ठीक त्यस्तै गरी
फलामे पर्खालभित्रको सौन्दर्यहीन पोखरीका
खडेरीग्रस्त प्रमुख माछालाई दान गर्न
हातहात लिएर धाइरहेका छन्
मस्यौरा, भुजिया टोपीभित्र लुकाएर
एकपछि अर्को छलाङ् हाल्दै
वीर्यद्वारकै छेउमा मुख वाउँदै छन्
वीर्य स्खलन हुने समय पर्खंदै
सुन्दर नगरीको प्राचीन पोखरीमा
सीमित दायरा, सीमित हावा
सीमित घाम–पानीभित्र
असफल छलाङ हाल्दैछन्
मुठ्ठीभर सिद्धपोखरीका माछाहरू
मदारीका इशारामा नाच्ने बाँदरझैँ
सस्तो मनोरञ्जन दिँदैछन्
विना शुल्क
मूक, त्रसित मनहरूलाई
नवयौवनाहरूको चित्ताकर्षणको केन्द्रविन्दु
भनौँ थकित, विकृत
खुल्ला आकाशका बन्दीहरूको
क्षणिक मन बहलाउने स्रोत
सिद्धपोखरीका माछाहरू
अविजित परम्पराका धनी
सफल प्रतिगमनका सक्कली खोलभित्रका
नक्कली अनुहारको प्रतीक
रूढीवादको अनुपम नमूना
प्रेममिलन विन्दु सिद्धपोखरीमा
यौवनका उन्मत्त उच्छवास पोख्दै
आफ्ना उत्तेनाका चारा
तप तप चुहाइरहेका छन् युवाहरू
नगरवधु कुमारी माछाको गर्भभित्र
अन्धकारलाई आँखा चिम्लेर
मुट्ठिभर भ्रान्तिप्रिय
कथित अग्रगमनका मतियारहरू
टेनटेक्सको बलमा
पूर्ववत बलात्कार गर्दैछन्
सिद्धपोखरीको खुल्ला सिँढीमा
पश्चिमका घामहरू
भियग्राले दिएको उन्मत्तताले
पटकपटक बलात्कार गर्न
ठीक त्यस्तै गरी
फलामे पर्खालभित्रको सौन्दर्यहीन पोखरीका
खडेरीग्रस्त प्रमुख माछालाई दान गर्न
हातहात लिएर धाइरहेका छन्
मस्यौरा, भुजिया टोपीभित्र लुकाएर
एकपछि अर्को छलाङ् हाल्दै
वीर्यद्वारकै छेउमा मुख वाउँदै छन्
वीर्य स्खलन हुने समय पर्खंदै
कहिले अघाउने होलान्
सिद्धपोखरीका माछाहरू ????? ………