चुपचाप बनाइदियौ गुपचुप बनाइदियौ
म जस्तो जोगीलाइ मौसुफ बनाइदियौ
सल्लोको खोटो थिएँ खोटै तक्दिर थियो
तिमिले छोएर खोटोलाइ धूप बनाइदियौ
ढुङ्गालाई कुँदेर भगवान बनाए झैँ गरी
बनाइदियौ मलाइ क्या खूब बनाइदियौ
मेरै मुटुले एकाएक हुलिया बदलिसकेछ
त्यो हृदयमा जब मेरो स्वरूप बनाइदियौ