जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

जनमत जनमत
प्रकाशित २१ असार २०८०, बिहीबार
अन्तर्वार्ता भित्र
0
कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

० तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
धवलागिरी अञ्चलको बाग्लुङ्ग बजार मेरो जन्मस्थल । घरमा पुस्तक पसल हुँदा, पसलमा बस्दा पुस्तकहरु पढ्ने गर्थे । कथाको पुस्तक, जीवनी, निबन्ध त कहिले उपन्यासहरु पढ्ने हुन्थ्यो । कथाहरु पढ्दा आफूलाई पनि लेख्न मन लाग्थ्यो । जानी नजानी कथा लेख्ने गर्थें तर प्रकाशन गर्न योग्य छ/छैन थाहा हुँदैनथ्यो । त्यसै फालिन्थ्यो । पुस्तकहरु भएको वातावरणले आफूलाई लेखूँ–लेखूँ बनाउँथ्यो ।

० साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
सानै उमेरदेखि म शिक्षिका भएर काम गरेँ । एस.एल.सी.को परीक्षा २०२१ सालमा दिएँ । नतिजा प्राप्त नहुँदैदेखि विद्यालयमा अध्यापन गर्न थालेँ । २०३२ सालमा विवाह भएर म पाल्पामा आएँ । श्रीमानको पुस्तकपसल थियो । उहाँले पत्रकारिता गर्नुका साथै साहित्य पढ्ने र लेख्ने गर्नुहुन्थ्यो । उहाँले लेखेको रचना मैले पहिले सुन्ने मौका पाउँथे । उहाँको वरिपरि साहित्यिक पत्र–पत्रिका र पुस्तकहरु हुन्थे । फुर्सदमा ती पत्रिकाहरु र किताबहरु पढ्ने गर्दथे । यो वातावरणले ममा साहित्यिक भावनाहरु उब्जाउन मद्दत गर्‍यो । मलाई लेख्न प्रेरणा दिने व्यक्ति श्रीमान विनयकुमार कसजू हुनुहुन्छ । उहाँले कथालेखन, तथा स्मरण–लेख लेख्न प्रशिक्षण दिन थाल्नुभयो । म आफू पनि प्रशिक्षार्थी भएर सहभागी हुने अवसर दिनुभयो र मैले लेख्न थालेँ । प्रशिक्षण विभिन्न विषयमा हुने गर्दथ्यो । विमा, व्यवसाय, मुटुको रोग, आइटी, भूकम्प इत्यादि विषयमा कथा लेख्न अभ्यास गराउनु हुन्थ्यो । यसले विभिन्न विषयमा अभ्यास हुन सक्यो । मलाई लेख्न सक्ने बनाउनु भएको नै विनयसरले हो । मेरो प्रेरक व्यक्ति र गुरु उहाँ नै हुनुहुन्छ ।

० साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
मेरो अध्ययन र कार्यक्षेत्र मानव अधिकार र पत्रकारिता रह्यो । यसै विषयमा फिचर लेखहरु लेख्ने गर्दथे । साहित्यमा लेख्न थालेको दश–एघारवर्ष मात्र भयो । लेख्न म बालबालिकाका लागि र किशोरहरुको लागि लेख्ने गर्छु । तर मेरो लेखाइमा मिठास र लालित्यको कमी भएको महसुस गर्दछु । मानव अधिकार क्षेत्रमा र पत्रकारितामा लेख्ने गरेकोले पनि मेरो भाषामा मिठास भर्न नसकेको हो कि भन्ने लाग्छ । विषयवस्तु जुन लिने गर्छु त्यसमा भने म सन्तुष्ट नै छु । म आफूलाई सिकारु विद्यार्थी ठान्दछु । म अभ्यासरत छु । अध्ययन र लेखन अभ्यास दुबै मेरो लागि आवश्यक ठान्दछु ।

० नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
नेपाली साहित्यमा महिला लेखिकाहरुको भूमिका र अग्रसारिता देखिन्छ नै । जति मात्रामा लाग्नुपर्ने हो त्यति लागेका छैनन् कि जस्तो लाग्छ । साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ । समाजमा भएका घटनाहरुलाई हृदयङ्गम गर्नेमा पुरुषभन्दा महिला प्रवल हुने गर्छन् जस्तो लाग्छ । विशेषगरी महिलाहरुको बारेमा लेख्दा महिलाको समस्या र अनुभूति आफूले आत्मासात गरेर लेख्ने गरिन्छ । बालबालिका, किशोर, किशोरी वृद्धवृद्धा सबैको विषयमा पुरुषले भन्दा महिला स्रष्टाले बुझ्न र महसुस गर्न अगाडि हुन्छ जस्तो लाग्दछ । घरको जिम्मेवारीले लेखन अभ्यासको कमीले पछि परेका हुन सक्छन् । विदेशी साहित्यमा महिला लेखक र चित्रांकनकर्ता पनि धेरै पाउँदछौ ।

० “साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
यो भनाइ ठीक हो । साहित्यलेखनमा कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्न सकिएन भने पाठहरुले पढ्न रुचाउँदैनन् र ग्रहण पनि गर्दैनन् । कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीपजस्तो लाग्दछ ।

० हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
धेरैजसो प्रतिष्ठानबाट पुरस्कार कार्यक्रम राखेको पाइन्छ । प्रशिक्षण, साहित्यबारे छलफल गर्ने अनुभव साटासाट गर्ने कार्यक्रम हुन सके बेस हुने थियो जस्तो लाग्छ ।

दोस्रो काम कृति प्रकाशन गरिदिने व्यवस्था भए हुन्थ्यो नि जस्तो लाग्छ । अर्को कुरा सर्वसाधारण क्रयक्षमता नभएकाहरुले किन्न सुपथ मूल्यमा छापेर वितरण गर्न सके कति बेस हुन्थ्यो जस्तो लाग्छ ।

छिमेकी मुलुक भारतमा ट्रष्ट बनाएर सस्तो मूल्यमा राम्रो स्तरीय पुस्तकहरु उपलब्ध गरेको पाउँदछौं ।

० तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
साहित्यको अध्ययन मैले गर्न पाएको छैन । शुरु–शुरुमा पढ्दा समालोचनात्मक दृष्टि राखी पढिएनछु । रहरले कहिले के कहिले के पढ्ने गर्थेँ । लेख्न थालेपछिको अध्ययन अलि फरक हुँदोरहेछ । वसन्ती, सेतो बाघ, चिसो चुल्हो पढेको सम्झना आउँछ । मदन पुरस्कार प्राप्त भएका पुस्तकहरु पनि खोजी–खोजी पढियो । स्कुल छँदा मोदनाथ प्रश्रितको पुस्तकहरु पढ्न एकदम मन पथ्र्यो । नारी बन्धन र मुक्ति, भूतप्रेतका कथा ‘चोर’ नानी उपन्यास, देशभक्त लक्ष्मी वाई, मानव, जब चल्छ हुरी, पारिजातको शिरीषको फूल, अनिंदो पहाड, मैले नजन्माएको छोरा आदि । दौलतविक्रम, गुरुप्रसाद मैनाली, मोदनाथ प्रश्रित, पारिजात, निलम निहारिका, कृष्ण धराबासी, अमर न्यौपानेका लेखन राम्रो लाग्छ ।
विदेशी लेखकमा तसलिमा नसरिन, मनोरमा जफा, रविन्द्रनाथ टाइगोर आदि मनपर्छ ।

० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
केही रचनाहरु पत्र–पत्रिकामा प्रकाशित छन् । मसँग संकलनमा छैन । कथाको रुपमा प्रकाशित पहिलो रचना ‘सासू बोक्ने बुहारी’ हो । प्रकाशित कथासंग्रहमा रहेका भनूँ कि म अलमलिंदैछु । ‘सासू बोक्ने बुहारी’ मलाई मन छोएको कथावस्तु हो । त्यसैले यही भनूँ ?

० तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
समाजमा घटेका यौन सम्बन्धमा विषयमा देखे–सुनेका धेरै घटनाहरु छन् । विनयसर र आफू मिलेर लेख्ने निर्णय गरेका ५६ घटनाहरुको टिपोट गरेका थियौं । त्यस विषयमा लेख्ने प्रयास गरुँ कि भन्ने लागेको छ । आफू अध्यापन पेशामा भएको साथै महिला अधिकारको क्षेत्रमा लाग्दा धेरै मार्मिक घटनाहरुबारे जान्ने अवसर जुट्यो । हेरुँ कस्तो हुने हो ?

० यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
लघुकथा लेख्ने रहर छ । सक्छु सक्दिनँ भविष्यमा निर्भर छ । केही थप लेख्न मन लागे तपाईंहरुसामु राख्ने नै छु । धन्यवाद !

Tags: गंगा कसजू
अघिल्लो पोष्ट

देवकोटासँग एउटा साँझको कायान्तरण

पछिल्लो पोस्ट

समय संवाद

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
समय संवाद

समय संवाद

डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

डा. भोला रिजालको पुस्तक 'सेतो कोट' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ओ. हेनरी

ओ. हेनरी

४ जेष्ठ २०७८, मंगलवार
टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

४ जेष्ठ २०८०, बिहीबार
मृत्यु जीवनको दाता हो

मृत्यु जीवनको दाता हो

४ जेष्ठ २०८०, बिहीबार
अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक