साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि हृदय रोगले पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो ।
उनक राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायतका विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढदर्जन कृति प्रकाशित छन् ।
साहित्यिक पुरस्कार ‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस्कारका संस्थापक कवि बस्न्यात आफू स्वयम् पनि विभिन्न साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित थिए ।