जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘एक्काइसौं शताब्दी’को चर्चा : शताब्दी घरमा

जनमत जनमत
प्रकाशित १२ चैत्र २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
‘एक्काइसौं शताब्दी’को चर्चा : शताब्दी घरमा

एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ’शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ।

लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि- विश्व कै प्रसिद्द र धेरै पढिने पत्रपत्रिकामा छापिएका जानेमानेका/ प्रभावशाली लेखक तथा चिन्तकहरुले लेखेका १० अङ्ग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।

निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ ? प्रविधिले निम्त्याउन सक्ने खतरा बारे हरारीको चेतावनी, यानिस भारुफाकिसको प्रविधि सामन्तबादको कारण विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावको भबिश्यबाणी, बाराक ओबामाले एच.बि.सि. युनिभर्सिटी उतिर्ण गर्ने विधार्थीहरुलाई दिएको संसार बदल्ने शक्तिशाली भाषण, भारतका राजनीतिक पत्रकार धिरेन्द्र के. झाले राष्ट्रिय स्वयम संघ (आर.एस.एस) ले तत्कालिन जर्मनको तानाशाही शासक हिटलरको नाजीबादसँग कसरी सरोकार राख्दछ वा उसको कार्यशैलीलाई कसरी अनुसरण गर्न खोजे भन्ने धारणा कार्यक्रमका बिच रोहेज खतिवडा र दीपक सापकोटाले परिचर्चा गरे ।

त्यस्तै वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षका बारे सहजकर्ता पत्रकार दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए ।

बेलायती पत्रकार पल म्यासनको पुजीबाद मर्दैछ भन्नेमा दिएको ३ कारणको व्याख्या र त्यसलाई पुष्टि गर्ने अन्य तर्क, ईरानका मार्क्सबादी बौद्दिक मन्सुर हेक्मतले अन्तर्वार्तामा मार्क्सबाद अनुरुपको समाजबाद विश्वमा अहिलेसम्म कतै नआएको भन्ने बौद्दिक धारणा अघि सारेको भन्दै २१ औँ शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ–राजनीति र राजनीतिमा पारेको प्रभावबारे कार्यक्रममा विमर्श गरियो।

किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन् ।

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखापर्छ । यद्यपि, यसको सबैभन्दा महत्त्वपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखा परेका संकट र विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।

विमर्श कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो। कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्। इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।

कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुबीचमा मात्र होइन, देश-देशबीचको असमानता पनि अकल्पनीय रुपमा बढिरहेको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौँ।’

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा पत्रकारिता र काव्य कर्मलाई सँगै डोर्याउँदै आएका कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गरेका थिए।


अघिल्लो पोष्ट

कविडाँडा राष्ट्रिय नाटक विमर्श सम्पन्न

पछिल्लो पोस्ट

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

चिन्नै सकिएन !

चिन्नै सकिएन !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

२४ फाल्गुन २०८०, बिहीबार
यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

२३ फाल्गुन २०७८, सोमबार
नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

२३ फाल्गुन २०७८, सोमबार
अन्धकारभित्रको अन्धकार – ८

अन्धकारभित्रको अन्धकार – ८

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक