जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

देउताकै सृजनाकर्मी कालु कुमाले

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ७ श्रावण २०८१, सोमबार
कला, चित्रकला भित्र
0
देउताकै सृजनाकर्मी कालु कुमाले

कालु कुमालेको बारेमा समाचारमा सुनेको हुँ, टिभीका स्क्रिनहरूमा पनि देख्न पाएको हुँ तर प्रत्यक्ष भेट गर्न पाएको थिइनँ । यही असार १५ गते प्रेम श्रेष्ठको अगुवाइमा हात्तीवन स्थित उहाँको मूर्ति घरमा हामी पुग्न पायौँ । उहाँ अर्थात् क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले कुम्हाः। ललितपुर महानगरभित्रका गौरवशाली व्यक्तित्व कालु कुमाले राष्ट्रभित्र र अन्तर्राष्ट्रिय जगत्मा व्याप्त नाम भइसक्नु भएको छ । ९२ वर्ष पुगेर पनि कला सिर्जनामा आफूलाई लगाइरहेका सृजनाकर्मी कालु कुमाले राष्ट्रका लागि पनि गौरवकै नाम बनिसक्नुभएको छ । 

१३,१४ वर्षको छँदा नै आफ्नै बुबालाई माटोको भाँडाकुँडा बनाउने कार्यमा सघाउन सुरु गरेका उहाँले आफ्नै बुबाको निर्देशनमा माटोका सामग्रीहरू निर्माण गर्न सुरु गर्नुभयो । पछि माटोका पशुपन्छीहरू बनाउन थाले र ती सामानहरू बिक्री पनि हुन थाले । एक दिन उहाँको कलाकृति हेरेर दङ्ग पर्दै एक जना साहूजी उहाँको घरमा पुगेर मैनका सामानहरू बनाउन अनुरोध गरे मात्र होइन चाहिने जति मैन, आगो बाल्न कोइला सम्म दिने र बिक्रीका लागि सबै सामग्रीहरू किनिदिने वचनसम्म दिन आए । उक्त साहूजीको कुरा सुनेर उहाँले हौसिएर मैनका सामग्री बनाउन सुरु गर्नुभयो । 

प्रजापति थरका कालु कुमाले माटोका सामानहरू बनाउँदै आफ्नो जातीय पहिचान देखाउन परिश्रम पोख्दै आउनु हुने एक जना श्रमजीवी कलाकार हुनुहुन्छ । प्रजापति जाति नेवार समुदायमा एउटा इतिहास बोकेको जातिका रूपमा चिरपरिचित छन् । उहाँको तर्क छ — “ ‘प्रजा’ भन्नाले जनता र ‘पति’ भन्नाले संरक्षक वा मालिक भनेको हुनसक्छ ।” यिनै प्रजापति थरका ज्ञानी थकुँ र सानु कुमालेको आठौँ र सबैभन्दा कान्छो सन्तानका रूपमा वि।सं। १९९० जेठ २७ गते कालु कुमालेको जन्म भएको हो । निरन्तर आफ्नो मन कलामा पोख्दै आउनु भएकोले उहाँको श्रमले उचित मूल्य पायो र उहाँको सुर्कीर्ति फिँजिँदै देश र विदेशमा पुगेको देखिन्छ । उहाँ आज पर्यन्तसम्म आफ्नो कलामा रमाइरहनु भएको छ । जीवनको अर्थ बुझेका, बुबाको महत्त्व थाहा पाएका र कलाका पारखी रहेकै कारणले साइँला छोरा राकेशले बुढा मनले सिर्जना गरेका कलाकृतिकै घरमा आफूलाई ढुक्न लगाएर महान्–यात्रामा साथ दिँदै छन् । 

आफ्नो जीवनकालमा धेरै खालका दुःख र कष्ट भोगेका कलाकार कालु कुमालेले जीवन र जगत्का थुप्रै अनुभूतिहरू मनमा समेटेर आफूलाई धन्य तुल्याउनु भएको छ । १० रुपियाँ पैसा नहुँदा पढ्ने रहरको धोको फुकाउन नसक्दाका दुःख र कष्ट मनमा साँचेर खेतीपातीमा मन लगाउनुभयो, अनेकौँ खालका सानातिना माटाका सिर्जनाहरू गर्नुभयो पछि कसैको सहयोग पाउनु भएर धातुका मूर्तिहरू बनाउन उहाँ तत्पर हुँदै आजको विशिष्ट कलाकार कालु कुमाले हुनुभयो । मूर्ति सिर्जनाको काम गर्दागर्दै र देउताको नाम जप्दाजप्दै मृत्युवरण गर्ने उहाँको ‘इच्छा’ रहेको देखिन्छ । ९२ वर्ष पार गरेर पनि मृत्युवोध नगरीकन ‘मूर्तिवोध’ गरेर आफूलाई देखाइरहन सफल हुनुहुन्छ मूर्तिकार कालु कुमाले । थोरै बोल्नुहुन्छ, अलिक हिँड्नुहुन्छ, आफूले आफ्नो माया र कला देखाउनु भएर छोरा–बुहारीहरू लगायत इष्टमित्र र भाइबन्धुको मायामा आफूलाई समर्पित तुल्याउनु भई मूर्ति बनाउन डटिइरहनु भएको छ । जीवन यात्रा पनि होस जीवन सङ्घर्ष पनि हो । उहाँले आफ्नो अतुलनीय यात्रामा आफूलाई समर्पित तुल्याउनु भएको छ । यही यात्रा र सङ्घर्षबाट नै कालु कुमाले मूर्तिकला क्षेत्रका उदाहरणीय नाम बन्नुभयो । 

५–६ बजेसम्म नै कला ज्यासलमा बस्नुहुन्छ । समय बिताउन पनि गा¥हो छ त्यसैले उहाँमा काममै तल्लीन हुन पाउँदा गौरव गर्नुहुन्छ, चिसो मौसममा घाम ताप्दै मूर्ति बनाउने गर्नुहुन्छ । घाम ताप्दै काम गर्न पाउँदा उहाँ आनन्द महसुस गर्नुहुन्छ । गरिरहनेहरू थाक्दैनन्, काम गर्न खट्दा दिक्क महसुस गर्नु पर्दैन — यस्तै खालका जीवनका क्रमहरू काँधमा बोकेर जीवन–पथमा एकनासले कुदि रहनुहुने विशिष्ट कलाकर्मी हुनुहुन्छ– कालु कुमाले । छोरा राकेशले खाटमा आनन्दले सुतिरहनु भएका आफ्ना कलाकर्मी बालाई हामी आएको र उहाँलाई भेट्न चाहेको धोको सायद फुकाई दिनुभयो उहाँ बिस्तारै हामी बसेको कोठामा आउनुभयो । खुट्टा अलिक दुखेजस्तो गर्नुहुन्छ त्यसैले हामी बसेको ठाउँमा पुग्न पनि त्यही दर्द बोकेर आउनुभयो र बिस्तारै देखा पर्नुभयो । कान अलिक नसुने जस्तो हुनु जीवनको नियति हो । थोरै मात्र बोल्न सक्नु ज्येष्ठ नागरिकहरूकै पीडा र दुःख हो । तर पनि मान्यवर कलाकार कालु कुमालेको अनुहार झलमलाउँदो बिम्ब हेरिरहूँ जस्तो, देखिरहूँ जस्तो, अगाडि बसिरहूँ जस्तो पो लाग्दो रहेछ । आज मलाई यस्तै अनुभूति भयो । सायद हामी सबैको अनुभूति त्यस्तै रह्यो होला १

घर माथिको कक्ष नै सभाकक्ष रहेछ । विद्यालयका विद्यार्थीहरू हूल बाँधेर कक्षा नियाल्न पुग्छन्, यसै गरी क्याम्पसका विद्यार्थीहरू पनि उत्सुकता बोकेर त्यहाँ पुग्छन्, थरि थरिका समूहहरू त्यहाँ पुग्ने गर्छन्, कहिलेकाहीँ त मेला लागेजस्तो पनि हुँदा रहेछन् – त्यस कला घरमा । अजङ–अजङ धातुका मूर्तिहरू छरपस्ट छन् । क्रोधलाई अनुहारमा सजाउन दिइएका मूतिहरु हेर्दैमा डरलाग्दा देखिँदा छन् । एकान्त ठाउँमा घर छ । बगैँचामा बुद्ध भगवानको प्रतिमा छ । पछाडितिर अनगिन्ती मूर्तिहरू सजाइएका छन् । हेर्दैमा हेरिरहूँ जस्ता क्रोधकलाका मूर्तिहरू सजाइएका छन् । समग्रमा मूर्ति–घरभित्र लुकेका कलाकृतिहरूको सुन्दरताको बखान गरेर साध्य छैन । कालु कुमालेभित्रको अनुशासनले समग्र घर नै अनुशासनमा बाँधिएको घरजस्तै देखिन्छ । धैर्य भएर नै कालु कुमालेले आफूलाई अभावको खाडलबाट सम्पन्नताको घरमा पु¥याउन सफल हुनुभयो । ध्यान भनेको नै एकाग्रता हो — कलाकार कालु कुमालेले आफूलाई एकाग्र तुल्याउनु भई ध्यानी÷योगीजस्तै कलाकार बनाउन उहाँ सफल हुनुभयो

सामान्य लेखपढ मात्र गर्न जानेका तर कलाकृतिलाई मन पराएर निरन्तर कला–साधनामा लागिरहनुभएका कालु कुमालेको विश्वविद्यालय भनेको नै हात्तिवन, ललितपुरमा रहेको ‘क्रोधकला शिरोमणि निवास’ नै हो । उहाँका क्रोधकला हङ्ककङ्क, ल्हासा, जर्मन, बेलायत, सिंगापुर, मलेसिया, ताइवान, फ्रान्स, अमेरिका, जापान, कोरिया, रुस, इटाली, मङ्गोलिया, फिलिपिन्स, भुटान, चीन, श्रीलङ्का, नर्वे, भियतनाम, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, स्वीट्जरलैण्ड, क्यानडा, भारत, बङ्गलादेश आदि मुलुकहरूमा पुगिसकेका छन् । यसै गरी देशका ठाउँ–ठाउँमा उहाँका मूर्तिहरू स्थापित छन् । यति मात्र नभई ठाउँ–ठाउँका गुम्बाहरूमा उहाँका मूर्तिहरू रहेका छन् । उहाँ थुप्रै कार्यशालाहरूमा, थुप्रै देश–विदेशका प्रदर्शनीहरूमा आफ्नो कला÷मूर्तिमार्फत पुगिसक्नु भएको देखिन्छ । ललितपुर महानगरपालिकाले ‘गौरव’ मानेका उहाँलाई सगरमाथा प्रतिष्ठान नेपालले ‘क्रोधकला शिरोमणि’ का नाममा मान्यता दिएका छन् । थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएका कलाकार कालु कुमालेले नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘वरिष्ठ कलाकार सम्मान’ प्राप्त गर्नुका साथै नेपाल सरकारबाट ‘प्रबल जनसेवाश्री’ प्राप्त गर्नुभएको देखिन्छ । उहाँका नाममा स्थापित पुरस्कार तथा सम्मानहरूमा ‘वरिष्ठ मूर्तिकार कालु कुमाले जुनियर रेडक्रस छात्रवृत्ति कोष’, ‘क्रोधकला शिरोमणि कालु कुमाले कला पुरस्कार’र ‘लक्ष्मीमाया कला पत्रकारिता पुरस्कारहरू नेपाल रेडक्रस सोसाइटी, ज्यापु समाज, अपाङ्ग सेवा समाज, नेपाल व्यावसायिक कलाकार संघ, नेपाल ललितकला पत्रकार समाज’ ले वितरण गर्ने गर्छन् । 

मूर्तिकलाका एक जना सिद्धहस्त कलाकार जसले वि।सं। २०१० सालदेखि आज पर्यन्तसम्म पनि कलामा दृष्टि फिँजाएर अझ भनौँ ‘क्रोध कला’ सिर्जनामा उदाहरण बनेर सात दशकसम्म निरन्तर यात्रामा रहनुभएका कलाकार कालु कुमाले कुम्हाः नेपालकै मूर्तिकलाकै पृष्ठमा छुट्टै इतिहास बनाउन सफल कलाकार हुनुभएको छ । यस्तै व्यक्तित्वहरूबाट विविध क्षेत्रमा पु¥याइएका उच्चतम सृजनशील कार्यहरू नै देशको इतिहासका स्वर्णिम पृष्ठहरू हुन् । जुन देश र विदेशमा देखाउन सकिने सुन्दर कार्यहरू हुन् । 

कालु कुमालेले दुःख भोगेका छन् त्यसैले दुःखी जनलाई सेवा गर्न पाउँदा, अशक्त मन र तनलाई खाना ख्वाउन पाउँदा, ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न पाउँदा खुसी हुने गर्नुहुन्छ । सुमित्रा कार्कीले आफ्नो लेखमा लेख्नुभए जस्तै कालु कुमाले विश्वस्त हुनुहुन्छ — “Kumale believes confidence and determination are keys to success.”  यसैले हामी भन्न सक्छौँ – कालु कुमाले जीवन्त इतिहास भइसक्नु भएको छ । मूर्तिकलाकै एउटा सुन्दर नाम बनिसक्नु भएको छ । 


अघिल्लो पोष्ट

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

पछिल्लो पोस्ट

कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

२३ फाल्गुन २०७८, सोमबार
मेलम्ची रोइरहेछ

मेलम्ची रोइरहेछ

२३ फाल्गुन २०७८, सोमबार
फिङ्गरप्रिन्ट

फिङ्गरप्रिन्ट

२३ फाल्गुन २०७७, आईतवार
वसन्तको स्वागतमा जात्रा

वसन्तको स्वागतमा जात्रा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक