नोबल पुरस्कारविजेता रूसी लेखक अलेक्सान्द्र सोल्झेनित्सिन एक साहित्यकार मात्र थिएनन्, उनी साहित्यकारभन्दा पनि बढी एक ठूला दार्शनिक र चिन्तक पनि थिए । रूसवासीहरु उनलाई देशका सोमत र विवेक भन्दछन्, यद्धपि उनको चिन्तन सबैका लागि ग्राह्य भने हुन सकेन । तर उनले जीवनको अन्तिम घडीसम्म नै रत्तिभर हरेस नखाएर आफ्नो जीवनको महान् लक्ष्यपूर्तिका लागि परिश्रम गर्दै रहे ।
मास्कोवासीहरूले रूस विज्ञान प्रज्ञाप्रतिष्ठानको शोककक्षमा ५ अगस्त २००८ का दिन विश्वविख्यात रूसी लेखक अलेक्सान्द्र सोल्झेनित्सिनसंग अन्तिम बिदा लिए । दिनभरि रूसका लेखक–कवि, सांस्कृतिक कार्यकर्ता, राजनेता र सर्वसाधारण जनप्रतिनिधिहरूले उनको शवमा पुष्पाञ्जलि अर्पण गरेको दृश्य टेलिभिजन कार्यक्रमहरूमा देख्न सकिन्थ्यो । भोलि मास्कोको दानिलोभ मोनेष्टी«स्थित समाधिस्थलमा धार्मिक विधिविधानबमोजिम उनको शव दफनाइने छ । मास्कोको प्रकृतिले पनि उनको देहावसानमा शोकाश्रु झारिरहेभैंm प्रतीत हुन्छ । गतः दुई दिनदेखि नै मास्कोको आकाश बादलले गुम्म ढाकिएको छ र कहिले सिमसिम झरीको रूपमा त कहिले जोडसित पानी परिरहेको छ ।
अलेक्सान्द्र सोल्झेनित्सिन एक साहित्यकार मात्र थिएनन, उनी साहित्यकारभन्दा पनि बढी एक ठूला दार्शनिक र चिन्तक पनि थिए । रूसवासीहरु उनलाई देशका सोमत र विवेक भन्दछन्, यद्धपि उनको चिन्तन सबैका लागि ग्राह्य भने हुन सकेन । तर उनले जीवनको अन्तिम घडीसम्म नै रत्तिभर हरेस नखाएर आफ्नो जीवनको महान लक्ष्यपूर्तिका लागि परिश्रम गर्दै रहे । देहान्त हुनुभन्दा अघिसम्म उनी सधैंको दिनचर्याअनुसार ३० भागमा प्रकाशोन्मुख आफ्ना सम्पूर्ण कृतिहरू समेटिएका ठेलीहरूको सम्पादन कार्यमा संलग्न रहेका थिए । उनले आफ्नो जीवनकालमा त्यसका केही पहिला भागहरु मत्र देख्न पाए ।
जीवनको ९० शरद् पूरा हुन केही महीना बाँकी रहँदा नोबल पुरस्कार विजेता रुसी लेखकको आकस्मिक निधन भयो । हामी नेपालीहरुको धारणाअनुसार कुनै व्यक्तिको यदि दीर्घरोग र शारीरिक पीडाबेगर दैवगतिले देहावसान हुन्छ भने त्यो पुण्यात्मा मानिन्छ । इस अर्थमा रुसी लेखक अलेक्सान्द्र सोल्झेनित्सिनले इच्छामरण प्राप्त गरेको मान्न सकिन्छ । साँझपख छातीमा केही पीडाको अनुभव भएको हुँदा डाक्टर बोलाइएको थियो तर हुने हार दैव नटार भनेभैंm बीसौं शताब्दीका भुक्तभोगी महान् रूसी साहित्यकार, महान् मानवतावादी दार्शनिक, महान संघर्षकर्ता अलेक्सान्द्र सोल्झेनित्सिन चिरनिद्रामा लीन भए । ३ अगस्तको मध्यरातमा ११ बजेर ४५ मिनट जाँदा उनको हृदयगति सदाका लागि बन्द भएको थियो ।
मलाई यतिखेर आपूm मास्को राजकीय विश्वविद्यालयको पत्रकारिता संकायमा अध्ययन गरिरहेको समयको सम्झना आइरहेको छ । सन् १९६२ तिर मास्कोको साहित्यिक पत्रिका ‘नोभी मीर’ (‘नयाँ संसार’) मा ‘इभान देनिसोभिचको एक दिन’ भन्ने शीर्षकमा छापिएको लघुउपन्यासका रचयिता अलेक्सान्द्र सोल्झेनित्सिनको नाम बिजुली चम्केभैंm मास्कोभरि पैmलियो । त्यसताका प्रकाशित हुने साहित्यिक कृतिभन्दा बेग्ले खालको उनको यो लामो कथा छापिएको पत्रिका हारालुछ भयो । विश्वविद्यालयको पुस्तकालयमा पत्रिकाको त्यो अंक लिन महिनौं लाममा बस्नुपरेको थियो । स्टालिनको बन्दीशिविरबाट मुक्त गरिएका लेखकको त्यो कृति ख्रुश्चेभको शासनकालमा देखापरेको उदारतावादको मिर्मिरे उज्यालोको पृष्ठभूमिमा प्रकाशित हुन पुगेको थियो र त्यो सोभियत सत्ताकालमा रुसका बुद्धिजीवी वर्गले अनुभव गर्न थालेको ‘न्यानोपना’ (रुसी भाषामा ‘अत्तेपेल’) को द्योतक बनेको थियो । तर त्यो ‘न्यानोपना’ धेरै लामो समयसम्म कायम रहन सकेन । यो कुरा त्यतिखेर मात्र मलाई किंचित् बोध भयो जतिखेर अलेक्सान्द्र सोल्झेनित्सिनको विश्वप्रसिद्ध उपन्यास ‘आर्खिपेलाग गुलाग’ (‘द्वीपपुञ्ज’) विदेशबाट प्रकाशित गरिएको आरोपमा त्यसका लेखकलाई देशनिकाला नै गरियो ।
रूसमा लेनिनको नेतृत्वमा सन १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएको एक वर्षपछि अलेक्सान्द्र सोल्झेनित्सिनको जन्म भएको थियो र सचेतन रुपमा उनले लेनिनको नाम समेत सन् १९२४ मा लेनिनको देहान्त भएकै दिन मात्र सुनेका थिए । उनी एक धर्मभीरु प्रिवारमा जन्मेर हुर्केका भए तापनि त्यस समय रुसका सबै किशोर–किशोरीहरूभैंm उनी पनि १४ वर्षको उमेरदेखि ‘नयाँ हावा’ बाट प्रभावित नभई रहन सक्तैनथे । अनि युवावस्थामा उच्च शिक्षा हासिल गर्नका लागि मास्को पुगेका भावी लेखक विश्वविद्यालयमा भर्ना भएर छात्रावास पसेकै दिन हिटलरवादी जर्मनीको फौजले २२ जून १९४१ मा सोभियत संघउपर हमला गरेको समाचार प्रसारित भएपछि आफ्ना अन्य दौंतरीहरुभैंm उनी पनि सैनिक सेवामा भर्न हुन लालायित हुनु स्वाभाविकै थियो । तर स्वास्थ्यको कारणले तोपसेनामा भर्ना नपाएपछि आप्mना एक साथीको सहयोगबाट रणस्थलको गतिविधि र सोभियत व्यवस्थाका कमीकमजोरीहरुबाट पनि अवगत हुने उनले मौका पाए । दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् साथीभाइहरुसंग देशको पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा चिन्तन–मननको क्रममा स्टालिनको आलोचना गरिएको अभियोगमा उनले स्टालिनको बन्दीशिविरको हावा खानुप¥यो । त्यहाँ उनले जेजस्तो देखे वा भोगे त्यसको आलेख सूत्रबद्ध रुपमा लुकाएर राख्ने गरेका थिए । उनले ८ वर्षको जेलसजाय पाएका थिए । जेलको यातनापश्चात् उनलाई सन् १९५३ को मार्चमा काजाखस्तान निर्वासन गरियो ।
अलेक्सान्द्र सोल्झेनित्सिनको जन्म सन् १९१८ मा मास्कोबाट दक्षिणतिर पर्ने किस्लोभोद्स्क भन्ने सहरमा भएको थियो । त्यसै वर्ष सिकार खेल्न गएका बखत दुर्घटनामा परी सैनिक सेवामा कप्तानको दर्जामा रहेका उनका पिताको देहान्त भएको थियो । शिघ्रलेखन (स्तेनोग्राफ) को पेशागा शिक्षा पाएकी उनकी आमा चाहिं नाबालक छोरासहित दोनवर्ती रोस्तोभ सहरमा बसाइँ सरिन् । भावी लेखकले त्यहीं नै माध्यमिक विद्यालय सकेर दोस्रो विश्वयुद्धअगावै विश्वविद्यालयबाट भौतिकशास्त्रै तथा गणितको साथै साहित्यशास्त्रको समेत अध्ययन गरेका थिए र सन् १९४१ कोे शरद्मा दोस्रो विश्वयुद्ध चम्केको हुँदा सेनामा भर्ना भए । सन् १९४५ को फरवरीमा गिरफ्तार नभएसम्म उनी विभिन्न युद्धक्षेत्रहरूमा पुगेका थिए ।
अबुर्द (क्यान्सर) को रोग लागेकोले मर्ने भइयो भनी तासकन्दतिर जानुअघि उनले सन् १९५३ मा आप्mना सबै टिपोटहरु एउटा बोतलमा हालेर गाडिदिएका थिए । तर अप्रत्यासित रुपमा उनी निरोगी भएर फर्किए । सन् १९५६ मा निर्वासनको सजाय हटाइएको थियो । त्यसपछि रूसमा फर्केर सन् १९६२ सम्म नै भ्लादिमिर जिल्ला र पछि ¥याजानको स्कूलमा अध्यापन गर्ने काममा संलग्न भए । सन् १९६५ पछि रूसमा ब्रेझनेभको शासनकालमा उनका कृतिहरुको प्रकाशनमा अघोषित रोक लागेको थियो । रुस लेखक संघको एउटा सभामा विह्यात रूसी लेखक मिखाइल शोलोखोभले समेत उनलाई लेख्नमा प्रतिबन्ध लगाउनुपर्ने राय प्रकट गरेका थिए । यस प्रकार उनी ‘भूमिगत लेखक’ बन्न पुगेका थिए ।
आपूmले देखे–भोगेका कुराहरू सूत्रबद्ध रुपमा लेखेर राख्ने अलेक्सान्द्र सोल्झेनित्सिनको बानीबेहोराकै परिणामस्वरुप ५००० बन्दीहरुको यातनागृहको रुपमा रहेको गुलाग बन्दीशिविरको घटनामा आधारित ‘द्वीपपुञ्ज’ उपन्यास अस्तित्वमा आएको थियो । लेखकले आप्mना कृतिहरु टंकण गराएर पाण्डुलिपिहरू गोप्य रूपमा राख्ने गरेका थिए । अचानक एउटा प्रति जफत भएको हुँदा उनीउपर कडा निगरानी राखिएकै समयमा गोप्य रुपमा नै विदेश पुगेको प्रति प्रकाशमा आएको थियो । यही निहुँमा उनलाई देशद्रोहीको अभियोग लागेर सोभियत नागरिकताबाट वंचित भई देशनिकालाको ‘सजाय’ पाएका थिए । नोबल पुरस्कार प्राप्त गरेका लेखकलाई बन्दी बनाएर राख्नुभन्दा सपरिवार देशनिकाला गरेर पठाइदिनु नै तत्कालीन सोभियत शासकहरुले उचित ठानेका थिए । यसरी उनी ‘देशद्रोह’ को अभियोगसहित नागरिकताबाट वंचित गरिएर हवाईजहाजमा हालेर सन् १९७४ मा सोभियत संघबाट बाहिर पठाइए ।
अलेक्सान्द्र सोल्झेनित्सिनको कथनानुसार उनको हत्याको समेत प्रयास भएको थियो । एकपल्ट पसलमा कसैले नजानिंदो किसिमबाट सुई लगाइदिएको थियो जसको परिणामस्वरुप उनको जीउभरि फोकैफोका उब्जेको थियो । देशनिकाला भएपछि च्युरिखमा समेत उनले खतरा महसूस गरिरहे र कसैलाई थाहा नै नदिएर त्यहाँबाट गुप्त रूपले उनी सपरिवार अमेरिका पुगे । सन् १९७६ देखि उनी पत्नी नाताल्या दिमित्रियेभ्ना तथा ३ जना पुत्रहरूको साथमा अमेरिकाको बेर्मोन्ट राज्यमा बसोवास गरी बसे ।
त्यसताका सोभियत संघमाअलेक्सान्द्र सोल्झिनित्सिनको देशनिकालादेखिलिएर उनको अमेरिकाप्रवाससम्मको खबर औपचारिकमाध्यमबाट नभई हल्लाको माध्यमबाट मात्रमानिसहरुको कानमापरेको थियो । सोभियत संघमागोर्वाच्योभद्वाराप्रतिपादितपेरेस्त्रोइका (पुनर्निर्माण) र ग्लासनोस्ट (खुलापन) को नीतिको फलस्वरूपमात्रनिर्वासित रुसीलेखकको व्यक्तित्व र कृतित्वको बारेमाकेहीथाहापाउने सम्भावनापाइयो ।
अलेक्सान्द्र सोल्झेनित्सिनले स्वदेश आगमनका लागि तीन सर्त राखेका थिए ः १. गुमेको नागरिकता ससम्मान फिर्ता गर्ने, २. देशद्रोहीको आरोप हटाउने र ३. सम्पूर्ण कृतिहरु प्रकाशित गर्न दिने । आखिर रुसमा अवैध मानिएका कृतिहरुको माग अत्यधिक बढेको परिप्रेक्ष्यमा उनका कृतिहरुको प्रकाशन हुन थाल्यो । नयाँ प्रजातान्त्रिक रुसको उदयपश्चात् ‘पहिलो घेरामा’, ‘द्वीपपुञ्ज गुलाग’ लगायत उनका कृतिहरु धमाधम प्रकाशित हुन थाले । उनका कृतिहरु त्यतिखेर रुसमा निकै लोकप्रिय रहेका थिए र लाखौं प्रति छापिए तापनि बजारमा सहजै पाउन सकिंदैनथ्यो । सन् १९९१ मा सात खण्डमा प्रकाशित उनको एक पहिलो कृतिसंग्रहले मेरो निजी पुस्तकालयको शोभा अहिले पनि बढाइरहेको छ ।
अन्त्यमा जब सन् १९९४ मा अलेक्सान्द्र सोल्झेनित्सिनले पुनः रूसी नागरिकता प्राप्त गरी स्वदेश फर्कने निर्णय लिए त्यतिखेर नयाँ परिवर्तनका लागि कोल्टे फेरिरहेको विशाल रुसभरि मानिसहरू उनको स्वागतार्थ लालायित देखिए । रूसको सुदूरपूर्वमा पर्ने भ्लादिभस्तोक सहरबाट रेलमा यात्रा गरी बाटोमा पर्ने विभिन्न सहरहरुमा आफ्ना देशवासीहरुको न्यानो स्वागत ग्रहण गर्दै भेटघाट समेत गरेर सूर्यलाई समेत पार गर्न ११ घण्टा लाग्ने विशाल देशको रेलयात्रा ५६ दिनमा पूरा गरी उनी देशको राजधानीमा आइपुगे ।
उनले रूसमा आएको नयाँ परिवर्तनको मुक्त कण्ठले स्वागत भने गरेनन्, बरु त्यसका नकारात्मक पक्ष्यहरुको निन्दा समेत गरे । एउटा वक्तव्यमा उनले जनाएका थिए ः ‘जुन खाडलमा रूस भासिएको छ त्यसबाट देशलाई उतार्नका लागि माथिल्लो तहमा उच्चतम दायित्व र तल्लो तहदेखि अथक प्रयासको खाँचो छ’ । देशमा वास्तविक प्रजातान्त्रिक संक्रमणका लागि उनले त्यतिखेर शासनव्यवस्थाविषयक आप्mना धारणाहरुको चर्चा गर्दै पत्रपत्रिकाहरुमा लेखहरु प्रकाशित गराउनुका साथै ‘कसरी रुसको निर्माण गर्ने ?’ भन्ने शीर्षकमा एक पुस्तिका नै प्रकाशमा ल्याए । डेढ करोड प्रति छापिएको त्यो पुस्तिकालाई उनको राजनीतिक घोषणापत्र भन्न सकिन्छ । उनी तल जगैदेखि स्थानीय स्वायत्व शासनको विकास गर्नुका साथै त्यसको आधारमा तलदेखि माथिसम्म प्रजातान्त्रिक परिवर्तनका पक्षधर थिए । तर उनको अवधारणा आधिकारिक धारणासित मेल खाने खालको देखिएन, नत आम रूसी जनताले नै त्यसको मर्म बुभ्mन सक्यो । अन्ततोगत्वा टेलिभिजनमा उनको साप्ताहिक प्रसारणको क्रम पनि टुट्न गयो ।
उनलाई रूस सरकारले सम्मानजनक पदकहरू प्रदान गर्न खोज्दा समेत उनले ग्रहण गर्न अस्वीकार गरेका थिए । रूस विज्ञान प्रज्ञाप्रतिष्ठानका एक क्रियाशील सदस्यको हैसियतले उनलाई सन् १९९९ मा ‘रूसी साहित्य, रूसी भाषा तथा रूसी इतिहासको विकासमा गहन योगदान पु¥याए वापत्’ प्रदान गरिएको ‘लोमानोसोभ स्वर्णपदक’ र सन् २००७ मा उनलाई रूसका तत्कालीन राष्ट्रपति (पछि प्रधानमन्त्रीर हाल पुनः राष्ट्रपति) भ्लादिमिर पुटिनद्वारा स्वयं उनको निवासस्थानमा गई हस्तान्तरित गरिएको देशको सर्र्वोच्च राजकीय पुरस्कार मात्र उनले ग्रहण गरेका थिए । उनले आप्mनो उपन्यास ‘द्वीपपुञ्ज गुलाग’ को विदेशी संस्करणबाट प्राप्त हुने रकमबाट स्टालिनको उक्त बन्दीशिविरका पीडित परिवारको सहायतार्थ एक कोषको स्थापना गरिदिएका थिए ।
यहाँनेर अलेक्सान्द्र सोल्झेनित्सिनको वैचारिक धारणाका केही पक्षहरुबारे संक्षेपमा नै भए पनि चर्चा गर्नु आवश्यक ठान्दछु । उदाहरणार्थ, रुस पूर्व र पश्चिमको बीचमा रहेको मध्यस्थ देश भए तापनि न पूर्व हो, न त पश्चिम नै भन्ने धारणा छ उनको । उनको विचारमा रुस एक बेग्लै महाद्वीप हो र चीन, भारत एवं अरब देहको जस्तै रुसको पनि आप्mनै मौलिक सभ्यता छ ।े पूर्व र पश्चिमलाई एक दोस्राको प्रतिपक्ष्यमा खडा गर्ने धारणाको विपरित अब उत्तर र दक्षिणको प्रतिपक्षताको धारणा बढी प्रखर भएको छ भन्दैं उनले उत्तरको विकसित भूखण्ड (यूरोप, अमेरिका) र दक्षिणको अल्पविकसित भूखण्ड (विकासोन्मुख देशहरु) बीचको अन्तरद्वन्द्वलाई विश्वव्यापी प्रतिपक्षताको रुपमा चित्रण गरेको पाइन्छ । गतः ५–६ शताब्दीसम्म बौद्धिक वर्गको ‘धर्म’ बन्न पुगेको मानवतावाद पनि बीसौ शताब्दीको दुईवटा महासमरको मारले धरासयी हुन पुगेको छ वा ज्यादै शिथिल बनेको छ भन्ने उनको विचार छ । यो धरती, जसलाई हामीले सम्पन्न ठान्दै आएका छौं, अहिले आएर ज्यादै साँगुरो र विपन्न समेत भएको बोध हुन्छ भन्दै उनले पृथ्वीका ६ खण्डमध्ये ५ खण्ड वासिन्दाको अवस्था दयनीय रहेको परिप्रेक्ष्यमा मानवतावादले त्यसको समाधान दिन नसकिरहेको धारणा व्यव्त गरेका छन् । उनको विचारमा इच्छाको सीमितीकरण अहिलेको जलेबल्दो आवश्यकता बन्न पुगेको छ । जहाँसम्म साहित्यिक मान्यताको कुरा छ त्यसको हकमा उनका सम्पूर्ण कृतिहरु नै साहित्यिक धारणाको अभिव्यक्ति बनेका छन् भन्नुपर्दछ । छोटकरीमा भन्नुपर्दा यस सन्दर्भमा उनको एउटा कथन उद्धृरणयोग्य छ ः ‘साहित्य सर्वप्रथम ईश्वर तथा मानिसप्रति उत्तरदायी हुनुपर्दछ । रूसमा यस्तो साहित्य अस्तित्वमा थियो र भविष्यमा पनि अस्तित्वमा रहने छ’ ।
अलेक्सान्द्र सोल्झेनित्सिनलेखकभन्दाबढी समसामयिकजीवनकाअभिलेखकर्ता हुन् भनिन्छ । हुनपनिउनले सुदूर अतीतको घटनालाई आप्mनो उपन्यासको विषयवस्तु नबनाएर आप्mनो जीवनमाभोगिएकाभर्खरै घटेको समसामयिकऐतिहासिक घटनामानै कलमचलाएको पाइन्छ । उनको १० भागमाविभाजितमहाउपन्यास ‘क्रास्नोये कोलेसो’ (‘लालचक्र’) पनियसैको द्योतकहो । क्रान्तिको कारणयस उपन्यासकोे विषयवस्तु हो भने ‘द्वीपपुञ्जगुलाग’ चाहिं क्रान्तिको परिणामबन्नपुगेको छ । यसबाहेक ‘पहिलो घेरामा’ (भक्रुगे पेर्भोम), ‘अबुर्दको घर’ (‘राकोभीकोर्पुस’) आदिउपन्यासहरूकाअतिरिक्तउनको लेखनीबाट थुप्रै कथा, निबन्ध, नाटक, पटलेख र लेखहरू निसृतभएका छन् । सोभियत सत्ताकाभुक्तभोगीप्रतिभावान रूसीलेखकको रचनात्मक सक्रियताउनको जीवनको अन्तिमघडीसम्मपनियथावत् नै कायम रहेको थियो, यद्यपिपछिल्लो समयमाउनले पत्रकारहरूलाई अन्तवार्ता दिनपनिबन्दगरिदिएकाथिए । उनीमास्कोबाट उति टाढानपर्ने रमणीय स्थानमा घरजमगरीएकवयोवृद्ध दाह्रीवालतपस्वीको रूपमा सर्वमान्यआदर्शपुरुषसरह रहेकाथिए । अबउनको नश्वर शरीर पञ्चतत्वमामिलेको छ । अबहामीपूरै ३० ठेलीमाप्रकाशोन्मुखउनकाकृतिहरुको संकलनबाट मात्रउनको चिन्तन र मननबाट अवगतहुन सक्नेछौं । उनको व्यक्तित्व र कृतित्वअबउनका रचनाहरूमाअजरअमर रहने छ ।
मास्कोमाअलेक्सान्द्र सोल्झेनित्सिनको जन्मशताब्दीको सन्दर्भमाभव्य सालिक रूसी राष्ट्रपतिभ्लादिमिर पुटिनद्वारा ११ डिसेम्बर २०१८ (मंगलवार) कादिनअनावरणगरिएको छ ।
५ अगस्त २००८ (मंगलवार)
मास्को, रुस महासंघ ।