खेल्दै-खेल्दै आँगनमा अबेर आइपुग्छ घाम
र माइतबाट घर हिँडेकी आइमाई झैँ
हतारहतार गैजान्छ आफ्नै बाटो
अबेरसम्म सुतिरहेछ पहाड
सेतो सिरकभित्र
शीतको झ्याल आधा उघारेर
हेर्दैछन् उज्यालो खोज्दै कमिलाहरू
हरियो स्वेटर लगाएका रूख लुगुलुगु काँपिरहेछन्
र म छु एकान्त एक्लै
चिसो सम्झनाको गलबन्दी बेरेर
कवि मनको कुत्कुत्याउने कल्पना कुइरोमा सपना सयर सुन्दर छ, स्वादिलो छ।
सुन्दर कविता ।