सामना म्यूजिक क्रियशन , नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले सम्मान गरिएको छ । क्रियसनले यस बर्षदेखि साहित्य क्षेत्रमापनि राष्ट्रिय साधना साहित्य सम्मान प्रदान गर्न शुरू गरेको हो ।
“डा. पुडासैनीले लामो समयदेखि अनवरत रूपमा नेपाली भाषा , साहित्य, कला र सामाजिक, आर्थिक, भौगोलिक तथा सांस्कृतिक क्षेत्रको सँरक्षण, सँबर्ध्दन र स्तर उन्नति गर्न अतुलनीय रूपमा समाजोपयोगी कार्यमा गरिरहनुभएको योगदान अतुलनीय र अनुकरणीय भएकोले राष्ट्रिय साधना साहित्य सम्मान अर्पण गरिएको हो “ -सामना म्यूज़िक क्रियसनले जनाएको छ ।
सामना म्यूज़िक क्रियसन , नेपालले हरेक बर्ष सिनेमा निर्माण, निर्देशन ,अभिनय , गीत लेखन , छायांकन जस्ता बिधामा प्रतिस्पर्धा गराई उत्कृष्ट ठहरिएका सिनेमा र स्रष्टाहरूलाई बि. स. २०७५ देखि सामना म्यूज़िक एवार्ड प्रदान गरिँदै आएकोमा गत बर्षदेखि सो को अतिरिक्त नगद पुरस्कार सहित सामना म्यूज़िक रिवार्डपनि प्रदान गर्दै आएको छ । सामना म्यूज़िक क्रियशनलेनै नेपालमा पहिलो पटक गीत सँगीत र सिनेमा क्षेत्रमा एवार्डको सट्टा रिवार्ड प्रदान गर्न शुरू गरेको हो ।