म सानो हुने बेला देखी नै हामी सुत्ने कोठा को भित्र अर्को कोठामा आमाको ठूलो सन्दुक राखीएको थियो । त्यस सन्दुक भित्र आमाले सानो डालि भरी आफ्नो सुन चादीका गर गहना राख्नु हुन्थ्यो । सेतो रुमालमा बाहिर जाने बेला लगाइने कपडा पनि पोको पारेर राख्नु हुन्थ्यो । त्यसै सन्दुक भित्र आमाले भान्छामा चाहिने मर मसला तेल घ्यु चिनी आदि चिज लगायत राख्नु हुन्थ्यो ।
हाम्रो घरको पहिले देखि नै भान्छामा चाहिने हरेक कुरा आमाले नै झिकिदिने चल्न थियो । आमाले झिकिदिएको सामानहरू लिएर भाउजु खाना बनाउनु हुन्थ्यो । म चाही आमाले कति बेला सन्दुक खोल्नु हुन्छ भनि कुरेर बस्थें ।ध्यु खान पाइने आसामा ।
आमाले त्यहीं बेला नबोलि हातको इसाराले बोलाउनु हुन्थ्यो म दंग परि आमाको नजिकै गएर हात थाप्थे । सिङमाङ बाट एक थुर्पी घ्यु झिकेर दिनु हुन्थ्यो म दंग परेर अरुले देख्लान भनि कुना तिर लुकेर खान्थे । यसरी नै चलिरहेको थियो ।
मेरो विवाह भयो र भाउजुको पनि बच्चा जन्म्यो । घर रमाईलोसंग चल्दै थियो । केही समय पछि भाइको बिवाह भयो । बिवाह भएको केही दिन पछि आमाको सन्दुक त्यो ठाउ बाट निकाली त्यहा आफ्नो दराज राखेछ । त्यो दृश्य हेर्न नसकेर आमाले आखा बाट आसु झार्दै आफ्नो बालाइ सम्झि मन मनै भन्नु भएछ बा तपाई कति खुसी हुनु भएको बेला दिनु भएको यो सन्दुक तपाईले राखिदिएको ठाउबाट त्यो सन्दुक आज हटाइए भनेर रुनु भएछ । केही समय पछि म आमा लाइ भेट्न माइती गए आमा आगनको डिलमा बसि रहनु भएको थियो । म रमाउदै आमा नजिकै पुगे आमा को अनूहार मलिनो देखें। आमा के भयो भनेर सोधे , आमाले रुदै भन्नु भयो
हेर नानी
यो सन्दुक मेरो बाले कति खुसी हुनुभएको बेलामा दिनु भएको हो तिमी हरुलाइ के थाहा ?
पहिले पहिले छोरीले बच्चा नजन्माएसम्म घर हुदैंदै भन्थे । मैले तेरो दाजुलाइ जन्म दिए पछि सुत्केरी पालेर घर फर्कंदा बाले खुसी भएर यहीं रखिदिएर जानु भएको । त्यति बेला मेरो बा कति खुसी हुनुभयो
तिमीहरु जत्तिकै प्यारो छ यो मेरो सन्दुक भन्दै सन्दुक देखाई रुनु भयो सन्दुक तल रहेछ । म पनि भक्कानिए । मन मनै सोचे एक पटक आमालाइ सोधेको भए पनि हुन्थ्यो नि ?
अब मैले के भन्नु
मेरो कुरा कस्ले खान्छ र यहा
आमालाइ फकाउदै भने
नरुनु आमा यो समयको माग हो हामीले यस्लाई सहने सक्ती निकाल्नु भन्दै सम्झाए । आमा रुदैं हुनुहुन्थ्यो, आफ्नो सन्दुकलाई हटाइएको पीडामा । मसन्दुकलाई नियाली रहें, मैले आमाको स्नहे, माया सबै त्यहिं देखें ।