राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा जनमत मासिकका प्रधान सम्पादक तथा विशिष्ट साहित्यकार मोहन दुवाल सम्मानित भएका छन् । पाटन दरबार क्षेत्र ललितपुरमा‘राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल’ले आयोजना गरेको उक्त कार्यक्रममा अग्रज स्रष्टा र विशिष्ट लेखकका रुपमा मोहन दुवालको सम्मान भएको हो । साहित्यकार मोहन दुवाललाई ‘इतिहास÷संस्कृतिविद् स्व. ज्ञानमणि नेपाल स्मृति सम्मान–२०८१’ बाट सम्मानित गरिएको हो ।
साहित्य सिर्जना सहित बहुआयामिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत कृयाशील दुवालले समाज परिवर्तनमा योगदान दिए बापत अभिनन्दन गरिएको ‘राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल’का संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले बताए । मोहन दुवाल ६ दशक देखि लेखन, साहित्य र साहित्यिक पत्रकारितामा सक्रिय छन् ।
उक्तकार्यक्रममा स्रष्टा दुवालसँगै स्रष्टाहरु प्रा.डा. राजेन्द्र विमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका लेखक व्याकुल माइला लगायत सञ्चारकर्मीहरु अखण्ड भण्डारी, त्रिभुवनचन्द्र वाग्ले, गोपीकृष्ण ढुंगाना, नवराज बजगाईं (काभ्रे) लगायत अन्य स्रष्टा र पत्रकारहरु पनि सम्मानित गरिएको थियो ।