जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विश्व साहित्य

साहित्यमा रोमान्सेली आन्दोलन

योगेन्द्र तिमिल्सिना योगेन्द्र तिमिल्सिना
प्रकाशित २७ भाद्र २०७८, आईतवार
विश्व साहित्य भित्र
0
साहित्यमा रोमान्सेली आन्दोलन

रोमान्टिसिज्म वा रोमान्सवाद वा स्वच्छन्दतावाद अठारौँ शताब्दीको अन्त्यतिर साहित्य, कला र सङ्गीतको क्षेत्रमा शास्त्रीय लेखन प्रवृत्तिको विरोधमा जर्मनीमा प्रारम्भ भएको एउटा आन्दोलन हो । अठारौँ शताब्दीको मध्यतिर युरोपमा भएको औद्योगिक क्रान्तिबाट सिर्जित जटिलता र यान्त्रिकीकरणले समाजमा पारेको नकारात्मक प्रभावको प्रतिक्रिया स्वरुप यो आन्दोलन प्रारम्भ भएको थियो । सन् १८५० सम्ममा यो आन्दोलन युरोपभर उचाइमा पुगी सकेको थियो । रोमान्सेली आन्दोलनले स्वच्छन्द र कलात्मक सिर्जनशिलता, एकान्त र प्रकृतिको उन्मुक्त वर्णन तथा अभिव्यक्ति स्वतन्त्रतामा जोड दिन्छ । क्लासिकल साहित्य बढी वैयक्तिक, पूर्व निर्धारित मापदण्ड र भाषाशैलीको प्रयोग गरी औपचारिक रुपमा लेखिने वस्तुपरक अभिव्यक्ति हो भने रोमान्सवादले स्थापित मापदण्डहरुबाट उन्मुक्त बन्दै अनौपचारिक, स्वच्छन्द वैयक्तिक भावप्रवाहलाई महत्व दिन्छ ।


सन् १७७० मा २१ वर्षे योहान वल्फगाङ भोन गोएट जर्मनीको स्ट्रास्बुर्ग शहर गई त्यहाँको विश्वविद्यालयमा कानुन र औषधी विज्ञान सम्बन्धी अध्ययन गर्न थाले । त्यसैवेला योहान गटफिट भोन हेर्डर भन्ने जर्मनेली युवकसँग गोएटको भेट भयो । हेर्डर कवि र दार्शनिक थिए । उनी कवितालाई मानवजातिको जातीय भाषा भनेर सम्बोधन गर्थे । हेर्डरले बेलायतमा लोक साहित्य, खास गरी शेक्सपियर बारे विभिन्न लोकगीतहरु सङ्कलन गरे । हेर्डरको यस कार्यबाट गोएट ज्यादै प्रभावित भई उत्साहित भए । हेर्डरको विचारमा पुराना कविताहरुले मानवजातिको इतिहास र आध्यात्मिक दृष्टिकोण प्रस्तुत गर्ने हुँदा तिनको अनुवाद गर्नु उचित भए पनि अनुकरण भने गर्नु हुँदैन भन्ने थियो । उनी भन्थे, कविताहरुमा राष्ट्रिय प्रतिभाको उन्मुक्त अभिव्यक्ति र जर्मनेली माटोको सुगन्ध आउनु पर्छ । यस्ता विचारधाराले जर्मनेली शास्त्रीय परम्परामाथि बज्र प्रहार गर्‍यो । त्यसैवेला हेर्डरले सुप्रसिद्ध फ्रान्सेली लेखक तथा दार्शनिक जाँ ज्याक रुसोसँग भेट गरे । सामाजिक सम्झौता (कन्ट्र्याक्ट सोसियल) रुसोको विश्वविख्यात कृति हो । उनी के स्पष्ट गर्न चाहन्छन् भने मानिस स्वतन्त्र जन्मन्छ, एउटा मानिसको स्वरुप अरु कुनै मानिससँग मिल्दैन, तरपनि सामाजिक नियमहरुभित्र उसले बाँधिनु पर्ने हुनाले उ स्वतन्त्र बाँच्न सक्दैन । यस कृतिमा रुसो कुनै पनि सामाजिक बन्धन बिना मानिस उन्मुक्त बाँच्न सक्नुपर्छ भनी सामाजिक सम्झौता गर्न चाहन्छन् ।


महान विचारक रुसोले यस आन्दोलनको बिउ रोपेता पनि उनको मृत्यु भएपछि सन् १७७८ मा मात्र रोमान्सेली युगको प्रारम्भ भयो । प्रसिद्ध सोभियत साहित्यकार तल्सतोईले पनि आफू रुसोको शिक्षा र उदाहरणबाट प्रोत्साहित भएको भनेका छन् । रुसोलाई रोमान्सेली युगका प्रणेता भन्नु अघि शास्त्रीय र रोमान्सेली साहित्यको तुलना गर्नु आवश्यक हुन्छ । शास्त्रीयता वा क्लासिकल साहित्य सोच विचार गरी स्थापित मान्यताभित्र लेखिने औपचारिक र बौद्धिक मस्तिष्कको उपज हो । यसले रोमान्सेली साहित्यलाई असन्तुलित, केटौले र उच्छृङ्खल भनी तिरस्कार गर्छ । रोमान्सवद वा स्वच्छन्दतावाद सर्जकको उन्मुक्त धाराप्रवाह भावनात्मक अभिव्यक्ति हो । यसमा अनौपचारिक व्यक्तिगत धारणा हुन्छ । शास्त्रीयता पट्टाइलाग्दो, औपचारिक, रुक्खो र पाठकलाई प्रभाव पार्न नसक्ने हुन्छ, तर रोमान्सवादले वास्तविकतासँग कुनै सम्बन्ध नराखी कल्पनामा डुबेर पाठकलाई रोमान्चित पारिदिन्छ ।


रुसोले पुरानो तार्किक युग र सचेतताको अधिमूल्याङ्कन गर्ने पारालाई विरोध गर्दै रोमान्सेली युगलाई आफ्ना विचारहरु दिइसकेका थिए । उनको दृष्टिकोण र मतले रोमान्सेली आन्दोलनलाई राम्रोसँग प्रभाव पार्‍यो र विस्तारै साहित्यमा तार्किक युगको ठाउँ स्वच्छन्दतावादी (रोमान्सेली) युगले लियो । उनी यस्तो रोमान्सवादमा बाँचे जुन उनले आउने युगलाई समर्पित गर्नु थियो ।
उच्च मूल्यको साहित्यिक सिर्जनाको निम्ति प्रतिभा र भावनामा इमान्दारीताको सर्वोच्च महत्व हुन्छ भन्ने हेर्डरको सिद्धान्तले सन् १७७० तिर जहिँतहिँ, खास गरेर जर्मनेली विद्यार्थीहरुलाई ठुलो प्रभाव पार्‍यो । त्यसैवेला जर्मनीमा ‘आँधी र जोड’ (स्टर्म उण्ड ड्राङ्) नाउँको रोमान्सेली साहित्यिक आन्दोलन शुरु भयो । प्रतिभाशाली गोएट (१७४९–१८३२) यस आन्दोलनका अग्रणी हुन पुगे । यी दुई प्रतिभाशाली साहित्यकारका अतिरिक्त यस आन्दोलनका सक्रिय साहित्यकारहरु शिलर, क्लिङ्गर, लेञ्ज, मुल्लर, वाग्नर आदि थिए । उनीहरुले परम्परावादी शास्त्रीय प्रणालीको विरोध गरे र साहित्यमा मानवीय भावनाहरुको स्वतन्त्र अभिव्यक्ति गर्ने आन्दोलन चलाए । यिनीहरु मध्ये योहान गोएट र फ्रीडरिक शिलर (१७५९–१८०५) को प्रसिद्धि चम्केर गयो । शिलरको नाटक ‘लुटाहाहरु’ ले रोमान्सेली आन्दोलनको निष्कर्ष प्रस्तुत गरेको छ । सन् १७७३ र १७७४ मा गोएटका दुई कृति नाटक ‘गोज भोन बर्लिचिङ्गे’ र उपन्यास ‘वेर्दर’ प्रकाशित भएपछि उनी युरोपभर प्रसिद्ध भए ।
तिनताक बर्लिन पुनर्निमाणको अवस्थामा थियो र जर्मनेली साहित्यकारहरुलाई जमघट हुन प्यारिस र लण्डन जस्ता आकर्षक र भव्य नगरहरु उपलब्ध थिएनन् । त्यसैले स्ट्रास्बुर्ग, जेना र हेडेलबर्ग जस्ता विश्वविद्यालय भएका नगरहरुमा जर्मनेली साहित्यकारहरुले रोमान्सेली आन्दोलनलाई अघि बढाए । वेइमरका राजा कार्ल अगस्ट गोएटका कृतिदेखि प्रभावित भई उनलाई आफूकहाँ डाके ।
शिलरलाई फौजी स्कुलमा अध्ययन गर्न बाध्य गराइएता पनि उनले त्यसको अवज्ञा गरे । डाक्टर भएकाले उनलाई औषधी विज्ञान सम्बन्धी लेखहरु मात्र प्रकाशित गर्न छुट दिइयो । सन् १७८९ देखि उनी वेइमरको जेना विश्वविद्यालयमा इतिहासका प्राध्यापक भए । कान्टको दर्शनको अध्ययन गरी उनले दर्शनशास्त्र सम्बन्धी अनेकौँ लेखहरु प्रकाशित गरे । सन् १७९४ देखि गोएटसँग उनको प्रगाढ मित्रता कायम भयो । डिसेम्बर १३, १७९७ मा जन्मेका रोमान्सेली आन्दोलनका अन्तिम जर्मन कवि हेइन्द्रिक हेइने सन् १८३१ मा प्यारिसतिर लागे र उतै उनी प्रसिद्ध भए । गिती कवितामा चर्चित हेइनेले २५ वर्ष प्यारिसमा बिताए र ५८ वर्षको उमेरमा १७ फेब्रुअरी १८५६ का दिन प्यारिसमै उनको देहान्त भयो ।


अङ्रेजी साहित्यमा सबैभन्दा पहिले स्कटेली कवि रोबर्ट बर्नस (१७५९–९६)ले रोमान्सवादको प्रयोग गरेका थिए । रोमान्सेली आन्दोलनमा उनले भाग नलिएता पनि उनका कृतिहरुमा रोमान्सवादका आधारभूत तत्वहरु देखा परे । अर्का अङ्ग्रेजी कवि विलियम ब्लेक (१७५७–१८२७) लाई पनि यही पङ्तिमा उभ्याउन सकिन्छ । जर्मनेली साहित्यकारहरु झैँ अङ्ग्रेजी साहित्यकारहरुले सङ्गठित रुपमा अभियान चलाएनन् । अङ्ग्रेजी रोमान्सवादीहरु व्यक्तिवादी भए । उनीहरु कुनै नयाँ साहित्यिक धारणाप्रति न विरोध दर्शाउँथे न त उत्साह नै देखाउँथे, उनीहरु तटस्थ थिए । यसरी अङ्ग्रेजी साहित्यमा रोमान्सवादको स्वाभाविक विकास भएको पाइन्छ । बेलायतमा हाज्लिट, लेइ हन्ट, वर्डस्वर्थ, कलरिज, बाएरन, स्कट, शेली आदि प्रमुख रोमान्सेली कविहरु जन्मे । यस युगमा बेलायतमा पद्यको तुलनामा गद्यको त्यति विकास भएको देखिँदैन । सन् १७९८ मा वर्डस्वर्थ र कलरिजको ‘गीति काव्य’ प्रकाशित भएपछि अङ्ग्रेजी साहित्य रोमान्सेली आन्दोलनको नगिच पुग्यो । प्रकृतिलाई प्रतीक मानेर लेख्ने विलियम वर्डस्वर्थ, रोबर्ट साउदी र स्यामुएल टेलर कलरिजलाई लेक पोएट अर्थात् ‘तलाउ कवि’ भनिन्थ्यो । यिनीहरु मध्ये वर्डस्वर्थ सबैभन्दा मौलिक र प्राकृतिक सौन्दर्यको वर्णनमा सर्वोत्कृष्ट कवि थिए । कल्पना र कलात्मक सिर्जनशीलताको उपयोग गरी एकान्तपन र प्राकृतिक सुन्दरताको वर्णन गर्न भावनामा बग्नु यस वर्गका कविहरुको विशेषता थियो । यस युगका अरु रोमान्सेली कविहरुमा कीट्स, बाइरन, कलरिज, शेली प्रमुख हुन् । प्रतिभाशाली कवि जोन कीट्सले २६ वर्षको युवा अवस्थामा सन् १८२१ मै मृत्यु वरण गरे । युरोपेली प्रतिष्ठा कमाउने यस युगका अमेरिकी लेखकहरुमा वाशिङ्गटन इर्भिङ्, फेनिमोर कूपर र एडगर एलान पो हुन् ।


महान फ्रान्सेली साहित्यकार, दार्शनिक र शिक्षा प्रचारक जाँ ज्याक रुसो (१७१२–१७७८)को प्रभावबाट जर्मनीमा चलेको रोमान्सेली आन्दोलन आधा शताब्दी पछि मात्र फ्रान्समा पुन: आयात गरियो । जर्मनी र बेलायतमा रोमान्सेली आन्दोलनको अन्त्य हुन लागेपछि यो फ्रान्समा शुरु भयो । रुसोका धारणाहरुलाई अब मात्र व्यवहारमा ल्याउन शुरु गरियो । सन् १८३० देखि फ्रान्सको राजधानी प्यारिसमा यो आन्दोलन व्यवस्थित ढङ्गले शुरु भयो । फ्रान्समा साहित्यकारहरुभन्दा पहिले डेलाक्रोइक्स जस्ता रोमान्सेली चित्रकारहरु जन्मे । फ्रान्सेली रोमान्सेली आन्दोलनमा रेने द चात्युब्रियन्ड (१७६८–१८४८)को नाउँ उल्लेखनीय छ । यो आन्दोलन शुरु हुनुभन्दा अघिदेखि नै उनी एक रोमान्सेली चिन्तक थिए र उनको प्रभावबाट यो मुक्त थिएन । फ्रान्सेली आन्दोलनलाई प्रभाव पार्नेहरु मध्ये मादम द स्टील भन्ने अर्की महाशया थिइन् । उनले सर्वप्रथम रुसोको अध्ययन सम्बन्धी पुस्तक प्रकाशित गरिन् र जर्मनेली रोमान्सेली विद्वानहरुलाई फ्रान्सेली पाठक समक्ष परिचित गराइन् । सम्राट नेपोलियनसँगको असहमतीले गर्दा धेरै वर्षसम्म उनले प्यारिस छोड्नु पर्‍यो । त्यसपछिका साहित्यकारहरुमा स्टेन्दाल भन्ने फूल नाउँले लेख्ने हेनरी बिले (१७८३–१८४२) प्रमुख हुन् । त्यसपछि फ्रान्सेली रोमान्सेली आन्दोलनलाई अगाडि बढाउने बाल्जाक (१७९९–१८५०), अलेक्जान्डर डुमास )१८०२–१८७०), प्रोस्पर मेरिमी, गेरार्ड द नर्भल, भिक्टर ह्युगो (१८०२–१८८५), चोपिन आदि भए । फ्रान्समा यस आन्दोलनका अन्तिम व्यक्ति अल्फ्रेड द मुसेट थिए ।


जर्मनी, बेलायत र फ्रान्सको रोमान्सवाद रसियामा अध्ययन गर्न थालियो । निकोलस प्रथमको निर्दयी शासनकालमा रसियाली साहित्यकारहरुलाई बाँच्न कठिन थियो । सरकारी सेन्सरबिना रचना प्रकाशित गर्न निषेध थियो । यस नियमको पालना नगर्ने लेखकले साइबेरियाको निर्बासन भोग्नु पथ्र्यो । त्यसैले रसियाली साहित्यको विकास ढिलो मात्र भएको होइन, यसले केही अप्ठ्यारा परिस्थितिहरु पनि भोगेर आएको छ । रसियाली रोमान्सेली साहित्यकारहरुमा पुश्किन (१७९९–१८३७), लेर्मोन्टोभ(१८१४–१८४१) र गोगोल(१८०९–१८५२) प्रमुख हुन् ।
इटालेली साहित्यकार लियोपार्डो (१७९८–१८३७) र मनजोनी(१७८५–१८७३), डेनमार्केली किएर्केगार (१८१३–१८५५) र हन्स एन्डरसन(१८०५–१८७५) पनि रोमान्सेली साहित्यिक आन्दोलनका अभियन्ताहरु हुन् । जर्मनेली माटोमा जन्मेको यस आन्दोलनले विश्वका विभिन्न साहित्यकारहरुलाई प्रभावित पारेको छ ।
नेपाली साहित्य पनि रोमान्सवादको प्रभावबाट मुक्त छैन । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माघवप्रसाद धिमिरे रोमान्सवादबाट प्रभावित छन् ।


Tags: जनमतयोगेन्द्र तिमिल्सिनारोमान्सेली आन्दोलन
अघिल्लो पोष्ट

कञ्चन प्रियदर्शीको सालिक अनावरण

पछिल्लो पोस्ट

बालकथा लेखनबारे केही कुरा

योगेन्द्र तिमिल्सिना

योगेन्द्र तिमिल्सिना

सम्बन्धित पोष्टहरू

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन
विश्व साहित्य

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

१ श्रावण २०८१, मंगलवार
लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)
विश्व साहित्य

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

२२ माघ २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना
विश्व साहित्य

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

४ जेष्ठ २०८०, बिहीबार
पछिल्लो पोष्ट
बालकथा लेखनबारे केही कुरा

बालकथा लेखनबारे केही कुरा

इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

१ कार्तिक २०८१, बिहीबार
उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

४ जेष्ठ २०८१, शुक्रबार

हाँस्दा हाँस्दै रोकिएर प्रश्न गरें

३ जेष्ठ २०७८, सोमबार
अनिदो रात

अनिदो रात

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक