जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

किताबहरूको सम्बन्धमा

म्याक्सिम गोर्की म्याक्सिम गोर्की
प्रकाशित ४ कार्तिक २०७८, बिहीबार
अनुवाद भित्र
0
किताबहरूको सम्बन्धमा

एउटा कितावको भूमिका लेखिदिन मलाई अनुरोध गर्नु भएको रहेछ । म चाहि भूमिका–लेखकका रुपमा त्यति गुण भएको मान्छे होइन । यत्रो अतिसयुक्तपूर्ण कार्य गर्ने मौका दिनुभएकोमा त्यसलाई नकार्न म अनिच्छुक छु । यसकारण सर्वसाधारण कितावहरुको बारेमा मेरो स्वविवेकका केही शब्दहरु व्यक्त गर्दै यस अवसरलाई सदुपयोग गर्ने नै छु ।

ममा विद्यमान सबै राम्रा गुणहरुको लागि म कितावहरुप्रति नै आभारी छु । मेरो युवावस्थामा समेत मैले यो महसुस गरें कि ‘मान्छेहरु भन्दा कलाकृतिहरु नै बढी उदारवादी छन् । म पुस्तकप्रेमी हुँ । मैले अध्ययन गरेको हर किताव र त्यसको रचनाकार जादुगर जस्तो महसुस हुन्छ मलाई ।

प्रगाढ संवेग र मनमोहक आत्मप्रेरणाले बाहेक अरु तरहले कितावहरुको बारेमा टिप्पणी गर्न म असमर्थ छु । यो कुरा हास्यास्प्रद जस्तो देखिन सक्छ, तर साँचो कुरो नै यही नै हो । सायद यस्तो लाञ्छना गरिने होला कि यो त एउटा जंगली असभ्य मान्छेको उत्प्रेरणा रहेछ । मान्छेहरुलाई जे भन्न मन लाग्छ भन्न दे । म लरतरो ढंगले तह लाग्ने मान्छे होइन ।

जब म हातमा एउटा नयाँ पुस्तक, चाहे त्यो छापाखानाबाट मुद्रण गरिएको होस् वा टाइप गरिएको होस्, पढ्न भनी उठाउँछु तब म यस्तो अनुभव गर्छु कि मसँग बोल्न सक्ने र अनौठो जीवात्मा मेरो जीवनमा प्रवेश गरेको छ — त्यो हो एक नयाँ प्रभु ईशुका उपदेशात्मक इच्छा पत्र, जुन संसारका कुनै पनि चिजवस्तु वा प्राणी भन्दा साह्रै जटिल र वोधगम्य छ, जुन साह्रै रहस्यमयी र साह्रै सत्कारयोग्य छ र जस्को श्रम र कल्पनाले यस संसारमा हरेक वस्तु बनाएको छ, जुन भव्य र सुन्दर छ ।

कितावहरुले जिन्दगीभर मलाई पथप्रदर्शन गर्दछन् भन्ने कुरो मलाई राम्रैसित थाहा छ । तर जीवनमा मैले पहिले कहिल्यै थाहा नपाएका र नदेखेका नयाँ नयाँ कुराहरु मलाई बताइदिने तौर तरिकाहरु ती पुस्तकहरुमा हुँदा रहेछ । एक सम्पूर्ण कितावमा एउटै मात्र साह्रै महत्वपूर्ण वाक्य बाहेक अरु कुनै कुरो खोजेर पनि नभेटिन सक्छ । तर त्यो त्यस्तो वाक्य हो, जसले तपाईंहरुको मुखाकृतिमा मान्छेको अध्ययन सम्बन्धमा झनै नजिक्याउँछ र तपाईंमा उमङ्ग अथवा खिन्नताको भाव प्रज्वलित हुन्छ ।

तारामण्डलीय लोकको वैभवशालीता, अन्तरिक्षको सामञ्जस्यतापूर्ण यन्त्रबद्धता र यस्तै अरु अरुको बारेमा यस्तो वाक्यटुता र सचित्रले बयान गरिएको हुन्छ कि त्यसबाट म न प्रभावित हुन्छु न त ममा कुनै जिज्ञासा नै पैदा हुन्छ । म यस अर्थमा प्रभावित छु कि अन्तरिक्ष त्यति रहस्यमयी र आश्चर्यजनक छैन, खगोलशास्त्रीहरुले हामीलाई विश्वास दिलाउँछन् र पुनश्च विभिन्न लोकहरुको अभ्यूदय र अन्तको कारक तत्वको सन्दर्भमा दैविक सामञ्जस्यता भन्दा अपरिचित रुपमा साह्रै महत्वहीन अव्यवस्थाहरु वा शङ्का उपशङ्काहरु देखा पर्दछ ।

आकाश गंगाको अनन्ततामा कतै एक सूर्य गायव भइसकेछ र यस्को आसपासका ग्रहहरुलाई अनन्त र अविछिन्न रातको गहिराईमा झ्वाट्टै र जोडदार रुपमा विलिन हुनुपर्ने बनाइन्छन् । हुन त यो ठूलै घटना हो र यसले मलाई बिल्कुलै प्रभाव पार्ने छैन । तर विलक्षण कल्पनाशक्ति भएको मान्छेको मृत्युले मलाई साह्रै विह्वल बनायो ।

संसारमा जे–जे चिजहरु शुद्ध र सुन्दर रुपमा भेटिन्छ, ती सबैको बारेमा मानिसहरुले परिकल्पना र वर्णन गरिसकेको छ । पछुताउनुपर्ने कुरा यो छ कि ती सबै चिजहरुमा दर्दनाक तत्वको बारम्बार सृजना गर्न र त्यसलाई क्रमागत रुपमा बढाउन मानिस आफै वाध्य हुनु परेको छ । जस्तो कि दोस्तोभोस्की, बाउडिलेयर र यस्तै अरु–अरुहरुले गरेका छन् । यसैमा पनि अरु जीवनमा जे जे कुरा दिक्कलाग्दो र घृणित छ त्यसलाई सुधार्न मन लाग्छ ।


Tags: जनमतम्याक्सिम गोर्की
अघिल्लो पोष्ट

भोकाएका देवता

पछिल्लो पोस्ट

समय चिन्तन

म्याक्सिम गोर्की

म्याक्सिम गोर्की

चर्चित उपन्यास ‘आमा’का लेखक म्याक्सिम गोर्की विश्वप्रसिद्ध साहित्यकार हुन्। उनको जन्म सन् १८६८ मा रूसको निझनीनभ्गरोदमा भएको थियो। गोर्की चार वर्षको हुँदा यिनका पिता माक्सिम बेस्कोभको निधन भयो। उनी सात वर्षको हुँदा यिनका आमा भार्भारा पेस्कोभ पनि बितिन्। गोर्कीको बाल्यककाल निकै गरिबी र दुःखमा बित्यो। हजुरबाले लुगा रंग्याउने पेसा गर्थे। त्यो नचलेपछि खान लाउनको पनि समस्या प¥यो। विरक्तिएका गोर्की आठ वर्षको उमेरमै कामको खोजीमा घरबाट हिँडे। यिनले जुत्ता सिउने काम पनि गरे। अभिभावक नभएपछि गोर्की फिरन्ते जीवन बिताउन बाध्य भए। उनी धेरै ठाउँमा मानिसहरूको घरेलु बाल कामदार पनि बने। घरायसी काम भुइँ पुछ्ने, लुगा धुनेदेखि भाँडासम्म माझे। उनले स्कुलको मुखसम्म देखे। तर गरिबीको कारण नियमित स्कुल जान पाएनन्। गोर्कीमा अध्ययनको भोक तीव्र थियो। लेखपढ गर्न सक्ने भएपछि प्रसिद्ध लेखकहरूका पुस्तक अध्ययन गर्ने रुचि पलायो। स्वअध्यनपछि यिनी सानै उमेरमा परिपक्व भए। घुम्दै फिर्दै समाज बदल्न चाहने अगुवाहरूसँग यिनको संगत बढ्यो। लेखनसँगै जार शासनबाट मुक्ति चाहने राजनीतिक पार्टीमा समेत यिनी सामेल भए। गोर्कीले लेखक कोरालेङकोबाट प्रेरणा पाएका थिए। गरिब परिवारमा जन्मिएका गोर्कीले आफ्नो जीवनका यथार्थ समेटेर धेरै कथा, उपन्यास लेखे। महान् समाजवादी लेखक म्याक्सिम गोर्कीले आफ्नो जीवनमा धेरै पुस्तहरू प्रकाशित गरेका छन्। १९०८ मा प्रकाशित ‘आमा’ उपन्यास गोर्कीको सबैभन्दा महत्त्वपूर्ण कृति हो। यो उपन्यास ५० भन्दा बढी भाषामा अनुवाद भएर प्रकाशित छ। यसको करोडौं प्रति बिक्री भएको छ। गोर्कीका अन्य उपन्यासमा तीन मान्छेहरू (१९०१), अर्फान पाउल (१८९४), फोमा गर्डियभ (१८९९), थ्री अफ देम (१९००), स्वीकारोक्ति (१९०८), आस्रामोनोभिख व्यवसाय (१९२५) हुन्। त्यस्तै, द लाईफ अफ अ युजलेस म्यानरद स्पाई (१९०७), अ कन्फेसन (१९०८), ओकुरोभ सिटी (१९०८), द लाइफ अफ मात्भी कोजेम्याकिन (१९१०), द आर्टामोनोभ बिजनेस (१९२५) आदि उपन्यास हुन्। गोर्कीका आरामप्रिय नागरिकहरू (१९०२), निकृष्ट खाल्डो (१९०२), ग्रीष्मकालीन जनता (१९१५) आदि नाटक लेखे। उनका प्रसिद्ध कथाहरूमा नुनिलो सिमसारमा (१८९३), बाजेको गीत (१८९५), आँधीमय पेत्रेल चराको गीत (१९०१) हो। उनले मेरो बाल्यकाल (१९१३), मेरा विश्वविद्यालयहरू आदि आत्मकथा लेखेर विश्वसाहित्यलाई समृद्ध बनाएका छन्। । केही कमाइ भएपछि प्रकाशन संस्था पनि खोले। दुःखी गरिबका कथा लेख्न रुचाउने लेखक गोर्की आफ्ना रचनाका कारण अहिलेसम्म पनि जीवित छन्।

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
समय चिन्तन

समय चिन्तन

माला फोविया

माला फोविया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

३ जेष्ठ २०८०, बुधबार
कविताका कवि हरिभक्त कटुवाल

कविताका कवि हरिभक्त कटुवाल

३ जेष्ठ २०८०, बुधबार
डुंगाको इरेजर

डुंगाको इरेजर

३ जेष्ठ २०७८, सोमबार
यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक