जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

पासाङ गाथाका गायक डा. ओमवीरसिंह बस्न्यात

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २९ चैत्र २०७८, मंगलवार
स्मृतिमा स्रस्टा भित्र
0
पासाङ गाथाका गायक डा. ओमवीरसिंह बस्न्यात

स्वास्थ्यसेवामा जीवनका धेरैजसो क्षणहरु नोकरीमा बिताइसकेका ओमवीरसिंह बस्न्यात कविता–काव्यकै माध्यममार्फत् साहित्यिक मर्म बोकेर त्यो गाउँमा के–के छन् खोज्दै निस्केका कवि हुन् । काव्यलाई जीवनकै अभिव्यक्ति हो भनेर परिभाषित गर्न रुचाउने कवि बस्न्यातले साधारण नेपाली जनजीवनले भोगेका दुव्र्यवहार, थिचोमिचो, शोषणका कहालीलाग्दा परिदृश्यहरु देखेर मन भक्कानिएर रोएको सन्दर्भ कवितामा पोख्न सफल छन् ।

त्यसैले त ओमवीरसिंह बस्न्यात साहित्यमा रम्न पाउँदा रम्ने गर्छन् । किनभने उनी कवि–साहित्यकार बन्न पाउँदा गौरव गर्छन् । ३० औं वर्ष निजामती स्वास्थ्यसेवामा समर्पित डा. बस्न्यातले विभिन्न समयमा कथा, काव्य कृतिहरुको बेला–बेलामा प्रकाशित गरेर नेपाली भाषा साहित्यको २० औं वर्ष अघिदेखि सेवा पुर्‍याउँदै आएको देखिन्छ । साहित्य लेखनको प्रेरणामा उनी यसरी लेख्ने गर्छन् –‘जब सामाजिक गतिविधि थिचोमिचोले व्याप्त सङ्घर्षको जीवन देख्छु मेरो अन्तर हृदयको भावभूमिमा त्यसै–त्यसै कविता सलबलाउन थाल्छन् । जब ती सेता हिमाल हाँसेको देख्छु अथवा ती हरियाली प्राकृतिक दृश्य लहरा, छहरा, पाखा–पर्वत सुसाएको देख्छु कविता कोर्न थालेको हुन्छु ।’ सिर्जनात्मक सक्रियतामा रम्न मन गर्ने कवि आफूलाई साहित्यकारका रुपमा देखाउन पाउँदा गौरव महसुस गर्ने गर्छन् । त्यसैले त उनी काव्यमा नै पृथ्वी देख्छन् र ममतामयी आमाको गुणगान काव्यमा गाउँछन् । उनी कहिल्यै गौरीघाटतिर पुगेर महादेव–पार्वतीका प्रेमसूत्रहरुमा रङ्गिएका मर्महरुमा आफूलाई भुल्न दिन्छन् ।यौटी म रानी चरी भन्दै सुशील रानीचरीको हत्या भएको अन्तर्घातमा मन दुखाउँछन् । त्यसैले भन्न सकिन्छ कवि बस्न्यात कवितामा मर्म पोख्न सिपालु छन् । र कविता कोर्न पाएपछि दङ्दास हुने गर्छन् । उनी छन्दमा ज्ञान भएका सिपालु कवि पनि हुन् ।

काव्य जीवनको अनुभूति हो भनेर कविताको परिचय दिने कवि ओमवीरसिंह बस्न्यातले त्यो गाउँमा खण्डकाव्यमा नेपाली पहाडी जनजीवनको सामाजिक परिवेशका दुव्र्यवहार, थिचोमिचो, शोषण, गरिबी आदि पक्षको रुपरेखाको मार्मिक चित्रण र जनमानसको अनुभूति दर्साउने प्रयास गरेको देखिन्छ । धनीको छोरी मैंयाको र गरीबका छोरा धनेको प्रेम प्रसङ्गबाट सुरु गरिएको उक्त खण्डकाव्यमा कविले विदेशमा नगई आफ्नो देशकै काखमा हुर्कि बढी देशकै विकासमा सेवा पुर्‍याउनुपर्ने रोचक प्रसङ्ग सरल काव्यात्मक ढङ्गले व्यक्त गरेका छन् । विदेशमा गई सेनामा भर्ती भई जीविकोपार्जन गर्ने परिपाटीको विरोधमा उक्त काव्यमा कविले आफ्नो विचार यसरी पोखेका छन्:

नेपाली भाइ सिपाही बनी विदेश नजाउन्
स्वदेश ठूलो यो कर्मभूमि यिनलाई रसाउन्

कवि ओमवीरसिंह बस्न्यातले उक्त खण्डकाव्यका साथै २०५४ सालको घटस्थापनाका दिन पासाङ ल्हामू महाकाव्यको विमोचन गरेर आफ्नो साहित्यिक क्षमताको प्रदर्शन गरिदिएका छन् ।

पासाङ ल्हामू शेर्पा नारी उत्साहकी प्रतीक र राष्ट्रिय गौरवको एकजना चर्चायोग्य विभूति हुन् । पासाङ ल्हामूको व्यक्तित्वमा आधारित विविध काव्यात्मक शैलीमा सिर्जना गरिएको यस महाकाव्यको आफ्नै किसिमको छुट्टै विशेषता छ । राष्ट्रिय प्रतिभाको स्मरणमा लेखिएको यस महाकाव्यले आफ्नै किसिमको आयाम ओगटेको छ । जीवनकै उत्सर्ग र घटना–प्रसङ्गले प्रेरित भई सही कार्यको सर्‍हानामा साधनारत साहित्यकारहरु देशकै लागि, समाजकै लागि र जनमानसकै लागि प्रेरणाप्रद व्यक्तित्वहरु मानिन्छन् । यस अर्थमा भन्न सकिन्छ यस महाकाव्यले नेपाली साहित्यिक फाँटमा एउटा राम्रो गौरवपूर्ण उत्सर्ग थपिदिएको छ ।

महाकाव्य कल्पिनु र लेख्नु चानचुने कुरो होइन, त्यसमा पनि पासाङ ल्हामूकै जीवन–प्रसङ्गलाई विषयवस्तु बनाई सिर्जना गरिएको यस महाकाव्यको आफ्नै पहिचान र महत्व रहनु स्वाभाविक छ । विभिन्न शास्त्रीय छन्दको प्रयोग गरेर एकजना नारीलाई चरित्र नायिका बनाई लेखिएको यस महाकाव्यमार्फत् कवि ओमवीरसिंह साहित्यिक हिमालमा सफलतापूर्वक चढ्न सफल छन् । वीराङ्गना नारीलाई चरित्र नायिका बनाई लेखिएको यस महाकाव्यको प्रकाशनबाट कविको उच्चता अझ थपिएको छ । यस महाकाव्यमा कविले शेर्पा जातिको विशेषताको वर्णन सटिक ढङ्गले गर्न पनि सफल छन् ।

पन्ध्र सर्गको यस महाकाव्यमा विभिन्न शास्त्रीय छन्दमा विभिन्न कालमा नारीको महिमाको बखान गर्दै वैदिककाल, उत्तरवैदिककाल, माध्यमिककाल र आधुनिककालका नारीको स्थिति र सोच, शील, अधिकार र दायित्व तथा अस्मिता र स्वतन्त्रतालाई दर्साएर महाकाव्यलाई आरम्भ गरिएको छ । उक्त महाकाव्य यसरी सर्गलाई विभाजित गरी लेखिएको छ : १) देवी देवता स्तुति २) सगरमाथा वर्णन ३) जन्म र स्थान वर्णन ४) पासाङ बाल्यावस्था वर्णन ५) पासाङ विवाह प्रसङ्ग ६) नयाँ घरबार७) पासाङ भावना ८) विदाइ ९) पासाङपतिसँग वार्तालाप १०) पासाङ हराउँदा ११) पासाङको मृत्यु १२) मातृवियोग १३) फुटी मौन हुन्छे १४) यशस्वी शवयात्रा १५) पासाङ गाथा वर्णन छन् । उक्त महाकाव्यमा सान्दर्भिक हरफहरु यसरी उल्लेख भएका छन् :
उब्जन्छ मनमा ज्योति सिर्जनाको मुहानमा
देखिन्छ जेत ओजस्वी वीरको दिव्य गानमा
(तृतीय सर्ग, श्लोक ३१)
मेरो साहस भन्छ आज शिरमा एक्लै म जाउँ त्यहाँ
नारीको महिमा रचाई सबमा झण्डा म गाडुँ त्यहाँ
राखी गौरव, शान उच्च शिरमा हाँसेर हेरुँ त्यहाँ
आफ्नो उज्ज्वल कीर्र्तिका जलपको पोतेर छाडुँ त्यहाँ
(नवम सर्ग, श्लोक ६)
नारी सम्मान पाएर धर्ती हाँस्दछ देशमा
स्रष्टाको नेत्र उघ्रिन्छ सत्य सुन्दर भेषमा
(तृतीय सर्ग, श्लोक २९)
सरस काव्यमा सृष्टि झुक्तछ

सकल मट्टिमा शक्ति फुर्दछ भनेर काव्य अनुभूति पोख्न पाउँदा खुसी व्यक्त गर्ने कविले आफ्नो जीवनका क्षणहरुमा थुप्रै काव्यग्रन्थहरु रचेका छन् जसमध्ये तीनवटा महाकाव्य पासाङ ल्हामू, सेवा सैनिक झपट र पृथ्वी महाकाव्य प्रकाशनमा आइसकेका छन् भने खण्डकाव्यहरुमा त्यो गाउँमा, रारा, गौरीघाट, अन्तर्घात, आमा, यौटी म रानी चरी प्रकाशित छन् ।

सन् १९४२ नोभेम्बर १ तारिखमा का.जी. धर्मस्थलीमा पिता मिनमर्दन बस्न्यात र माता शोभाकुमारी बस्न्यातका छोरा भई जन्मेका ओमवीरसिंह बस्न्यातले नरेन्द्रलक्ष्मीका माया सन्दर्भ पाएर छोरा ३ र छोरी ३ लाई यस धरतीमा चिनाइदिएका छन् । अत्यन्त सरल व्यवहारका कर्म मर्ममा आफूलाई भुलाउँदै कविता काव्यमा मन डुलाउँदै साहित्यिक कार्यक्रमहरुमा सामेल गराउँदै कवि भएर बाँच्ने सङ्घर्षमा उनी गौरवसाथ लागिपरिरहेका छन् । बाबा–ओमवीरसिंह बस्न्यात प्रतिष्ठान यिनको आफ्नो मनले कबुलेका श्रम धन खर्च गरेर सिर्जना गरिएको साहित्यकारहरुप्रतिको सम्मान गर्ने ठाउँथलो हो । वर्षको एकपल्ट आफ्नी श्रीमती बाबा र आफ्नै नामसँग गाँसिएको पुरस्कार साहित्यकारहरुलाई दिन पाउँदा यिनी रमाउने गर्छन् ।

डा. ओमवीरसिंह बस्न्यात चिकित्सा प्रविधिबाट निवृत्तजस्तो रहेर साहित्यसेवा र सिर्जनामा दिल फुकाएर लागेका छन् र काव्य अनुभूतिमार्फत् आफूलाई लागेका कुराहरु कविता बनाएर प्रकाशन गर्न पाउँदा यिनी खुसी र हर्ष व्यक्त गर्छन् । त्यसैले त यिनी साहित्यकारहरुका पनि प्रिय मित्र बने ।

साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि हृदय रोगले पीडित उहाँको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो ।


Tags: डा. ओमवीरसिंह बस्न्यात
अघिल्लो पोष्ट

साहित्यकार ओमवीरसिंह बस्न्यातको निधन

पछिल्लो पोस्ट

चैतको बतास

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
चैतको बतास

चैतको बतास

खाइसंल्हू (तीतो संक्रान्ति)

खाइसंल्हू (तीतो संक्रान्ति)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

स्वर्ग

स्वर्ग

२३ फाल्गुन २०७९, मंगलवार
मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ

मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ

२३ फाल्गुन २०७८, सोमबार
सारङ्गीका धुनहरू

सारङ्गीका धुनहरू

२३ फाल्गुन २०७८, सोमबार
बिहानी यात्राको शब्द–चित्र

बिहानी यात्राको शब्द–चित्र

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक