नेपाली अनुवाद नीरज लवजू
क्रिस्टाब्दीको बीसौं शताब्दीमा नेपालभाषामा दुईवटा ठूलठूला घटना भए । सबैभन्दा पहिले त नेपालभाषाले आफ्ना पुराना मौलिक लिपि त्यागी देवनागरी लिपि अ“गाल्यो । यसो गर्न तत्कालीन समयका मानिसहरू बाध्यजस्तै थिए । किनभने यदि नेपालभाषालाई जीवित राख्ने हो भने लिपिको माया गरी बस्न सक्ने अवस्था थिएन । एकातिर पुराना लिपि जानेका मान्छे कम हु“दै गइरहेको थियो, त्यसमाथि अक्षर लेख्ने समस्या छ“दै थियो । यी सबै कुराको विचार गरी पं. निष्ठानन्द, सिद्धिदास महाजु र मास्टर जगतसुन्दर मल्लहरूले आ–आफ्ना हस्तलिखित पुस्तक देवनागरी लिपिमा प्रकाशन गरे । उनीहरूको यो दूरदर्शितापूर्ण पाइलाले नेपालभाषा पुनः हृष्टपुष्ट बन्दै गयो । त्यही स्वस्थ अनुहार लिएर आज नेपालभाषा शिक्षित समाजबीच उभिएको छ । त्यसपछि नेपालभाषा बोलीचालीको भाषाबाट पुनः साहित्य सिर्जनाको माध्यम बन्यो । बीसौं शताब्दीको पूर्वाद्र्धमा हुर्केका नेपालभाषा साहित्यका आधार (खम्बा) हरू सबैजस्तो युग धर्म र युग सत्यले अभिप्रेरित भई अघि बढेका थिए । पं.निष्ठानन्द, सिद्धिदास महाजु, मास्टर जगतसुन्दर मल्ल र योगवीरसिंहमात्र होइनन्, धर्मादित्य धर्माचार्य, शुक्रराज शास्त्री, बैकुण्ठप्रसाद लाकौल, चित्तधर ‘हृदय’, महानाम ‘कोविद’ आदिलाई पनि भाषानुरागबाट प्रेरित साहित्यिक व्यक्तित्वहरूभन्दा फरक नपर्ला । उनीहरूका कलमबाट भाषानुरागको आग्रह जति अभिव्यक्त भयो, व्यथित, सिद्धिचरण, यमी र प्रेमबहादुर कंसाकारका कृतिबाट अभिव्यक्त भएन । भाषानुरागको युग नेपालभाषाको विशुद्ध साहित्य साधनाको बाटोमा कमलो तर बलियो पाइला थियो । सन् १९९७ सालको जेल कालअघि नेपालभाषामा समालोचनाको लागि उपयुक्त विषयवस्तु नभएको होइन । तथापि भाषानुरागको त्यो युगमा साहित्यिकहरूको प्रवृत्ति भाषाप्रति भावुकताले ओतप्रोत बनेको समयमा आलोचनाजस्तो माझिएको बौद्धिक क्रियाकलापले गति नलिनु स्वाभाविक थियो । भाषानुरागबाट प्रेरित लेखकहरूले त्यो बिहानीको पहिलो प्रहरमा समकालीन साहित्यिकहरूतिर नजर लगाउन छोडी नेपालभाषा वाङ्मयको गौरवगाथा लेख्नमा ध्यान केन्द्रित गर्नु स्वाभाविक थियो । त्यसै कारण धर्मादित्य धर्माचार्यले सबैभन्दा पहिले ‘नेपालभाषा व थ्वया साहित्य’ शीर्षकको लेख लेखेर नेपालभाषा वाङ्मयको खाका कोरे । धर्मादित्यको त्यो लेखमा त्यस युगका उपलब्धिमात्र देखाइएको छैन, कमजोरी पनि त्यसमा प्रस्ट देख्न सकिन्छ । यो लेखले नेपालभाषा वाङ्मयको गौरव देखाएजस्तै तत्कालीन समयका समकालीन साहित्यबारे कुनै चर्चा गरेको छैन । त्यतिमात्र होइन, धर्मादित्य धर्माचार्यले नेपालभाषामा आफ्नो वाङ्मयको गौरवगाथा लेखेर सन्तोष मान्ने परम्परा पनि स्थापित गरे । यसो भनेर धर्मादित्य धर्माचार्यको यो महवपूर्ण लेखप्रति कृतघ्न भई मैले अपरिपक्व आलोचनाको रुपमा प्रस्तुत गर्न खोजेको होइन । त्यो आलोचना थिएन । धर्मादित्यको समयमा कसैले पनि आलोचना लेख्न सक्दैनथ्यो । किनभने उनी र उनीहरूलाई प्रेरणा दिएको युगधर्म भाषानुरागको धर्म थियो । भाषानुराग एउटा भावनात्मक प्रेरणा थियो । आलोचनाको लागि भाषानुराग पर्याप्त थिएन । भावनात्मक सहृदयतास“गै आलोचनाको लागि कम्तीमा बौद्धिक निष्पक्षता र समदृष्टिको आवश्यकता हुने गर्दछ । आलोचना वस्तुपरक र निरपेक्ष चिन्तनको उपज हो । ‘जय मां भाय्’ (जय मातृभाषा) र भावुकताबाट आलोचनाको जन्म हुनसक्दैन । भाषानुराग र विशुद्ध साहित्य साधनाको बीचमा ठूलो भेद भएजस्तै वाङ्मय–गाथा र आलोचनाको बीचमा पनि गहिरो भेद छ ।
बीसौं शताब्दीको पूर्वाद्र्धमा भएका साहित्यिक प्रयोगको केही चर्चा चित्तधर ‘हृदय’ को पुस्तक ‘झीगु साहित्य’ (नेसं १०७४, विसं २०१०) मा भएको छ । ‘हृदय’ ले यो पुस्तकलाई आलोचनाको रुपमा नभई ‘नेपालभाषा साहित्यको इतिहाससम्बन्धी लेखको सङ्ग्रह’ को रुपमा लिनु स्वाभाविक हो । धर्माचार्यले आफ्नो लेखमा जसरी नेपालभाषा वाङ्मयका गौरव गाथा लेखेका थिए, त्यही परम्परामा उभिएर ‘हृदय’ ले आफ्नो पुस्तकमा आफ्ना अग्रज र समकालीनहरूको चर्चा गरे । जसरी आफ्ना पूर्वजको गौरवगाथा समालोचना हुनसक्दैन, आफ्ना समकालीनहरूको रोचक चर्चा (लयकतबनिष्अ चझष्लष्कअभलअभ) पनि आलोचना हुनसक्दैन । ‘हृदय’ को पुस्तकमा भाषणदेखि लिएर जीवनी, परिचय र भूमिकासमेत समावेश छन् । यसमा आलोचकलाई काम लाग्ने तथ्याड्ढमात्र धेरै जम्मा भएका छन् । तर तिनको आलोचनात्मक प्रयोग र मनन नभएकाले ‘हृदय’ ले साहित्यको इतिहासकार र आलोचनाको लागि तथ्याड्ढ सड्ढलन गरिदिने सड्ढलक
(भलगmभचबतयच) को भूमिकामात्र निभाए । आलोचना तथ्याड्ढको सड्ढलनमात्र होइन, आलोचना व्याख्या, विवेचना र तुलनाको आधारमा हुने मूल्याड्ढन हो । यदि ‘हृदय’ ले लेखेको पुस्तक विशुद्ध आलोचना नभए त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन । किनभने उनको साहित्यिक पृष्ठभूमि निर्माण भएको युग भनेको भाषानुरागको मध्ययुग थियो । त्यो युगको नसा नसामा एउटा धुन गुञ्जिरह्यो । त्यो धुन थियो– नेपालभाषाको गौरव–हिजो र आज नेपालभाषाको गरिमा । आलोचक हुन आफ्नो भाषाप्रति आत्मीयता आवश्यक हुन्छ । तर आलोचकले विषयवस्तुबाट प्रभावित नभई समालोचना लेख्न सक्दैन । भाषाप्रतिको आत्मीयताले मात्र आलोचकले भाषा साहित्यमा भएका कमीलाई उदाड्डो बनाउन सक्दैन । आलोचना भनेको भाषा र साहित्यको प्रशस्ती गान होइन । सन्तुलन नै आलोचनाको आत्मा हो किनभने मूल्याङ्कन नै यसको मूलधर्म हो । ‘हृदय’ र उनले समातेको विषयवस्तुबीच यति आत्मीय भावनात्मक सम्बन्ध छ, उनले यो विषय (सिद्धिदास, निष्ठानन्द, योगवीर, लाकौलका उपलब्धि) प्रति समदृष्टि राखेर कलम चलाउन सजिलो काम थिएन ।
नेपालभाषामा आलोचनाः एउटा नया“ आरम्भ
हुन त ‘बुद्धधर्म व नेपालभाषा’ (बुद्धधर्म र नेपालभाषा) नामको पत्रिका नेसं १०४७ (विसं १९८३) बाट प्रकाशनको थालनी भएको थियो । त्यत्तिबेलादेखि नेपालभाषाको आफ्नै एउटा पत्रिकाको सुरूवात भयो । त्यसबाट आलोचनाको लागि आवश्यक पूर्वाधार प्राथमिक चरणमा सुरूमात्र भयो । तर त्यसको बीस वर्षपछि नेसं १०६७ (विसं २००३) मा ‘धर्मोदय’ पत्रिका प्रकाशन हुन थाल्दादेखि मात्र आलोचनाको लागि आवश्यक पृष्ठभूमिले पूर्ण आकार लियो । ‘धर्मोदय’ पत्रिका ‘बुद्धधर्म व नेपालभाषा’ तुलनात्मक रुपमा धेरै प्रतिशत साहित्यिक पत्रिका थियो । त्यसपछि नेपालभाषामा जेल कालपछि विशेषगरी काव्य क्षेत्रमा ‘सुगत सौरभ’, ‘अर्हतनन्द सोस्वां प्रतीक्षा’, त्यसैगरी महानाम ‘कोविद’, महाप्रज्ञा र अमृतानन्द भिक्षुहरूका अमूल्य परिश्रमस्वरुप नेपालभाषा गद्य पनि निकै लचिलो औजार बनेर देखिए । सायद त्यसको लगत्तै मित्र राष्ट्र भारतमा आएको (जहा“बाट ‘धर्मोदय’ प्रकाशित हुनेगथ्र्यो) राजनीतिक परिवर्तन र सामाजिक जागरणले ‘धर्मोदय’ का सम्पादक र लेखक परिवारमा पनि आवश्यक आत्मसात सजगता हृदयांगम भएको हुनुपर्दछ । प्रत्यक्ष रुपमा विसं २००७ सालपछि नेपालमा पनि राजनैतिक र सामाजिक उथलपुथल भयो । फलस्वरुप, आलोचना विकसित हुन अत्यावश्यक तर अझै प्राप्त हुन नसकेको बौद्धिक स्वच्छन्दता पनि २००७ सालपछि प्राप्त भयो । नेपाली समाजमा स्वच्छन्दतास“गै आत्मसात सजगता २००७ पछि मात्र आएको देखापर्दछ । त्यसकारण मितिको आधारमा भन्नुपर्दा नेपालभाषाको आलोचना ‘धर्मोदय’ को २१–२२ अड्ढमा प्रकाशित रत्नध्वज जोशीको लेख ‘धर्मोदयया कहानीत’ (धर्मोदयका कथाहरू) – नेसं १०६९ बछला र दिल्ला, तद्नुसार १९४९ जून–जुलाईदेखि मात्र भएको मान्दा वास्तवमा आलोचनाको विधिवत् सुरूवात २००७ पछि मात्र भएको भन्न सकिन्छ । जहा“सम्म मलाई जानकारी छ, रत्नध्वज जोशीको त्यो लेख नै नेपालभाषामा लेखिएको आलोचना लेखनको सबभन्दा पहिलो प्रयास थियो । यो लेख विविध कोणबाट लेखिएको भए पनि महŒवपूर्ण लेख थियो । त्यो लेख पछाडि नेपालभाषाको कुनै परम्परा वा परिपाटी थिएन । नेपालभाषामा खोजी पस्दा कवि, नाटककार, कथाकार, निबन्धकार सबैस“ग कुनै न कुनै रुपमा आफ्ना पूर्वजको प्रभाव परेको देखिन्छ । तर अग्रज आलोचक बेवास्ता परेका एकलव्यजस्तै बने । आलोचनाको सत्ता स्वनिर्मित बनिरह्यो । किनभने आलोचना नेपालभाषामा सर्वथा नया“ प्रवृत्ति थियो । भाषाको बगैंचामा आलोचना कोपिला बनेर हुर्किरह्यो । त्यसकारण नेपालभाषामा आलोचनाको इतिहासमात्र १८ वर्ष पुरानो हो । यो छोटो समयभित्र नेपालभाषाको आलोचना विधामा के कस्ता उपलब्धि हासिल भयो, त्यही विषयमा चर्चा गर्नु नै यो आलेखको मूल प्रयोजन हो ।
‘धर्मोदय’ पत्रिकाको १८ औं अड्ढसम्ममा प्रकाशित २३ वटा कथाबारे रत्नध्वज जोशीले लेखेको ‘धर्मोदयया कहानीत’ (धर्मोदयका कथाहरू) पढ्दा नेपालभाषामा आलोचनाको स्तर कति प्रारम्भिक चरणमा रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । पछि पछिका आलोचनामा विषय प्रवेशपश्चात् आलोचनाका लाभदायक पक्षबारे रत्नध्वजले चर्चा गर्नुपर्ने आवश्यकता नदेखेको हुनसक्छ । तर यो लेखमा उनले आफ्नो विषय चर्चा हुनुअघि र पछि आलोचनाको आवश्यकता र स्वास्थ्यदायक गुणका कुरा पाठक र लेखकहरूलाई जानकारी दिएका छन् ः
“साहित्यका विविध अड्डका विषयमा प्रचुर ज्ञान, लेख्ने प्रतिभा, लेखक हुने इच्छा भएर पनि आलोचकहरूको भयले लेख नलेख्ने पनि कति मानिसहरू छन् । त्यस्तै आफ्नो गल्तीलाई कोही आलोचकले औंल्याइदि“दा निकै डराएर लेख्नै छोडेका कच्चा लेखकहरू पनि हुनसक्छन् । आफ्नो कमजोरी देखाइदिएकोले रिसाउने र गल्तीलाई पनि गल्ती नमानी आक्रोशित हुनेहरू पनि नहोला भन्न सकिन्न । आलोचकले सधैं कुनै कमजोरी नभएको रचना खोजिरहेको हुन्छ, त्यस्तै रचनाको कामना गर्दछ । लेखकले आफ्नो योग्यताअनुसारको रचना दिने गर्छन् । एवंरीतले साहित्यको प्रगति हु“दै जाने गर्दछ । अतएव यो आलोचना देखेर डराएर कोही पनि लेखकले आफ्नो कलम छोड्ने छैन भन्ने म आशा गर्दछु । बाटोमा हिंड्दा ठेस लाग्दा हि“ड्नै छोड्नेलाई कसले बटुवा भन्छ र ?”
नेपालभाषा साहित्यको त्यो कमलो उमेरमा आलोचना देखी कवि–लेखकहरू मात्र होइनन्, आलोचकहरूसमेत डराइरहेका जस्ता देखिन्छन् । यसको एउटा कारण आलोचकलाई समद्रष्टा नभई छिद्रान्वेषीको रूपमा लिएको देखिन्छ । रत्नध्वजले पनि आलोचकलाई लेखकहरूका कमजोरीमात्र खोजी हि“ड्ने छिद्रान्वेषी नै भएजस्तो गरी लेखेका छन् । उनको लेखमा ‘इयरिङ’ कथाको आलोचनामा यस्तो लेखिनु पनि अरू कारणले नहोला ः
“यो कथाको भाषा पनि ठीक छैन । वासनायुक्त भाषाको समर्थन यथार्थवादको नाममा युरोप र युरोपको अनुकरण प्रियजनद्वारा कही“ कतै भए पनि हाम्रो समाजका लागि ठीक छैन ।”
रत्नध्वजले यो लेखमा कथाको शिल्प र शैली पक्षलाई लिएर गरेको आलोचना निकै सिद्ध छ । कथा, आधुनिक शैलीका कथाका लागि शिल्पदक्षता कति आवश्यक छ भन्ने बुझी सोही दृष्टिकोणबाट अरू साहित्यका उत्कृष्ट कथाहरू उदाहरण दिई जोशीले आफ्नो समालोचनालाई पूर्ण आलोचनाको रूपमा प्रस्तुत गरेका छन् ।
दुर्भाग्यवश त्यो समयमा पनि नेपालभाषामा कच्चा लेखकहरू धेरै रहेछन् । जोशीको आलोचनामा ठेस लाग्नेबित्तिकै दुई–चार जनाले साहित्यको बाटोमा हि“ड्नै छोडिदिए । जोशीको आलोचनाको तुरून्तै प्रत्यालोचना र ‘लिसःया लिसः’ (जवाफको जवाफ) को प्रतिक्रिया प्रकाशित हुनु महŒवपूर्ण कुरा थियो । ‘धर्मोदय’ को वर्ष–२, अड्ढ–१० मा जोशीको जवाफमा लोक कजु एउटा गम्भीर प्रश्न लिएर अगाडि देखिए । उनको प्रश्न थियो – के हाम्रो साहित्यमा आलोचना प्रकाशित गर्न योग्य भएको हो ? यही लेखको एउटा प्रसड्डमा रोचक आग्रह पनि देखिन्छ ः
“नवलेखक गणलाई आलोचनात्मक आघात पु¥याउने बेला भएको छैन, बरू उनीहरूलाई झन् झन् असल र सुन्दर लेखहरू पठाउन हौस्याउनुपर्दछ । उनीहरूलाई तिमीहरू साहित्य उन्नतिका भावी साहित्यकार हौ भनेर प्रोत्साहित गर्नुपर्दछ …भर्खरकी किशोरी साहित्यमा त्रुटिमात्र धेरै देखाएर ठीक हुन्न भन्ने लाग्छ ।”
यसको जवाफमा जोशीले केही लेखे वा लेखेनन्, यो कुरा यहा“ गरिरहन जरूरी छैन । अरू केही नभए पनि आलोचना सम्बन्धमा १७–१८ वर्षअघि नेपालभाषामा केही धारणा प्रतिबिम्बित भएको कुरा यहा“ स्पष्ट देखिएको छ । आलोचना सिर्जनाको लागि घातक हो, विशेषगरी भर्खरका साहित्यमा यसले लेखकलाई हतोत्साहित बनाउनेछ भन्ने धारणा हाम्रो विचारधारामा जरा गाडेर बसेको छ भन्ने कुरा आलोचना–प्रत्यालोचनाबाट छर्लड्ड हुन्छ ।
२००७ सालको राजनीतिक उथलपुथलको केही समयअघि आलोचनाको क्षेत्रमा ‘धर्मोदय’ मै अरू तीन वटा लेख प्रकाशित छन् । ती लेखहरू यसप्रकार छन्, ‘श्री केदारमान ‘व्यथित’ यागु काव्यसाधना’ (श्री केदारमान ‘व्यथित’ को काव्यसाधना) – लेखक श्री रामहरि जोशी, ‘साहित्ये आलोचनाया स्थान’ (साहित्यमा आलोचनाको स्थान) – लेखक श्री माधवलाल कर्माचार्य, ‘सीस्वां’ या विषय छत्वाचा ख“’ (‘सीस्वां’ को विषयमा एक दुई कुरा) – लेखक श्री माधवलाल कर्माचार्य । यीमध्ये सबभन्दा अघिल्लो र सबभन्दा पछिल्लो दुई वटा लेख एक–एक जना कविका काव्यकृतिलाई लिएर सहृदय पाठकको रूपमा आलोचकले व्याख्या गरिदिएका हुन् । दुवै आलोचना व्याख्या प्रधान र सहृदयी भएर पनि कर्माचार्यले मधुरो आगोजस्तै सुस्त सुस्त प्रज्ज्वलित भाषामा ‘सीस्वां’ काव्यको नाडी समाती त्यसका सीमितता र परिधि प्रस्ट देखाइदिएका छन् । व्याख्या प्रधानताको हिसाबमा नेपालभाषाको सबभन्दा पहिलो सफल आलोचना मेरो विचारमा ‘सीस्वा“ या विषये छत्वाचा ख“’ (सीस्वा“को विषयमा एक–दुई कुरा) नै हुनुपर्दछ । यति भनिसकेर पनि कर्माचार्यको शैलीमा त्यत्तिबेला रत्नध्वज जोशीको जस्तो परिपक्वता देखिएको थिएन । उदाहरणको लागि ‘छत्वाचा ख“’ लेखको निष्कर्ष पढौं ः
“हुन त असाध्य भावावेशको रोगले दुर्बल बहुला कुकुरले भुकाउ“दै हि“ड्ने बानी नभएको त होइन, तैपनि हरियो पहाडबाट उडेको चरालाई काखीबाट उडाएजस्तो देख्ने अथवा सिद्धिदासको वियोगमा प्रभातकालीन दैनन्दिनीका उद्देश्य आजपर्यन्त छरपष्ट अवस्थामा देखिरहनु, अथवा आकाश नै चोइटाएजस्तो देख्नुजस्ता भनाइ अथवा चित्रणमा प्रभावित गर्ने गुण नभएको पनि होइन । तर त्यहा“को जीवन नै मृत्युलाई स्वाभाविक प्रकृतिको रूपमा देखिसकेपछि, सिद्धार्थको आदर्श, भगवान कृष्णको आदर्शसामु अघि बढेको देखाउनु नै ‘सीस्वा“’ को विशेषता भन्न सकिन्छ । हुन पनि सौन्दर्यको लागि सृङगारजस्तो कलाकारको कलामात्र छैन । सीमित साधनद्वारा असीमित आकाङ्क्षा पूरा गर्नेको आ“सुले भिजेको गीतमात्र छ । त्यसकारण ‘वियोगी होगा पहला कवि’ इत्यादि तथा सबभन्दा राम्रो गीत नै विरहको गीत भन्ने उक्ति यो कवितालाई त्यत्ति सा¥हो नलाग्नु एउटा विशेषता नै हो ।”
भाषालाई यति सा¥हो नमर्काई स्पष्टवादी भई आलोचकले भन्नुपर्ने कुरा भन्दा कसैलाई आपत्ति नहुनुपर्ने हो । तर कर्माचार्यको शैली पहिलेबाटै एक प्रकारले लय ९अयmmष्ततब ितयलभ० ले भयभित अभिव्यक्ति देखिन्छ । कर्माचार्यको यो आलोचना पढी उनका भनाइलाई कस्सीमा घोटी हेर्दा उनको सिद्धान्त र व्यवहारबीच सम्बन्ध खोज्नुपर्ने हुन्छ । जस्तो उनले त्यही समयावधिमा लेखेको ‘साहित्ये आलोचनाया स्थान’ (साहित्यमा आलोचनाको स्थान) शीर्षकको निबन्ध पढौं ः
“…साहित्य परख गर्नेहरूले ‘इदमित्थ’ बाट मात्र आफ्नो काम पूरा भएको सोच्नु हुन्न । संस्कृत साहित्यमा पहिलेदेखि आएका टीकाकारहरूले परख गर्ने काम राम्ररी पूरा गरेको देखिंदैन । यो यस्तो हो र यस्तो भनेको हो भनी भाषासम्बन्धी दोष र गुणमात्र केलाइदिनाले पारखी (आलोचक) को काम कति पूरा भयो, शड्ढाको विषय हो । साहित्यका पारखी न लेखकका सेनापति हुन्, न शत्रु नै हुन् । पारखी त सबै पाठकको जीवनका आवाज हुन् …वास्तवमा साहित्यमा पारखी अर्थात् आलोचकको काम निकै उ“चो छ, महान् छ, उत्तरदायित्वपूर्ण छ । उनीहरूस“ग साहित्यको शक्ति र उपादेयता परिचालन गर्ने तागत मात्र हुने होइन, बरू युगको निर्माता, निर्देशक र परिचालक पनि हुने शक्ति हुन्छ । यो पक्का हो ।”
कर्माचार्यले ‘इदमित्थं’ टीकाकार परम्पराप्रति यसप्रकार सिधा असन्तोष व्यक्त गरे पनि आफ्नो आलोचना लेखनको व्यवहारमा उनले मूल्याड्ढनभन्दा व्याख्या गर्ने प्रवृत्तिलाई धेरै उत्तरदायीपूर्ण मानेजस्तो देखिन्छ । आलोचनामा अयmmष्तmभलत लाई पन्छाउनु नै बहादुरी हुनसक्दैन । त्यसकारण कहींकहीं कर्माचार्यले एकजना आत्मपरक पाठकको प्रतिक्रियामात्र व्यक्त गरी आलोचकको उत्तरदायित्वको भारी बिसाएको देखिन्छ । धेरै ठाउ“मा उनले एक जना ष्mउचभककष्यलष्कतष्अ अचष्तष्अ भन्न मिल्ने गरी कलम चलाएको देखापर्दछ । ‘साहित्ये आलोचनाया स्थान’ लेखमै कर्माचार्यले हाम्रो भाषामा पहिलोपटक सायद सबभन्दा मूल्यबोधक वाक्य लेखेका छन् । लेखमा उनले एक ठाउ“मा लेखेका छन् ः “…भाषाप्रेममात्र साहित्य होइन । त्यो त एकप्रकारको भावुकतामात्र हो । मानिसलाई चाहिएको भाषा होइन, जीवन हो– विकासशील, उन्नतिशील र सुखशील ।” मेरो विचारमा कर्माचार्यको यो वाक्य चालै नपाइकन बीसौं शताब्दीको पूर्वाद्र्धमा नेपालभाषामा रचित सबै कृतिहरूको मूल्याड्ढन हुन पुगेको छ । भाषानुराग भनेको भावुकतामात्र हो र साहित्य साधना फरक विषय हो भन्ने कुरा यसप्रकार सचेत चिन्तन गर्नसक्नु नै आलोचनाको दृष्टिकोणमा युग परिवर्तन भएको चिह्न भन्न सकिन्छ । आलोचकको काम साहित्यिककै जस्तो महŒवपूर्ण हो, आलोचक छिद्रान्वेषी होइन । आलोचकको काम युगचेतना निर्देशन र निर्माण गर्ने हो भन्ने सजगता बिस्तारै उठ्दै गरेका कर्माचार्यको लेखमा प्रस्टरुपमा देखिएको छ । त्यही भएर कर्माचार्यले आफ्नो त्यो लेखमा साहित्यलाई ‘‘जीवन हेर्ने चस्मामात्र नभई जीवन अघि बढाउने बाहन पनि हो’’ भनी निर्धक्कसाथ आफ्नो मत व्यक्त गरेका छन् । नेपालमा राजनीतिक उथलपुथल हुनुअघि हाम्रो भाषामा एउटैमात्र पत्रिका प्रकाशित हुन्थ्यो । राणाहरूको कुचक्रमा परी पुस्तक प्रकाशनको काम पनि निकै धिमागतिमा अघि बढ्यो । त्यसमाथि आलोचना पढ्न आवश्यक पर्ने स्वतन्त्रताको वातावरण पनि नभएको समयमा सर्वश्री रत्नध्वज जोशी, रामहरि जोशी, माधवलाल कर्माचार्य र राजेन्द्रमान प्रधानहरूले यो क्षेत्रको जग बसाले । तीमध्ये पनि विशेषतः रत्नध्वज र माधवलालले स्तुत्य प्रयास गरेका थिए । धर्मोदयको जम्मा १४६ अड्ढ प्रकाशित छन् । तर १३ वर्षको यात्रामा १५–१६ वटामात्र आलोचना प्रकाशित छन् । आजभोलि एक–दुई वटा अड्ढमात्र प्रकाशित भई बन्द हुन पुगेका पत्रिकाहरू (जस्तै ‘तिकिझ्याः’ (आ“खीझ्याल), नसंचा (बिहानी) र व्याहा“चुलि (उषा) मा ३–४ वटा आलोचना प्रकाशित भएका छन् । त्रिचन्द्र कलेजबाट वार्षिक रुपमा प्रकाशन हु“दै आएको ‘जः’(प्रकाश) का तीन वटा अड्ढमा सात वटा आलोचना प्रकाशित भएको अवस्थामा ‘धर्मोदय’का १४६ अड्ढमा १७ वटा, ‘थौंकन्हे’ (आजभोलि) का ४९ अड्ढमा ४ वटा, ‘पासा’ (साथी) का २७ अड्ढमा ४ वटामात्र आलोचना प्रकाशित भएको देख्दा आजभोलिका आलोचनाका पाठकहरूको प्यास नमेटिनु स्वाभाविक हो । यो तथ्याड्ढले आलोचनाको महŒवको विषयमा हिजो र आजको प्रचलित धारणाको परिमाणात्मक तस्वीर देखाइदिएको छ । ‘धर्मोदय’ नेपाल संवत् १०६७ कौला (विसं २००३) बाट प्रकाशन सुरू भयो । नेसं १०८० कछला (२०१६) पछि प्रकाशन बन्द भयो । नेसं १०७१ कछला (२००७) देखि ‘थौंकन्हे’, नेसं १०७२ वसन्त (विसं २००८) देखि ‘नेपाल’ र नेसं १०७३ कछला (२००९) बाट ‘पासा’ पत्रिकाको प्रकाशन आरम्भ भयो । हाम्रो आलोचना साहित्यका गतिविधि यिनै दुई–चार पत्रपत्रिकाका जगमा उठेका हुन् । नेपालमा पत्रपत्रिकालाई लाग्ने सार्वजनिक रोग लागेर यी चारवटै पत्रिकाहरूको प्रकाशन बन्द भइसकेको छ । अलि राम्रो तरिकाबाट प्रकाशन भइरहेको पत्रिका भनेको ‘सितु’ मात्र हो । नेसं १०७९ (२०१५) बाट प्रकाशित ‘झी’ (हामी) लाई नराम्रो रोगले सङ्क्रमण भएर पिलन्धरे बन्दै विज्ञापन र सम्पादकीयको अस्थिरपञ्जरमात्र बा“की छ । माथि उल्लेखित पत्रपत्रिकाबाहेक नेपालभाषामा आलोचनाको प्रगतिका लागि सबभन्दा ठूलो पाइला भनेको नेसं १०८१ (विसं २०१७) बाट त्रिभुवन विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा नेपालभाषालाई समावेश गरी शैक्षिक मान्यता प्रदान गर्नु हो । विद्यालयस्तरमा त विसं २०१० देखि नै नेपालभाषाको पठनपाठन हु“दै आएको थियो । तथापि विद्यालयस्तरमा यो भाषा–साहित्यको पठनपाठन आलोचनात्मक र मूल्यबोध स्तरमा नहुने भएकाले कलेजस्तरमा यो भाषा समावेश भएपश्चात् त बाध्य भएर पनि नेपालभाषाको विषयमा आलोचनात्मक अध्यापन र अध्ययन गर्नुपर्ने भयो । साथै पाठ्यक्रममा समावेश हुन लायक पुस्तक लेख्ने, प्रकाशन गर्ने र भएका प्रकाशित पुस्तकमध्येबाट छनोट गर्न आवश्यक हुन गयो । यसप्रकार नेपालमा राजनीतिक उथलपुथलपछि हाम्रो भाषाले पनि कोल्टे फे¥यो । औंसीको रातमा उज्यालो पूर्णिमा छायो । नेपालभाषामा आलोचनाका केही नेपालभाषामा आलोचनाका केही नेपालभाषामा आलोचनाका केही नेपालभाषामा आलोचनाका केही नेपालभाषामा आलोचनाका केही प्रमुख प्रवृत्ति र समस्या प्रमुख प्रवृत्ति र समस्या प्रमुख प्रवृत्ति र समस्या प्रमुख प्रवृत्ति र समस्या प्रमुख प्रवृत्ति र समस्या २००७ साल आसपासको सङ्क्रमणकाल, त्यसअघि र २००७ साल पछि नेपालभाषामा आलोचनाको १८ वर्षको कथाभित्र धेरै आलोचक र लेखकहरूका नाम समावेश छन् । तर आलोचनालाई एउटा बौद्धिक साधना (ष्लतभििभअतगब िमष्कअष्उष्लिभ) को रुपमा वा एउटा उत्तरदायित्वपूर्ण शैक्षिक चिन्तन (बअबमझष्अ उगचकगष्त) को रुपमा गम्भीरतापूर्वक आलोचना लेखेका व्यक्तिहरू भने कममात्र देखिन्छन् । जति सजिलै यो क्षेत्रमा एक दुई जना आदर गर्न नपर्ने पाहुना भिœने गरेका थिए, उनीहरू त्यत्ति नै सजिलो गरी बाहिरिएका पनि छन् । नेपालभाषामा आलोचना लेखिसकेका र लेख्दै गरेका लेखकहरूको वर्गीकरण गर्दा यस्तै एउटा प्रस्ट तस्वीर देख्न सक्नेछौं । सबभन्दा पहिले त एक समूह यस्ता लेखकहरू छन्, जसलाई ‘आलोचक’ भनी नेपालभाषामा मात्र होइन, नेपाली भाषामा पनि त्यत्तिकै उ“चो भद्रासनमा पु¥याइएका छन् । यो समूहमा रत्नध्वज जोशी र माधवलाल कर्माचार्य पहिले नै आएका हुनाले कृष्णचन्द्रसिंह प्रधान नवआगन्तुक हुन् । एक हिसाबमा हाम्रो भाषामा यी तीन जनालाई आलोचक अथवा पेशेवर आलोचकभन्दा कसैलाई आपत्तिको विषय नहोला । पेशेवर आलोचक भन्नुको अर्थ जोशी वा कर्माचार्य वा प्रधानले आलोचना लेखेरै आफ्नो जीविका चलाइरहेका छन् भन्ने होइन । उनीहरूलाई निबन्धकार, कवि वा कथाकार भन्नुभन्दा आलोचकको रुपमा प्रस्तुत गर्नसके हाम्रो भाषामा उनीहरूको भूमिका अझ स्पष्ट देखिनेछ । यसको अर्थ जोशीका निबन्ध र कर्माचार्यका कविता र कथालाई अवमूल्यन गर्नुपर्ने कुनै कारण छैन । उनीहरूको यो समूहपछि अर्को एक समूहले निकै राम्रो र विवादास्पद आलोचनाहरू लेखेका छन् । त्यो समूहको अग्रपङ्क्तिमा रामहरि जोशी, राजेन्द्रमान प्रधान, पूर्णकाजी ताम्राकार र अनि माणिकलाल श्रेष्ठ, सूर्यबहादुर शाक्य, चित्तरञ्जन नेपाली र यो पंक्तिकारसहित अरु लेखकलाई पनि समावेश गर्न सकिन्छ । उनीहरूको विशेषता दुईवटा विषयमा देखिन्छ । पहिलो, चित्तरञ्जनबाहेक उनीहरू सबैजसो सिर्जनामूलक साहित्यलेखनबाट विमुख छन् । दोस्रो, यदाकदा एकाध आलोचना लेखेर अरू बेला अस्ताउने वा आलोचना लेखनबाट विमुख हुने प्रवृत्ति देखिन्छ । यो समूहका आलोचकहरूले पाश्चात्य, विशेष गरी अङ्ग्रेजीको प्रभाव, माक्र्सवादी– फ्रायडवादी पद्धतिका विवादास्पद आलोचनात्मक लेख लेखेका छन् । उदाहरणको लागि चित्तरञ्जन, माणिकलाल श्रेष्ठ र यो पङ्क्तिकारले लेखेका आलोचना हेर्नुहोला ।) नेपालभाषामा आलोचना लेखिरहेको तेस्रो समूह हो–काठमाण्डौ उपत्यकाका महाविद्यालयमा नेपालभाषा शिक्षण गर्ने प्राध्यापक गुरूहरू–जनकलाल वैद्य, सुन्दरकृष्ण जोशी, झुलेन्द्रमान प्रधान र इश्वरानन्द तथा आशाराम शाक्यसम्म पुग्न सकिन्छ । यो क्षेत्रमा नेपालभाषाका प्राध्यापकहरू आलोचना लेखनमा सक्रिय हुनु त स्वाभाविक नै हो । नेपालभाषा र साहित्यको बाटो उनीहरूले अझ फराकिलो बनाउ“दै लाने कुरामा सबैले आशा गर्नु पनि स्वाभाविक हो । उनीहरूले आलोचना लेख्न थालेको त धेरै समय भएको छैन । तर आ– आफ्नो क्षेत्रमा निकै बलियो जग बसाएका छन् भन्ने कुरा जनकलाल वैद्यजस्ता निपुण युवा प्राध्यापकले मनग्य प्रमाणसहित लेखिरहेबाट प्रष्ट हुन्छ । आलोचकका यी तीन समूहपछि उदयीमान युवा लेखकहरू आलोचना लेखनमा गम्भीरतापूर्वक लागेको देखिन्छ । यो समूहमा निकै अध्ययनशील तर अलि कच्चा विशेषगरी शैली र भाषाको क्षेत्रमा) लेखकहरू छन् । यसमा जगदीश चित्रकार, शंकर श्रेष्ठ, पुष्प चित्रकार र इन्द्र मालीका नाम लिनु उपयुक्त हुन्छ । आजभोलि यी लेखकहरूले ‘जः’, ‘झी’ र विशेषतः ‘सितु’ पत्रिकामा आफ्ना कृति प्रकाशन गरिरहेका छन् । हाम्रो भाषामा सबभन्दा युवा पिंढीमध्ये कोही आलोचक आफ्नो पिढीको प्रवक्ता भनी अघि सरे सायद उनीहरूजस्ता अध्ययनशील र विहंगम दृष्टिकोणको धार भएका नै हुने आशा गरेको छु । उनीहरूका लेखमा मैले देखेको एउटा विशेषता भनेको आफ्ना समकालीनहरूका कृति र सिर्जनालाई नेपालभाषाको परम्परा र मान्यताभन्दा विशेष अलग र सर्वथा नया“ भन्ने तीब्र आग्रह हुनु हो । आफ्ना पूर्वजहरूका (जस्तै ‘व्यथित’ को छ्वास) कृतिले आफ्नो पिंढीलाई स्पर्शमात्र गरिरहेको पक्षमा मात्र उनीहरू आकर्षित भएको देखापर्दछ । यो स्वाभाविक हो । मलाई थाहा छैन, उनीहरू परम्पराप्रति अनास्थाप्रेरित भएका हुन् वा प्रयोगप्रति विश्वास व आग्रहबाट प्रोत्साहित । जे भए पनि उनीहरूका लेखमा त्यो प्रौढता अभिव्यक्त भइसकेको छैन जुन उनीहरूभन्दा अघिका तीन समूहमा व्याप्त छ ।
नेपालभाषामा आलोचनाको विषयमा यति लामो गन्थनपछि पनि आजभोलि यो क्षेत्रको सतहमा देखिने मूलप्रवृत्तिबारे चर्चा गर्न त बा“की नै छ । नेपालभाषाको आलोचना क्षेत्रमा सबभन्दा ठूलो विशेषता भनेको यसको इतिहास छोटो हुनु हो । नेपालभाषामा आलोचनाको उमेर भन्नुमात्र १८ वर्षको हो । यी १८ वर्षभित्र हाम्रो भाषाका साहित्यमा आधुनिकता पलाएको भन्दा फरक नपर्ला । आलोचना र आलोच्य विषय दुवै एक अर्काको अनुहार हेर्दै हुर्केका हुन् । आलोचना र साहित्यको कम उमेर, अनि दुवैको समकालीन स्फुरणका कारण नेपालभाषाको आलोचनाको सत्ता निकै कमलो देखापर्दछ । सायद त्यसै कारण हुनुपर्दछ, अहिलेसम्म प्रकाशन भएका आलोचनात्मक लेखहरूमा एक–एकवटा साहित्यिक कृतिलाई अलग–अलग लिई त्यसमाथि गन्थन गर्ने जबरजस्त प्रवृत्ति देखिएको छ । एकजना साहित्यकारका सबै कृति अथवा एउटा साहित्यिक विधाको वैशिष्ट्य अथवा साहित्यमा एउटा प्रवृत्तिलाई लिएर अद्योपान्त अध्ययन र अनुशीलन गर्नुभन्दा एउटा पुस्तक, एउटा नाटक, अझ एउटा कथा वा निबन्धमा मात्र आधारित भएर आलोचना लेख्ने प्रवृत्ति हामीमाझ व्यापक देखिएको छ । जस्तै, कृष्णचन्द्रसिं प्रधानले लेखेको ‘झीगु साहित्ये बाख“’ (हाम्रो साहित्यमा कथा), कविवर सिद्धिचरणले लेखेको ‘झी भाय्या झी कवि चित्तधर’ (हाम्रो भाषाका हाम्रा कवि चित्तधर), यसै पङ्क्तिकारले लेखेको ‘धुस्वा“ साय्मीया उपन्यास’ (धुस्वा“ साय्मीका उपन्यास) जस्तै एउटा सिङ्गो विधा र एक जना सिङ्गो लेखककै विषयमा मात्र केन्द्रित भई लेखिएका आलोचनाभन्दा कुनै एउटा कृतिको मूल्याड्ढन र निरुपण गरिएका आलोचना धेरै देखिएका छन् । एक कोणबाट यसप्रकार एउटा कृतिको अद्योपान्त वा बेग्लाबेग्लै आलोचना गर्नु एकप्रकारको स्वस्थ प्रवृत्ति पनि हो । किनभने आलोचक आफ्नो विषयको सीमाभन्दा धेरै टाढा जानसक्दैन, आलोचना सधैं विषयकेन्द्रित भइरहन्छ अर्थात् आलोचकले प्रमाण अघि सारेर मात्र मूल्यबोध हुने मन्तव्य राख्ने गर्दछ । एउटा कृतिको व्याख्या र निरुपण गरिसकेपछि त्यसैको अङ्कुसले तानिएरमात्र आलोचकले आफ्नो भन्नुपर्ने भनाइ राख्न सक्दछ । ‘छ्वास’ (दोबाटो) काव्य र ‘न्हाय्कं’ (ऐना) उपन्यासको चर्चा गर्न तम्सेका आलोचक काव्य वा उपन्यासबाट धेरै टाढा गएर सोधपुछको आधारमा आफ्नो कुरा राख्ने प्रयास गर्दैन । यो कोणबाट हेर्दा एउटा कथा, एउटा कविता, एउटा नाटक अझ एउटा निबन्धको आलोचना लेख्नु आपत्तिको विषय होइन । जस्तै जनकलाल वैद्यले चित्तरञ्जनका कथाहरूको आलोचना लेख्ने प्रयास गरे, पद्मरत्न तुलाधारले ‘कतांमधि’ (पुतली) को, जगदीश चित्रकारले ‘बाथरुम’ निबन्धको विषयमा लेखेका छन् । एउटा काव्य, एउटा कथा, एउटा निबन्धलाई लिएर आलोचनात्मक प्रयास गर्न वास्तवमा त्यत्ति ठूलो मिहिनेत नपर्ला जति एक जना साहित्यकार, एउटा साहित्यिक विधा वा एउटा धारालाई लिएर आलोचना लेख्नको लागि आवश्यकता पर्ने गर्दछ । बैग्लाबेग्लै निबन्ध, कथा, कविता र उपन्यासमा आलोचना लेखी लेखकको पृष्ठभूमिको पूर्ण मूल्याड्ढन नहुनु त स्वाभाविक हो । यो पक्षलाई एकातिर राखेर आलोचनामा यस्तो कृतिकेन्द्रित प्रवृत्तिले हाम्रो साहित्यमा उपन्यास वा नाटक वा कविताको अवस्था वा प्रवृत्तिको विषयमा प्रस्ट र उपयोगी तस्वीर निकाल्न सकिन्छ । यही कुरालाई प्रस्टरुपमा भन्नुपर्दा वास्तवमा एकजना साहित्यकार, एउटा धारा, स्थिति, विधा र युग विशेषलाई आफ्नो विषय बनाई लेखिएको आलोचनाले नेपालभाषा साहित्यको समग्र निरुपण हुनसक्दैन । यो आलोचनाको कलिलो उमेरको चिह्नमात्र हो । पृष्ठभूमिको अभावमा मात्र कृतिकेन्द्रित आलोचना धेरै हुन्छ । अझ एउटा काव्य कृतिको चर्चा हुने अवस्थामा पनि त्यो कृतिको नेपालभाषामा कुन स्थान छ भन्ने कुराको निरुपण गर्नुभन्दा त्यो कृतिको व्याख्यात्मक आलोचना भइरहेको देखिन्छ । माधवलालको ‘हृदय’ का ‘हृदय–कथा’, हरिकृष्णको ‘ख्ववि’ (आ“सु) वा कृष्णचन्द्रसिं प्रधानको ‘छ्वास काव्य व कवि व्यथितको काव्य रुप’ (दोबाटो काव्य र कवि व्यथितको काव्यरुप) यसका उदाहरण हुनसक्छन् । हाम्रो भाषामा लेखिएका अधिकांश आलोचना व्याख्याप्रधान भई कृतिका बेग्लाबेग्लै टीकाटिप्पणीजस्तै भएको छ । जसकारण सा“चो अर्थमा ‘आलोचना’ को निर्भिक विकास नभई टीकाटिप्पणी र व्याख्याको स्तरमा हाम्रो आलोचना साहित्य अलमलिरहेको छ । आलोचक कविको टीकाकार होइन । आलोचना एक प्रकारले पृष्ठभूमि र कृतिको साहित्यिक मूल्याड्ढन हुनुपर्ने हो, त्यो अर्थमा हाम्रा साहित्यको मूल्याड्ढन गर्ने काम अझै पनि गतिरोधमा अल्झिरहेको छ । हाम्रो साहित्यमा आलोचकले पारखीको स्थान पाउन बा“की नै छ । अहिलेसम्म आलोचक एक जना सहृदयी पाठक बनी कवि र लेखकस“ग संवाद गरिरहेका छन् । तर उनीहरू आफ्नो आवाज प्रस्ट रुपमा सुनिने गरी दूधको दूध–पानीको पानी छुटाएर देखाइदिनुपर्दछ । मेरो विचारमा जुन अर्थमा कृष्णचन्द्रसिं प्रधानको ‘नेपालभाषाका नःलि कविता’ (नेपालभाषाका नवोदित कविता), ‘झिगु साहित्ये बाख“’ (हाम्रो साहित्यमा कथा) र रत्नध्वज जोशीको ‘झींस्वपु बाख“ व नेपाल मां लुमंका व चित्तरञ्जन’ आलोचना हुन्, त्यही अर्थमा आलोचना भन्न मिल्ने लेख नेपालभाषामा निकै कममात्र छन् । यी लेखमा पाठकले कृष्णचन्द्रसिं प्रधान र रत्नध्वज जोशीस“ग विमति हुनसक्छ । तर तिनमा उनीहरूले आ–आफ्नो मूल्यबोध हुने पृष्ठभूमि स्पष्ट रुपमा उजागर गरेका छन् । तिनमा उनीहरू आ–आफ्नो हिसाबका पारखीको दायित्वमा पछि हटेका छैनन् । मूल्याड्ढन गर्ने कुरामा हाम्रा आलोचकहरू यति स्पष्टवादी र निर्भिक नभए हाम्रो साहित्यमा आलोचना ख्यालठट्टाको प्रतियोगिताजस्तै हुने खतरा रहन्छ । भाषाको ज्यावल बोकेर आलोचकले लुकामारी खेली बस्नुभन्दा आफ्नो लक्ष्यमा केन्द्रित भई आफ्नो पारखको दक्षता देखाउने समयमा हामी पुगिसकेका छौ“ । तातेताते गर्दै वा घाउमा ठेस लाग्दा भन्दै गरिएको आलोचनाले मात्र हाम्रो साहित्यमा गुनिलो साहित्य विकास हुने कुराको ग्यारेन्टी हुन्न । मेरो विचारमा आलोचना धेरै व्याख्याप्रधान भई चञ्चल भए यसमा औषधिको गुण बा“की हुने गर्दैन ।
नेपालभाषाको आलोचनामा कलम चलाएका आलोचकहरू थरी थरीका प्रभावमा परेको देखिन्छ । संस्कृत र हिन्दी साहित्यको प्रभावमा परी कतिपयले नेपालभाषा साहित्यलाई संस्कृत र हिन्दी साहित्यका रङ्गीन चस्माले हेरिरहेका छन् भने कतिले पाश्चात्य साहित्यको प्रभावमा परी नेपालभाषा साहित्यलाई अरुको तराजुमा तौलिरहेका छन् । त्योभन्दा पनि दुई चार जना लेखकहरूले माक्र्सवाद, प्रयोगवाद र अनास्थावादको आकर्षक जगमा आलोचना लेखिरहेका छन् । प्रस्ट रुपमा विशेषगरी २००७ सालपछि नेपालभाषा साहित्यमा पनि (विशेषतः हिन्दी र अङ्ग्रेजी) साहित्यको प्रभाव भित्रिएको देखिन्छ । नेपालभाषा साहित्यलाई बेलायती तराजुमा तौलेर न्याय गर्न सकिन्न । त्यस्तै हिन्दुस्तानी चस्माले हेरेर पनि न्याय गर्न सकिन्न । नेपालभाषा साहित्यलाई हिन्दी वा अङ्ग्रेजी साहित्यको रुपमा नभई नेपालभाषा साहित्यको रुपमा मात्र हेर्न मिल्छ । तुलना जुनसुकै साहित्यस“ग गर्दा पनि हुन्छ तर मूल्याड्ढन आफ्नै भाषा र साहित्यको पृष्ठभूमिमा गर्नु उचित हुन्छ । सिद्धिदास र डब्ल्यु. बी. इट्स समकालीन हुन्, तर सिद्धिदासले न इट्सले जस्ता प्रभावशाली कविता लेखेनन् भनी आलोचना गर्नु दुराग्रह नभए के हो ?
कुनै आकर्षक ‘वाद’ को आधारमा गरिने साहित्यिक मूल्याड्ढन कवि, लेखकका विचार र दर्शनको मात्र मूल्याड्ढन नभई उनीहरूको कला, शिल्प र विधानको पनि मूल्याड्ढन हुन जरुरी छ । माणिकलाल श्रेष्ठको ‘कवि सिद्धिचरणबारे छुं’–(कवि सिद्धिचरणबारे केही कुरा) पढ्नुहोला । यो दृष्टिकोणबाट हेर्दा प्राध्यापक वर्गले लेखेका आलोचना स्तुत्य छन् । उनीहरूस“ग ‘वाद’ प्रतिको आकर्षण वा विदेशी दृष्टिकोणको दुराग्रह किमार्थ देखिएको छैन । बरू नया“ लेखक महोदयहरूले सिधा बाह्य प्रभाव र परम्पराप्रति अनास्था प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् । जगदीश चित्रकारको ‘फिसः या लिसः’ को आलोचना र इन्द्र मालीको ‘न्हुगू कविताः जिगु मिखाय्’– (नया“ कविता मेरो आ“खामा) पढ्नुहोला । प्राध्यापकहरूले सायद त्यही भएर आ–आफ्नो आलोचनाको सैद्धान्तिक पृष्ठभूमिबारे प्रस्ट पार्न थप पाइला चाल्न थालेका छन् । त्यसकारण ईश्वरानन्द श्रेष्ठाचार्यको ‘सौन्दर्य व आलोचना’ (सौन्दर्य र आलोचना) र झुलेन्द्रमान प्रधानको ‘काव्यया स्वभाव’ (काव्यको स्वभाव) हाम्रो भाषाको समालोचना सिद्धान्तका प्रारम्भिक प्रयासमात्र नभई कदरयोग्य पाइला पनि हुन् । नेपालभाषामा जति पनि आलोचना प्रकाशनमा आए ती सबै व्यवहारिक आलोचनामात्र भए । हाम्रो भाषामा आलोचनाको सैद्धान्तिक पक्ष ज्यादै कमजोर छ । त्यसो हुनुको मूल कारण भनेको हाम्रो साहित्य र आलोचनाको इतिहास निकै छोटो हुनु नै हो ।
नेपालभाषा साहित्य र आलोचनाको समय निकै कम भएको हुनाले नेपालभाषाको आलोचनामा पनि धेरै कमजोरी छन् । स–साना शिशुहरूलाई धेरै थरी रोगले सताइरहेजस्तै हाम्रो आलोचना साहित्य पनि बालरोगले पिरोलिएको देखिन्छ । समस्या त धेरै नै छन् । त्यसको मूल कारण हाम्रो सन्दर्भमा आलोचक र लेखक समकालिक हुनु पनि हो । एकै उमेरका लेखक र आलोचक हु“दा हाम्रो आलोचनामा पक्षपात, सङ्कीर्णता, अहम्वाद, गुटबन्दीदेखि अनेकन एकाङ्गीपन देखिनु स्वाभाविक हो । एक त आलोचक आफ्ना समकालीन कवि–साहित्यिकप्रति कहिल्यै पनि निरपेक्ष र वस्तुनिष्ठ बन्न सक्दैन । अझ हाम्रो सन्दर्भमा काठमाडांै, ललितपुर र भक्तपुरका सबैले सबैलाई चिनिरहेकै हुन्छौ“ । कहिलेकाहीं त लेखक र आलोचक आपसमा नातेदारसमेत हुने गर्दछ । त्यसकारण सिद्धान्त र कृतिको आधारमा मात्र आलोचना नभई लेखक चिने–नचिनेको, मनपरे–नपरेको, राम्रो–नराम्रो आदि आधारमा पनि आलोचकले आफ्नो कलम चलाइरहेको हुन्छ अर्थात् ‘यो मान्छेलाई उकास्नु ठीक छ’, ‘यो मान्छे नैतिकहीन हो’, ‘यो मान्छे त मेरो आ“खामा परेको धुलो हो’ (हेर्नोस् कृष्णचन्द्रसिं प्रधानको ‘झीगु साहित्ये बाख“’– हाम्रो साहित्यमा कथा) आदि गैरसाहित्यिक पृष्ठभूमिको हस्तक्षेप हुनु स्वाभाविक हो । अनि आलोचकले एउटा पूर्वनिर्धारित गैरसाहित्यिक कस्सीका आधारमा साहित्यिक मूल्याड्ढन गर्ने गर्दछ । त्यही भएर, हाम्रो साहित्यमा महाकाव्य भएर पनि त्यसको आलोचना भएको छैन । अब्बल नाटक भएर पनि तिनको उत्कृष्ट सिंहावलोकन हुन सकेको छैन । उपन्यास भएर पनि साहित्यमा तिनको स्थान कहा“ छ भन्न सकिएको छैन । यदि आलोचना भनेको आत्मसन्तुलन हो भने त्यस्तो सन्तुलित दृष्टिकोण हाम्रो आलोचनामा विकास हुन अझै बा“की छ । आलोचनाको आधार भनेको कविता हो, कवि होइन । उपन्यास हो, उपन्यासकार होइन । सिर्जना हो, स्रष्टा होइन । यो कुरा बुझेर सैद्धान्तिक र वस्तुपरक आधारमा निरपेक्ष भई कलम नचलाएसम्म हाम्रा आलोचकहरू एकाङ्गी हुने प्रवल सम्भावना रहिरहन्छ । दुर्भाग्यको कुरा, हाम्रो सन्दर्भमा अहिलेसम्म पनि आलोचक र लेखकको उमेर लगभग समान नै हुने गरेको छ । त्यही भएर आलोचक या त कविको नजिकको मित्र हुने नभए आलोचकको अविश्वासको पात्र बन्ने गरेको छ । यी दुवैमध्ये कुनै पनि कुराको ख्याल नगरी आलोचकले कलम चलाए सायद त्यत्तिबेलामात्र आलोचनाको सक्कली रुप बाहिर अभिव्यक्त हुनसक्नेछ ।
नेपालभाषामा अरू केही नलेखी मात्र आलोचना लेख्ने आलोचक कति जना छन्, मलाई थाहा भएन । तर कसैले आलोचना लेखेरैमात्र आफ्नो मुखमा माड लगाउन सक्ने अवस्था छैन भन्ने कुरा प्रस्ट छ । आलोचनालाई (साहित्यलाई) फुसर्दको काममात्र बनाइरहेका मानिसहरू मनग्य छन् । तर हाम्रो भाषामा आलोचनालाई गम्भीरतापूर्वक लिएर, एउटा बौद्धिक वृत्ति वा साधनाको रुपमा अङ्गीकार गर्ने कोही पनि देखिएको छैन । सबैले सौखको रुपमा फुसर्दको काम वा रहर पूरा गर्ने ध्येयले मात्र आलोचनाको अभाव पूर्ति गर्न सकिन्न । आलोचना एउटा शैक्षिक साधना (बअबमझष्अ मष्कअष्उष्लिभ) बन्न धेरै समय लाग्नेछ । बितेका १८ वर्षभित्र विद्वतापूर्ण, खोजपूर्ण, तथ्यपूर्ण र एउटा पूर्ण आकारको आलोचना प्रकाशित भएको छैन भन्दा फरक नपर्ला । (जनकलाल वैद्यको ‘सत्यसती’ विवेचनाबाट यो अभाव पूर्ति भए राम्रो हुने थियो ।) एउटा निश्चित साधनाको निर्दिष्टता नहुनाले आलोचना स्याहार नपुगेको बालकजस्तै बनेको छ । असफल कविमात्र आलोचक बन्छ भनिएको छ । नेपालभाषाको आलोचना पनि यस्तै असफल कविहरूको शरणार्थी क्याम्प नभई एउटा उत्तरदायित्वपूर्ण अनुशिलन (मष्कअष्उष्लिभ) र बौद्धिक साधना बन्न अझै बा“की नै छ ।
हाम्रो आलोचना साहित्य अझै कच्ची नै छ भन्ने कुरा यदाकदा आलोचनाको नाममा प्रकाशित हुने अनेक लेखका भाषा र शैलीबाट प्रस्ट छ । (पढ्नुहोस्, गाजलंदाःगु चा या लिच्व–भयभित माटोको प्रतिक्रिया) भाषा र शैलीमा अपरिपक्वता नवागन्तुक र अङ्ग्रेजी भाषामा शिक्षादिक्षा ग्रहण गरेकाहरूको मात्र विशेषता होइन । हाम्रो भाषामा आलोचनाजस्तो उच्चस्तरको क्लिष्ट बौद्धिक र भाववाचक शब्दले व्याख्या गर्नुपर्ने काम गर्न त्यत्ति सहज छैन । अझ संस्कृतका तत्सम् र हिन्दी भाषाको सहारा नलिई आलोचना लेख्ने प्रयास मात्र दुस्साहस हुने गरेको छ । त्यही भएर यहा“ मात्राको कुरा आउने गर्दछ । जुन लेखक (जस्तो इश्वरानन्द श्रेष्ठाचार्य) ले तत्सम् शब्दको सकेसम्म प्रयोग नगरी नै आलोचना लेख्ने प्रयास गरेका छन् । तर अधिकांश अरु आलोचकहरूका शैली अपरिमार्जित अवस्थामा नै छ । शैलीको हिसाबमा रत्नध्वज जोशी र माणिकलाल श्रेष्ठहरू मज्जाले जमेका छन् । माधवलाल कर्माचार्यको शैली निकै सौम्य र कसैलाई केही अप्ठ्यारो नहुने प्रकारको हुने गर्दछ । कृष्णचन्द्रसिं प्रधानको भाषामा नेपाली र हिन्दी भाषाको प्रस्ट प्रभाव छ । तैपनि प्रधानको भाषा खुकुरीजस्तै धारिलो छ ।
मेरो विचारमा त नेपालभाषामा आलोचना लेख्नु ढुड्डामा लेख्नुभन्दा पनि कठीन काम हो जस्तो लाग्छ । नेपालभाषाका सीमित शब्दावलीभित्र बसेर अब्बल कृति प्रकाशन गर्न सैद्धान्तिक परिपक्वतालाई एकातिर राखेर शैलीको अनुशीलन गर्न पनि अत्यावश्यक हुन्छ ।
सार–अन्वेषण, इतिहास र आलोचना
नेपालभाषाको आलोचना विकासका लागि काम गर्न धेरै बा“की छन् । यसको निम्ति प्रारम्भमा गर्नुपर्ने काम भनेको अन्वेषण नै हो । जबसम्म हामीले हाम्रो भाषाको भण्डारमा रहेका पुराना कृति एक एक छानबिन गरी, छानेर र सम्पादन गरी प्रकाशनमा ल्याउन सक्दैनौ“, हाम्रो प्राचीन र मल्लकालीन साहित्यको स्वरुप प्रकाशमा ल्याउन सक्दैनौ“, तबसम्म हाम्रो साहित्य र आलोचना दुवै मुर्कुटाजस्तो हुनेछ । हाम्रो भाषा कति समृद्ध छ भन्ने विषयमा गरिएको अन्वेषणका आधारमा निकालिएका तथ्याड्ढले मात्र हामीले नेपालभाषाको पूर्ण र उपयुक्त इतिहास लेख्न सक्छौ“ । सिद्धिदास महाजूभन्दा अघिका साहित्यको अन्वेषण र इतिहास प्रकाशनपछि मात्र हामीले महाजूभन्दा पछिका साहित्यको वास्तविक मूल्याड्ढन गर्नसक्छौ“ । नत्र हामीले जे कुरालाई आलोचना भनिरहेका छौ“, त्योमात्र एकाङ्की हुने सम्भावना रहन्छ । हामीले हाम्रो साहित्यलाई नै राम्ररी नचिनी कसरी आलोचना गर्नसक्छौ“ र ? आलोचकको एउटा आ“खा नया“ प्रयोगमा हुनुपर्दछ भने अर्को आ“खा पुराना परम्परालाई बुझेर आजको वर्तमानस“ग सम्बन्ध स्थापित गर्नेमा हुनुपर्दछ ।
त्यसकारण अन्वेषण र इतिहासले मात्र हाम्रो आलोचना साहित्यलाई अत्यावश्यक पृष्ठभूमि बनाइदिन सक्छ । नेपालभाषाको पठनपाठन स्कूल, कलेज र विश्वविद्यालयसम्म पुगेको अवस्थामा अब यसको लागि आवश्यक पक्ष अन्वेषण र खोज पनि हु“दै जाने आशा छ । इतिहासको गर्भ उधिनेर, निकालेर नेपालभाषाको वास्तविक स्वरुप निर्धारण गरेपश्चात् यो भाषाको आलोचनाका लागि आवश्यक आधार बनाउने जिम्मेवारी विशेषगरी नेपालभाषा पढिरहेका र पढाइरहेकाहरूको हो । तर सबैको सहयोगमा गम्भीरतापूर्वक यो कामको थालनी गरिनुपर्दछ । त्यत्तिबेलामात्र नेपालभाषाको आलोचना अधकल्चो कच्ची नभई पक्का साधना र अनुशिलन हुनेछ ।
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सड्ढलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचना सङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको २०७५ मंसिर १ गते निधन भएको थियो ।)
Great Job
Namaste 🙏