आजसम्म गरेका
संवादहरु भन्दा फरक
मैले रिसाएर पोखेका
आक्रोशहरु भन्दा भिन्न
मायामा सुस्तरी बोलेका
मायालु शब्दहरु भन्दा भिन्नै ।
हो, आजसम्म
मैले सुनेका र बोलेका
आवाजहरु भन्दा एकदमै फरक
कोलाहल र क्रन्दन भन्दा
बिल्कुलै अलग
अझ, सुमधुर संङ्गीतभन्दा प्रिय छ
एक्लै बसेर मैले गरिरहेको
मौन – संवाद ।
एक्लै बसेर
आफैसंग गफ गर्नु
आफैमा हराउनु
अनि यो जीवन
र आफुलाई बुझ्नु नै हो
मौन – संवाद ।