ऊ सेताम्य कपाल फुलिसकेका घीन लाग्दा¬बूढाहरूको हातमा बेचिई । उमेर नपुगेका उत्ताउला केटाहरूको हातबाट जथाभावी गिजोलिई । आफ्ना पतिव्रता स्वास्नीहरूसँग अतृप्त लोग्नेहरूको खेलौना बनी र हात परेको केही रुपियाँलाई हेर्दै आफैलाई धिक्कारी — “धत्तेरी ! मसँग बेच्नको लागि आफ्नो शरीरभन्दा योग्यअर्को चिजकिन छैन् ?”
थकित शरीरले ऊ घर फर्की र कमाएको पैसा बेरोजगार लोग्नेको हातमा राखिदिई । लोग्नेले खुशीसाथ रुपियाँ खल्तीमा हाल्यो र हार्दिकतामा उसलाई अँगालो हालेर खुल्ला हृदयले माया गर्यो । लोग्नेको माया पाएर ऊ झन् विव्हलबनी — ‘थुक्कम यस्तो मरिमेट्ने लोग्ने हुँदाहुँदै मैले आफुलाई ठाउँ कुठाउँ लिलाम गर्नुपरेको छ ।’
उसको आँखा रसायो र लोग्नेको चौडा छातीमा टाउको जोतेर मनमनै प्रार्थना गरी —“मलाई माफ गर मेरा प्र्यारा …. तिमीलाई खुशी राख्न चाहन्छु र कामको बहानामा बेचिन जान्छु …!”
सधैंको उही पुरानो अवस्थाले लोग्नेको अभिमानमाअलिकचोट लाग्यो र लज्जापूर्ण आवाजमाआफ्नो दयनीयता दर्शायो — “सधैं स्वास्नीको कमाई मात्र लिनु र आफू कमाउन नसक्नु पनि ….!”
उसले विचलित लोग्नेलाई झन् विचलित भएर हौसला दिई । तातो पाखुरा उसको घाँटीमा बेरेर पवित्र मन भरिको माया दिई — “किनत्यस्तो भन्छौ मेरो हजुर … एक न एक दिन त गतिलो काम पाइ हाल्छौ … तिमीलाई खुशी राख्न चाहन्छु … मेरो आफ्नो देख्न चाहन्छु र म काममा जान्छु — तिमी नै यसरी निराश भयौ भने मैले कसको निम्तिकामगर्नु ?”
भोलिपल्ट फेरि आफूले जानेको जस्तै भद्दा श्रृंगार गरेर काममा निस्किई ।
एउटाआयो सस्तोमा बोहनी गर्यो । अर्को आयो, उधारो चलायो । तेश्रो आयो भएको रुपियाँ पनि मागेर लग्यो ।
“आजको दिन किन यस्तो खराब छ ?” उसले थाकेको मनले साँझ सम्म गतिलो ग्राहक पर्खी । लामो पर्खाइ पछि कोही खल्ती भरि रुपियाँ बोकेर आयो ।
एैया …. ! आफूले प्राण भन्दा प्र्यारो ठानेको मान्छेबाटै यत्रो पीडादायक धोका ?उसको लोग्ने काम खोज्दैन र उसैले कमाएको रुपियाँ बोकेर उसैकहाँ …?