साथी सुकवीरले किनेको घोडा जयन्तलाई मन परेन र आफ्नो प्रतिक्रिया जनाउँदै रुखो शब्दमा भन्यो –“के किनिस् साथी यस्तो हेर्दैमा लुसे घोडा ? एउटा मान्छे चढ्दा थचक्क बस्ने जस्तो । आफ्नो घोडा देख्दा दर्शक लोभिएर वाल्ल परून् न । त्यो पो सान त । किन्नैपर्दा त अलि गतिलो घोडा किन्नुपर्ने ।”
साथी जयन्तको कुराको उत्तर दिँदै सुकवीरले भन्यो –“घाँटी हेरी हाड निल्नुप¥यो नि साथी ! मेरो गच्छेलाई यो घोडा सुहाउँदो नै लाग्यो र किन्ने निर्णय लिइहालेँ । यो घोडा कमसल खालको मोलै नपर्ने पनि होइन नि ! आफ्नो काम यसैबाट राम्रो गरी पूरा हुन्छ भने किन धुरी चढ्ने सोच राख्नु होइन त ?”
सुकवीरका कुरा जयन्तलाई मन परेन । साथीको घोडा सम्झीसम्झी उसलाई सरम लागेझैं भइरह्यो – छ्याः गधाजस्तो घोडा चढ्न के मन लागेको होला सुकेलाई ? समय र इज्जत भन्ने कुराको कहिल्यै ख्याल गर्दैन यसले । यस्तालाई के साथी बनाउनु, आफ्नै बेइज्जत । सुकवीरलाई मनमनै धिक्का¥यो जयन्तले । तर साथीको सल्लाह नलिने मान्छेलाई फगत के सम्झाइरहनु भन्दै अरू बढी कुरा उसले केही भनेन् ।
केही समयपछि नै जयन्तले मोटो धनराशी खर्च गरेर सानदारको खाइलाग्दो घोडा किन्यो । यो घोडा किन्न आपूmसँग भएको पैसाले नपुगेपछि जयन्तले इष्टमित्रसँग ऋण–सहयोग माग्यो । घोडा घरमा भिœयाउन नपाई ऊभित्र दह्रो अभिमान चढ्यो र जोकोही मान्छेसँग बोल्नै छोड्यो उसले ।
जीवनयात्रा त जसोतसो सबैको चल्छ । घोडाको काम सवारका लागि मात्र हो र ? यो त आफ्नो सान र इज्जत पनि हो । सुकेले जस्तो गधाजत्रो घोडा त के चढ्नुु ? त्यस्तो घोडा त आफू एकपटक चढ्नासाथ कचाककुचुक्क थचाकथुचुक्क हुन्छ । माल भनेको आफ्नो इज्जत हुने किसिमको जोड्नुपर्छ । त्यसलाई त आफ्नो इज्जतको पनि कहिल्यै ख्याल भएन । मान्छे भएर आफ्नो इज्जतको ख्याल नगर्ने मान्छे त मलाई मनै पर्दैन । कहिलेकहिले त यो मोरा सुकेलाई साथी भन्न पनि मन लाग्दैन । तर के गर्ने, सानोदेखिको सघँै खेलीखाएको साथी हो । मान्छे शीतल स्वभावको छ । आमाले यसको साथ नछोड् भन्नुहुन्छ । त्यसैले मात्र यसलाई साथीका रूपमा स्वीकारेको छु मैले ।
आफूले ल्याएको घोडा हेरीहेरी जयन्त आफै दङ्ग प¥यो । माटोघाटो, चिल्लो, अग्लो, हेर्दैमा खाइलाग्दो । निधारमा सेतो टीकाजस्तो छाप । काला आँखा, झपलक–झपलक परेका परेला, आहाऽऽऽऽ कति राम्रो । अझ योभित्रको शक्तिको पहिचानका लागि त समय आफैसँग बाँकी छ ।
घोडा ल्याएको केही दिन जयन्तले त्यसको खूब स्याहार ग¥यो । मसिना चनादाना र हरिया घाँसले घोडा अघायो । खुरका टाप नयाँ किनिए । घोडालाई गजक्क हुने सानदार महँगो काठीका साथै उसको श्रृङ्गारका लागि टाउकोमा लाउने झुम्का पनि आयो ।
२÷४ दिन आफ्नो पारामा रत्याउन जयन्तले घोडालाई तालिम पनि दियो । त्यसपछि ऊ सानले घोडसवार गरेर हिँड्ने कल्पनामा गचक्क भयो – छरछिमेकी, चिनजान, आफन्तले मात्र होइन धनीमानी ठूलाबडाहरूले पनि बडो इज्जतसाथ मेरोे घोडसवारी हेर्नेछन् र मलाई आफ्नो स्तरमा राखेर तुलना गर्नेछन् ।
केही दिनपछि जयन्त ठाँटले आफूले ल्याएको घोडामा सवार भई हिँड्यो । तर पूर्व दिशा जान भनी निस्केको आफ्नो घोडा पश्चिम दिशातर्फ मोडियो । आफ्नो गन्तव्यतिर फर्काउन खुब कोसिस गर्दै जयन्तले लगाम खिच्यो, तर उसको प्रयास सफल हुन सकेन । घोडा अचम्मको बेगमा कुद्यो र भीरतिर लाग्यो । केही पर पुगेपछि जयन्तको हातको लगाम बेसम्हाल भयो । उसको हातबाट लगाम छुट्यो र ऊ घोडाबाट लडेर भीरबाट निक्कै तल खस्योे ।
त्यो बज्राइले जयन्तको टाउको फुटयो, जीउका हाडखोड टुटे । ऊ बेहोस भएर भुइँमा ढल्यो । प्राण जाने अवस्थामा बाटोमा अलपत्र फालिएको जयन्तलाई बटुवाले अस्पताल पु¥याए । निक्कै समय ऊ अस्पताल बसेपछि उसलाई केही निको त भयो तर ऊ जीवनभरका लागि अपाङ्ग भयो ।