जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

घोडसवार

सिर्जना शर्मा सिर्जना शर्मा
प्रकाशित १० कार्तिक २०७८, बुधबार
आख्यान, लघुकथा भित्र
0
घोडसवार

साथी सुकवीरले किनेको घोडा जयन्तलाई मन परेन र आफ्नो प्रतिक्रिया जनाउँदै रुखो शब्दमा भन्यो –“के किनिस् साथी यस्तो हेर्दैमा लुसे घोडा ? एउटा मान्छे चढ्दा थचक्क बस्ने जस्तो । आफ्नो घोडा देख्दा दर्शक लोभिएर वाल्ल परून् न । त्यो पो सान त । किन्नैपर्दा त अलि गतिलो घोडा किन्नुपर्ने ।”

साथी जयन्तको कुराको उत्तर दिँदै सुकवीरले भन्यो –“घाँटी हेरी हाड निल्नुप¥यो नि साथी ! मेरो गच्छेलाई यो घोडा सुहाउँदो नै लाग्यो र किन्ने निर्णय लिइहालेँ । यो घोडा कमसल खालको मोलै नपर्ने पनि होइन नि ! आफ्नो काम यसैबाट राम्रो गरी पूरा हुन्छ भने किन धुरी चढ्ने सोच राख्नु होइन त ?”

सुकवीरका कुरा जयन्तलाई मन परेन । साथीको घोडा सम्झीसम्झी उसलाई सरम लागेझैं भइरह्यो – छ्याः गधाजस्तो घोडा चढ्न के मन लागेको होला सुकेलाई ? समय र इज्जत भन्ने कुराको कहिल्यै ख्याल गर्दैन यसले । यस्तालाई के साथी बनाउनु, आफ्नै बेइज्जत । सुकवीरलाई मनमनै धिक्का¥यो जयन्तले । तर साथीको सल्लाह नलिने मान्छेलाई फगत के सम्झाइरहनु भन्दै अरू बढी कुरा उसले केही भनेन् ।

केही समयपछि नै जयन्तले मोटो धनराशी खर्च गरेर सानदारको खाइलाग्दो घोडा किन्यो । यो घोडा किन्न आपूmसँग भएको पैसाले नपुगेपछि जयन्तले इष्टमित्रसँग ऋण–सहयोग माग्यो । घोडा घरमा भिœयाउन नपाई ऊभित्र दह्रो अभिमान चढ्यो र जोकोही मान्छेसँग बोल्नै छोड्यो उसले ।

जीवनयात्रा त जसोतसो सबैको चल्छ । घोडाको काम सवारका लागि मात्र हो र ? यो त आफ्नो सान र इज्जत पनि हो । सुकेले जस्तो गधाजत्रो घोडा त के चढ्नुु ? त्यस्तो घोडा त आफू एकपटक चढ्नासाथ कचाककुचुक्क थचाकथुचुक्क हुन्छ । माल भनेको आफ्नो इज्जत हुने किसिमको जोड्नुपर्छ । त्यसलाई त आफ्नो इज्जतको पनि कहिल्यै ख्याल भएन । मान्छे भएर आफ्नो इज्जतको ख्याल नगर्ने मान्छे त मलाई मनै पर्दैन । कहिलेकहिले त यो मोरा सुकेलाई साथी भन्न पनि मन लाग्दैन । तर के गर्ने, सानोदेखिको सघँै खेलीखाएको साथी हो । मान्छे शीतल स्वभावको छ । आमाले यसको साथ नछोड् भन्नुहुन्छ । त्यसैले मात्र यसलाई साथीका रूपमा स्वीकारेको छु मैले ।

आफूले ल्याएको घोडा हेरीहेरी जयन्त आफै दङ्ग प¥यो । माटोघाटो, चिल्लो, अग्लो, हेर्दैमा खाइलाग्दो । निधारमा सेतो टीकाजस्तो छाप । काला आँखा, झपलक–झपलक परेका परेला, आहाऽऽऽऽ कति राम्रो । अझ योभित्रको शक्तिको पहिचानका लागि त समय आफैसँग बाँकी छ ।

घोडा ल्याएको केही दिन जयन्तले त्यसको खूब स्याहार ग¥यो । मसिना चनादाना र हरिया घाँसले घोडा अघायो । खुरका टाप नयाँ किनिए । घोडालाई गजक्क हुने सानदार महँगो काठीका साथै उसको श्रृङ्गारका लागि टाउकोमा लाउने झुम्का पनि आयो ।

२÷४ दिन आफ्नो पारामा रत्याउन जयन्तले घोडालाई तालिम पनि दियो । त्यसपछि ऊ सानले घोडसवार गरेर हिँड्ने कल्पनामा गचक्क भयो – छरछिमेकी, चिनजान, आफन्तले मात्र होइन धनीमानी ठूलाबडाहरूले पनि बडो इज्जतसाथ मेरोे घोडसवारी हेर्नेछन् र मलाई आफ्नो स्तरमा राखेर तुलना गर्नेछन् ।

केही दिनपछि जयन्त ठाँटले आफूले ल्याएको घोडामा सवार भई हिँड्यो । तर पूर्व दिशा जान भनी निस्केको आफ्नो घोडा पश्चिम दिशातर्फ मोडियो । आफ्नो गन्तव्यतिर फर्काउन खुब कोसिस गर्दै जयन्तले लगाम खिच्यो, तर उसको प्रयास सफल हुन सकेन । घोडा अचम्मको बेगमा कुद्यो र भीरतिर लाग्यो । केही पर पुगेपछि जयन्तको हातको लगाम बेसम्हाल भयो । उसको हातबाट लगाम छुट्यो र ऊ घोडाबाट लडेर भीरबाट निक्कै तल खस्योे ।

त्यो बज्राइले जयन्तको टाउको फुटयो, जीउका हाडखोड टुटे । ऊ बेहोस भएर भुइँमा ढल्यो । प्राण जाने अवस्थामा बाटोमा अलपत्र फालिएको जयन्तलाई बटुवाले अस्पताल पु¥याए । निक्कै समय ऊ अस्पताल बसेपछि उसलाई केही निको त भयो तर ऊ जीवनभरका लागि अपाङ्ग भयो ।


Tags: घोडसवारजनमतलघुकथासिर्जना शर्मा
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – ११

पछिल्लो पोस्ट

हिन्दू पनि अब जाग्दैछ

सिर्जना शर्मा

सिर्जना शर्मा

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
हिन्दू पनि अब जाग्दैछ

हिन्दू पनि अब जाग्दैछ

नेपाली हाइकुको विधि विधानमा आक्रमण

नेपाली हाइकुको विधि विधानमा आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वसन्तपुरमा ठड्याइयो य:सिं

वसन्तपुरमा ठड्याइयो य:सिं

११ बैशाख २०८१, मंगलवार
देशको नक्सा

देशको नक्सा

१० बैशाख २०७८, शुक्रबार
साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

१० बैशाख २०८०, आईतवार
मुक्तक सागर सम्मान सरूभक्तलाई

मुक्तक सागर सम्मान सरूभक्तलाई

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक