जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

अनुराधा मेडिकल

योगेन्द्र तिमिल्सिना योगेन्द्र तिमिल्सिना
प्रकाशित २७ असार २०७८, आईतवार
कथा भित्र
0
अनुराधा मेडिकल

बिहानको आठ बज्नै लागेको थियो । अनुराधा मेडिकल खुल्ने तरखरमा थियो । रातभर पानी परेकोले विहान धमिलो र चिसो थियो । मेडिकलको ढोका खोलेर बाहिरपट्टि ज्ञानु सफाइको काम गर्दै थिइन् । मेडिकलसँग जोडिएको अगाडिको सडकमा मोटरसाइकलहरु बेतोडले हुइँकिन थालिसकेका  थिए । बस, कार र मोटरसाइकलको चर्को हर्नले वातावरण निकै प्रदूषित भैरहेको थियो । पैदल यात्रीलाई बाटो काट्न सकस थियो । यस्तै समयमा एकजना बाइस÷पच्चीसकी युवती मेडिकलको ढोकामा आएर सहायक ज्ञानुलाई सोधिन्, “अनुराधा दिदी हुनुहुन्छ ?”

ज्ञानुले भनिन्, “हुनुहुन्छ, भित्र आएर एकछिन बस्नुहोस् ।”

ती महिला मेडिकलभित्र पसेर बेञ्चमा बसिन् । अनुराधा दिदी माथिल्लो तलामा बस्दिरहिछन् । केही बेरको प्रतीक्षापछि उनी तल झरिन् र ढोका बाहिर निस्किन् । अनुराधालाई देख्ने बित्तिकै ती महिला जुरुक्क उठिन् र उनीतिर फर्केर भनिन्, “दिदी, म सुई दिन आएकी ।” उनले गर्भ निरोधक इन्जेक्सनको कुरा गरेकी थिइन् ।

अनुराधाले भनिन्, “स्वास्थ्य परिक्षण नगरी यस्तो सुई दिनु हुँदैन । भरे बेलुका डाक्टर साहब आउनुहुन्छ, तपाईं बेलुका आउनु होस् र डाक्टर साहबले जे सल्लाह दिनु हुन्छ, त्यसै गरौँला, हुन्न  बैनी ?”

मेडिकल बाहिरपट्टि सडक छेउमा एकजना अट्ठाइस–तीस वर्षको पुरुष उनलाई पर्खेर बसिरहेको रहेछ । त्यस पुरुषलाई भेट्न उनी बाहिर निस्किइन् । उनले त्यस पुरुषलाई आफु नजिकै आउन संकेत गरिन । उ नजिकै आएपछि साउती गरे झैँ उनले कानमा केही कुरा भनिन् । त्यस पुरुषले पनि उनलाई विस्तारै केही कुरा भन्यो । त्यसपछि ती महिला फर्केर फेरि अनुराधा दिदीतर्फ आइन् । उनले सुई दिन अनुराधा दिदीलाई कर गरिरहिन् । उनले ज्यादै कर गरेपछि अनुराधाले उनलाई सम्झाउने प्रयास   गरिन् ।

फेरि ती महिलाले भनिन्, “त्यसो भए चक्की खान दिनु होस् न त ।” 

अनुराधाले सोधिन्, “तपाईं परसरेको कति दिन भयो ?”

उनले भनिन्, “वेला हुनलागेको छ । दुई चारदिन बाँकी छ ।”

“ए त्यसो भए परसरेको चारदिनपछि आउनुहोस् ।”

ती महिला असजिलो मानेर बसिरहिन् ।

अनुराधाले फेरि दोहो¥याइन्, “पिल्सले महिलाहरुको स्वास्थ्यमा विभिन्न प्रकारले नकारात्मक असर पु¥याउँछ । पिल्स प्रयोग गर्नु भनेको महिलाको प्राकृतिक नियमको प्रतिकूल हो । यसले गर्भाधान गराउन सक्ने महिलाहरुको स्वाभाविक प्रक्रियालाई निषेध गर्ने हार्मोन पैदा गराउँछ ।”

अनुराधाले भनेको केहीपनि नबुझे जस्तो गरी तिनले भनिन्, “मलाई अलिक अप्ठ्यारो परेर पो कर गरेको त दिदी ।” 

अनुराधाले फेरि भनिन्, “पिल्सको प्रयोग गर्दा होशियारी अपनाउनु पर्दछ । सबै महिलाहरुलाई एउटै खालको गर्भ निरोधक औषधी उपयुक्त नहुन सक्छ । औषधी मिलेन भने महिलाको मासिकचक्र अनियमित हुन्छ, अल्छि लाग्न सक्छ । रक्तस्राव हुन सक्छ, कसै कसैलाई वाकवाकी लाग्न थाल्छ, मनमा दिग्दारी बढ्छ, छात्ती दुख्न थाल्छ आदि आदि । त्यसैले स्वास्थ्य परीक्षण गरेर मात्र औषधी खानु पर्दछ ।”

आफुले भनेका केही कुरा पनि अनुराधाले नमाने पछि उनले भनिन्, “उहाँ बाहिर काम गर्नुहुन्छ, विदामा आउनु भएको छ, भोलि बिहानै जानुहुन्छ । त्यसकारण पो गर्भ रोक्ने औषधी आवश्यक परेको हो ।”

अनुराधाले भनिन्, “त्यसो भए उहाँलाई आज कन्डोम प्रयोग गर्न भन्नुहोस् । त्यसो गरेमा केही समस्या पर्दैन । परिवार नियोजनका अरु साधन प्रयोग गर्नु अघि स्वास्थ्य परीक्षण गराउनै पर्ने हुन्छ ।” त्यसपछि ती महिलाले जोड गरिनन्, आफ्नो चित्त नबुझेको भाव प्रकट गरी केही नभनी मेडिकलबाट उनी फर्किन् ।

उनीहरु दुबैको सम्बन्ध अन्यथा नभई पति र पत्नीको नै रहेछ । उनीहरु घर फर्के । अनुराधा दिदीले दिएको सल्लाह अनुसारनै सम्पर्क राखौँ भनी श्रीमतीले गरेको अनुरोध श्रीमान्ले मानेनन् । उनले आफुलाई सन्तुष्टी नहुने तर्क राखे । आखिर ती महिलाको केही जोड चलेन । भोलिपल्ट विहानै उनका पति घरबाट बस यात्राको एक बिसाउनी पछि दुई दिनको पैदल बाटो हिँड्नु पर्ने टाढाको जिल्लाको आफ्नो कार्यस्थलतर्फ लागे । वास्तवमा उनी प्रहरी जवान भएको हुँदा तुरुन्तै उनले विदा पाउने अवस्था थिएन । घरमा ससाना दुइटा केटाकेटी थिए । उनको निम्न आयस्तरकोे जागीरबाट ती केटाकेटी हुर्काउन र पढाउन नै सकस थियो ती प्रहरी जवान दम्पतीलाई । त्यसैले आकस्मिक गर्भाधानबाट सावधान रहनका लागि ती प्रहरी पत्नी गर्भनिरोधक उपचारको निम्ति अनुराधा मेडिकल पुगेकी थिइन् । आफ्नो कमजोर आर्थिक अवस्थाले गर्दा डाक्टरको परीक्षण शुल्क बचाउने लोभले पनि तुरुन्तै स्वास्थ्य परिक्षण गराउन उनीहरु राजी भएका थिएनन् ।

आफ्नो पति घरबाट बिदा भएको दुई चार दिनमा नै उनी परसर्नु पर्ने थियो, तर एक महिना बितिसक्दा पनि उनी परसरिनन् । फेरि हतारिँदै ती महिला अनुराधा मेडिकल पुगिन् । अनुराधा दिदीले ती महिलालाई एउटा खाली सिसी दिँदै मेडिकलमा पिसाव जचाउँन ल्याउनु भनी सल्लाह दिइन् । भोलिपल्ट विहान सिसीमा पिसाब लिएर उनी आइन् र त्यो सिसी मेडिकलमा दिइन् । त्यहाँ उनको नाम लेख्नुपर्ने भयो । उनको नाम जसोदा सोलाङ्की र उमेर २४ वर्ष रहेछ । त्यसको रिपोर्ट लिन जसोदा भोलिपल्ट आइन् । उनको पिसाबको परीक्षणबाट उनी गर्भवती भएको देखियो ।

अब उनलाई एकप्रकारको मानसिक तनाव भयो । जसोदाले आफ्नो सबै कथा अनुराधालाई सुनाइन र ससाना बच्चाहरु भएकाले गर्भ पतन गराउने सल्लाह अनुराधासँग मागिन् । अनुराधाले उनलाई श्रीमानसँग सल्लाह गरेर सँगै आउनु पर्छ भनिन् । उनी खिन्न भएर घर फर्किइन् । एक दिनको श्रीमानको गल्तीले यस्तो समस्या भयो भन्ने लाग्यो उनलाई । उनले श्रीमानलाई फोन गरेर खबर गरिन् र विदा मिलाएर आउनु भनिन् । श्रीमानले भने, “ड्युटी छोड्न अहिले मिल्दैन, अब दशैँ लागेपछि जसरी भए पनि विदा मिलाएर आउँला । अहिले विदा मिल्दैन ।” दशैँसम्म त अझै चार÷पाँच महिना कुर्नु पर्ने थियो । जसोदा बडो अप्ठ्यारोमा परिन् । उनलाई लाग्यो, “लोग्ने मानिसहरु किन यस्तो कुरामा गम्भीर हुन नसकेका होलान् । मेरो दुक्ख मात्र होइन, परिवारको सुख पनि त हेर्नुपर्ने हो ।”

जसोदा फेरि आशाको झोला बोकेर अनुराधा मेडिकल पुगिन् । उनले आफ्ना सबै कुरा अनुराधा दिदीलाई भनिन् ।  “दिदी म साह्रै आत्तिएकी छु, श्रीमान कहिले आउने हुन् पक्का छैन,  आशा गरेर बसिरहुँ भने काम बिग्रन सक्छ, के गर्ने होला, कसो गर्ने होला ?”

अनुराधाले भनिन्, “आत्तिनु पर्दैन बैनी, गर्भ पतन गराउन सकिन्छ, तर जति छिटो गराउन सक्यो त्यति राम्रो र सुरक्षित हुन्छ । तिम्रा श्रीमान् एकपटक आए, धेरै राम्रो हुने थियो ।” 

“खर्च निकै लाग्छ होला, मसँग पैसा छैन । पैसाको निम्ति श्रीमानलाई कुर्दा समय घर्कन्छ  होला ।” 

“तिम्रो श्रीमान नआए पनि काम अड्कँदैन, बैनी । सरकारी अस्पतालहरुमा गर्भपतन निःशुल्क हुन्छ, तर औषधीहरु किन्नुपर्ने अवस्थामा केही रकम पनि आवश्यक पर्न सक्छ । त्यसमा पनि धन्दा नमान,  त्यस्तै परे आवश्यक रकम म आफैँ हालिदिउँला, तिम्रा श्रीमान् आएपछि मलाई दिए हुन्छ ।”

जसोदाले जिज्ञासा राखिन्,“कहाँ जानु पर्छ दिदी गर्भपतन गराउन ?”

“सरकारी अस्पतालमा जहाँ गए पनि हुन्छ । हामी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली जाउँला नि, म तिमीलाई सँगै लिएर जाउँला अनि सँगै लिएर आउँला ।”

“कहिले गरौँ त दिदी यो काम ?”

“बाह्र हप्ताभित्र गर्दा गर्भपतन सुरक्षित हुन्छ, तर त्यति पर किन जाने, हामी चार, पाँच हप्ताभित्रै जाउँन, हुन्न ?”

अनुराधासँग यति कुरा भएपछि त्यस दिन जसोदा घर फर्किन् । घरमा जम्मा चारजनाको परिवार थियो, चार वर्ष पुगेकी छोरी र दुई वर्षको छोरा थिए, अरु कोही पनि थिएन । छोरी नजिकैको स्कूल जान थालेकी थिई । ओरिपरि छिमेकीहरु त्यति गतिला थिएनन् । छिमेकका बुढाबुढीहरु यस्तो कर्म गर्नु अपराध हो भन्ने खालका थिए । जसोदाले मनमनै सोची, उनीहरुलाई यो कुरा सुनाउनै भएन । उनीहरुलाई भनी हाल्यो भने उनीहरुले अनेक अनर्गल प्रचार नगर्लान् भन्न सकिन्न । त्यसकारण अस्पताल जाने दिन निश्चित भएपछि आफ्नै दिदी मंगलीलाई सुटुक्क बोलाउने र आवश्यक परे एक दुई दिन घरमा नानीहरुको रेखदेख गर्न अनुरोध गर्ने विचार गरिन् । जसोदाका भिनाजु निजी सुरक्षा गार्ड खटाउने कम्पनीमा काम गर्थे । उनी सज्जन मानिस थिए, उनले यस्ता कुराहरु बुझेका थिए । जसोदा मंगली दिदीका घर गइन् र सबै बेलिविस्तार लाइन् । उनले खुशीसाथ त्यस कुराको स्वीकृति दिइन् ।

मंगली दिदीलाई घर जिम्मा लगाई गर्भपतन गर्न जाने कुरा तय भएपछि जसोदा फेरि अनुराधा दिदीकहाँ गइन् र गर्भपतनको मिति तय गरी घर फर्किन् । घर पुगेपछि आफ्नो पारिवारिक भविष्य सफल भएको अनुभूत गरी खुशीले गदगद हुँदै उनले आफ्ना छोरा र छोरीलाई दुईतिर काखमा राखी बेस्मारी सुम्सुम्याइन् र ती दुईको भविष्य उज्जल बनाउने दृढ निश्चय गरिन


अघिल्लो पोष्ट

पहिलो यात्रा

पछिल्लो पोस्ट

लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

योगेन्द्र तिमिल्सिना

योगेन्द्र तिमिल्सिना

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कलकल त्रिवेणी

कलकल त्रिवेणी

२५ फाल्गुन २०७९, बिहीबार
बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

२५ फाल्गुन २०७९, बिहीबार
म अज्ञात सहिद आएको छु !

म अज्ञात सहिद आएको छु !

२६ फाल्गुन २०८०, शनिबार
मधेसतिर

मधेसतिर

२५ फाल्गुन २०७९, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक