जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

साहित्य साधनाको इतिहास : गोमा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २४ कार्तिक २०८०, शुक्रबार
सर्जक बिशेष भित्र
1
साहित्य साधनाको इतिहास : गोमा

कविवर सिद्धिचरण श्रेष्ठ, क्रान्तिकारी जनकवि युद्धप्रसाद मिश्रका समकालीन साहित्य साधक गोमालाई नेपाली साहित्यिक इतिहासको क्रममा उल्लेख गर्नुपर्ने प्रतिभाका रूपमा चर्चा गर्नु आवश्यक देखिन्छ । वि.सं. १९९४ सालदेखि अर्थात् उनी १२ वर्षकी छँदा देखि कविता लेख्न थालेको प्रमाण शारदामा जलन कविता १९९४ मा छापेर आफूलाई प्रस्तुत गरिन् ।वि.सं. १९८२ जेठ १५ गते मणि चौर, पर्वतमा माता नन्दकुमारी र पिता लक्ष्मीकान्त (लालु) उपाध्यायका छोरीका रूपमा यिनको जन्म भयो । पढ्ने र लेख्ने प्रोत्साहन र प्रेरणा हजुरबुबाबाट प्राप्त गरेकी यिनले जीवन बाँच्ने क्रममा पारिवारिक सङ्घर्ष र व्यथा निकै भोगिन् । फुपाजुको घरमा फुपूको काखमा लुटपुटिन बाध्य गोमाले आमाका रूपमा फुपूलाई र बुबाको रूपमा फुपाजुलाई चिन्न बाध्य भइन् । यसरी धेरै कष्टले जीवन क्रम गुजारेर दुःखै दुःख भोगेर जीवन बाँच्न बाध्य यिनले जीवन–साथीका रूपमा साहित्यलाई स्वीकारेको देखिन्छ । त्यसताका प्रकाशित हुने शारदा, उद्योग, गोरखापत्रमा यिनका थुप्रै कविताहरू प्रकाशित भएको देखिन्छ । त्यसताका साहित्यमा देखा पर्दै आएकी महिला साहित्यकारहरूमा लोकप्रियादेवी, प्रेम राजेश्वरी र गोमा मात्रै हुन् ।


नारी हस्ताक्षरहरूको मूल्याङ्कन गर्दै साहित्यिक इतिहास नियाल्दा यिनीद्वारा लिखित इन्दु खण्डकाव्य नै पहिलो खण्डकाव्य मानिन्छ । साधारण शिक्षा ग्रहण गरी साहित्य लेख्न थालेकी यिनले केही वर्षसम्म शिक्षण सेवा पनि गरेको देखिन्छ । सङ्कटसँगै सङ्घर्ष गरेर जीवन गुजारेकी गोमा शारदाकालीन चर्चित कवि थिइन् । कवि सिद्धिचरण श्रेष्ठजस्ता प्रसिद्ध कविले यिनलाई सम्बोधन गरेर कविता कोरेको घटना–क्रम नियाल्दै भन्न सकिन्छ यिनी त्यसताकाका उत्कृष्ट कवि प्रतिभा हुन् । सुरु सुरुमा साहित्यिक लेखनमा निकै सक्रिय रहेकी गोमा २००० सालदेखि २०२५ सालसम्मको अवधिमा व्यावहारिक कारणले अल्झेको हुनाले हो (कि ?) हराएको देखिन्छ । आफै घोटिएर, आफैमा आफै भएर जीवनमा धेरै सङ्घर्ष गरेर यिनले २०३६ सालतिर स्नातक परीक्षा उत्तीर्ण गरेको देखिन्छ । धर्मोदय कन्या पाठशालामा शिक्षिका, पाटनको कन्या प्राविका प्रधानाध्यापक भई सेवा पुर्‍याएका पछि यिनी सहिद शुक्र माविका शिक्षिका हुनाका साथै २०२२ सालदेखि २०४५ सालसम्म दरबार हाई स्कुलका शिक्षिका भई सेवा पुर्‍याएको देखिन्छ ।


गाउँले समाजमा जन्मेकी र त्यतै अभाव र कष्ट साध्य जीवन बोकेर सङ्घर्षका अनगिन्ती पाठहरू पढेर आफूलार्ई साहित्यिक कर्म र साधनामा लगाउँदै आएकी गोमा सङ्घर्षबाट हुर्केकी एक जना स्रष्टा र द्रष्टा हुन् । यिनले आफूले बुझे अनुसारका कुरा र घटनाहरूलाई साहित्य बनाइन् र फुर्सदको समयमा आफूलाई साहित्य साधना र सिर्जनामा लगाइन् । जीवन पथमा धेरै दुःख, दर्द, व्यथा खपेर शिक्षण सेवालाई जीविकाको आधार बनाएर बचेको समयमा यिनले साहित्यमा मन दिए ।शारदाले जन्माइदिएका साहित्यकारलाई पछि रत्न श्री साहित्यिक पत्रिकाले मलजल दिई हुर्किन मद्दत गरेको जस्तो देखिन्छ । थुपैै् समालोचना, लेख रचना र कविताहरू यिनले रत्न श्रीमा छपाएको देखिन्छ । रत्न श्री स्वर्ण पदकबाट पनि यिनी विभूषित भइन् । त्यसैले उनी लेख्छिन् –“साँच्चै भनूँ भने मलाई शारदाले जन्मायो भने रत्न श्रीले बढ्न, हुर्कन र परिमार्जित हुनमा मद्दत गर्‍यो ।” यिनका प्रकाशित पुस्तकहरूमा जलन (कविता सङ्ग्रह २०३७),साहित्यिक फूलबारीका फूलहरू(समालोचना, २०३७), बाँच्ने रहर (कविता सङ्ग्रह २०३९), कार्यशील महिलाको भूमिका (निबन्ध सङ्ग्रह २०३९), मातृ व्यथा (कविता सङ्ग्रह, २०४१), इन्दु(खण्डकाव्य, २०४२), कवि म.वि.वि. शाहका काव्य प्रवृत्ति (समालोचना, २०४२), तिरस्कृत आत्मा (खण्डकाव्य, २०४३), नेपाल भारतका केही नारी प्रतिभा(खण्डकाव्य, २०४६), पौराणिक नारी परिचय (जीवन सङ्ग्रह, २०४८), मानव धर्म र आस्था (कविता सङ्ग्रह २०५०), चाँदनी शाहको काव्य संसार(समालोचना, २०५१), मानव धर्म र आस्था (कविता सङ्ग्रह २०५१) प्रकाशित भएको देखिन्छ ।


लोकप्रियादेवी पुरस्कार (२०४४), मैना पुरस्कार (२०४०), गोपाल पाँडे असीम पुरस्कार (२०५३), युगकवि सिद्धिचरण श्रेष्ठ काव्य पुरस्कार (ई.सं. २००१) आदि पुरस्कार, सम्मान प्राप्त गर्न सफल साहित्यकार गोमाले कविता, काव्य, निबन्ध, समालोचना आदि विधामा सक्रियतापूर्वक कलम चलाएको देखिन्छ । अँध्यारो युगमा कलम चलाएकी यिनले साहित्यलाई हजुरबुबाको घर आँगनबाट अर्थात् गाउँमै आत्मसात् गरेकी हुन् । यसै सन्दर्भमा यिनले लेखेकी छन् –“गाउँबाट काठमाडौँ छिरेपछि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, विजय मल्ल, भीमनिधि तिवारी, युद्धप्रसाद मिश्रसँगको भेटले मलाई लेख्न प्रेरणा र बल थप्यो ।” शिक्षण सेवामा जीवनका अधिकांश समय गुजारेकी यिनका लागि पछिल्लो समयको काल क्रममा छोरी डा. गार्गी शर्मा र ज्वाइँ साहेबले निकै भरथेग र साथ दिएको देखिन्छ । यो देशमा निकै रुचाइएका, चर्चामा आएका साहित्यकारहरुसम्मको मूल्याङ्कन नहुने देशमा साहित्यकार गोमाको चर्चा नहुनु, मूल्याङ्कनमा नपर्नु अनौठो विषय रहेन । तर सेवा साधना र सिर्जनाको मूल्याङ्कन जसको पनि हुनुपर्छ – गोमा लगायत स्रष्टाहरूको जति हुनुपर्ने त्यो राज्यबाट भएको देखिँदैन । यही विडम्बना र विसङ्गति हो देशको ।यिनको अवसान २००२ जुलाई ३० मा भयो । 


०००
गोमा दिदीसँग जनमत मार्फत मेरो परिचय २०४६ सालतिर भएको हो । साहित्यिक कर्म रोजेर सक्रिय भएर लाग्दा थुप्रै साहित्यकारसँग मेरो आत्मीय सम्बन्ध बढ्दै गएको हो । आज पर्यन्तसम्म यही पथमा लागेर हजारौँ हजार सङ्ख्यामा साहित्यकारसँग मेरो परिचय भएको छ । यही क्रममा राखेर मूल्याङ्कन गरेर भन्नुपर्दा म भन्न रुचाइरहेछु – सरल, शिष्ट, सोझी देखिने गोमा दिदीसँग चार चोटि भेटमा निकै मनोरम ढङ्गले मन साटासाट गर्न पाएका क्षणहरू मनमा याद आइरहन्छ । नयाँ र पुरानोमा भेद देखाउन नचाहने उनीभन्दा २४ वर्षले कान्छो मसँग पनि परिचयको क्रममा उनले कहिल्यै पनि ‘ठालुपन’ देखाएनन् । रामायण र भक्तमालाको प्रभावमा परेर साहित्य लेख्न थालेकी, कृष्णचरित्र, चण्डी, दुर्गा कवच, रामायण सानै छँदा देखि नै कण्ठ गरेकी यिनी सानी छँदा आमाविहीन टुहुरी भएर हुर्किएकी हुन् । बाँच्ने रहर बोकेर जीवनका कहरहरू काट्न सफल अभियन्ता हुन् उनी ।मातृ व्यथाभित्रका गहिराई कस्तो हुन्छ अनुभूति साँचेर साहित्य सिर्जना गर्दै आएकी गोमाले साहित्यिक फूलबारीका फूलहरू मन परे जति सबै बगैँचाबाट टिप्न प्रयास गरे ।


सरलताका धनी गोमा दिदीसँग प्रत्यक्ष भेटघाट र उनीभित्रका साहित्यिक उच्छवासहरु छाम्न पाएको २०४६ सालमा म कार्यरत विद्यालय महेन्द्र माविमा साथीहरूसँग आउँदा हो । छिन्नलता, गाग्री शर्मा, इल्या भट्टराई, शशि रिमाल लगायत थुप्रै महिलाहरूसँग नारी साहित्य मन्दिरका तर्फबाट साँगास्थित महेन्द्र माविमा गोमा दिदी आउनुभएको मलाई सम्झना छ । कवि गोष्ठीको विशेष आतिथ्य गरेकी यिनले मलाई र त्यस ठाउँको वातावरण मन परेर बोलेका यी शब्दहरू सधैँ मनमा गुन्जिरहन्छ । उनले भनेकी थिइन् –“कति मज्जाको डाँडामा दुवालको स्कुल, बसिरहूँ जस्तो ।” साहित्यकार गोमा दिदी यस्तै यस्तै भावना र सन्दर्भमा मेरो मन मझेरीमा झुलिरह्यो । म गोमा दिदीलाई साहित्यिक मर्ममा र साहित्यिक प्रसङ्गहरूमा राखेर साहित्यिक इतिहासको क्रममा सम्झिरहेछु ।


अघिल्लो पोष्ट

सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

पछिल्लो पोस्ट

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

सिक्किममा साहित्यिक अन्तर्क्रिया

सिक्किममा साहित्यिक अन्तर्क्रिया

प्रतिक्रिया 1

  1. राजेन्द्रप्रसाद अधिकारी says:
    2 years ago

    सम्झनु पर्ने तर ओझेलमा परेकी साहित्यकारको बारेमा चर्चा गर्नु भएकोमा मोहन दुवाल र जनमतलाई धन्यवाद।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रहस्यमय भोगाइ

रहस्यमय भोगाइ

२३ फाल्गुन २०७८, सोमबार
अनुसन्धानमा सक्रिय र दक्ष अध्येता  डा. जनकलाल वैद्य

अनुसन्धानमा सक्रिय र दक्ष अध्येता डा. जनकलाल वैद्य

२३ फाल्गुन २०७८, सोमबार
मुस्ताङको उकालो

मुस्ताङको उकालो

२३ फाल्गुन २०७९, मंगलवार
युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक