जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान लघुकथा

डा. रविन्द्र समीरका चार लघुकथा

डा. रविन्द्र समीर डा. रविन्द्र समीर
प्रकाशित १२ श्रावण २०८०, शुक्रबार
लघुकथा भित्र
0
डा. रविन्द्र समीरका चार लघुकथा

१. पिण्ड
पिताको निधनपछि ऊ कोरा बसेको थियो । किरियाकर्मको दोस्रो दिन, ऊबाटामा गयो अनि पिताको लागि पिण्डमा तील र जल चढाएर फर्कियो । अर्को दिन पनि ऊ त्यही बाटामा गयो । तर, उसको आँखा न पिण्डमा पर्‍यो, न तिल र जल नै देख्यो । ठान्यो – पिताजीले पिण्ड खानुभो ।

अर्को दिनदेखि उसले घ्यु, मह, तथा दूधको मात्रा बढाएर मीठो र ठूलो पिण्डबटार्‍यो । पिण्ड र जल बाटामा राखेर फर्कियो । अन्तिम संस्कारको अन्तिम दिनसम्म यो प्रक्रिया नित्यनिरन्तर चलिरह्यो ।

तेह्रौँ दिनमा धेरै कामहरु भएकोले पिण्ड र जल दिने काम ढिलो भयो । “पिताजीलाई भोक र तिर्खा खुब लागे होला,” उसको मन अधिर भयो । त्यसपछि ऊ पिण्ड र जल लिएर बाटोमा गयो । उसले पिताजीको अनुहार सम्झँदै पिण्ड र जल अर्पण गर्‍यो ।

निकै दिन पछि पो चाल पायो – छिमेकीको लुते कुकुर मोटाएर बङ्गुर जस्तो भएको रहेछ ।

२. कलम र बन्दुक

विद्यालयमा हुने साप्ताहिक वादविवाद प्रतियोगितामा “कलम ठूलो कि बन्दुक ?” भन्ने विषयमा ऊ र म वादविवाद गथ्र्यौं । म कलमको पक्षमा हुन्थेँ । ऊ बन्दुकको पक्षमा हुन्थ्यो । समय एक सय ८० डिग्रीमा फनक्क घुम्यो । अहिले मेरो हातमा बन्दुक छ । उसको हातमा कलम । गाउँको नामुद फटाहा धनपतिलाई तह लगाउने टुंगोमा पुग्यौँ हामी ।

“कलमभन्दा बन्दुक ठूलो, म त्यसलाई तह लगाउँछु,” म जिद्दिन्थेँ ।
“बन्दुकभन्दा कलम ठूलो, म त्यसलाई तह लगाउँछु,” ऊ पनि कहाँ कम थियो र !
अर्को दिन मेरो बन्दुक हरायो । उसको कलम बेपत्ता भयो ।
हाम्रो गह्रौँ खल्तीभित्र रहेको धनप्रसादले हाम्रो दुर्दशा देखेर गिज्यायो – “अब त थाहा पायौँ होला नि, को ठूलो रहेछ ?”

३. युवा पुस्ता
“देशमा धेरै वाद र तन्त्र परिवर्तन भइरहेका छन् तर जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन भएको छैन । यी बुढा नेताले दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पिने हो भने देशले छिट्टै समृद्धिको यात्रामा फड्को मार्ने छ,” हजुरबाले बुबासँग बरोबर भन्नुहुन्थ्यो ।
समय अघि बढिरहेको थियो ।
बुबाले भन्नुभयो –“यी दोस्रो पुस्ताका नेता बूढा भए । पैसा, शक्ति, भक्ति, आशक्तिमा यिनीहरु लिप्त भए । लुटतन्त्र र गुट राजनीतिले देश धेरै पछि पर्‍यो । युवालाई नेतृत्व, बुढालाई पितृत्व दिएपछि तेस्रो पुस्ताले नेपाललाई स्विट्जरल्यान्ड बनाउने छन् ।
समय बेगवान छ ।
मैले छोरालाई भनेँ –“बाबु ! अहिलेका बूढा नेताले देश र जनताको पक्षमा सिन्को भाँच्दैनन्, कमाउने र रमाउनेमै देशलाई कङ्गाल बनाए । अब चौथो पुस्ताले नेपाललाई सिङ्गापुर बनाउनेछ । युवा पुस्तामा सपना र दृष्टिकोण हुन्छ ।”
समय बित्दै जाँदा म बुढ्यौलीले ओछ्यान परें ।
छोराको कोठाबाट मेरो ओछ्यानमा आवाज आयो —“हेर बाबु ! चिन्ता नगर्नू ! चौथो पुस्ताका बुढाले केही गरेनन् । विकास गर्ने इच्छा र प्रयास नै छैन । भ्रष्टाचारले देश चुर्लुम्म डुब्यो । युवा पुस्तालाई नेतृत्व दिने हो भने नेपाललाई जापान बनाउनेछन् ।”

४. सवारी
ऊ सानो हुँदा बाँसको आँख्लामा टेकेर अग्लो भएर हिंड्ने गथ्र्यो । यसरी हिंड्दा उसलाई लाग्थ्यो – आहा !

उमेर बढ्दै जाँदा उसले साइकल किन्यो । साइकलमा टिंगटिंग घन्टी बजाउंदै हिंड्दा उसलाई लाग्थ्यो, आहा !

सानोतिनो प्रगति गरेपछि उसले मोटरसाइकल किन्यो । मोटरसाइकलमा हुइकिंदा उसलाई लाग्थ्यो – आहा !

उसलाई राजनीति निकै फाप्यो । देशमा सेवा गर्ने भन्दा मेवा खाने राजनीति फैलिएको थियो । ठेक्का, टेन्डर, कमसल काम आदि गर्दा उसले कुस्त पैसा कमायो । उसले नयाँ कार किन्यो । कारमा सुलुलुलु बग्दा उसलाई लाग्यो – आहा !

मनि र मसलको प्रयोगले उसले चुनाव जित्यो । केही महिनामै उसले करोडको गाडी किन्यो । करोडको गाडीमा पाँचतारे होटेलमा हुंइकिंदा उसलाई लाग्यो – आहा !

नेतालाई केही करोड, कार्यकर्तालाई केही करोड, मतदातालाई केही करोड अनि नेतालाई पुन केही करोड दिएपछि उ मन्त्री बन्यो । मन्त्रीको कालो गाडीमा अगुवा र पिछुवा लगाएर हिंडदा उसलाई लाग्यो – आहा !

केही वर्षपछि उसलाई अचानक छाति दुख्यो, शरीरबाट खलखली पसिना आयो, नाकबाट रगत बग्यो । एम्बुलेन्स आएर उसलाई अस्पतालतिर हुँइकियो । एम्बुलेन्सको धिपधिप बत्ती र आकस्मिक साइरन सुन्दा उसलाई लाग्यो – अया !

उपचारको क्रममा उसको निधन भयो । उसको शरीरलाई शवबाहनले आर्यघाटतर्फ लिएर गयो । यो पटक उसलाई लाग्यो – न आहा, न अया !

उसको शवलाई दुर्लभ सवारी साधनमा राखेर आगोको चितामा राखियो । उसको आत्माले भन्यो – आखिरमा चाहिने सवारीसाधन हरियो बाँस नै रहेछ ।


Tags: डा. रविन्द्र समीर
अघिल्लो पोष्ट

‘सलीना’ को टिजर

पछिल्लो पोस्ट

डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

डा. रविन्द्र समीर

डा. रविन्द्र समीर

सम्बन्धित पोष्टहरू

हाई
लघुकथा

हाई

१४ बैशाख २०८०, बिहीबार
अतृप्त प्रेम
आख्यान

अतृप्त प्रेम

१३ बैशाख २०७९, मंगलवार
बर्खी फुकाउँदा
आख्यान

बर्खी फुकाउँदा

७ बैशाख २०७९, बुधबार
बसन्त र शीत
आख्यान

बसन्त र शीत

१४ चैत्र २०७८, सोमबार
पछिल्लो पोष्ट
डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठलाई अभिनन्दन

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

खोयाबिर्के, खोया र हाम्रो समाज

खोयाबिर्के, खोया र हाम्रो समाज

२३ फाल्गुन २०७८, सोमबार
ईश्वर

ईश्वर

२३ फाल्गुन २०७८, सोमबार
परिचयपत्र

परिचयपत्र

२३ फाल्गुन २०७९, मंगलवार
काठमाडौँ

काठमाडौँ

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक