वपूर्ण कार्य गरेर यिनले आफूलाई स्थापित गरेर जान सफल भए । यिनीसँग धेरै क्षेत्रमा सँगसँगै काम गर्न पाएको मात्र होइन २०५१ साउन ६ गते यिनी दिवंगत भएपछि पनि यिनकै नाममा संस्था गठन गरेर करिव १५ वर्ष अध्यक्ष भई सेवा गर्न पाएको र हाल संरक्षक रही सेवा गरेर मित्र–व्यवहार देखाउन पाएकोमा गौरव अनुभूत गरिरहेछु । यसै संस्थामार्फत् बनेपाको ऐतिहासिक रूपरेखा, पनौतीको ब्रम्हायनी जात्रा र केदारनाथ प्रधान व्यक्तित्व/कृतित्वको सम्पादन गरी पुस्तक निकाल्न पाएको छु । उनकै सम्झनामा काभ्रे बहुमुखी क्याम्पसमा स्मारक निर्माण हुनाका साथै इतिहास लिपिवद्ध हुन पाएको छ । यिनै द्रष्टा/स्रष्टाका सम्झनामा केही अक्षर–शब्दहरु स्मरण गरिरहेछु ।

शासकहरुको कथा, उपकथा र दिनचर्या मात्र इतिहास होइन, साँचो इतिहास त खोजी गर्नुपर्छ, त्यो लेखिनुपर्छ र त्यसका लागि प्राग्–इतिहासदेखि नै वैज्ञानिक दृष्टिकोणको आधारमा अघि बढ्नुपर्छ भन्ने धारणा बोकेर इतिहासका पुस्तकहरु लेख्दा अनेक प्रमाणहरु खोज्दै, जीवनयात्रामा बढ्दै जीवनका सङ्घारहरु गुजारेर जाने एकजना बुद्धिजीवी यात्रीको नाम हो – केदारनाथ प्रधान । शिक्षाको उत्थान हामी आफैंले गर्नुपर्छ, शिक्षाको प्रचार तथा प्रसार हामी आफैं लागेर गर्नुपर्छ भनी शिक्षणसेवामा जीवनका उत्सर्गहरु बिताउने काभ्रे क्याम्पसका संस्थापक क्याम्पस प्रमुखको गौरवपूर्ण नाम हो केदारनाथ प्रधान । समाजका सबै क्षेत्रमा घुलमिल भएर सामाजिक क्षेत्रको कलुषितता हटाउनुपर्छ भन्ने सोच बोकी समाजका विविध क्षेत्रमा सक्रिय भएर आफ्नो बर्कतले भ्याएअनुसार सेवा पुर्‍याएर जाने बनेपाका एकजना समाजसेवकको नाम हो केदारनाथ प्रधान । जनताको मनस्थिति बदल्न निकै राम्रो भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने चिन्तन बोकी साहित्य–सिर्जना र साहित्यिक कृयाकलापमा सक्दो आफू पनि सहभागी भएर जाने एकजना साहित्यिक मित्रको नाम हो केदारनाथ प्रधान ।

पिता आशाकाजी प्रधान र माता मसिनुलक्ष्मी प्रधानको कोखबाट वि.सं. २००३ वैशाख ७ गते बनेपाको वकुटोलमा जन्मेका केदारनाथ प्रधानले २०५१ श्रावण ६ गते ४८ वर्षको अल्पायुमा नै श्रीमती हरिबदन प्रधान, छोरा सुवास प्रधान र छोरीहरु युमा, रुमा, सुम्निमा, सेरिमा, मन्देलालाई छाडेर गए । यिनले १७ वर्षको उमेरदेखि नै लेखन, शिक्षणसेवा र समाजसेवासँग सम्बन्धित रहेर निकै समय व्यतीत गरेको पाइन्छ । त्यसमध्ये पनि २०३७ साल भाद्र महिनादेखि मृत्युपर्यन्त काभ्रे जिल्लामा सबभन्दा पहिलो क्याम्पसप्रमुख भएर र सञ्चालक समितिमा रहेर सेवा पुर्‍याएर जानु चानचुने कुरा थिएन । त्यो कठिन कार्यमा उनले धेरै किसिमका मारहरु खप्दै काभ्रे बहुमुखी क्याम्पस स्थापनामा र सामूहिक नेतृत्वमा अग्रिम भूमिका निभाउने कार्य गरेर गएको देखिन्छ । यसैगरी काभ्रे मा.वि.को स्थापनामा पनि यिनको नेतृत्वदायी भूमिका रहेको बिर्सिन गाह्रो छ ।

इतिहासमा एम.ए. र कानूनमा बी.एल. सम्म उत्तीर्ण गरेका प्रधान नेपालको मानव उद्भव र विकास शोध विषयमा त्रि.वि.वि.बाट विद्यावारिधिका लागि अनुसन्धानरत रहँदारहँदै मृत्युवरण गर्न बाध्य भए । भारत, थाइल्याण्ड, हङकङ र दक्षिण अमेरिकासम्म भ्रमण गरेका केदारनाथ प्रधानले स्थानीय, जिल्लास्तरीय तथा राष्ट्रस्तरीय विभिन्न सङ्घ–संस्थाहरु जस्तै मचा:पुच, राँको परिवार, बनेपा–११ युवा क्लब, रक्तचन्दन युवा क्लब, इहि यज्ञ समिति, सुस्त मनस्थिति कल्याण संस्था, काभ्रे बहुमुखी क्याम्पस, काभ्रे मा.वि., बनेपा कला परिषद्, बुद्धिजीवी परिषद्, नेपालभाषा एकेडेमी, काभ्रेली साहित्य सङ्गम, सुनकोसी साहित्य प्रतिष्ठान, जनसांस्कृतिक मञ्च, नेवा: गुठी, मानव अधिकार मञ्च, केन्द्रीय इतिहास विभाग, नेपाल बार ऐसोसियसनमा सेवा पुर्‍याएर गएको देखिन्छ । भुजङ्ग र सुस्तकल्याण स्मारिकाको सम्पादनसमेत गरेका इतिहासकार केदारनाथ प्रधानका प्रकाशित कृतिहरुमा नेपाली इतिहास लेखनबारे, काभ्रेपलाञ्चोक जिल्ला एक सङ्क्षिप्त परिचय, महाभारत–मानव : सम्भाव्यता अध्ययन, आदिमानव उद्गम र उद्गमस्थल,नौलो नेपाल परिचय,सरल नेपाल परिचय,नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास,बनेपाको ऐतिहासिक रुपरेखा र पनौतीको ब्रह्मायणी जात्रा आदि छन् ।

“इतिहास भ्रममा सिर्जित छन्, इतिहास सीमित तुल्याइएका छन्, इतिहासलाई वास्तविक र सही इतिहास बन्न दिइएको छैन” भन्ने कटु यथार्थ र सही इतिहासलाई जीवन्त बनाउन खोज्ने आधुनिक इतिहासकारका रुपमा केदारनाथ प्रधानले आफूलाई प्रतिस्थापित गरेर गएको देखिन्छ । राजनीति, साहित्य, संस्कृति, शिक्षा, समाजसेवाजस्ता विभिन्न क्षेत्रमा संलग्न भई सेवा पुर्‍याएर गएका केदारनाथ प्रधान माक्र्सवाद–लेनिनवादलाई देश, समाज र जनताको मुक्तिको लागि मार्गनिर्देशक सिद्धान्तको रुपमा स्वीकार्ने गर्छन् ।

प्रगतिशील बुद्धिजीवीको हैसियत राखेर आफूलाई चिनाउन सफल प्रधानले काभ्रे जिल्लाका विभिन्न घटनाक्रमहरुमा आफ्नो सहभागिता आफ्नै ढङ्गमा देखाएर गएको सन्दर्भ भुल्न गाह्रो छ । सधैं–सधैं अक्षरमा पसिना बगाइरहन रुचाउने केदारनाथ प्रधानले इतिहास–लेखनमा नयाँ–नयाँ खोज र अनुसन्धान गरेर, शैक्षिक जगत्मा आफ्नै किसिमको परिश्रम गरेर इतिहास छोडेर गएको देखिन्छ । विशेषतया नेपालको इतिहासलाई खोज्ने र विश्लेषण गर्ने काममा यिनले ऐतिहासिक दृष्टिलाई भौतिकवादको आधारमा नयाँ सोच प्रस्तुत गरेर गएको देखिन्छ । माथि उल्लेख भए अनुसार इतिहास लेखनमा अन्वेषणमा नयाँ–नयाँ तर्कहरु प्रस्तुत गर्दै इतिहास लेखनलाई वैज्ञानिकरण गर्न सफल इतिहासकार भएकैले यिनको इतिहास लेखनमा आफ्नो नाम लिपिवद्ध गराउन सफल छन् । इतिहासमा उनको दृष्टि नयाँ छ र अन्य इतिहासकारहरुको भन्दा फरक मात्र नभई नयाँ–नयाँ तथ्यहरुमा आधारित रहेकैले उनको हैसियत र पहिचान अरु इतिहासकारको भन्दा भिन्न र छुट्टै देखिंदो छ । यसैले पनि उहाँको हैसियत र पहिचान पनि अरुहरुको भन्दा भिन्न छ ।

बनेपाजस्तो सानो नगरमा केदारनाथ प्रधानजस्ता गरिमामय व्यक्तित्वको उदय हुनु कम गौरवको कुरा होइन । यस्तै गौरवशाली मान्छेहरुको उदयले मात्र कुनै पनि क्षेत्र र ठाउँको चर्चा उल्लेख्य हुन्छ । ठूला–ठूला घरहरु, मोटरहरु र अन्य भौतिक स्वरुपले सम्पन्न हुँदैमा कुनै पनि ठाउँ महत्वपूर्ण र इतिहासमा उल्लेख भइरहने हुँदैन । इतिहासमा गौरवसाथ बाँचिरहनका लागि गौरवशाली व्यक्तिहरुको उदय हुुनुपर्छ । यस्तै इतिहास बनेका छन् केदारनाथ प्रधान । केदारनाथ प्रधानका प्राग्–इतिहासका ग्रन्थहरु रामबहादुर, श्यामबहादुर, हर्षबहादुर, कृष्णबहादुर, हरिबहादुर, ध्यानबहादुर र शिवबहादुरजस्ता धेरै–धेरै बहादुरका आलिशान महलहरुभन्दा उल्लेखनीय र महत्वपूर्ण छन् । त्यसैले भन्न सकिन्छ र भन्नुपर्छ – केदारनाथ प्रधानले सिर्जना गरेका इतिहासका पृष्ठहरु बनेपा र राष्ट्रका लागि अमूल्य हुन् जसलाई सबै मिलेर संरक्षण गर्नुपर्छ । केदारनाथ प्रधानका गौरवपूर्ण इतिहासका हरफहरु देश र जनताका लागि ज्ञानपुञ्जका रुपमा सावित गरिनु पर्छ ।समाजसेवामा आफ्नो बर्कत् पोखेर गएका, साहित्यमा कथा, कविता कोरेर आफूलाई साहित्यकारका रुपमा पनि चिनाउन खोजेका यिनी इतिहासकारका रुपमा राष्ट्रले भुल्न नहुने नाम बनेर गएका छन् । शिक्षामा जिल्लाबाट राष्ट्रमा देखाउन सकिने एउटा बिम्ब बनेर गएका छन् । मित्रलाई अक्षर–बिम्बमा राखेर आज मूल्याङ्कन गरिरहेछु र स्मृतिमा राखेर छामिरहेछु ।


Tags: काभ्रे बहुमुखी क्याम्पसकेदारनाथ प्रधान
अघिल्लो पोष्ट

हिउँको सिन्दुर

पछिल्लो पोस्ट

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

साथी

साथी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १६ देशका नाटक मञ्चन हुने

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १६ देशका नाटक मञ्चन हुने

१२ बैशाख २०७९, सोमबार
रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

१२ बैशाख २०८०, मंगलवार
पूर्वभ्रमण र पाँचथरको सम्मान

पूर्वभ्रमण र पाँचथरको सम्मान

१३ बैशाख २०८१, बिहीबार
तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

१२ बैशाख २०८०, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक