तिमीले घोचिरह्यौ
म भित्र भित्रै दुखिरहेँ
मैले दु :ख मै देखेँ जीवनको रङ्ग
दुःख मै सिकेँ नयाँ पाठ ,
उत्तीर्ण गरेँ
एक अलिखित नयाँ डिग्री
प्रवेश गरेर
एक भुईँको नयाँ विश्वविद्यालय
प्राप्त गरेँ पढ्ने र भोग्ने अवसर
पीडाको सौन्दर्य शास्त्र
उत्पीडनको महाकाव्य
त्यसैले
घोचपेचका लागि
असह्य पीडाका लागि
तिमिलाई लाख लाख धन्यवाद !