दुख्छ मानिसको नदुख्ने छाती
यति कोलाहल
यो विभत्स
त्यहाँ घाम
र यहाँ म
उनको पोटिलो शरीर
तर उनको पातलो शरीर
सारै प्रिय म यो मेरो जिन्दगीको
कठोर सत्य र
मात्र विकल्पमा
उनलाई अँगाली राखेको छु ।
अब लाग्यो –
दिन भए पनि उस्तै
रात भए पनि उस्तै
मायाका ती अविरल छालहरू
अनन्त मानौं सुक्न आँटेका ग्लानीहरू
अहिले दुखिराखेको छ
यहाँ भित्रभित्रै ।