जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

हाम्रो के थिएन ?

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ४ फाल्गुन २०७९, बिहीबार
अनुवाद, निबन्ध भित्र
0
हाम्रो के थिएन ?

तर आश्चर्यको कुरा के छ भने परमाणु र प्रक्षेपणास्त्र आदिलाई देखेर आजको वैज्ञानिक तथा भौतिक प्रगतिको निन्दा गर्ने बुजर्गहरू त्यस समयका अस्त्र–शस्त्रोन्नतिको प्रशंसा गरेरै थाक्दैनन् । उनीहरू पश्चिमा जगत् त भर्खरभर्खर सफल भइरहेको छ, हाम्रा पूर्वजहरूले त उहिल्यै यस्ता वस्तुहरूमा सफलता पाइसकेका थिए भन्छन् । शत्रुको संहार गरेर फेरि आफ्नै हातमा फर्कने बाण के आजको रकेट होइन ? सुदर्शनचक्र के एटम बम र हाइड्रोजन बमभन्दा कम थियो ? रामायणमा वर्णित पुष्पक विमान के आजको वायुयान होइन ? के रेडियो, वायरलेस हामीकहाँ पहिलेदेखि नै थिएनन् ? नत्र भने कुरुक्षेत्रको लडाइँका हरेक कुरा घरमा बसेरै धृतराष्ट्रलाई कसरी थाहा हुन सक्थे ? आजका प्रसिद्ध ज्योतिषी श्री घनश्यामजी महोदयले त अझ मज्जाको कुरा गरेका छन्, अर्थात् उनको भनाइ छ— चन्द्रमामा पुग्ने तथा कृत्रिम उपग्रह छोड्ने कुरासमेत हाम्रोमा पहिलेदेखि नै विद्यमान् छन्, यस कुराको उल्लेख पनि हाम्रो शास्त्रमा छ । उनको भनाइमा रूसले दुईदुईपटक आकाशमा कृत्रिम चन्द्रमा छाड्योज्ञण् त हाम्रा लागि यो कुनै नौलो कुरो होइन; हाम्रो सूर्यसिद्धान्तमा यसबारे प्रशस्त चर्चा छ । रामचन्द्रका पिता दशरथ महाराज घोडामा आकाशको यात्रा गर्दथे तथा महाभारतको समयमा भीमसेनले हाथीहरूलाईअन्तरिक्षमा फालेका थिए । अर्थात् उनको भनाइमा चन्द्रमामा पुग्नु कठिन छैन किनभने अर्थशास्त्रमा पनि यस्तो कुरा लेखिएको छ ।ज्ञज्ञ

हाम्रो अध्यात्मवाद र धर्ममनीषीहरू एकातिर आजको भौतिक तथा वैज्ञानिक प्रगति र आश्चर्यजनक आविष्कारहरूलाई “विध्वंसकारी” भनेर निन्दा गर्छन् तथा उनीहरूमाथि व्यङ्ग्य कस्छन्, अर्कातिर आजका वैज्ञानिक र भौतिकवादीहरूद्वारा गरिएका ठूलाठूला आविष्कारहरू तथा चीजहरूको समानता आफ्नो वेद, पुराण र प्राचीन ग्रन्थहरूमा खोजीखोजीकन बताउँछन् कि यस्तो त हाम्रोमा पनि थियो, हाम्रा वेद, पुराण र यन्त्रसर्वस्व, सूर्यसिद्धान्त, आकाशशास्त्र आदि शास्त्रहरूमा यी कुराको चर्चा छ, उल्लेख छ । यी त हाम्रै आविष्कारका विकसित तथा संशोधित रूप र संस्करण हुन् एवं हाम्रै कुरा र कल्पनाका प्रतीक हुन्, इत्यादि । आश्चर्यको कुरा के छ भने ‘यन्त्रसर्वस्व’ जस्तो महŒवपूर्ण ग्रन्थ हुँदाहुँदै पनि हिन्दूहरू आजसम्म हात बाँधेर किन बसिरहेका छन् ? अथवा त्यस ग्रन्थका अनुसार केही बनाउँदा पनि बन्दै बन्दैन कि ? त्यसैले केही बनाउनुको ठाउँमा अब कुरा काट्न र कुरा गर्नका लागि त्यस कुराको उपयोग गरिँदै छ ?

विश्वका अरू प्रगतिशील राष्ट्रका अन्वेषकहरू सम्पूर्ण शक्ति लगाएर ठूलाठूला वस्तु र कुराहरूको खोज गर्छन् र तŒव पत्ता लगाएर आश्चर्यजनक वस्तुहरूको आविष्कार गर्छन् तर हामीहरू अरूका आविष्कारहरूलाई देखेर बाँधीबाँधीकन सन्दुकभित्र राखिएका पुरानापुराना शास्त्रका पोकापन्तुरा निकाल्छौँ र च्युडो र आँखीभौँबाट पसिना झार्दै त्यहाँबाट केही खोजिनिकाल्छौँ र हाँस्दै भन्छौँ—“अरे यार ! यो कुरा त हामीकहाँ पहिलेदेखि नै विद्यमान् थियो, हेर, हाम्रो केमा, यस ग्रन्थमा–उस ग्रन्थमा यसको वर्णन छ ।” यसप्रकार जहाज, वायुयान, वायरलेस, रेडियो, रेलगाडी इत्यादि, कहाँसम्म भने परमाणु (एटम) बाट शस्त्रास्त्रको निर्माणप्रक्रियाको क्रिया पनि भारतीयहरूलाई थाहा थियो भनेर बताउने गरिन्छ ।ज्ञद्द

कुनै अद्भुत कुरा देखेर हाम्रो वेद र शास्त्रमा त्यसको उपस्थितिको खोजी गर्ने बुजुर्ग अन्वेषकहरूले त कार (मोटरगाडी) ऋबच मात्रै होइन,‘कार’ शब्दसम्मलाई नितान्त वैदिक शब्द बताएका छन् ।ज्ञघ

म पनि चाहन्छु, यी सबै कुरा झुट्टा र काल्पनिक नभई प्रत्येक सच्चा होऊन् किनभने आफ्नो र आफ्नोपनप्रति सबैलाई गौरव हुन्छ । तर किताबी गौरव र पूर्वजहरूको सभ्यता र प्रगतिमा नै मस्त रहनुबाट कुनै फाइदा छैन, त्यसका केही नमुनाहरू पनि हुनुपर्दछ र त्यसको मूर्तिमान् तŒवबाट संसारलाई प्रभावित गर्न पनि सक्नुपर्दछ, अनिमात्र दुनियाँँले हामी र हाम्रा कुरामा आस्था प्रकट गर्नेछ ।

आश्चर्यको कुरा के छ भने आफ्ना पितापुर्खाका जमानाको कुनै गौरवको वस्तु छ जुन आफ्नो जाति र पुर्खाहरूले गरे, बनाए, त्यसैले त्योचाहिँ पुनीत छ तर उही वस्तु उस्तै नै वस्तु अरूको छ र अरूले गरे–बनाएका छन् भने ‘भौतिक’, विध्वंसक इत्यादि भएर निन्दित भइरहेछ ! के हामी अध्यात्मवादी थियौँ र छौँ, त्यसैले हाम्रा बाण, तरबार, बम र रकेट सबै आध्यात्मिक भएर निर्माणकारी थिए र छन् तथा भौतिकवादी हुनुका कारण अरूका कुराहरू र आविष्कारहरू सबै भौतिक भएकाले विध्वंसात्मक छन् ? योभन्दा बढी हास्यास्पद कुरा अरू के हुन सक्छ ? आज प्रत्येक वर्ष विजयादशमीको दिन रावणको पुत्ला जलाइन्छ किनभने रावणले धेरै दुष्टतापूर्ण र आततायी काम गरेको थियो । रावणलाई एक अत्यन्त दुर्जन र समाजको शत्रु मानिन्छ । रावण एक अत्यन्त शक्तिशाली र साधनसम्पन्न व्यक्ति पनि हो । उसको साथमा रथ (यन्त्रयान) र विमान पनि थिए तर रावण एक दुष्ट हुनुको नाताले उसको रथ र विमान आदि सत्कार्यमा प्रयोग हुने कुनै आशा गर्न सकिन्छ ? कदापि सकिन्न । उसले तिनलाई कुकार्यमा बाहेक सत्कार्यमा लगाएन पनि । तर रावण एक हिन्दु हो र वेदशास्त्रको पूर्ण ज्ञाता अध्यात्मवादी पनि हो । त्यसैले आफ्नो एक हिन्दूजातिको चीज हुनुको नाताले हामीलाई गौरव भएको छ । तिनका वस्तुहरू अँगालेर हामी आज के गर्व गरिरहेका छौँ भने रथ, वायुयान त हामीकहाँ पहिलेदेखि नै थिए, इत्यादि । आफ्ना वस्तुहरूमा मात्रै गर्व गर्ने आत्मश्लाघी कट्टर तथा सङ्कीर्ण हिन्दू भाइहरूसँग म सोध्न चाहन्छु— जब रावणका शस्त्रास्त्र तथा विमान आदि केही पनि खतरनाक र विध्वंशकारी छैनन् भने अचेलका ख्रुस्चेव, आइजनहावर आदिका साथमा रहेका वस्तु जस्तो कि एटम, रकेट, विमान आदि कुराहरू मात्र किन घातक र विध्वंसकारी छन् ?

हाम्रो प्राचीन ग्रन्थ पनि बडो विचित्रको चीज छ, कुनै पनि त्यस्तो कुरा छैन जे त्यसमा नहोस् । तिनका अगाडि त कुनै कुरा हुनै सक्दैन ! तिनको अस्तित्वका कारण हामी कहिल्यै पनि कसैको तल पर्दैनौँ । स्त्रीजातिले सदैव पुरुषको इसारामा चल्नुपर्छ– यदि ऊ विवाहिता छ भने पतिको इसारामा, विधवा छ भने पुत्रको इसारामा पनि तर स्वतन्त्रताका कुरा आउँछन् र संसारमा अरू स्त्रीहरूको प्रगतिको प्रशंसा हुन थाल्छ भने स्त्रीहरूको स्वाधीनता र प्रगतिका कुराहरूको पनि हाम्रा ग्रन्थहरूमा उदाहरण मिल्दछ । व्यवहारमा अछुतलाई कुवासमेत छुने छूट छैन । कहीँ जातपात, छुवाछुत आदिको भेदभावबाट मुक्त कुनै राष्ट्र वा सङ्गठनको प्रशंसा हुन थाल्यो भने प्रत्येक भनाइमा आफ्नो बढाइ गर्नेहरूका लागि हाम्रो शास्त्रमा अनेक मिसालहरू पाइन्छन् । सत्य, अहिंसा आदि पञ्चशीलका आधारमा आन्दोलन गर्ने र जातपात आदि भेदभाव हटाउने क्रान्तिकारी बुद्ध नयाँ हुन सकेन ! त्यस्तै आजका शान्तिपूर्ण सहअस्तित्व, साम्यवाद, समाजवाद र गणतन्त्रको सिद्धान्त इत्यादि कुनै पनि चीज हाम्रो प्राचीन ग्रन्थ र जातिका लागि नयाँ होइनन् ! जे चाहिन्छ त्यो पाइन्छ । जुनसुकै र जस्तासुकै उदाहरण भेटिन्छन् ! चिन्तामणिझोली र कल्पवृक्ष हाम्रै शास्त्रलाई भन्न सकिन्छ ! क्या राम्रो चीज छ—‘मार अच्छा’ त त्यो पनि छ, ‘नमार अच्छा’ त त्यो पनि छ । जस्तो खोज त्यस्तै मिलिहाल्छ ! केविधि रमाइलो चीज हो हाम्रो शास्त्र !

जसरी हाम्रा ग्रन्थ र शास्त्रहरूमा हरेक कुरा, हरेक विचार, विविध दृष्टिकोण र विभिन्न सिद्धान्त छन् त्यसरी नै हामी पनि हरेकमा छौँ । सामूहिक रूपमा हामी सबैलाई अँगाल्छौँ । कुनै एउटा विशेष स्रोतमा बग्दाबग्दै पनि आम मौकामा हामी सबै तŒवहरू ग्रहण गर्दछाँै । त्यसैले हामी कुरा–वार्तामा , वाद–विवादमा र तर्क–वितर्कमा सदैव विजयी बन्दछौँ । सम्पूर्ण शरीर तल परिसक्दा पनि हाम्रा खुट्टाचैँ माथि नै रहने गर्छन् । दुनियाँँका बासिन्दाहरूमा छानबिन गरेर हेर्ने हो भने हाम्रो नम्बर सबैभन्दा अगाडि निस्कनेछ । हामी आपसमा सदैव लडिरहन्छौँ, निर्बलमाथि आक्रमण गरिरहन्छौँ र विभिन्न विचार तथा सिद्धान्त राख्दछौँ तापनि हामी अछुतजातिका दलित वर्गलाई सदा दलितै रहन दिएर अछुतलाई नछुनमा, दलितलाई उठ्न नदिनमा र स्त्रीहरूलाई केही गहना दिएर कामिनीमात्र बनाइराख्नमा एवं तिनको हृदयमा सदैव पुरुषप्रति सेवाभाव जगाइराख्नमा सदासर्वदा एक छौँ । यसरी नै हाम्रा अछुत, दलित र स्त्रीहरू पनि हामीलाई सदैव खुसी पार्न र पारिरहनमा सदा एक छन् । हामीबीचको यो एकता कम सराहनीय विषय होइन ! हेर्नुहोस् त हाम्रो संस्कृति कति सुन्दर र हाम्रो एकता कति बलवान् छ ! जातपात, छुवाछुत, स्त्रीपुरुषमा भेद नमान्ने बौद्ध, जैन, सीख आदि सम्प्रदायका मानिस पनि बिस्तारैबिस्तारै कथित अछुतहरूदेखि टाढा बस्न थालेका छन् र नारीभन्दा नर महान् भएर ‘हामी’ हुँदै छन् । नेपालका तमाम बौद्ध त यस्तो व्यवहारमा ‘हामी’ नै बनेर ‘एक’ भएका छन् । आवश्यकता पर्‍यो भने, कुनै कुरामा विजयी हुनुपर्ने परिस्थिति आयो र आफ्नो स्वार्थ पूरा गर्नमा कठिनाइ पर्‍यो भने त त्यसको निवारणका लागि दराजमा पोथी–पुस्तक छँदै छन् : “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” वाला मनुस्मृति निकाल्नेछन् र देवीभागवत्का पानाहरू देखाउनेछन् । तब नारीसम्मानका कुरामा हामीलाई कसैले पनि जित्न सक्दैन । भगवान् रामचन्द्रले निषादको जुठो बयर खाएको प्रसङ्ग भएको रामायणको पृष्ठ पल्टाउनेछौँ, तब अछुत र उनीहरूप्रति घृणा–तिरस्कारको लाञ्छना हामीमाथि कसले लगाउन सक्नेछ ? त्यस्तै दलित तथा शोषित वर्गको मौर्यलाई उठाएर उत्पीडक दल नन्दूवंशलाई समाप्त गरेको प्रसङ्ग अगाडि सार्नेछौँ तब संसारको कुन आन्दोलन तथा क्रान्तिकारी हामीभन्दा अगाडि निस्कन सक्ला ? आजको बढ्दो साम्यवाद एवं प्रगतिशील दृष्टिकोणलाई निचा देखाउनका लागि हाम्रो “सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ।।” उक्ति नै प्रशस्त छ । त्यस्तै “समान प्रसवात्मिका जाति, सर्वं खल्विदं ब्रह्म” जस्ता अनेक यस्ता उक्तिहरूले भरिएका उपनिषद्हरू छन् जसले आजका ठूलाभन्दा ठूला राम्रा कामहरूलाई पनि लज्जित पार्न सक्छन् । मात्र पानाहरू पल्टाउनुको आवश्यकता छ ।

हाम्रा पूर्वजहरूले वायुयान, रेडियो, वायरलेस,रकेट,परमाणु बम इत्यादि आविष्कार गरेर पनि तिनीहरूका तन्त्रतरिका, विधिविधान अर्थात् फर्मुला बनाउने तरिका सायद यसकारण किताबहरूमा पूर्णरूपले राखिदिएनन् होला, ती सबै वास्तवमा संसारका लागि कल्याणप्रद छैनन्, तिनबाट मानवमनमा दुष्प्रवृत्ति र कुचिन्तन उत्पन्न हुन सक्छन्, यस्ता वस्तुहरूले मानिसलाई स्वाभाविक रूपमा हिंसा तथा आक्रमणको प्रवृत्ति र भावतिर धकेलिदिन्छन् । यो तिनीहरूको दूरदर्शिता नै हो । आज संयुक्त राष्ट्रसङ्घमा निशस्त्रीकरण सम्झौता, परीक्षण बन्द र यस्ता घातक पदार्थहरूको उत्पादनमाथि प्रतिबन्ध लगाउनका लागि १३ वर्षदेखिज्ञद्ध प्रयास जारी रहँदा पनि केही सफलता प्राप्त भएको छैन तर हाम्रा पूर्वजहरूले कुनै दबाबविना नै, कुनै पनि आपत्तिविना नै आफ्नो आम उत्पादनमाथि ताल्चा लगाइदिएका छन् । यतिमात्र होइन, ती वस्तुहरू बनाउने तरिका अर्थात् फर्मुलासमेतलाई बाँकी राखेनन् र फेरि जुन सानातिना विधिहरू बताउने एकाध ग्रन्थ बाँकी रहन गएका छन्, पछिल्ला पिँढीहरूले तिनलाई पनि लुकाएर लोप गरिदिएका छन् किनभने भारतीय मानिसहरू त प्रत्युत्पन्नमतिका छन् नि, आफ्नो प्रतिभाको बलले कतै तिनै छरपस्ट भएका साधनबाटै तिनको निर्माण नगरिदिऊन् ! किनभने बुद्धिमान्हरूका लागि इसारा नै काफी छ ! ठिकै हो, “न रहन्छ बाँस, न बज्छ बाँसुरी” भन्ने भनाइलाई कति राम्ररी चरितार्थ गरी देखाएका ? तब न निशस्त्रीकरण ! त्यसमाथि हाम्रा पूर्वजहरू आध्यात्मिक पनि त छन् । यस्ता विध्वंसात्मक वस्तुहरूलाई आफ्नो वंशपरम्परा र वंशाणुक्रममा हुन नदिनु नै उनीहरूले राम्रो ठाने होलान् । आविष्कर्ताका रूपमा आफ्नो नाम संसारमा दर्ता गराउने लोभ पनि उनीहरूमा छैन । जबकि आजका भौतिकवादी वैज्ञानिकहरू आफ्नो नाम दर्ता गराउनका लागि टाउको फुटाउँछन् ।

अन्य कुराहरूबाट पनि वायुयान बनाउने प्रविधिलाई ग्रन्थमा स्पष्टत: लिपिबद्ध नगरी एकै भएका छोटामोटा पुस्तकहरूलाई पनि लोप गरेर जानकारीलाई नै समाप्त पारिदिनुले हिन्दू विचारधाराका मानिसहरूको हित नै भएको सम्झियो होला, नत्र (उनीहरूको दृष्टिमा) यवन तथा म्लेच्छसितको संसर्गका कारण जिउँदै नर्कको हिलो उछालिँदै गरेको देखेर जुन प्रत्येक पछिल्ला दिनहरूमा ‘दु:ख, दु:खी’ भनिरहनुपरेको छ त्यो दु:ख सयौँहजारौँ वर्ष पहिलेदेखि नै हिन्दू जगत्मा हुन्थ्यो किनभने वायुयान हुनुले अवश्य नै म्लेच्छ–यवनहरूका देशहरूमा घुम्न जाने इच्छा र आकाङ्क्षा हुने थियो । धन्य छ, यसबाट आक्रमणकारी हुने प्रवृत्ति त हामीमा घुस्न पाएन वायरलेसको काम पनि महाभारतको लडाइँमा धृतराष्ट्रको कानसम्म पुर्‍याउनमै मात्र पूर्ण ठानेर त्यसलाई बनाउने तरिकालाई प्रकट हुन नदिनु पनि बुद्धिमानी नै भयो, नत्र त उहिल्यैदेखि यता–त्यताका खबरहरू लीलीकन र प्रचार गरीगरीकन प्रवृत्तिकै सर्वनाश गरिसकिएको हुन्थ्यो !

उपर्युक्त कतिपय भौतिक साधन अर्थात् वैज्ञानिक तŒव तथा अस्त्रशस्त्र कुत्सित मनोवृत्तिका उत्पादक हुन जालान् भन्ने डरले मावनमन दूषित लक्ष्यतिर धकेलिन जाने सम्भावना देखेर नै हाम्रा आविष्कारकहरूले आफ्ना आविष्कारहरू जारी नराखेका हुनन् अथवा उनीहरूका तन्त्र वा प्रविधि हामीलाई नदिएका होलान् अथवा लोप गरिएका होलान् । यदि यो कुरा सत्य हो भने के यस कुरामा हामीलाई सन्तुष्टि छ ? के हामीले गरेको दावीका सबै आविष्कारहरू साँच्चै नै यथार्थ हुन्, सूर्यजत्तिकै सत्य हुन् ? यिनीहरूबाट भविष्यको प्रवृत्ति दूषित हुने भयले उनीहरूको प्रविधिलाई पेस गरिएको छैन भने यो उनीहरूको गल्तीबाहेक अरू के सिद्ध हुन सक्छ ? अथवा यी सबै कविकल्पना मात्र हुन्; वास्तविकता केही छैन !

उपर्युक्त तीन विकल्पहरूमध्ये पहिलो विकल्प सही हो भने दु:खको कुरो छ— पुर्खाको मूर्खताको फल हामीले भोग्नुपर्‍यो किनभने यस्ता साधन अर्थात् भौतिक तŒव हामीसित नहुनुले नै हामी साधु बन्न सकेनौँ; देवता हुन सकेनौँ । काखीमा आध्यात्मिक पोथी दबाएर राख्दा पनि हातमा भौतिक छुरी छमछम नाचिरहेकै छ । टाढाटाढासम्म नभएर के भो, नजिकनजिकमा हामी लडिरहेकै छौँ । आक्रमणको व्यवहार भई नै रहेको छ । राजाहरू राज्य–स्राम्राज्य बढाउनका लागि लड्छन् त बेरोजगारहरू रोटीका निम्ति लड्छन् एवं विलासीहरू भोगका निम्ति डट्दछन् । ओह ! हामी कति धेरै घाटामा परेका छौँ : उता ब्रह्मचारी बनेर ब्रह्मप्राप्तिका भागी पनि बन्न सकेनौँ, यता असल गृहिणीका साथ रहेर गृहस्थी पनि बन्न पाएनौँ; हाम्रो यौवन त मानौँ खालि रन्डीको साथमा नै बितिरहेको छ ।

यदि दोस्रो विकल्प, आविष्कार पक्का साँचो हो भने प्रविधिलाई मात्रै जारी नराख्नु गल्ती हो । तब उनीहरूको गल्ती हाम्रा लागि दुर्भाग्यमात्र नभई हतभाग्य नै भयो ! अहो ! हामी अमृतपुत्र भएर पनि विषवाण खाईखाईकन अकालमै मरिरहेका छौँ एवं पारसमणि भएर पनि स्वर्णजलको अभावमा तड्पिरहेका छौँ । यदि तेस्रो विकल्प कविकल्पना सत्य हो भने त यो हाम्रा लागि गौरवको कुरा हो । यसबाट हामीलाई खुट्टा राख्ने ठाउँ प्रशस्त हुन्छ । यो कुरा मान्नमा हामीलाई हानि छैन, बरु नाफा नै हात लाग्नेछ । यदि यो सत्य हो भने हाम्रा पुर्खाको प्राचीन कल्पना आजका वैज्ञानिकहरू निम्ति प्रेरणा बनिरहेको छ जुन साकार भएर आज दुनियाँँको आँखावरिपरि घुमिरहेको छ । कविको कल्पना यथार्थमा कल्पना नै रहेर साँचो छैन भने के भयो त, त्यो सरासर भूmटो पनि होइन । त्यसमा सत्यको आत्मा लुकेर बस्छ, वास्तविकताको आभास विद्यमान् हुन्छ र प्रत्यक्षताको अस्तित्व रहन्छ । कविको हृदय अत्यन्त शुद्ध छ र उसको चिन्तन पवित्र, मानवीय एवं कल्याणकारी छ भने उसको निर्मल कल्पनामा साकारताको सम्भावना रहन्छ नै । त्यतिखेर ऊ वैज्ञानिकहरूका लागि प्रेरणा र आधार बन्दछ ।

यथार्थमा हामी अधिकांशत: कल्पनालाई नै सत्य दावी गरी आफ्नो गौरवबारे बढाइचढाइ बखान गर्छौं; मलाई यस्तै लाग्छ । तर वास्तविकता नहोस् तापनि कल्पना पनि कम महŒवको ममता होइन । हाम्रो गौरव त्यसबाट बढेकै छ, बढ्दछ नै । हाम्रा पोथी–पुस्तकका कुरा विशेषत: वास्तविक नभएर काल्पनिक छन् र यस्तो हुँदाहुँदै पनि भौतिक तथा वैज्ञानिक विषयमा हाम्रो ऐतिहासिक महŒव कम हुँदैन, यद्यपि हाम्रो केही विकास भएको छैन । अब पनि जुन चीजहरू हामीसँग छन्, जसको निर्माणप्रवाह हुँदै आइरहेको छ, इतिहासको आँखाबाट हेरियो भने हाम्रो गौरवगरिमा चम्किरहेको नै मिल्नेछ । यदि हाम्रो दृष्टिपात इतिहासको आधारमा छ भने त हामी के पनि पाउनेछौँ भने हाम्रो गौरव र प्रगतिको कारण अध्यात्मलाई नै मान्दै र विश्वास गर्दै यसैलाई हाम्रो पतनको जिम्मेवार पनि मान्नुपर्नेछ । हाम्रो विकासमाथि आगलागीचाहिँ अध्यात्मकै फिलिङ्गाबाट भयो ।


Tags: हाम्रो के थिएन ?
अघिल्लो पोष्ट

नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

पछिल्लो पोस्ट

वैज्ञानिक विकास

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
वैज्ञानिक विकास

वैज्ञानिक विकास

मृत्यु जीवनको दाता हो

मृत्यु जीवनको दाता हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

३ जेष्ठ २०८०, बुधबार
प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’  चुटुक्क’ सार्वजनिक

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’ चुटुक्क’ सार्वजनिक

४ जेष्ठ २०८१, शुक्रबार
राम लामा अविनाशीको‘स्मृतिका बिम्बहरू’ विमोचन

राम लामा अविनाशीको‘स्मृतिका बिम्बहरू’ विमोचन

४ जेष्ठ २०८१, शुक्रबार
विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

४ जेष्ठ २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक