जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

अमर गिरी : एउटा वैचारिक कवि

टीकाराम उदासी टीकाराम उदासी
प्रकाशित १७ माघ २०८०, बुधबार
सर्जक बिशेष भित्र
0
अमर गिरी : एउटा वैचारिक कवि

अमर गिरी समकालीन नेपाली प्रगतिवादी कविता क्षेत्रका एक सुपरिचित प्रतिनिधि कवि हुन् । तीसको दशकदेखि आजपर्यन्त निरन्तर कविता लेखनमा सक्रिय गिरी एक प्रखर विचारक, साँस्कृतिक चिन्तक तथा कुशल वक्ताका रुपमा समेत स्थापित छन् । उनले दाङको जनपक्षीय पत्रकारिता, साहित्यको संस्थागत उन्नयन र वामपन्थी राजनीतिका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । प्रगतिशील लेखक सङ्घ, दाङ शाखाका संस्थापक अध्यक्ष हुँदै समयक्रममा त्यसको केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका गिरी राप्ती साहित्य परिषद्का अध्यक्ष तथा गाउँघर साप्ताहिकका सम्पादक पनि रहिसकेका छन् । त्यसबाहेक उनले चलचित्र विकास बोर्ड र नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर पनि देशको कला, साहित्य र संस्कृतिको संरक्षण तथा उत्थानका लागि सिर्जनात्मक काम गरेका छन् । उनले जीवनमा माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मका धेरै विद्यार्थीहरुलाई शिक्षण—प्राध्यापन गरेर आफूमा भएको ज्ञानलाई बाँडेका छन् भने विभिन्न अवसरमा आफ्ना वैचारिक चिन्तन र विश्वदृष्टिकोणलाई कलात्मक अभिव्यक्तिमा प्रस्तुत पनि गरेका छन् ।

अमर गिरीले प्रगतिवादी नेपाली समालोचना, साँस्कृतिक निबन्ध र माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । उनी मूलत: एउटा वैचारिक जनपक्षीय कवि हुन् । खासगरी प्रखर वैचारिक चेतना र कलात्मक सौन्दर्य दुवैको सुन्दर संयोजन गरी कविता लेख्ने गिरी आजका सिर्जनशील हस्ताक्षर हुन् । कवि गिरीका कवितामा पाइने प्रवृत्तिहरुमध्ये वर्गचेतनाको अभिव्यक्ति सबैभन्दा महत्वपूर्ण प्रवृत्ति हो । उनले अधिकांश रचनाभित्र समाजमा हुनेखाने वर्गले हुँदा खाने वर्गमाथि गर्ने विविध प्रकृतिका शोषण, अन्याय र ज्यादतीहरुलाई सजीव रुपले चित्रण गर्नुका साथसाथै त्यसबाट उनीहरुलाई उन्मुक्ति प्रदान गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् । उनले रचनामा गरिब किसान, मजदुर र कमैयाजस्ता दीनहीन जनजिन्दगीहरुप्रति गहिरो सहानुभूतिका साथसाथै उनीहरुको श्रम, मेहनत र परिश्रमप्रति उच्च सम्मान भाव पनि प्रकट गरेका छन् । उनले कवितामा सामाजिक न्याय, विद्रोह र परिवर्तनका आकाङ्क्षाहरुलाई प्रखर रुपले अभिव्यक्ति दिएका छन् । उनका सबै कालखण्डमा रचिएका कविताका सङ्ग्रहहरु यसका विश्वासिला साक्षी बनेका छन् । उनी निरङ्कुश पञ्चायती व्यवस्थादेखि छयालिस सालको राजनीतिक परिवर्तनपछि आएको प्रजातन्त्र अनि बैसठ्ठी त्रिसठ्ठी सालको ऐतिहासिक परिवर्तनपछिको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि पूर्ण सन्तुष्ट हुन सकेका छैनन् । समाजको वर्गचरित्र र त्यसले सिर्जना गरेको विकृत संस्कृति राजनीतिक नेतृत्वको टिठलाग्दो साँस्कृतिक चिन्तन र चरम सत्तालिप्सा, बौद्धिक वर्गको चिन्तालाग्दो भूमिका तथा आम जनताको जीवनमा भएगरेका परिवर्तनहरुले अझैसम्म ल्याउन नसकेको सुधारप्रति कविको तीव्र गुनासो अझै कायम छ । समाजको उपरी संरचनामा केही परिवर्तनहरु देखिएका भए तापनि आधारभूत रुपले नेपाली समाजको संरचना फेरिन नसकेकोमा उनका कविताहरुले गम्भीर सरोकार राखेका छन् । उनका प्रारम्भिक चरणदेखि आजपर्यन्तका कविताको वैचारिक भूमि क्रान्ति, विद्रोह र परिवर्तनबोधी चेतनालाई नै मुखरित गर्नु रहेको देखिन्छ । उनका कतिपय कविताले नेपाली समाजमा महामारीजस्तै दिनदिनै फैलिरहेको चरम उपभोक्तावादी संस्कृति र भूमण्डलीकरणका दुष्प्रभावहरुलाई पनि उत्तिकै प्राथमिकता दिएर प्रस्तुत गरेका छन् भने नेपाली युवाहरुको विदेश पलायनको डरलाग्लो सिलसिलाप्रति समेत टिप्पणी गरेका छन् । उनले रचनामा दिनदिनै बढिरहेको बैदेशिक हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाभिमान र अखण्डताको पक्षमा वकालत गरेका छन् भने एउटा समुन्नत देशभित्र आफ्नै पसिनामा बाँच्ने परिश्रमी जनताको सुनौला सपना साकार भएको भविष्यको परिकल्पना पनि गरेका छन् । उनका केही रचनामा आञ्चलिक परिवेश, वैयक्तिक जीवनका सन्दर्भ र स्थानीय पात्रहरु पनि आएका छन् तर तिनले अन्तत: कविको सामाजिक चिन्तन र विश्वदृष्टिकोणलाई नै प्रतिनिधित्व गर्न सफल देखिएका छन् । उनका केही कवितामा अतीतको स्मृति बिम्ब प्रस्तुत भएको पाइन्छ भने केही रचनामा जीवनका मर्म, गुनासा र सुस्केराहरु पनि प्रकट भएका छन् । उनका सबै कविता गद्य शैलीको संरचनामा छन् तर तिनमा गजबको लयचेतना र लोभलाग्दो साङ्गीतिक स्पन्दन भेटिन्छन् । उनका तुलनात्मक रुपले केही लामा कवितामा आख्यानात्मकताको स्पर्श पनि भेटिन्छ भने छोटा कवितामा भावको गम्भीर र धारिलो प्रकटीकरण । उनका अधिकांश रचनामा सार्थक बिम्ब र प्रतीकहरुको आयोजना गरिएको छ भने कतिपयमा मिथककहरुको पुनसिर्जन पनि भएको पाइन्छ । उनका रचना अलङ्कार प्रयोगका दृष्टिले पनि महत्वपूर्ण रहेका छन् । उनका कविताले समाजमा विद्यमान वहुआयामिक विकृति, विसङ्गति र विदु्रपताहरुप्रति तीखो व्यङ्ग्य पनि प्रहार गरेका छन् ।

समग्रमा कवि अमर गिरीका कविता प्रगतिवादी चिन्तनको आलोकमा नेपाली समाजको राजनीतिक घटनाक्रम, समाजमा विद्यमान सामाजिक, साँस्कृतिक, आर्थिक स्थिति तथा बदलिँदो विश्व सन्दर्भसमेतलाई हेर्ने विश्वासिला काव्यिक दस्ताबेज बन्न पुगेका छन् । उनको काव्यिक सौन्दर्य वर्गचेतनाको बलियो आधारभूमिमा उभिएको छ भने विद्रोह र परिवर्तनको रङ्गीन सपना उनको वैचारिक स्वर बनेर आएको छ । यसले नै कवि अमर गिरीलाई समकालीन नेपाली कविताका क्षेत्रमा एउटा प्रतिनिधि हस्ताक्षरको पहिचान र छबि प्रदान गर्न सफल भएको छ ।


अघिल्लो पोष्ट

साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

पछिल्लो पोस्ट

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार

टीकाराम उदासी

टीकाराम उदासी

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राजेन्द्र पहाडीका हाइकु

राजेन्द्र पहाडीका हाइकु

४ जेष्ठ २०७८, मंगलवार
प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’  चुटुक्क’ सार्वजनिक

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’ चुटुक्क’ सार्वजनिक

५ जेष्ठ २०८१, शनिबार
साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

४ जेष्ठ २०७९, बुधबार
कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक